परराष्ट्र मन्त्री पर्सी भारत जाने, उच्च राजनीतिक भेटघाट गर्ने

काठमाडौं । छैटौं नेपाल–भारत संयुक्त आयोग बैठका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहिबार भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले मंगलबार मन्त्री ज्ञवालीको भारत भ्रमणबारे औपचारिक रुपमा मिति सार्वनिक गरेको हो ।

मन्त्रालयका अनुसार बैठकमा नेपाल–भारत उर्जा, सीमा कोडिभ–१९ सहकार्य, पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन र सांस्कृति लगायत नेपाल–भारत द्विपक्षीय सम्बन्धबारे छलफल हुने छ।

नयाँ दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले उच्च भारतीय अधिकारीहरुलाई समेत भेट्ने छन्।

दुई दिनसम्म चल्ने बैठकको नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव लागयत नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरु समेत हुने छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *