वागमती प्रदेशसभाको अधिवेशन माघ ७ मा बोलाउन सिफारिस

काठमाडौं। वागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वानको सिफारिस गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले नेपाल प्रेसलाई जानकारी दिए।

मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएका बेला बस्न लागेको प्रदेशसभालाई चासोपूर्वक हेरिएको छ।

नेपाल कम्युुनिष्ट पार्टी प्रचण्ड–माधव पक्षले पौडेलविरुद्ध १० पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रचण्ड–माधव पक्षीय ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

प्रदेशसभामा नेकपाका ८० जना सांसद रहेकामा ३४ जना ओली पक्षमा र ४६ जना प्रचण्ड–माधव पक्षमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *