प्रधानमन्त्रीले ३६ देशमा रहेका नेपालीसँग एकैपटक भर्चुअल संवाद गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२१ को अवसरमा विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्ने भएका छन्। वर्तमान राजनीतिक घटनाक्रमका बारेमा ३६ देशमा रहेका ५०० भन्दा बढी नेपालीहरुसँग एकैपटक भर्चुअल संवाद गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाका बारेमा जानकारी गराउने र आफ्नो कदमका बारेमा स्पष्ट पार्ने योजनाका साथ नयाँ वर्ष शुभकामना आदानप्रदानसहित कार्यक्रम राखिएको थापाले बताए ।

“विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता मञ्चहरूको संयोजनमा हुन लागेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एक घण्टा जुममार्फत आफ्नो भनाइ राख्नुहुनेछ”, सल्लाहकार सूर्य थापाले भने।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेका अनुसार नेपालीअनुसार आज बिहान ११:३० बजेदेखि कार्यक्रम हुनेछ ।

‘विदेशमा रहेका नेपालीहरुलाई अहिले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमका बारेमा धेरै चासो छ । उनीहरु कसरी सहयोग गर्न सकिन्छ भन्ने जिज्ञासा राखिरहेका छन्,’ पाण्डेले भने, ‘यही मेसोमा प्रधानमन्त्रीज्यूले सबैलाई प्रष्ट पार्न लाग्नुभएको हो । हामी ३३ भन्दा बढी देशका प्रवासी नेपाली एकता मञ्चका साथीहरू यसमा सहभागी हुँदैछौं।’

Comments

One response to “प्रधानमन्त्रीले ३६ देशमा रहेका नेपालीसँग एकैपटक भर्चुअल संवाद गर्दै”

  1. Shambhu Sapkota Avatar
    Shambhu Sapkota

    राजनीतिक रुपमा फैलाइएका भ्रम हरु मेटाउन प्रविधि को उपयुक्त सदुपयाेग ! बिस्व भरका नेपाली हरु जोडिउन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *