काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न नेकपा मसालका महासचिव मोहनविक्रम सिंह प्रचण्ड निवासमा पुगेका छन् ।
सिंह प्रचण्डका राजनीतिक गुरु पनि हुन् । चालीसको दशकमा तत्कालीन नेकपा चौथो महाधिवेशन हुँदै मसालसम्म आइपुग्दा मोहनविक्रम महासचिव थिए भने प्रचण्ड सदस्य ।
पछि प्रचण्डले मोहनविक्रम सिंहसँग विद्रोह गरेका थिए । सिंह प्रचण्डको राजनीतिक कार्यदिशाको सधैं आलोचक रहँदै आएका छन् ।

Leave a Reply