काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् ।
विभिन्न राजनीतिक दल आबद्ध महिला संगठनहरुको ध्यानाकर्षण बुझ्दै सभामुख सापकोटाले शुक्रवार भने, ‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यसअघि पुस ८ गते वक्तव्यमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छु ।’
सभामुख सापकोटाले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । सापकोटाले आफूले यस सन्दर्भमा राष्ट्रका समग्र पक्षसँग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताए । सापकोटाले दलहरुसँगको बैठक बोलाउन खोजिरहेका छन् ।


Leave a Reply