ओलीको राजनीतिक जीवन नै धरापमा: वर्षमान पुन

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी(प्रचण्ड–माधव पक्ष)का का स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन धरापमा परेको बताएका छन्।

गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले यस्तो बताएका हुन्। पुनले भने, ‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ।’

ओली मन्त्रीपरिषद्मा उर्जा मन्त्री समेत रहेका पुनले बैशाखमा चुनाव नहुने र ओली पनि सत्तामा नरहने दावी गरे।‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ,’पुनको भनाइ थियो।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको समेत टिप्पणी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *