कांग्रेस सभापति देउवाको प्रतिक्रियाः सिफारिश स्वीकार्न राष्ट्रपति बाध्य हुनुहुन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार्न राष्ट्रपति बाध्य नहुने प्रतिक्रिया दिएका छन् ।

‘प्रतिनिधिसभा विघटनको सिफारिश असंवैधानिक छ’, ट्वीट गर्दै देउवाले भनेका छन्, ‘अधिनायकवादउन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ। संविधानविपरीतको सिफारिश स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न ।’

सरकारको उक्त कदमको कांग्रेसले सशक्त प्रतिकार गर्ने पनि उनले उल्लेख गरेका छन् । कांग्रेसले छलफल पछि थप रणनीति बनाउने उनले बताएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *