च्याम्पियन्स लिगकाे प्रि-क्वाटरमा बार्सिलोना र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेलतालिका सार्वजनिक भएको छ । मंगलबार गरिएको ड्रमा साविक विजेता बायर्न म्युनिखले इटलीको लाजियोसँग खेल्ने भएको छ ।

अन्तिम–१६ को समीकरणमा स्पेनिस टोली बार्सिलोना र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी)बीच भेट हुने भएको छ ।याे कुनै समय एकै टोलीमा रहेका लियोनल मेस्सी र नेइमारबीचको प्रतिस्पर्धा हो ।

खेल तालिकाअनुसार पूर्व विजेता लिभरपुलले जर्मनको आरबी लाइपजिग, इंग्लिस टोली चेल्सीले स्पेनको एट्लेटिको मड्रिड, इटलियन च्याम्पियन युभेन्टसले पोर्चुगलको पोर्टो, स्पेनको सेभियाले जर्मनीको बोरुशिया डर्टमन्ट, इटलीको एटलान्टाले १३ पल्टको युरोपेली च्याम्पियन रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

One response to “च्याम्पियन्स लिगकाे प्रि-क्वाटरमा बार्सिलोना र पीएसजी भिड्ने”

  1. Dinesh Dhungana Avatar
    Dinesh Dhungana

    तपाईंहरू को प्रस्तुति राम्रो लाग्यो । इन्स्ट्राग्राम र युउटुब च्यानल मा अलि बढी आईदिनु होला । धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *