Tag: श्रीमानको हत्या

  • अनिताले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    अनिताले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    सुनसरी । आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगरका ४ इक्राही घर भएका २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको हो ।

    योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सिग्देलले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ वर्षीया छोरी छन् । उनका प्रेमी सरोज सिटी सफारी चालक हुन् र विवाहित पनि हुन् । तर, उनको पनि श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र सम्बन्धविच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ ।

    के हो घटना ?

    सिग्देल १० महिनाअघि बहराइन कमाउन गएका थिए । घरको आर्थिकस्तर सुधार्न गएका दिनेशले बहराइनमा हुँदै आफ्नी श्रीमती परपुरुषसँग लागेको थाहा पाएका थिए । अनिताको सम्बन्ध सरोजसँग बढेको चाल पाएपछि दिनेश पनि थाहै नदिइ नेपाल आएका थिए ।

    उनी कम्पनीमा १५ दिनको बिदा लिएर जनवरी ४ अर्थात् गत पुस २० गते नेपाल आएका थिए । भोलिपल्ट २१ गते विराटनगरमा कान्छी श्रीमती अनितासँगै नोबेल मेडिकल कलेज नजिक होटलमा बसेका थिए । भोलिपल्ट २२ गते बेलुकी उनीहरूको डेरा रहेको विराटनगर ३, पिपल चोक आएका थिए ।

    प्रहरीका अनुसार पुस २२ गते राति दिनेश र अनिताबीच विवाद भएको थियो । केही समय पछि अनिताका प्रेमी सरोज पनि आएर उनैले ल्याएको गलबन्दीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरेपछि अनिता र सरोज अन्यन्त्र गएर बसेका र २३ गते बिहानै पसलबाट चार हजारमा ग्रेण्डर, ३ वटा जेब्रा झोला र पोलिथिन खरिद गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संञ्जयसिंह थापाका अनुसार खरिद गरेर ल्याएका सामान सहित खुकुरीको सहयोगले शव काटेर अलगअलग झोलामा हालेका थिए ।

    साँझमा ट्याम्पो भाडामा लिएर धरान भेंडेटार सडक खण्डमा फालेको र उनीहरू त्यस रात भेंडेटार बसेर भोलिपल्ट मात्र विराटनगर फर्किएको पनि एसपी थापाले बताए । एसपी थापाका अनुसार अनिता र सरोजको सम्बन्धमा काँडा बनेर अचानक निदेश बहराइनबाट आएपछि योजनाबद्धरुपमा हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीका अनुसार ६ महिनादेखि सरोज र अनिता श्रीमान् श्रीमती सरह बस्दै आएका थिए । दिनेशले विदेशबाट पठाएको रकम खर्च भएको नदेखाउने तथा प्रेमीलाई दिने गरेको समेत खुलेको छ ।

    बहराइनको मास्क र कार्डले पत्ता लगायो हत्यारा

    गत फागुन ४ गते धरानको जगंलमा स्थानीयले शव जस्तो गनाएको थाहा पाए । उनीहरूले हल्ला गरेपछि प्रहरीले खोजीलाई तीव्र पार्‍यो । इलाका प्रहरी धरान, जिल्ला प्रहरी र संघीय इकाई प्रहरी धरानले मृतक दिनेशको तस्बिर नै सार्वजनिक गर्‍यो । त्यति हुँदा पनि कुनै कतैबाट मेरो मान्छे भनेर नआएपछि स्केजसमेत सार्वजनिक गरेको थियो ।

    प्रहरीले खोजी गर्दै जाँदा मृतकको हाफ पाइन्टको गोजीमा असेट प्रोटेक्सन, ट्याटवएर पेट्रोलियम बि एच मास्क फेला पर्‍यो । त्यस्तै रिओ टुर्स कमल तलेब एक्स्लुसिभ रिओ टुर्स लेखिएको भिजिटिङ कार्ड समेत फेला पर्‍यो । प्रहरीले उक्त कम्पनी सम्म पुग्नका लागि काठमाडौँ प्रहरीलाई समेत सहयोग माग्यो । तिनै दुई कम्पनीको नाम बहराइनमा भएको पत्ता लाग्यो ।

    प्रहरीले नेपाल आउने र जानेको तथ्यांक खोजी गर्दै झापा घर भएका दिनेश सिग्देल भएको पत्ता लगाएको थियो । सोही आधारमा प्रहरीले आफन्त खोजी गर्दै आफ्नै श्रीमती र परपुरुष हत्यारा भएको पत्ता लगाएको छ ।

  • प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई ३१ वर्ष कैद

    प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई ३१ वर्ष कैद

    काठमाडौं । ब्राजिलका लागि ग्रीक राजदूतकी पत्नीलाई आफ्नै श्रीमानको हत्याको योजनाकार पुष्टि गर्दै ३१ वर्षै कैद सजाय सुनाइएको छ । रियो दी जेनेरियोमा सन् २०१६ मा किरियाकोस अमिरिडिस कारमा जलेर मृत अवस्थामा फेला परेका थिए ।

    उनकी पत्नी फ्रान्सिस्को डी सौज ओलिभेराको त्यो समयमा एक सैन्य अफिसर सर्जियो गोमेजसँग सम्बन्ध बनेको थियो । गोमेजले ओलिभेरासँगको सल्लाहमा आफूले किरियाकोसको हत्या गरेको स्वीकारेका थिए । र, उनलाई २२ वर्षका लागि जेल सजाय सुनाइएको थियो ।

    तीन दिनको बहसपछि न्यायाधीशले यो सोचेर सम्झेर गरिएको अपराध भएकाले ३१ वर्ष जेल सजाय सुनाएका हुन् ।

    गोमेजका आफन्त पर्ने अर्का एक पुरुष एडुवार्डो टेडेस्चीलाघई पनि जेल सजाय सुनाइएको थियो । उनले अपराधमा सघाएको कसुरमा १ वर्ष जेल कटाइसकेका छन् ।

    ५९ वर्षीय किरियाकोस २००१ देखि ०४ सम्म रियो दी जेनेरियोमा कन्सुलको रूपमा काम गरेका थिए । उनले २००४ मा ओलिभेरासँग विवाह गरेका थिए । उनीहरूकी एक छोरी छन् ।

    किरियाकोस पुन: २०१६ मा ब्राजिलको राजदूत बनेर फर्किएका थिए । मृत्युअघि उनी आफ्नो परिवार र पत्नीसँग क्रिसमस मनाउन ब्रासिलिया गएका थिए ।

    र, त्यहीँ उनी हराइरहेको रिपोर्ट गरिएको थियो । सुरुआतमा घरमा केही नभनी एक भाडाको कार लिएर निस्किएको बताइएको थियो । र, उनी एक फ्याइओभर मुनी कारमा जलेर मृत अवस्थामा भेटिएका थिए ।

    त्यसपछि अनुसन्धानकर्ताले उनी बसिरहेको फ्लाटको सोफमा रगत लत्पतिएको फेला पारेको थियो । त्यहीँबाट उनको मृत्यु नभइ हत्या भएको पुष्टि गर्न अनुसन्धानकर्ता सफल भएका थिए ।

    -बीबीसीबाट