Tag: विरोध

  • ठेकेदारले काम नगरेपछि सडकमा कोदो रोपेर जनप्रतिनिधिले नै गरे विरोध

    ठेकेदारले काम नगरेपछि सडकमा कोदो रोपेर जनप्रतिनिधिले नै गरे विरोध

    गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ ।

    गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए। ढुङ्गागाडे मोडमा वर्षौदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने बाध्यता छ । गोरखा ४ र ८ को बीचमा पर्ने ढुङ्गागाडे मोडमा नगरपालिकाभित्रका वडा नं १, २, ४ र ८ का वडाध्यक्ष सहितका जनप्रतिनिधि भेला भएर कोदो रोपाइँ गरेको उनले बताए ।

    ‘नगरपालिकाभित्रै मूल सडकमा अहिले एम्बुलेन्ससम्म पनि गुड्न सक्ने अवस्था छैन’, उनले भने, ‘ठूला सवारी साधानसमेत घण्टौं फस्ने गरेका छन्, अझै कति समय नागरिकले हैरानी खेप्नुपर्ने हो थाहा छैन ।’ ठेकेदार कम्पनीलाई पटक–पटक सडक छिटो निर्माण गर्न दबाब दिएको भए पनि चासो नदिएको उनले बताए ।

    बाँनिया कन्स्ट्रक्शन निर्माण सेवा हटौँडाले उक्त सडकखण्ड कालोपत्रको ठेक्का लिएको छ । यहाँको दोस्रो ठूलो व्यापरिक केन्द्र आरुघाट बजारसम्म जोडिने मूल सडक भएकाले पूर्वाधार विकास कार्यालयले बर्खाका बेला कम्तीमा एकलेन चल्ने सक्ने अवस्थामा बाह्रै महिना सवारी आवागमनमा कुनै समस्या नहुने गरी काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि अटेरी गरेको कार्यालयका इञ्जीनियर गणेश सुवेदीले जानकारी दिए ।

    ‘सडक निर्माणका जिम्मा लिएपछि निर्माण कम्पनीले नियमित सवारी चल्ने अवस्थामा सडकलाई राख्नुपर्छ’, उनले भने, ‘यसका लागि कार्यालयले बारम्बार लिखित तथा मौखिकरूपमा ठेकेदार कम्पनीलाई त्यहीअनुसारको निर्देशन दिएका छौँ, तर उनीहरुले हेलचक्र्याइँ गरिरहेका छन् ।’ जनप्रतिनिधि र स्थानीयवासीले कोदो रोपाइँ गरेको स्थानमा बर्खामा एक लेन मात्र पनि ढलान गरेर सक्न कार्यालयले निर्देशन दिएको भए पनि ठेकेदारले अटेरी गरेको उनले बताए ।

    ठेकेदारले निर्माण सामग्रीको अभाव देखाउने गरेको इञ्जीनियर सुवेदीको भनाइ छ । करिब आठ करोड ५० लाख रुपैयाँको लगानीमा गोरखा सदरमुकामस्थित हस्पिटलचोकबाट आहाले फिनाम लाकुरीबोटसम्म ४.६ किलोमिटर सडक निर्माणको बाँनिया कन्स्ट्रक्शनले पाएको छ । ठेकेदारको लापरवाहीका कारण अहिले थोरै वर्षा हुनेबित्तिकै साना तथा ठूला सवारीलाई चल्न सक्दैनन् ।

    दैनिक दर्जनौं सवारी साधन र यात्रुले हैरानी खेप्नुपरेको भए पनि स्थानीय जनप्रतिनिधिले चासो नलिएको जनाउँदै सर्वसाधारण र यात्रुहरुले चर्को विरोध गरेपछि जनप्रतिनिधिले विरोधस्वरुप ठेकेदार कम्पनी र आयोजना कार्यालयको ध्यानकर्षंण गराउन कोदो रोपाइँ गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ । उनले सडकमा तत्काल सवारी चल्ने अवस्था नरहे आफूहरु धर्नामा बस्न बाध्य हुने बताए । रासस

  • ओलीको प्रतिमामाथि जुत्ता हान्दै ‘प्रतिगमन’ को विरोध

    ओलीको प्रतिमामाथि जुत्ता हान्दै ‘प्रतिगमन’ को विरोध

    प्रचण्ड-माधव समर्थित अनेरास्ववियूका कार्यकर्ताले नारायणहिटी अगाडि ‘प्रतिगमनको विरोध’ मा जुत्ता हानेर प्रदर्शन गरेका छन् ।
    सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विभिन्न नारावाजी गर्दै जुत्ता हानेका थिए ।
    केपी ओलीको प्रतिमा बनाएर उनीहरुले त्यसलाई ‘प्रतिगमन’ को संज्ञा दिएका थिए ।
  • ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग (भिडियो)

    ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग (भिडियो)

    काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको आमहड्तालको क्रममा ट्याक्सीमा गरिएको आगजनीको विरोधमा ट्याक्सी व्यवसायीले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् ।

    माइतीघरमण्डलमा आयोजित विरोधमा २०० भन्दा बढी ट्याक्सीसहित ट्याक्सी चालक एवं व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले राजनीतिक बन्द र हड्तालको कारण आफूहरुको रोजीरोटी र ज्यान जोखिममा परेको समेत बताए ।

    राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा भएको विरोध सभामा ट्याक्सी व्यवसायीले बन्द हड्ताललाई सधैंका लागि बन्द गर्नुपर्ने माग समेत गरेका थिए ।

    दाहाल–नेपाल समूहले विहीबार गरेको आमहड्तालको क्रममा गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो । सरकारले भने आगजनी भएको ट्याक्सीलाई क्षतिपूर्ति दिने बताइसकेको छ ।

  • संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो)

    संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो)

    काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

  • संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर)

    संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर)

    काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

           
  • प्रतिनिधिसभा विघटनविरुद्ध डा.केसीको अगुवाइमा प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध डा.केसीको अगुवाइमा प्रदर्शन

    प्रतिनिधिसभा विघटनको विरोधमा प्राध्यापक डा.गोविन्द्र केसीको अगुवाइमा प्रदर्शन भएको छ। डा.केसी लगायतको अगुवाईमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो। नागरिक समाजका विभिन्न अभियान्ताहरु समेत सहभागि प्रदर्शनमा संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, निरंकुश सरकार चाहिँदैन लगायत लेखिएका प्लेकार्ड बोकेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार माइतीघर मण्डलामा विभिन्न नागरिक समूहले प्रदर्शन गरिरहेका छन्।

  • संसद विघटनको विरोधमा प्रदर्शन (फोटो फिचर)

    संसद विघटनको विरोधमा प्रदर्शन (फोटो फिचर)

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेपछि काठमाडौंका विभिन्न ठाउँमा आज विरोध प्रदर्शन भएका छन्। प्रधानमन्त्री ओलीले चालेको कदमप्रति विरोध जनाउँदै नेकपा सम्बद्ध जनवर्गीय संगठनहरू, नेपाली कांग्रेस, विवेकशील साझा पार्टीलगायतका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।