Tag: लालबाबु पण्डित

  • अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्: लालबाबु पण्डित (भिडियाेसहित‌)

    अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्: लालबाबु पण्डित (भिडियाेसहित‌)

    काठमाडौं । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भने, ‘नागरिकता विधेयक छिटो पारित होस् । नेपाली नागरिकले छिटो नागरिकता प्राप्त गरुन् । निजामति विधेयक पनि छिटो पारित होस् ।’

    उनले अपराधीहरू बालुवाटार नपुगुन् भनेर सचेत समेत बनाए । ‘अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्,’ पण्डितले भने, ‘यदि सरकारले अपराधी छोड्ने स्थिति हो भने अपराध मौलाउने हुन्छ ।’

  • लालबाबु पण्डितको सभामुखलाई प्रश्न– विचाराधीन विधेयक अगाडि बढाउन कसले रोकिरहेको छ ?

    लालबाबु पण्डितको सभामुखलाई प्रश्न– विचाराधीन विधेयक अगाडि बढाउन कसले रोकिरहेको छ ?

    काठमाडौं । नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले संसदमा अहिले पनि धेरै विधेयक विचाराधीन भए पनि सरकारले काम दिएर भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

    बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दे पण्डितले संसदमा अहिले पनि ६५ विधेयक भएको तीलाई अगाडि नबढाइएको दाबी गरे ।

    ‘प्रचार गरिदै छ कि संसदलाई सरकारले काम दिएन, सरकारले ल्याएका विधेयक काम होइन ?,’ उनको प्रश्न छ, ‘सन्धि सम्झौताहरु अनुमोदनका लागि ल्याएको यो काम होइन ?’

    यसमा सभामुखको विशेष भूमिका हुने भन्दै उनले भने, ‘संसदले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने ? संसदले काम गर्न सकिरहेको स्थिति छैन् । यसमा सभामुखको विशेष भूमिका आवश्यक छ ।’विधेयक अधिवेशन भए पनि एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका भन्दै उनले नागरिकता विधेयक दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन सम्बन्धी विधेयक अड्किएर बसेको बताए।

    संसदले काम गर्न नसक्दा त्यो प्रश्न सभामुखतिर पनि उठ्ने भन्दै कुन पार्टीले त्यो रोकिरहेको छ भनेर जानकारी सांसदले पाउनुपर्ने बताए।

    ‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने त्यो प्रश्न त्यो सभामुखप्रति पनि उठ्छ,’ उनको भनाइ छ, ‘कुन राजनीतिक पार्टीले रोकेको छ, विधेयक अगाडि बढाउन रु प्रधानमन्त्रीले रोक्नु भएको छ कि कुन मन्त्रीले रोक्नु भएको रु बाधा अरोध छ भने सांसदलाई जानकारी हुनुपर्छ । एकतर्फी रुपमा काम सरकारले भन्यो भने त्यो पूर्वाग्रह मात्रै हुन्छ ।’

  • कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

    कांग्रेसलाई प्रधानमन्त्री बनाउने प्रचण्ड-माधवको प्रयासप्रति लालबाबु पण्डितको आपत्ति

    विराटनगर । पार्टी विभाजनपछि कतै नलागी बसेका पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाने प्रचण्ड-माधव पक्षको तयारीप्रति असहमति जनाएका छन् ।

    सर्वोच्च अदालतको फैसलापछि विराटनगरबाट काठमाडौं पुगेका पण्डितले बहुमतप्राप्त पार्टीले कांग्रेसको नेतृत्वको सरकार बनाउन जान नहुने बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले पार्टी एकताको सम्भावना समाप्त नभएकोले आफू अझै सोही अभियानमा लाग्ने जनाए ।

    पण्डितले भने-बहुमतप्राप्त पार्टीले अर्कोलाई प्रधानमन्त्री बनिदेऊ भन्दै जानु दुर्भाग्यपूर्ण हो । यो जनमतको अपमान समेत भएकाले म यसको विपक्षमा उभिन्छु र नेतृत्वलाई बेलैमा जानकारी गराउन चाहन्छु ।

    नेता पण्डितले नेपाल प्रेससँगको कुराकानीका क्रममा पार्टीलाई एक बनाउने विषय असम्भव नरहेकाले त्यसका लागि आफूले छलफल चलाउने बताए ।

    उनले अदालतको फैसलापछि एक समूह हारियो र सबै सिद्धियो भन्ने स्थितिमा पुगेर अर्को समूहमा जितको उन्माद देखिएकाले दुवै समूहका शीर्ष नेताबीच छलफल चलाउने माध्यमका रुपमा आफ्नो भूमिका रहने बताए ।

    उनले अदालतले संसद पुनर्स्थापना गराउने फैसलालाई स्वागतयोग्य समेत भनेका छन्।

    उनले भने-अहिले म अलिकति सरसल्लाहमा छु, एक दुई दिनमा मेरो खेमा प्रष्ट हुनेछ। नेकपाका दुवै समूहबाट यो बीचमा धेरै कमी–कमजोरी भएका छन् ।

    नेता पण्डितले यसअघि अदालतको फैसला आएपछि आफू नेकपाको कुन समूहमा जाने भन्ने निर्णयमा पुग्ने बताउँदै आएका थिए ।

    तत्कालीन एमालेमा उनी माधव नेपाल निकट नेताका रुपमा चिनिंदै आएका थिए । एमालेको नवौं महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका उनलाई धेरैले प्रचण्ड-माधव समूहका नेता ठान्छन् । तर उनी प्रचण्ड-माधव समूहमा पनि सार्वजनिक रुपमा भने खुलेका छैनन् ।

  • नेकपामा खुल्न बाँकी लालबाबु पण्डितमात्रै, भन्छन्- जबज मान्नेहरु एकै ठाउँमा हुनुपर्छ

    नेकपामा खुल्न बाँकी लालबाबु पण्डितमात्रै, भन्छन्- जबज मान्नेहरु एकै ठाउँमा हुनुपर्छ

    विराटनगर। पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लालबाबु पण्डित नेकपा विभाजनपछि दुवै पक्षमा नलागी तटस्थ बसेका छन् । उनी वामदेव गौतमको एकता अभियानमा पनि छैनन् ।

    नेकपाका केन्द्रीय सदस्यमध्ये दुवै पक्षमा नलागी तटस्थ बस्ने पण्डित अब एक्लो नेता बनेका छन् । केपी ओली पक्षले शनिवार विराटनगरमा गरेको सभामा उनी आउने अपेक्षा गरे पनि सभामा सहभागी भएनन् ।

    पण्डितले नेपाल प्रेससँग भने, ‘शनिवारको सभामा आउन भनेर धेरै साथीहरु घरमै आउनु भएको थियो । तर मैले अहिले दुबै समूहको सभा सम्मेलनमा नजाने निर्णय सुनाएपछि उहाँहरु कन्भिस भएर फर्किनुभयो ।’

    नेता पण्डितले प्रतिनिधिसभा विघटनापछि धेरै नेता कार्याकर्ताले आफनो निवासमा आएर पार्टीको लाइन स्प्रष्ट गर्न भनेको समेत बताए ।तर आफू अहिले तटस्थ् बस्ने भनेर उनीहरुलाई फर्काएको नेता पण्डितले बताए । उनले नेकपाको दुबै समुहको सभा सम्मेलन अहिले गाली गलाैज गर्ने मन्चको रुपमा परिणत भएको टिप्पणीसमेत गरे ।

    ‘अहिलेको स्थिति आउनुमा विचारभन्दा पदीय लडाइँ मुख्य कारण हो । त्यसैले म कतै लागेको छैन । मलाई दुवै समूहले बोलाए तर म कतै पनि गएको छैन, किनभने म फुटेको नेकपाको नेता हुन चाहन्न,’ पण्डितले भने

    आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको र तटस्थ रहेर त्यो भूमिका निर्वाह गर्न खोजेको बताए । उनले अदालत र निर्वाचन आयोगले गर्ने निर्णयपछि तुलानात्मक रुपमा जुन समूह आफूलाई उपयुक्त लाग्छ त्यही समुहमा गएर उभिने पनि बताए।

    पण्डितलाई माधव नेपालले औपचारिक कार्यक्रममा सहभागी हुनका लागि पटक-पटक आग्रह गरेका छन् । तर पण्डितले भने जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नेहरूलाई एकै ठाउँमा जोड्नका लागि आफू लागिपरेको बताए ।

    प्रतिनिधिसभा विघटनपछि संसद सचिवालयमा दर्ता भएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा पण्डितको पनि हस्ताक्षर छ । तर उनले भने आफ्नो अर्कै प्रयोजनको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

    पण्डितले भने, ‘मैले आफनो पार्टीको सरकारका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेको छैन । अन्य राजनीतिक प्रयोजनका लागि हस्ताक्षर गरेको कुरा फोटोकपी गरेर अविश्वासको प्रस्तावको प्रयोजनमा समावेश गर्ने काम भएको छ । अविश्वास प्रस्तावमा मेरो समर्थन थिएन र हुन सक्दैन ।’

    तत्कालीन एमालेमा उनी माधव नेपाल निकट नेताका रुपमा चिनिँदै आएका थिए । एमालेको नवौँ महाधिवेशनमा माधवकुमार नेपाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार बनेका उनलाई धेरैले प्रचण्ड-माधव समूहका नेता ठान्छन् । तर आफू अहिले माधव नेपालको पक्षमा पनि नरहेको उनले प्रष्ट पारे ।