Tag: मेयर कप

  • पुलिसका दिपेन्द्रसिंह बने मेयर कपको उत्कृष्ट खेलाडी

    पुलिसका दिपेन्द्रसिंह बने मेयर कपको उत्कृष्ट खेलाडी

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सम्पन्न ‘काठमाडौं मेयर कप २०७७’ को उत्कृष्ट खेलाडी च्याम्पियन नेपाल पुलिस क्लबका अलराउन्डर दिपेन्द्रसिंह ऐरी घोषित भएका छन् ।

    काठमाडौंमा फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन दिपेन्द्रले ब्याटिङतर्फ १७६ रन बनाए भने बलिङतर्फ ८ विकेट लिएका थिए ।

    त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी घोषित भएका छन् । उन्ले प्रतियोगितामा १८४ रन बनाएका यिए ।

    वागमती प्रदेशका आरियो पौडेल उत्कृष्ट बलर घोषित भएका छन् । उनले प्रतियोगितामा १३ विकेट लिएका थिए ।

  • मेयर कप फाइनल: एपीएफविरुद्ध सुनिल धमलाको अर्धशतक!

    मेयर कप फाइनल: एपीएफविरुद्ध सुनिल धमलाको अर्धशतक!

    काठमाडौं । काठमाडौं मेयर कप २०७७ मा एपीएफ क्लबविरुद्ध १०६ रनको विजय लक्ष्य पछ्याइरहेको नेपाल पुलिस क्लबका ओपनर सुनिल धमलाले अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा पुलिसका लागि ओपनिङमा आएका सुनिलले ७६ बलमा ६ चौका र २ छक्कासहित ५० रन पूरा गरेका हुन् ।

    एपीएफविरुद्ध जित नजिक पुगेको पुलिसले २३.३ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएको छ ।

  • मेयर कप फाइनल: उपाधि जित्न पुलिसलाई १०६ रनको लक्ष्य

    मेयर कप फाइनल: उपाधि जित्न पुलिसलाई १०६ रनको लक्ष्य

    काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई काठमाडौं मेयर कप २०७७ को उपाधिका लागि १०६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रनको योगफल तयार ग¥यो ।

    टप अर्डर कोल्याप्स भएको एपीएफले १.३ ओभरमा १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । ओपनरद्वय शंकर राना ४ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख शून्यमा आउट भए ।

    वान् म्यान डाउनमा क्रिजमा उत्रिएका कप्तान शरद भेसावकर शून्यमा पेभेलियन फर्किँदा भुवन कार्की २६ बलमा १ चौकासहित १४ रन बनाएर पेभेलियन फर्के । इनिङ सम्हाल्ने कोसिस गरेका सन्दीप जोरा ३१ बलमा १ चौका र १ छक्कासहित १८ रन बनाएर ललित राजवंशीको बलमा एलबी डब्लु आउट भए ।

    सुमित महर्जन ४ रनमा पेभेलियन फर्किँदा तल्लो मध्यक्रमका ब्याट्सम्यान बसन्त रेग्मीले २२ तथा र अमरसिंह रौतेलाले १८ रनको योगदान गरे । कमलसिंह ऐरी १ तथा अविनाश बोहरा १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो १ रनमा अविजित रहे ।

    बलिङतर्फ नेपाल पुलिस क्लबका लागि गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर र सागर ढकालले ७.४ ओभरमा २३ रन खर्चेर ४/४ विकेट लिए । पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।

  • मेयर-११ लाई हराउँदै एपीएफ फाइनलमा

    मेयर-११ लाई हराउँदै एपीएफ फाइनलमा

    काठमाडौं । कप्तान शरद भेसावकर र सन्दीप जोराको अर्धशतकप्रेरित नेपाल एपीएफ क्लब पहिलो चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै मेयर कपको फाइनलमा पुगेको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको एपीएफले १८७ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको एपीएफले शरद र सन्दीपको अविजित अर्धशतक मद्दतमा ४४.१ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

    एपीएफका लागि सन्दीप ७९ बलमा ९ चौकासहित ६२ रन तथा शरद ११८ बलमा ५ चौका र १ छक्कासहित ६१ रन बनाएर बनाएर अविजित रहे ।

    मेयर-११ का लागि कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १/१ विकेट लिए ।

    यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओरभमा सबै विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो ।

    मेयर ११ का लागि सन्दीप रजालीले सर्वाधिक ४८ बलको योगदान गरेका थिए । अर्धशतक बनाउन दुई रनले चुकेका सन्दीपले ८३ बलमा ५ चौका प्रहार गरेका थिए । त्यस्तै हरिशंकर साहले ३६ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    एपीएफका लागि कमलसिंह ऐरी र अविनाश बोहराले ३/३ विकेट लिए । त्यस्तै बसन्त रेग्मी, कप्तान सरद भेसावकर र भुवन कार्कीले १/१ विकेट लिएका थिए ।

    जितसँगै फाइनलमा पुगेको नेपाल एपीएफ क्लबले शनिबार उपाधिका लागि विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    नेपाल पुलिस क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ । तीन विभागीय, एक प्रादेशिक र एक महानगरपालिका गरी प्रतियोगितामा कूल पाँच टोलीको सहभागिता थियो ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट दुई शीर्ष टोलीले फाइनल खेल्ने तय भएको थियो । जसअनुसार अन्य तीन टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

  • मेयर ११ लाई हराउँदै पुलिस मेयर कपको फाइनलमा

    मेयर ११ लाई हराउँदै पुलिस मेयर कपको फाइनलमा

    काठमाडौं । काठमाडौं मेयर-११ लाई १०३ रनले पराजित गर्दै विभागीय महारथी नेपाल पुलिस क्लब काठमाडौं मेयर कपको फाइनलमा पुगेको छ । राउन्ड रोबिन पद्धतिमा जारी लिगको पहिलो चरणका चार खेलमध्ये तीनमा जित हासिल गर्दै पुलिस फाइनल पुग्ने पहिलो टोली बनेको हो ।

    बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाएर १८७ रनको योगफल तयार गरेको थियो ।

    दोस्रो इनिङमा १९८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मेयर-११ ले ३१.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो । मेयर ११ का लागि कप्तान सन्दीप लामिछानेले १७ बलमा ३ चौका र २ छक्कासहित २६ रनको योगदान गरे । त्यस्तै, कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    बलिङतर्फ पुलिसका लागि पवन सर्राफले ६.२ ओभरमा १६ रन खर्चेर १ मेडनसहित ४ तथा दिपेन्द्रसिंह ऐरीले ३ र ललित राजवंशीले २ विकेट लिए । सागर ढकालको नाममा १ विकेट रह्यो ।

    पहिलो इनिङमा पुलिसका लागि योगेन्द्रसिंह कार्कीले ५५ बलमा ४ चौकासहित सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै आरिफ शेखले २९ बलमा ३ चौका र ३ छक्कासहित ३४ तथा पवन सर्राफले ५१ लबमा २८ रन जोडेका थिए । अन्तिम खेलमा एपीएफविरुद्ध शतक प्रहार गरेका दिपेन्द्रसिंह ऐरी ३८ बलमा २४ रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    मेयर-११ का लागि कप्तान सन्दील लामिछाने, हरिशंकर साह र बिपिन खत्रीले ३/३ तथा अनिल खरेलले १ विकेट लिएका थिए ।

    जितसँगै पुलिस फाइनलमा पुग्दा मेयर ११ को फाइनल प्रवेशको सम्भावना न्यून देखिएको छ । तीन खेलमा २ हार र १ जित निकालेको मेयर ११ ले अन्तिम खेलमा जित हासिल गरे नेपाल एपीएफ क्लबले  बाँकी खेल जिते सम्भावना समाप्त हुनेछ ।

    पुलिसले ४ खेलबाट ६ अंक हासिल गरेको छ भने एपीएफको ३ खेलबाट ४ अंक छ । काठमाडौं, त्रिभुवन आर्मी र वाग्मती प्रदेशको २/२ अंक छ ।

  • पुलिसविरुद्ध टस जितेर फिल्डिङ गर्दै मेयर-११

    पुलिसविरुद्ध टस जितेर फिल्डिङ गर्दै मेयर-११

    काठमाडौं । राजधानीमा जारी काठमाडौं मेयर कपमा मेयर ११ का कप्तान सन्दीप लामिछानेले नेपाल पुलिस क्बलविरुद्ध टस जितेर फिल्डिङ रोजेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा काठमाडौं ११ दोस्रो जित हासिल गर्न चाहन्‍छ । पहिलो खेलमा वाग्मती प्रदेशलाई ९४ रनले पराजित गरेको मेयर ११ दोस्रो खेलमा त्रिभुवन आर्मी क्बलसँग ५ विकेटले पराजित भएको थियो ।

    अर्कातिर पुलिस आजको खेलमा जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । पहिलो खेलमा वाग्मतीलाई २ रनले पराजित गरेको पुलिसले दोस्रो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको थियो ।

    तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको पुलिस आजको खेलमा जित हासिल गरे प्रतियोगिताको फाइनलमा पुग्ने छ । राउन्ड रोबिन पद्धतिमा जारी खेलको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    ३ खेलमा दुई जित निकालेको पुलिस ४ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट समान नतिजा निकालेको एपीएफ दोस्रो र २ अंक जोडेको काठमाडौं मेयर ११ तेस्रो स्थानमा छ ।

    ३ खेलमा एक जित र २ हार बेहोरेको आर्मी चौथो र समान नतिजा निकालेको वाग्मती पाँचौं स्थानमा छन् ।

  • वाग्मतीको पहिलो जित, सोनु देवकोटाले लिए ६ विकेट

    वाग्मतीको पहिलो जित, सोनु देवकोटाले लिए ६ विकेट

    काठमाडौं । सोनु देवकोटाको ६ विकेटप्रेरित वाग्मती प्रदेशले काठमाडौं मेयर कप २०७७ मा मंगलबार विभागीय प्रतिद्वन्दी नेपाल एपीएफ क्लबलाई २७ रनले पराजित गरेको छ ।

    सुरुआती दुई खेलमा पराजित भएको वाग्मतीको जारी प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको वाग्मती दोस्रो खेलमा काठमाडौं मेयर ११ सँग ९४ रनले हारेको थियो ।

    मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीले कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवको अर्धशतक मद्दतमा २३३ रनको योगफल तयार गरेको थियो ।

    जितका लागि २३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको एपीएफले ४४.५ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सक्यो । एपीएफका लागि ओपनर आशिफ शेखले ३८ बलमा ७ चौका र २ छक्कासहित ५० रनको योगदान गरेका थिए ।

    त्यस्तै, शंकर रानाले ५८ बलमा ३ चौकासहित २९ तथा अमरसिंह रौतेलाले २७ र सन्दीप जोराले २५ रन जोड्दा अविनाश बोहरा १ रनमा अविजित रहे ।

    वाग्मतीका लागि सोनुले १० ओभरमा ४१ रन खर्चेर सर्वाधिक ६ तथा रामनरेश गिरी र आरियो पौडेलले २/२ विकेट लिए ।

    पहिलो इनिङमा ब्याटिङ गरेको वाग्मतीका लागि कप्तान ज्ञानेन्द्रले ८४ बलमा ७ चौकासहित ५७ तथा नन्दनले ५६ बलमा ७ चौका २ छक्कासहित ६० रनको योगदान गरेका थिए ।

    त्यस्तै, आदिल खान ३४ तथा इशान पााण्डे ३१ रन बनाएर पेभेलियन फर्किँदा पारस खड्काले २९ रनको योगदान गरेका थिए ।

    एपीएफका लागि अमरसिंह रौतेला र किशोर महतोले २/२ तथा अविनाश बोहरा र बसन्त रेग्मीले १/१ विकेट लिए ।

  • मेयर कपमा पुलिसको दोस्रो जित 

    मेयर कपमा पुलिसको दोस्रो जित 

    काठमाडौं । मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेसँगै काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको त्रिभुवन आर्मी क्लबे ३०.२ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल तयार गरेको थियो ।

    ८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि सुनिल धमलाले ४८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै, दिलिप नाथ १५ रन बनाएर पेभेलियन फर्किँदा पवन सर्राफ २२ तथा सागर ढकाल शून्यमा अविजित रहे ।

    आर्मीका लागि साहब आलमले ९ ओभरमा ४५ रन खर्चेर १ मेडनसहित ७ विकेट लिए ।

    यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको आर्मीका लागि लोकेश बमले २४ बलमा सर्वाधिक ३२ रनको योगदान गरेका थिए । पुलिसका लागि सागर ढकालले १० ओभरमा ४० रन खर्चेर २ मेडनसहित ५ विकेट लिएका थिए ।

    पहिलो खेलमा वाग्मतीलाई २ रनले पराजित गरेको पुलिस दोस्रो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको थियो ।

    पहिलो खेलमा एपीएफसँग पराजित भएको आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर ११ लाई पराजित गरेको थियो । कूल पाँच टोली सहभागी भएको प्रतियोगिताको पहिलो चरणको समाप्तिसँगै शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

     

  • मेयर ११ विरुद्ध त्रिभुवन आर्मी ५ विकेटले विजयी

    मेयर ११ विरुद्ध त्रिभुवन आर्मी ५ विकेटले विजयी

    काठमाडौं । सोमपाल कामीको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप २०७७ मा सोमबार मेयर-११ लाई ५ विकेटले पराजित गरेको छ  ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं मेयर ११ ले ४२.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गरेको थियो । १५६ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

    आर्मीका लागि सोमपालले ५१ बलमा ९ चौका र ६ छक्कासहित ८० रनको योगदान गरे । त्यस्तै, कुशल मल्लले २३ रन जोड्दा कप्तान विनोद भण्डारी २० रनमा अविजित रहे ।

    मेयर ११ का लागि बिपिन कार्की र कप्तान सन्दीप लामिछानेले २/२ तथा अनिल खरेलले १ विकेट लिए ।

    पहिलो इनिङमा मेयर ११ का लागि सौरभ खनालले ७४ बलमा सर्वाधिक ४२ तथा सन्दीप रजालीले ६३ बलमा ३७ रनको योगदान गरेका थिए । त्यस्तै, खडक बोहराले १९, हरिशंकर साहले १८ तथा कप्तान सन्दीपले १३ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    आर्मीका लागि किफायती बलिङ गरेका साहब आलमा १० ओभरमा ३९ रन खर्चिएर १ मेडनसहित ४ विकेट लिए । जितेन्द्र मुखियाले १० ओभरमा ३८ रन खर्चेर ३ मेडनसहित ३ विकेट लिए ।

    पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग १ विकेटले पराजित भएको आर्मीको जारी प्रतियोगितामा पहिलो जित हो । आइतबार वाग्मती प्रदेशलाई ९४ रनले पराजित गरेको मेयर ११ को भने पहिलो हार हो ।

  • मेयर ११ ले आर्मीलाई दियो १५६ को लक्ष्य

    मेयर ११ ले आर्मीलाई दियो १५६ को लक्ष्य

    काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं मेयर ११ ले काठमाडौं मेयर कप २०७७ मा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १५६ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाएर १५५ रनको योगफल तयार गर्‍यो । मेयर ११ का लागि सौरभ खनालले ७४ बलमा सर्वाधिक ४२ तथा सन्दीप रजालीले ६३ बलमा ३७ रनको योगदान गरे । त्यस्तै, खडक बोहराले १९, हरिशंकर साहले १८ तथा कप्तान सन्दीपले १३ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    आर्मीका लागि किफायती बलिङ गरेका साहब आलमा १० ओभरमा ३९ रन खर्चिएर १ मेडनसहित ४ विकेट लिए । जितेन्द्र मुखियाले १० ओभरमा ३८ रन खर्चेर ३ मेडनसहित ३ विकेट लिए ।

    पहिलो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको आर्मी पहिलो जितको खोजीमा छ भने आइतबार वाग्मती प्रदेशलाई ९४ रनले पराजित गरेको मेयर ११ लगातार दोस्रो जितको खोजीमा छ ।

  • मेयर–११ले वाग्मतीलाई दियो २४५ रनको लक्ष्य

    मेयर–११ले वाग्मतीलाई दियो २४५ रनको लक्ष्य

    काठमाडौं । काठमाडौं मेयर कपमा मेयर–११ ले वाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर–११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४४ रनको योगफल तयार गरेको हो ।

    खराब सुरुआत गरेको मेयर–११ का लागि अन्त्य क्रमका ब्याट्सम्यानले इनिङ सम्हाल्दै सम्मानजनक योगफलतर्फ डोर्याए । मेयर–११ का लागि सौरभ खनालले अविजित रहँदै बनाएको ४९ रन नै इनिङको सर्वाधिक बन्यो ।

    त्यस्तै, कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेल्दा बिपिन कार्की ३२, सिद्धान्त लोहनी ३४ र सन्दीप रजालीले ३३ रनको योगदान गरे ।

    अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वाग्मतीका लागि नन्दन यादवले १० ओभरमा ४१ रन खर्चेर १ मेडनसहित सर्वाधिक ४ विकेट लिए । आरियो पौडेल र रामनरेश गिरीले २/२ तथा दिपेश श्रेष्ठले १ विकेट लिए ।

    शनिबार भएको खेलमा नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको वाग्मती फाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रतियोगितामा पाँच टोली सहभागी छन् ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणको समाप्तिबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

  • दिपेन्द्रको शतकमा पुलिसले एपीएफलाई दियो १५९ रनको लक्ष्य

    दिपेन्द्रको शतकमा पुलिसले एपीएफलाई दियो १५९ रनको लक्ष्य

    काठमाडौं । दिपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपाल पुलिस क्लबले काठमाडौं मेयर कपमा विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबसामु २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५८ रनको योगफल तयार गर्यो । पुलिसका लागि दिपेन्द्रले १२० बलमा १०० रन पूरा गरेका थिए ।

    नेपाल पुलिस क्लबका लागि १३१ बलको सामना गरेका दिपेन्द्रले ११ चौका र ६ छक्कासहित १४० रनको शानदार इनिङ खेले ।

    पुलिसका लागि ओपनर कुशल भूर्तेलले १०, अनिल साहले १८, सुनिल धमलाले ३३, पवन सर्राफले ३५, कप्तान मन्जित श्रेष्ठले ३ तथा अमित श्रेष्ठले १ रन जोड्दा दिलिप नाथ ४ रनमा अविजित रहे ।

    अहिले क्रिजमा दिपेन्द्र १०५ र दिलिप नाथ १ रन बनाएर खेलिरहेका छन् । एपीएफका लागि कप्तान शरद भेसावकरले ३, अविनाश बोहराले २ र अमरसिंह रौतेलाले १ विकेट लिए ।

  • मेयर कप: आर्मीविरुद्ध एपीएफको रोमाञ्चक जित

    मेयर कप: आर्मीविरुद्ध एपीएफको रोमाञ्चक जित

    काठमाडौं । सुमित महर्जनको अर्धशतक प्रेरित नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्बललाई १ विकेटले पराजित गर्दै काठमाडौं मेयर कपमा विजयी सुरुआत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको एपीएफसामु आर्मीले २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको एपीएफले ४९.४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

    एपीएफका लागि सुमित महर्जनले ७८ बलमा ८ चौकासहित सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ खेले । आठौं नम्बरमा ब्याटिङ गर्न आएका बसन्त रेग्मी १ बलले अर्धशतक बनाउन चुकेका थिए । त्यस्तै अमरसिंह रौटेलाले ३८, शंकर रानाले ३३ तथा आशिफ शेखले १२ रनबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    आर्मीका लागि किफायती बलिङ गरेका बिक्रम शोबले १० ओभरमा २१ रन खर्चेर ३ मेडनसहित ३ विकेट लिए । त्यस्तै करण केसीले २ तथा सोमपाल कामी, साहब आलम र लोकेश बमले १/१ विकेट लिए ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले इनिङको अन्तिम बलमा अल आउट हुँदै २ सय ३५ रनको योगफल तयार पार्‍यो । आर्मीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ५६ रनको योगदान गरेका थिए ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले इनिङको अन्तिम बलमा अल आउट हुँदै २ सय ३५ रनको योगफल तयार पार्‍यो । आर्मीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ५६ रनको योगदान गरेका थिए ।

    कप्तान विनोद भणडारीसँग चौथो विकेटका लागि ७८ बलमा ७१ रनको साझेदारी गरेका थिए । विनोदले ४२ बलमा १ चोका र ३ छक्कासहित ४२, लोकेश बमले ३०, सोमपाल कामीले २८ र भीम सार्की १८ रनको योगदान गरे ।

    आर्मीका अन्तिम क्रमका ब्याट्सम्यानहरू असफल रहँदा एपीएफले अन्तिम ओभरमा ४ विकेट लिएको थियो । जसमध्ये ३ विकेट अविनाश बोहराको नाममा रह्यो । एपीएफका अमरसिंह रौटेला र भुवन कार्कीले २/२ तथा बसन्त रेग्मी र कमलसिंह ऐरीले १/१ विकेट लिए ।

    कप्तान विनोद भणडारीसँग चौथो विकेटका लागि ७८ बलमा ७१ रनको साझेदारी गरेका थिए । विनोदले ४२ बलमा १ चोका र ३ छक्कासहित ४२, लोकेश बमले ३०, सोमपाल कामीले २८ र भीम सार्की १८ रनको योगदान गरे ।

    आर्मीका अन्तिम क्रमका ब्याट्सम्यानहरू असफल रहँदा एपीएफले अन्तिम ओभरमा ४ विकेट लिएको थियो । जसमध्ये ३ विकेट अविनाश बोहराको नाममा रह्यो । एपीएफका अमरसिंह रौटेला र भुवन कार्कीले २/२ तथा बसन्त रेग्मी र कमलसिंह ऐरीले १/१ विकेट लिए ।

     

  • मेयर कप: पुलिससँग वाग्मति २ रनले पराजित

    मेयर कप: पुलिससँग वाग्मति २ रनले पराजित

    काठमाडौं । आजदेखि सुरु भएको काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लबले वाग्मति प्रदेशविरुद्ध २ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

    मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले २५.२ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्रै बनाएको थियो ।

    ७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वाग्मतिले २७.२ ओभरमा सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । वाग्मतिका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा झिनो लक्ष्यमा पनि पराजित हुनुपर्‍यो ।

    पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले ४ विकेट, ललित नारायण राजवंशीले ३, सागर ढकालले २ तथा रासिद खानले १ विकेट लिए ।

    यसअघि पहिलो इनिङमा पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ तथा अनिल साह, दिलिप नाथ र सुनिल धमलाले १०/१० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

    वाग्मतिका लागि आरियो पौडेलले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर सर्वाधिक चार विकेट लिए । त्यस्तै नन्दनले ३ तथा सोनु देवकोटाले १ विकेट लिए ।

    बिहान आउट फिल्ड चिसो भएकाले ढिलो सुरु भएको खेल ३८ ओभरमा छोट्याइएको थियो ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुरु भएको प्रतियोगितामा पाँच टोली सहभागी छन् । राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।