Tag: मुद्दा दायर

  • पत्रकारिता तालिमका नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

    पत्रकारिता तालिमका नाममा भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । पत्रकारिता तालिमका नाममा भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जना विरुद्ध अदालतमा मुद्धा दायर गरेको छ ।

    आयोगले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल विरुद्ध बिशेष अदालतका काठमाडौंमा मुद्धा दायर गरेको जनाएको हो ।

    उनिहरुले आर्थिक वर्ष २०७५-०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालन गरेभन्दा २ लाख ६० हजार ९ सय बढी रकम भुक्तानी गरेको पुष्टि भएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

    उनका अनुसार उक्त कार्यमा गाउँपालिका अध्यक्षसहित ६ जनाकै सहभागिता देखिएकाले आयोगले शुक्रबार बिशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको हो ।

  • सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको अभियोगमा तत्कालीन गाविस सचिव विरुद्ध मुद्दा दायर

    सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको अभियोगमा तत्कालीन गाविस सचिव विरुद्ध मुद्दा दायर

    काठमाडौं। सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमित गरी भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटको साविक लहँ गाविसका तत्कालीन सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन सचिव द्रोणप्रसाद पौडेलले मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भक्ता निकासा गरी हिनामिना गरेको पाइएकाले उनि विरुद्ध पाँच लाख ९३ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगसहित मुद्धा दर्ता गरेको हो ।

    यस्तै आयोगले साविक लहँ गाविसमा नै कार्यरत दीपक सुनारले सामाजिक सुरक्षा भत्ताको गलत कागजात तयार पारी सरकारी स्रोतको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा पनि मुद्दा दायर गरेको छ । आयोगले सुनारविरुद्ध चार लाख ४० हजार चार सय बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको आयोगको प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

    यसैगरी आयोगले गोरखा बारपाक सुलिकोट गाउँपालिका गोरखाका प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसमेत चार जनाविरुद्ध पनि विशेष अदालतमा आइतबार नै मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोप उनीहरुमाथि लागेको हो । स्थानीय भाँक्रीचोकदेखि ताकुसम्मको सडक निर्माणक लागि लागत अनुमानअनुसारको काम नगरेको तथा ठेकेदारसँग मिलेमतो गरी रकम हिनामिना गरेको आयोगको ठहर छ ।

    आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङ, लेखापाल गङ्गाबहादुर घले, इन्जिनीयर सुजन अँगाईविरुद्ध तीन लाख ६८ हजार चार सय २० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ । यस्तै ठेकेदार सोम उण्ड अमर कन्स्ट्रक्सनका अमरबहादुर गुरुङविरुद्ध पनि सोही बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रिसालले जानकारी गराएका छन् ।

  • म्यानमारको सैन्य प्रशासनद्धारा सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर

    म्यानमारको सैन्य प्रशासनद्धारा सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर

    याङगुन । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सुचीको दल नेशनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ ।

    सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ ।

    यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस बाहेक उहाँमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।

    फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर जम्हालेपछि सूचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा भएकी सूची अदालतमा अत्यन्त कम देखिनुभएको छ । उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ ।

    म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सूचीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ ।

  • ९१ करोड बिगो दाबीसहित राजस्व छलेको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर

    ९१ करोड बिगो दाबीसहित राजस्व छलेको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले सर्लाहीका १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    राजश्व अनुसन्धान विभागले बुधबार ११ ओटा व्यापारिक फर्मको बैंक खाता सञ्चालन गरी राजस्व छलेको अभियोगमा बलरा–७ का सुबोध साह मुख्य अभियुक्त सहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

    राजश्व छलेको अभियोगसहित ९१ करोड ३० लाख ५६ हजार ५१९ रुपैयाँ मागदावी गर्दै पाटन उच्च अदालतमा मुद्धा दायर गरिएको राजश्व भिभागले जानकारी दिएको छ। जसमा १० जना अभियुक्त र ३ जना मतियार बनाइएको विभागले बताएको छ ।

    एस.वी.के. इन्टरनेशनल, डाइनामिक इन्टरनेशनल ट्रेड प्रालि, एन.एस. एक्टिभ इन्टरनेशनल प्रालि, क्राउन इन्टरनेशनल सप्लायर्स प्रालि,

    मनरेगा सप्लायर्स, युनियन इम्पेक्स, मेगा राइज इन्टरनेशनल ट्रेड प्रालि, सनसाइन प्रोलिंक ट्रेड प्रालि, सी.बी.एस. इन्टरनेशनल सप्लायर्स प्रालि, टिटानियम सप्लायर्स प्रालि रेन्बो एक्टिभ सप्लायर्स प्रालिका नामबाट राजस्व छली भएको विभागको दाबी छ।

    मुख्य कारोबारी, सवै फर्महरुका बैक खाता संचालक प्रतिवादी सुवोध साह समेतले कर बिजकको कारोवार गर्ने प्रतिवादीहरु सुरेन्द्र सहनी, सरोज कुमार मिश्र, कलिम अंसारी, अवधेश पटेल,

    सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनी समेतको मिलेमतोमा देहायका फर्महरु खडा गरि वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरेको देखिएको विभागले बताएको छ ।

    प्रतिवादीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी देहाय बमोजिम राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ) १० बमोजिम कारावाही हुने विभागले बताएको छ।