Tag: बीमित

  • बाँकी बीमितकाे कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रीकाे निर्देशन

    बाँकी बीमितकाे कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रीकाे निर्देशन

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा भुक्तानी गर्न बाँकी विभिन्न कम्पनीहरुसँग छलफल गरेका छन् ।

    बुधबार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् ।

    यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिए ।

    विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।