Tag: बारेकोट

  • जाजरकोटको बारेकोट- ९ मा एमालेको प्यानलै विजयी, पालिका अध्यक्षमा पनि एमाले नै अगाडि

    जाजरकोटको बारेकोट- ९ मा एमालेको प्यानलै विजयी, पालिका अध्यक्षमा पनि एमाले नै अगाडि

    जाजरकोट । जाजरकोटको बारेकोट– ९ मा वडाध्यक्षसहित एमालेको प्यानलै विजयी भएको छ । एमालेका वडाध्यक्ष उम्मेदवार दानबहादुर शाहीले ३७७ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कर्णबहादुर महतराले २६२ मत पाएका छन् ।

    यहाँ पालिका अध्यक्षमा एमालेका वीरबहादुर गिरी ३३२ मतसहित अगाडि छन् । गठबन्धनका अध्यक्ष उम्मेदवार महेन्द्रबहादुर शाहले ३०८ पाएका छन् भने उपाध्यक्षमा एमालेकी गीता सिंहले ३३५ र गठबन्धनका निसान गिरीले २७३ मत पाएका छन् ।