Tag: फैसला

  • संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश (फैसलाको पूर्णपाठ)

    संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश (फैसलाको पूर्णपाठ)

    काठमाडौं । प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।

    प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले आदेश गरेको छ ।

    सर्वोच्च अदालतले रिट निवेदकको माग बमोजिमका सबै आदेश जारी गरेको हो । सर्वोच्चको फैसलाको पूर्णपाठ यस्तो छ-

  • सर्वोच्चको फैसलाका ‘साइड इफेक्ट’ : गोपाल किराँती र सन्ध्या तिवारीको पार्टी विलीन (?)

    सर्वोच्चको फैसलाका ‘साइड इफेक्ट’ : गोपाल किराँती र सन्ध्या तिवारीको पार्टी विलीन (?)

    काठमाडौं । सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी पार्टी ब्युँताउने निर्णय गरेपछि यसका अनेकन् ‘साइड इफेक्ट’ देखिएका छन् ।

    फैसलाले सत्तारुढ पार्टीभित्र उथलपुथल ल्यायो नै, यो विवादसँग असम्बन्धितहरूलाई पनि हानेको छ ।

    फैसलाबाट माधव नेपाल सबैभन्दा मर्कामा परेको चर्चा भइरहँदा गोपाल किराँतीको पीडा कसले बुझोस् । नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि असन्तुष्ट बनेका किराँतीले माओवादी केन्द्रकै नाममा संगठन निर्माण गरेका थिए ।

    निर्वाचन आयोगमा माओवादी केन्द्र उनको नाममा छ । तर, सर्वोच्चको फैसलासँगै उनले पार्टीको नाम गुमाएका छन् ।

    सर्वोच्चले स्पष्ट रुपमा पहिलेकै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि किराँतीको पार्टी खारेज हुने भएको हो । किराँतीको माओवादी केन्द्रसँगै सन्ध्या तिवारीको नाममा दर्ता रहेको नेकपा एमाले पनि खारेज हुनेछ ।

    सत्तारुढ नेकपाभित्र विवाद बढेपछि ओली समूहकै डिजाइनमा तिवारीले पार्टी दर्ता गराएको दाबी अर्को समूहले गरेका थिए ।

    किराँतीले पार्टीको नाम मात्र नभएर चुनावचिन्हसमेत गुमाउने छन् । गोलाकारभित्रका हँसिया हथाैडा चुनावचिन्ह माओवादी केन्द्रसँग हुनेछ । माओवादी केन्द्रको आधिकारिकता प्रचण्ड समूहसँग रहनेछ । त्यसले किराँतीले पार्टीको चुनाव चिन्ह नयाँ रोज्नुपर्ने भएको छ । यद्यपि, उनी पार्टीको आधिकारिकता दाबी गर्दै अदालत जान सक्नेछन् ।

    यता सन्ध्या तिवारीलाई भने चुनाव चिन्हको समस्या छैन । उनले पार्टी दर्ता ‘उदाउँदो सूर्य’ चु्नाव चिन्ह रोजेकी थिइन् । अदालतले ब्युँताएको एमालेको चुनावचिन्ह सूर्य हो । सूर्य र उदाउँदो सूर्यलाई फरक-फरक चुनावचिन्हको रूपमा आयोगले मान्यता दिइसकेको छ ।

    सन्ध्या तिवारी ओलिनिकट समूहले परिचालन गरेको मानिन्छिन् । नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आउने खतरा देखिएपछि एमाले नाम कब्जा गर्नका लागि उनलाई अघि सारेर पार्टी दर्ता गरिएको आशंका गरिएको थियो । तिवारी र उनको पार्टीका नेताहरूले आफूहरुलाई मदन भण्डारी र जनताको बहुदलीय जनवादको अनुयायी बताउँदै आएका छन् । अब एमाले ब्युँतिएपछि यो समूह अदालत जानेभन्दा एमालेमै समाहित हुन सक्छ ।

    नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता गरी नेकपा गठन गर्ने सहमतिसँगै असन्तुष्ट बनेको गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र पुनः विभाजित भएको छ।

    २०७५ फागुनको महाधिवेशनबाट गोपाल किराती नेतृत्वको नेकपा माओवादी दक्षिणपन्थी संशोधनवाद तथा सुधारवाद र अन्ध जातिवादमा फसेको ठहरका साथ महाधिवेशन बहिष्कार गरी भूमेश्वर पराजुलीको अध्यक्षतामा नयाँ पार्टी पुनर्गठित नेकपा माओवादी केन्द्र गठन भएको थियो ।

    उक्त पार्टीको प्रदेश १ समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै बद्री पासवानलाई १ नम्बर प्रदेशको संयोजक तोकेको छ भने प्रदेशको इन्चार्जमा पुरुषोत्तम अधिकारीलाई जिम्मेवारी दिएको छ।

    विज्ञप्तिमा किराती नेतृत्वको नेकपा माओवादी केन्द्रले आफ्ना इन्चार्ज अधिकारी, स्थायी समिति सदस्य तथा पुनर्गठित नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र भण्डारीप्रति ‘मण्डले शैली’ मा भ्रामक कपोलकल्पित विज्ञप्ति जारी गरेको घटनाप्रति पनि खेद व्यक्त गरेको छ।

    किराती नेतृत्वको नेकपा माओवादी केन्द्रलाई राजनीतिक संस्कार देखाउन सचेत पनि गराएको छ।