Tag: नेकपा एस

  • वागमती प्रदेशका १२ सांसदले एमाले छाडे, नेकपा एसको पक्षमा सनाखत (सूचीसहित)

    वागमती प्रदेशका १२ सांसदले एमाले छाडे, नेकपा एसको पक्षमा सनाखत (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका छन् ।

    उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

    सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् ।

    एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

    नेकपा एस रोज्ने सांसदहरू यस प्रकार छन् :-

    १. राजेन्द्र पाण्डे

    २. मुनु सिग्देल

    ३. वसुन्धरा हुमागाईं

    ४. लक्ष्मण लम्साल

    ५. राजेन्द्रमान श्रेष्ठ

    ६. पार्वती सिलवाल

    ७. ईन्द्रमाया गुरुङ

    ८. माधव पौडेल

    ९. वसन्त मानन्धर

    १०. रमा आले मगर

    ११. कुसुमकुमार कार्की

    १२. कृष्ण खनाल

  • निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ

    निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ

    काठमाडौं । नेकपा एमालेभन्दा ठूलो पार्टी बन्ने उद्घोषसहित नेकपा (एस) निर्माण गरेका माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्रमा निकै कमजोर देखिएका छन् । नेपालले जितेको काठमाडौं क्षेत्र नम्बर २ मा उनको पक्षमा लाग्ने जनप्रतिनिधि र कार्यकर्ताको संख्या अत्यन्तै न्यून रहेको छ ।

    नेकपा एमालेले मंगलबार आयोजना गरेको २ नम्बर क्षेत्रको भेलामा वडा सदस्यदेखि प्रदेशसभा सम्मका अधिकांस जनप्रतिनिधि सहभागी भएपछि नेपालको प्रभाव कमजोर देखिएको हो । नेपाल मतदाता रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीसहित पाँचैजना निर्वाचित सदस्यहरू एमालेमै रहने भएका छन् ।

    नेपालको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर ९ र ३२ पर्छन् भने कागेश्वरी मनहरा तथा शंखरापुर नगरपालिका पर्छन् । वडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठसहित निर्वाचित सबै सदस्यले एमालेमै रहने घोषणा गरेका छन् ।

    नेपालको पक्षमा कागेश्वरी मनहराका मेयर कृष्णहरी थापा र शंखरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ खुलेका छन् । शंखरापुरका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरीकी उपमेयर विन्दु पुडासैनीसहित अधिकांस वडाध्यक्ष एमालेमै रहने भएका छन् ।

    नेपालको क्षेत्रबाट एमालेले दुवै प्रदेशसभा सदस्य जितेको थियो । हाल वागमती प्रदेशको सभामुख रहेका सानुकुमार श्रेष्ठ र अर्का प्रदेशसभा सदस्य मणिराम फुयाल पनि एमालेमै रहने भएका छन् ।

    जिल्ला कमिटी र नगर तथा वडा कमिटीका अध्यक्षसहित पदाधिकारी र अधिकांस सदस्य पनि एमालेमै रहेको फुयालले बताए । उनले माधव नेपालको पक्षमा बढीमा १० प्रतिशत कार्यकर्ता जान सक्ने आँकलन गरेर उनीहरूलाई रोक्न आफूहरू लागेको बताए ।

    कागेश्वरीको मेयर थापाले भने अहिले अधिकांस मान्छे एमालेमै रहने भने पनि चुनावको बेलासम्म माधव नेपाल उम्मेदवार हुँदा ठूला नेताकै पक्षमा लाग्ने दावी गरे ।

  • भीम रावलबाट जोगाउन सुदूरपश्चिममा नेकपा एसका सांसदको आजै सनाखत गराइँदै

    भीम रावलबाट जोगाउन सुदूरपश्चिममा नेकपा एसका सांसदको आजै सनाखत गराइँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी भएका सांसदको आज सनाखत गर्ने तयारी छ । निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको आजै सनाखत हुन लागेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

    आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन् । एमालेमा १० बुँदे सहमतिको कार्यान्वयन र पार्टी संरचना जेठ २ मा ब्युँतिएसँगै भीम रावलले सुदूरपश्चिम इन्चार्जको भूमिका पाइसकेका छन् । आज त्यहाँ जान लागेका रावलले व्यक्ति-व्यक्तिगसँग डिल गरिरहेकाले प्रदेश सदस्यहरुको मन भाँडिदिने डरले एकीकृत समाजवादीले आजै सबैको सनाखत गर्न लागेको हो ।

    सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । नेकपा एकीकृत समाजवादीले आफूसँग १४ सांसद हुने दावी गरेको छ।

    ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ सांसद छन् । अहिले सभामुखसहित एमालेका २५, माओवादी केन्द्रको १२ कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।

    प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले आजै सनाखत गर्न आउने जानकारी गराइएको बताए ।

  • नेकपा एस प्रदेश २ सरकारमा सहभागी हुने, मन्त्रालय बाँडफाँटको जिम्मा केन्द्रलाई

    नेकपा एस प्रदेश २ सरकारमा सहभागी हुने, मन्त्रालय बाँडफाँटको जिम्मा केन्द्रलाई

    जनकपुरधाम । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा एक साताभित्रै सहभागी हुने भएको छ ।

    निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधिलाई भदौ २२ सम्मको समय दिएको छ । सो समयभित्र दल रोजेर नेकपा एकीकृत समाजवादीले प्रदेश २ सरकारमा सहभागी हुने बताएको छ ।

    नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतो छन् । उनी भन्छन्, ‘अहिले त एमालेमै छु । निर्वाचन आयोगमा सनाखत गरी एकीकृत समाजवादी पार्टी रोज्छौं । त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागी हुन्छौं ।’

    ‘सबै प्रदेश सरकारमा सहभागी हुने कुरा पार्टी अध्यक्ष माधव नेपाल कमरेड नै भनिसक्नुभएको छ’, उनले भने, ‘तर कहिले जाने भन्ने कुराको टुङ्गो अहिले लागेका छैन ।’ मन्त्रालय बाँडफाँटको कुरा केन्द्रले नै मिलाउने उनले बताए ।

    प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जना माधव नेपाल नेपालनिकट हुन् । उनीहरू सबैजना निर्वाचन आयोगमा सनाखत गरेर एकीकृत समाजवादी रोज्ने दावी गरिएको छ ।

    माधव नेपाल गुटमा रहेका कतिपय सांसद कुन दल रोज्ने विषयमा बोल्न मानेका छैन । सांसद सुन्दरबहादुर विश्वकर्माले भने, ‘भदौ २१ गते सनाखत गर्छु । त्यसपछि थाहा पाइहाल्नुहुन्छ ।’

    स्रोतका अनुसार कतिपय सांसद एमालेमै रहन छलफलमा छन् ।

  • माया ज्ञवाली चन्द्रागिरी बैठकमा, एक सातामै तीनपटक गुट परिवर्तन

    माया ज्ञवाली चन्द्रागिरी बैठकमा, एक सातामै तीनपटक गुट परिवर्तन

    काठमाडौं । एमाले सांसद माया ज्ञवालीले एक साताको बीचमा तेस्रोपटक गुट परिवर्तन गरेकी छन् । अघिल्लो साता माधव नेपाल पक्षको अर्याल होटलका बैठकमा भाग लिएकी ज्ञवाली सोही दिन संस्थापन पक्षको संसदीय दलको बैठकमा पुगेकी थिइन् ।

    ज्ञवाली अहिले चन्द्रागिरी रिसोर्टमा जारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को बैठकमा सहभागी भएकी छन् । उनी सोमबार साँझदेखि नै आफूहरूसँगै रहेको नेकपा (एस) का केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

    एमालेबाट समानुपातिक निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य बनेकी ज्ञवाली तत्काली नेकपा विभाजनको बेला पनि कहिले केपी ओली पक्ष र कहिले प्रचण्ड-माधव पक्षमा ओहोरदोहोर गरिरहेकी थिइन् ।

    नेकपा एसको बैठकमा राष्ट्रियसभाका ८ र प्रतिनिधिसभाका २३ जना समेत गरी ३१ सांसद सहभागी रहेको साहले बताए ।