Tag: धौलागिरी हिमाल

  • पहिलोपटक महिलाद्वारा हिमाल धौलागिरी हिमाल आरोहण

    पहिलोपटक महिलाद्वारा हिमाल धौलागिरी हिमाल आरोहण

    काठमाडौं । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् ।

    काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन्।

    सेभेन समिट टे«किङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए । ‘धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्’, उनले भने ‘धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।’

    श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए। पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।

    पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा ९पथप्रर्दशक० पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन्। पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार छिन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमालको आरोहण गरेकी थिइन् ।

    पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताइन् ।

  • धौलागिरी हिमालबाट संकलित ४७२० किलो फोहोर एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण

    धौलागिरी हिमालबाट संकलित ४७२० किलो फोहोर एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण

    काठमाडौं । नेपाली सेनाले धौलागिरी हिमालबाट संकलन गरेको फोहोर हस्तान्तरण गरेको छ । बिहिबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाको राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले “सफा हिमाल अभियान २०२१” अन्तर्गत् संकलन गरिएको फोहोर पुनः प्रयोग गर्नेगरी व्यवस्थापन गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण गरिएको हो ।

    फोहोर संकलनको क्रममा धौलागिरी हिमालमा फेला परेको दुई वटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाका लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बुझाइसकिएको छ ।

    उक्त हिमालबाट संकलन गरीएको ५ हजार २० किलो फोहोर मध्ये सड्ने र कुहिने खालको ३ सय किलो फोहोर आइतबार नै धौलागिरी गाउँपालिकालाई बुझाइसकिएको नेपाली सेनाका प्रवक्ता सन्तोस बल्लभ पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार नकुहिने ४ हजार ७ सय २० किलो फोहोर पुनः प्रयोग गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई बिहिबार हस्तान्तरण गरिएको हो ।

    साथै, सफा हिमाल अभियान अन्तर्गत् विभिन्‍न ६ वटा हिमालको सफाई कार्यक्रम जेठ १० गतेसम्म रहेकोमा फोहोरको उपलब्धता तथा कार्य प्रगतिलाई ध्याद दिएर धौलागिरी तथा आमादब्लम हिमालको सफाई कार्यक्रम जेठ ३ गते नै सम्पन्न गरिएको सेनाले जनाएको छ । मकालु हिमालको सफाई जेठ ११ गतेसम्म र सगरमाथा लगायत ल्होत्से तथा पुमोरीको सफाईलाई जेठ १५ गतेसम्म निरन्तरता दिइने सेनाको योजना छ ।