Tag: धान

  • पीडित किसानलाई प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्षको घोषणा

    पीडित किसानलाई प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्षको घोषणा

    जनकपुरधाम । बेमौसमी वर्षाले भित्र्याउने बेलामा धान बालीमा क्षति पुर्‍यापछि जनकपुरधामका एक वडाध्यक्षले राहत दिने घोषणा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका- १ का वडाध्यक्ष शत्रुधन साहले आज पत्रकार सम्मेलन गरी आफ्ना वडाका पीडित किसानहरुलाई प्रतिकट्ठा ४० किलो धान राहत दिने घोषणा गरेका हुन् ।

    उनले राहतका दिन क्षतिको विवरण संकलन गरिरहेको पनि जानकारी दिए । कार्तिक १ र २ गते भएको अविरल वर्षाका कारण किसानहरुको अन्नबालीमा ठुलो क्षति पुगेको थियो । अहिलेसम्म संघ, प्रदेश र स्थानीय मध्ये कुनै तहको सरकारले पीडित किसानलाई राहत दिने घोषणा गरेका छैन् ।

    तर वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने बताएका छन् । उनले भने,‘सरकारले किसानलाई राहत दिन चासो नदेखाएपछि आफ्नै घरबाट राहत दिने घोषणा गर्दछु ।’

    यसअघि पनि वडाध्यक्ष साहले कोरोना महामारीका कारण गरिएको लकडाउनका बेला पनि आफ्नो वडाका गरिब, विपन्न र असहायहरुका लागि निस्शुल्क खाना खुवाएका थिए । साथै आफ्ना वडाका हरेक गरिब परिवारलाई विभिन्न खालको सहयोग समेत उनले गर्दै आएका छन् ।

  • धानको न्यूनतम समर्थन मूल्य तोकियो, कुनको कति ?

    धानको न्यूनतम समर्थन मूल्य तोकियो, कुनको कति ?

    काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७ सय ५२ रूपैयाँ र मध्यम किसिमको धानको मूल्य २ हजार ९ सय २ रुपैयाँ छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले यस वर्ष तोकिएको धानको समर्थन मूल्य गत वर्षको भन्दा प्रति क्विन्टल १७ रूपैयाँले बढी भएको जानकारी दिए ।

    गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो ।

  • मेशिनले धान रोपेपछि स्थानीय दंग, चक्लाबन्दी गर्ने किसानलाई १० हजार अनुदान

    मेशिनले धान रोपेपछि स्थानीय दंग, चक्लाबन्दी गर्ने किसानलाई १० हजार अनुदान

    रुपन्देही । रुपन्देहीको देवदह क्षेत्रमा धान रोप्ने मेसिनद्वारा धान रोपाई शुरु भएपछि स्थानीय दंग परेका छन् । कानले सुनेपनि आफ्नै आँखाले यस्तो प्रविधि देख्न नपाएका धेरै स्थानीयलाई देवदह क्षेत्रमा पहिलो पटक यस्तो मेशिनबाट धान रोपाई शुरु गरेपछि खुसी भएका हुन् ।

    शक्तिमान कम्पनीद्वारा निर्मित ४ हाउस पावरको मेसिनले एक घण्टामा १० कठ्ठा जग्गामा धान रोप्न सकिने स्थानीय उदययकुमार सिंहले बताए । उनले नेपालमा यान्त्रिक प्रविधि भित्रिएपनि कृषकले महंगो मूल्य तिर्नुपरेको बताउदै यसको लागि सरकारले कृषकलाई यान्त्रिक अनुदानको व्यवस्था गर्न सुझाव दिए ।

    हातले रोपेको भन्दा प्रविधिले रोपेको धान उत्पादन धेरै हुने स्थानीय भेषराज पाण्डेले बताए । मेसिन प्रयोग गरी गरिएको धान रोपाईमा समान गहिराईमा धान रोप्न सकिने बताउँदै उनले सरकारले कृषकहरुलाई यान्त्रिकरणमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

    अवका दिनमा कृषि पेशामा युवाहरुलाई जोड्न यस्ता प्रविधिको आवश्यक भएको नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताइन् । परम्परागत कृषि खेतीबाट सोंचेजस्तो उत्पादन तथा आम्दानी हुन नसकेकोले कृषिमा परिवर्तन ल्याउन शुरु गरिएको उनको भनाइ छ ।

    देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले यान्त्रिकबाट धान रोपाई गर्दा उत्पादन बृद्धि हुनुको साथै लागत मूल्य पनि घट्ने बताए । उनले धान उत्पादन बृद्धि गर्नको लागि जग्गाको चक्लावन्दी गर्न आवश्यक रहेको औंल्याउदै जग्गा चक्लाबन्दीको लागि कृषकहरुलाई प्रोत्साहन गर्ने योजना अगाडि ल्याएको जानकारी दिए ।

    कृषि उत्पादन बृद्धिको लागि जग्गा चक्लाबन्दीको योजना अगाडि सारेपनि कार्यान्वयन हुन नसकेको बताउँदै जग्गा चक्लाबन्दी गर्ने किसानलाई देवदह नगरपालिकाले १० हजार अनुदानको व्यवस्था गरेको बताए ।

  • धान उत्पादनमा वृद्धि, ७१ हजार मेट्रिकटनले बढ्यो

    धान उत्पादनमा वृद्धि, ७१ हजार मेट्रिकटनले बढ्यो

    काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष धानको उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार जारी गरेको प्रतिवेदन अनुसार यो वर्ष करीब ७१ हजार मेट्रिकटनले धानको उत्पादनमा वृद्धि भएको हो ।

    चैते धान र वर्षे धान दुवैमा ७० हजार ८ सय ३१ मेट्रिक टन उत्पादन वृद्धि भएको मन्त्रालययको तथ्याङका उल्लेख छ ।
    गत वर्ष ५५ लाख ५० हजार ८ सय ७९ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ५६ लाख २१ हजार ७ सय १० मेट्रिकटन पुगेको छ ।

    यो वर्षको उत्पादकत्व ३ दशमलव ८२ पुगेको हो । जुन गत वर्षकोभन्दा शून्य दशमलव २८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा चैते र वर्षे गरी कूल १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमीनमा धानखेति गरिएको थियो ।

    यो वर्ष पनि गत वर्षको भन्दा १५ हेक्टर बढी जमीनमा धान खेति गरिएको थियो । यो वर्ष धान उत्पादन वृद्धि हुनुमा मनसुन र कामदारको सहज उपलव्धताले भएको मन्त्रालयले जानकारी दिएको छ ।