Tag: टप न्यूज

  • वीरगञ्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ भित्रियो, झण्डै २३ करोड राजस्व संकलन

    वीरगञ्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ भित्रियो, झण्डै २३ करोड राजस्व संकलन

    वीरगञ्ज (पर्सा) । चालू आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

    डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा २ अर्ब ९३ करोडले बढी हो ।

    जबकी गत आवको चार महिनाको अवधिमा भने ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आवको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिए ।

    ‘गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त हुने राजस्वमा समेत ९ दशमलव ६० प्रतिशतले बढेको छ,’ उनले भने ।

    कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड मूल्य पर्ने दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ । जसबाट १० अर्ब ७३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा भने २१ अर्ब ८३ करोड मूल्य पर्ने डिजेल आयात भएको थियो । सोबाट ९ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको थियो ।

    चालू आवको ४ महिनामा १४ अर्ब २७ करोड मूल्य पर्ने एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ । सो पेट्रोल आयात हुँदा ९ अर्ब ४३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको चार महिनामा भने १२ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोल आयात हुँदा ८ अर्ब ११ करोड राजस्व सङ्कलन भयो ।

    त्यस्तै यो अवधिमा ९ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । सो आयातबाट १ अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ ।

    गत आवको सोही अवधिमा भने ११ अर्ब १० करोड मूल्य पर्ने १० करोड तीन लाख ५९ हजार किलोग्राम एलपी ग्यास आयात भएको थियो । सो आयातबाट २ अर्ब आठ करोड राजस्व सङ्कलन भएको थियो ।

  • आहा ! लाङटाङ (तस्बिरहरू)

    आहा ! लाङटाङ (तस्बिरहरू)

    काठमाडौं । मनमोहक हिमशृङ्खलाले लोभ्याउने लाङटाङ पदमार्ग काठमाडौंबाट नजिकको पदमार्ग हो । असोज र कात्तिक यहाँ पदयात्राको लागि राम्रो सिजन मानिन्छ । यहाँ हिजोआज  विदेशीभन्दा बढी नेपाली भेटिन्छन् ।

    लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग । बीचबीचमा भेटिने अनुपम झरना, हिमश्रृङ्खलाहरुले पर्यटकहरूलाई आकर्षित गरिरहेको हुन्छ।

    काठमाडौंबाट नजिक पर्ने पदमार्ग भएकाले पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । नजिकैबाट प्राकृतिक सौन्दर्य अवलोकन र अनुभूत गर्नका लागि लाङटाङ पदमार्ग प्रसिद्ध रहेको छ ।

    क्यामेराका लेन्सले सुन्दर हिमाल, झरना, नदीनाला र प्राकृतिक सौन्दर्य कैद गर्दै यात्रा गर्नु यस पदमार्गको अर्को आकर्षण हो ।

    ‘एकैपटक आधा दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न पाइने, क्यान्जी गुम्बाबाट वरिपरि हिउँले ढाकेका हिमाल हेर्न पाइयो र सहज पदमार्ग र बसोबासका लागि पर्याप्त होटलहरू भएकाले पनि यस पदमार्गमा आन्तरिक र बाह्य पर्यटकहरुको आवागमन उस्तै देखिन्छ ।

    काठमाडौंबाट जानका लागि भने बालाजु माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ । माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ ।

    बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा । स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न सकिन्छ । तर, समय रहेमा लामा होटल वा रिइभरसाइडमा गएर बास बस्दा उपयुक्त हुन्छ ।

    भोलिपल्ट उकाली ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना,चरा चुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ ।

    यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोरीतर्फ जाने गर्दछन् ।

    हेरौं केही तस्बिर

    तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।

  • चर्का नारालाई भन्दा कोमल आत्मालाई सुन्ने कवि हुँ : रिजन मायालु

    चर्का नारालाई भन्दा कोमल आत्मालाई सुन्ने कवि हुँ : रिजन मायालु

    पेसाले बैंकर रहेका इलामका कवि तथा गीतकार रिजन मायालुको कवितासंग्रह ‘घुम्ती बिक्रीमा छ’ सार्वजनिक हुँदैछ । यसअघि ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’ नामक कवितासंग्रह सार्वजनिक गरेका उनको यो दोस्रो कवितासंग्रह हो । यही संग्रहको वरिपरि रहेर अर्का कवि शुभचन्द्र राईले रिजन मायालुलाई पाँच प्रश्न सोधेका छन् । प्रस्तुत छ कवितालाई कविकै प्रश्न अन्तर्गत गरिएको वार्ताको सम्पादित अंश  :

     प्रकृति र पर्यावरण अनि पर्यटनको केन्द्र इलामको जीवन–परिवेशले तपाईँको कविताको विचार निर्माण र लेखनमा कतिको भूमिका खेलेको छ ?

    बाल्यकालमा अदुवाको सुकेको झ्यास बटुलेर त्यसलाई बाँसको भाटाले दुईपट्टिबाट च्यापेर बार बनाउँथ्यौ । बारकै भित्ता र छानो लगाएर त्यही झ्यासकै डसना ओच्छ्याएर घर बनाउँथ्यौँ । सिमलको रातो गुलाबी फूल टिपेर, ढुङ्गाको भाँडाकुँडा बनाएर, जंगलको थरी थरीका फूल टिपेर र घरमा भएका काम नलाग्ने सामानहरू बटुलेर दोकान थाप्यौँ । कालीझारको पात टिपेर त्यसलाई पैसा भन्दै भाँडा कुटी खेल्थ्यौँ ।
    बिहानै पारिपट्टि घामले कञ्चनजंघालाई सिधै ताक्थ्यो । त्यो टल्केको घाम बिस्तारै सर्दै सर्दै तिनघरे, जहरसिँहगाउँ, मलिम, सिरवानी, मलबाँसे हुँदै घरसम्म आइपुग्थ्यो । हामी त्यही घामले चालेको पाइला हेर्दै कति बज्यो भनेर अन्दाज लाउन सक्थ्यौँ ।
    बिहान बस्तुभाउलाई एक भारी घाँस काटेर दुई/अढाई घण्टाको उकालो बाटोमा चियाका बुट्यान समाउँदै, धुपीका बोटमा अडेस लाग्दै, मार्से खोलामा हिलो र पसिना पखाल्दै अनि झरीमा मानेको पात ओढेर विद्यालय जान्थ्यौँ ।
    एक छाक मिठो मसिनो खानको लागि ठेला उठेको हात, पिल्सिएको ढाडले गरेको मेहनत देखेर होला, इलामको प्रकृतिले मलाई शान्त र संवेदनशील रहन सिकाएको छ । तसर्थ पक्कै पनि इलामको प्रकृति पर्यावरण अनि जीवन परिवेशले मेरो विचार निर्माण र लेखनमा प्रभाव पारेको छ । यहाँको परिवेश र जीवनशैलीको उपज नै मेरा कविताका मुख्य केन्द्र हुन् ।

    ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’देखि ‘घुम्ती बिक्रीमा छ’सम्म आइपुग्दा तपाईँले आफ्नै लेखनमा के कस्ता रूपान्तरण वा फरक देख्नुभएको छ ?

    घर बनाउनु परेमा सबैभन्दा पहिला घरको नक्सा बनाइन्छ । त्यही नक्सा अनुरूप राम्रो मिस्त्री, गुणस्तरीय सामान प्रयोग गरेर, बलियो जग गाडेर, रंगरोगन गरेपछि राम्रो घर बन्छ । यसर्थ ‘चुचुरो अनि स्वास्नी मान्छेहरू’ नक्सा हो भने बनेको घर हो ‘घुम्ती बिक्रीमा छ’ ।

     ‘घुम्ती बिक्रीमा छ’ सम्ममा आइपुग्दा आफैलाई आलोचनात्मक र बहुआयामी भइरहेको देखेँ । शब्दको मितव्ययी प्रयोग, अस्तित्ववादी प्रश्नहरू थपिए । समय सँगै कविको चेत पनि फराकिलो हुँदै जाँदो रहेछ । म पनि त्यसमा अछुत रहन सकिनँ । म चाहिँ नाराभन्दा आत्मालाई सुन्ने कवि बन्न खोजेँ । र त्यसलाई आत्मसात् गर्दै अघि बढ्दैछु  ।

    हाल नेपाली कविता परिदृष्यामा विषयगत विविधता, शैली–शिल्पका प्रयोग र डिजिटल माध्यमको प्रभाव तीव्र छ । आजको पुस्ताका लेखक र कविहरूका अवसर र चुनौती के के हुन् ?

    कुनै पनि कुराको विकासको लागि हरेक कुरामा नयाँ प्रयोग आवश्यक छ । कवितामा पनि त्यस्तो प्रयोग हुनु नौलो कुरा होइन । तर यसो भन्दैमा विविधता, शैली–शिल्पका प्रयोग र डिजिटल माध्यमको प्रयोगले अन्य लैगिंक, भाषिक, राजनैतिक र सामाजिक सहिष्णुतालाई असर पुर्‍याउने खालको लेखनलाई कहिल्यै प्राथमिकतामा राख्नु हुँदैन ।
    सत्तालाई सधैँ प्रश्न गरिरहनु र दलनमा परेको भुईँमान्छेको आवाज बनेर बोल्नु कविको जिम्मेवारी हो । साथै आफैँले बाँचिआएको समय, परिवेश, रीतिथिति आदिबारे काव्यमार्फत बचाइराख्नु जिम्मेवार कविको लागि अवसर हो ।

    आजको राजनैतिक, सामाजिक र पर्यावरणीय उथलपुथलले नेपाली समाज नयाँ मोडमा पुगेको छ । यस्तो परिवर्तन बीचमा कविको भूमिकालाई तपाईँले कसरी हेर्नुहुन्छ ?

    आजभोलि लेखकले भन्दा धेरै पुस्तक पाठकले पढ्ने गरेको भेटेको छु । पाठकहरू  धेरै बाठा छन् । त्यसो हुँदा चाहे राजनीतिक उथलपुथल होस् वा सामाजिक वा पर्यावरणीय उथलपुथल, पाठकले त्यस्ता हरेक उथलपुथलमा कविले कवितामार्फत् आवाज उठाइदेओस् भन्ने आस राख्छन् । र कवि, लेखकले जिम्मेवार तवरले जनताको आवाज बोल्नुपर्छ ।

    स्रष्टाले सत्ता र समयका विकृत संरचनाहरूसँग कति आलोचनात्मक हुनुपर्ने हो ? कविता प्रतिरोधको स्वर मात्रै हो कि, अरु केही पनि हो ?

    सत्ता भन्नाले केवल सरकार मात्र नबुझौँ । पुँजीवादको सत्ता, परम्पराको सत्ता, भेदभाव र मौनताको सत्ता इत्यादिको संरचनाप्रति आलोचनात्मक नहुने हो भने त्यो सिर्जना अपुरो रहन्छ । त्यस्ता बेतिथिलाई झाँगिन दिनु हुँदैन ।
  • दाङको प्रतिनिधि छनौट विवादमा : विधि मिचिएको भन्दै लिखित उजुरी

    दाङको प्रतिनिधि छनौट विवादमा : विधि मिचिएको भन्दै लिखित उजुरी

    दाङ । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ ।

    विधि र प्रक्रियाविपरीत गएर एकलौटी ढंगले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय संगठन विभागमा उजुरी हालेका छन् ।

    केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलरविपरीत मतदाता नामावली र निर्वाचन कार्यतालिका नै प्रकाशित नगरी साढे १० हजार प्रतिनिधिको हक अधिकार कुण्ठित गरी हचुवाका भरमा प्रतिनिधि छानिएको भुसालले बताएका छन् ।

    यद्यपि आज बिहान २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएको भनी निर्वाचन समितिले नामावली प्रकाशन गरेको छ ।

    त्यस्तै प्रतिनिधिका आकांक्षी सुरेश गौतमले स्वेच्छारी लादिएको भन्दै प्रतिनिधि छनौटको सम्पूर्ण प्रक्रिया तत्काल खारेज गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।

    ‘जिल्लाका नेतृत्वहरूले प्रतिनिधि छनोटको यो विधिहीन र मनमानीपूर्ण निर्णय महासचिव कमरेड शंकर पोखरेलको निर्देशनमा भएको भनी सार्वजनिक रूपमा भनिरहेका छन् । यदि यो कुरा सत्य हो भने पार्टीको केन्द्रीय नेतृत्वबाटै विधानको धज्जी उडाइएको ठहरिनेछ, जुन अत्यन्त दुःखद र निन्दनीय छ । कुनै पनि नेताको निर्देशनले पार्टी विधानलाई मिच्न सक्दैन’, गौतमले भनेका छन् ।

    यस्तो छ गौतमको भनाइ-

    प्रेस विज्ञप्ति
    विषय : एमाले महासचिव शंकर पोखरेलको नाम जोडेर दाङमा विधि र विधानको हत्या ! निर्वाचन समिति र मतदाता नामावलीविना प्रतिनिधि छनोट अस्वीकार्य
    नेकपा (एमाले) को आगामी मंसिर २७, २८ र २९ गते हुने ११ औं राष्ट्रिय महाधिवेशनका लागि दाङ जिल्लाबाट प्रतिनिधि छनोट गर्ने सन्दर्भमा पार्टीको विधान, नियमावली तथा केन्द्रबाट तोकिएको मापदण्ड र निर्देशिकालाई पूर्ण रुपमा लत्याएर जबरजस्ती रुपमा प्रतिनिधि चयन गरिएकोमा हाम्रो गम्भीर असहमति रहेको जानकारी गराउन चाहन्छौं । पार्टीलाई विधि र पद्धतिमा चलाउने, लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने तथा पार्टी सदस्यको भावनालाई कदर गर्ने प्रतिबद्धताका बाबजुद दाङ जिल्लामा भएको प्रतिनिधि छनोट प्रक्रिया अत्यन्तै अन्यायपूर्ण, अपारदर्शी र स्वेच्छाचारी रहेको छ ।
    हामी निम्न बुँदामा उल्लेखित प्रक्रियागत त्रुटि र मनमानीपूर्ण कार्यको घोर भत्र्सना गर्दछौं
    १.निर्वाचन प्रक्रियाको पूर्ण बेवास्ताः प्रतिनिधि छनोटका लागि आवश्यक निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन तथा अन्य निर्वाचन प्रक्रिया नै सुरु नगरी एकलौटी ढंगले प्रतिनिधिहरूको नाम घोषणा गरिएको छ । यो पार्टीको लोकतान्त्रिक अभ्यासको ठाडो उपहास हो ।
    २.महासचिवको नाम जोडेर स्वेच्छाचारिताः जिल्लाका नेतृत्वहरूले प्रतिनिधि छनोटको यो विधिहीन र मनमानीपूर्ण निर्णय नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलको निर्देशनमा भएको भनी सार्वजनिक रूपमा भनिरहेका छन । यदि यो कुरा सत्य हो भने पार्टीको केन्द्रीय नेतृत्वबाटै विधानको धज्जी उडाइएको ठहरिनेछ, जुन अत्यन्त दुःखद र निन्दनीय छ । कुनै पनि नेताको निर्देशनले पार्टी विधानलाई मिच्न सक्दैन ।
    ३.विधान र नियमावलीको उल्लंघनः प्रतिनिधि छनोटको लागि तोकिएको स्पष्ट विधि र प्रक्रियालाई मिचेर केही सीमित व्यक्तिहरूको स्वार्थ र दबाबमा मनलाग्दी ढंगले नामहरू समावेश गरिएको छ ।
    ४.संगठित सदस्यहरूको भावनामाथि कुठाराघातः मतदाता नामावली नै प्रकाशित नगरी प्रतिनिधि चयन गर्दा दाङका हजारौं संगठित सदस्यहरू आफ्नो मताधिकार प्रयोग गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन्, जसले पार्टीप्रति निराशा र वितृष्णा पैदा गरेको छ ।
    ५.बलजफ्ती र एकलौटी निर्णयः लोकतान्त्रिक छलफल र सहमति निर्माणको प्रयास नगरी, निश्चित समूहको एकलौटी निर्णयका आधारमा प्रतिनिधिका नामहरू घोषणा गरिएका छन ।
    हाम्रा माग
    १. दाङ जिल्लाबाट भएका प्रतिनिधि छनोटको सम्पूर्ण प्रक्रिया तत्काल खारेज गरियोस ।
    २. पार्टी विधान, नियमावली र केन्द्रले तोकेको मापदण्डको पूर्ण पालना गरी निष्पक्ष र पारदर्शी ढंगले पुनः प्रतिनिधि छनोट प्रक्रिया सुरु गरियोस् ।
    ३.महासचिवको नाम जोडेर स्वेच्छाचारी निर्णय गर्ने जिल्ला नेतृत्वहरू माथि विधान अनुसार आवश्यक कारबाही गरियोस ।
    पार्टीका लाखौं कार्यकर्ताको आस्था र विश्वासको धरोहर बनेको नेकपा (एमाले) लाई यस्तो गैर–लोकतान्त्रिक र विधिहीन अभ्यासले ठूलो क्षति पु¥याउँछ भन्ने हाम्रो ठहर छ । पार्टीको आन्तरिक जीवनलाई स्वस्थ, पारदर्शी र लोकतान्त्रिक बनाउनु हामी सबैको कर्तव्य हो । पार्टीलाई सही बाटोमा हिँडाउन र महाधिवेशनलाई विधि र पद्धतिको संगम बनाउन सम्पूर्ण दाङवासी पार्टी सदस्य तथा शुभचिन्तकहरूलाई यस संघर्षमा साथ दिन हार्दिक अपिल गर्दछौं ।
    सुरेश गौतम
    महाधिवेशन प्रतिनिधि उम्मेदवार
    दाङ–२
    नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन
  • सुक्दै तिनाउ- कानून नबन्दा १२ वर्षदेखिको संरक्षण अभियानमा सकस

    सुक्दै तिनाउ- कानून नबन्दा १२ वर्षदेखिको संरक्षण अभियानमा सकस

    रुपन्देही । रुपन्देही र पाल्पाको मुख्य जलाधार तिनाउ नदीको स्रोत सुक्दै र बहाव क्षेत्र नासिँदै चिन्ता बढ्न थालेको छ । 

    विज्ञहरूका अनुसार संरक्षणको अभावमा तिनाउ नदीको मुहान सुक्दै गएको छ । तल्लो तटीय क्षेत्रका उपभोक्ताले यसको मुहान संरक्षणका लागि योजना बनाउनुपर्ने नै यसको मुख्य विषय हो ।

    तिनाउले रुपन्देहीको साढे १४ हजार हेक्टर जमिन सिँचाइ गरेको छ । रुपन्देहीको सोह्र–छत्तीस नहर र चार तपाह नहरबाट सिँचाइको व्यवस्थापन भएको छ भने अन्य धेरै सहायक नहरहरू रहेका छन् । तिनाउको मुहानदेखि भारतको सीमा दशगजासम्म ९७ किलोमिटर रहेको छ । यो नदीबाट १ मेगावाट क्षमताको बिजुली निकाल्ने योजना रहे पनि अहिले उत्पादन रोकिएको छ ।

    अहिले पनि रुपन्देहीको बुटवल उपमहानगरले दैनिक १ लाख १० हजार लिटर खानेपानी प्रयोग गरिरहेको छ भने अब ८० हजार लिटर झुम्साखोला खानेपानी आयोजनाबाट ल्याउनका लागि अन्तिम काम भइरहेको छ । यो नदीको पानी रुपन्देही र पाल्पाका १४ पालिकाले उपभोग गरिरहेका छन् । खासगरी ढुङ्गागिट्टीबापत बुटवल, तिलोत्तमा, सियारी, शुद्धोधनसहितका पालिकाले करोडौँ राजस्व लिएका छन् ।

    यसलाई जोगाउन तिनाउ जलाधार र वातावरणीय सेवा भुक्तानीसम्बन्धी अभियान चलाएको पनि एक दशकभन्दा बढी भइसक्यो, तर ऐन–कानुन नबन्दा सबै रोकिएको छ । तिनाउका उपभोक्ता अर्थात् यसको मुहानका संरक्षणकर्ताहरू वातावरणीय सेवा भुक्तानीका लागि १२ वर्षदेखि लडिरहेका छन् । तराई भूपरिधि तथा संरक्षण कार्यक्रमले मस्यौदा निर्माण तथा छलफल गर्नका लागि प्राविधिक सहयोग गरिरहेको छ ।

    यसको संरक्षणका लागि पाल्पाको तिनाउ सामुदायिक वन समन्वय समिति खटेको लामो समय भयो, तर कुनै ऐन–कानुन बनेको छैन । तिनाउको मात्रै छुट्टै ऐन बनाउन धेरै प्रयास भयो र अहिले ऐनसमेत प्रदेश सभामा दर्ता भए पनि टेबल (पेश) भएको छैन ।

    सांसद, वन क्षेत्रका विज्ञ र सरकारका अधिकारीहरूले पनि तिनाउ नदीलाई मात्रै केन्द्रित गरेर छुट्टै ऐन बनाउनुभन्दा यसलाई आधार मानेर लुम्बिनीका सबै नदीको संरक्षण नीति बनाउनुपर्ने भन्दै अघि बढेको प्रक्रियालाई समेत ढिलाइ गरेका छन् ।

    तिनाउको मुहान रहेको रैनादेवी–छहरा–४ का वडाध्यक्ष गोविन्द रायमाझीले आफ्नो वडाको मेहल्धापमा रहेको पानीको मुहानलाई जोगाउन सकेमा तिनाउ जलाधार सुरक्षित र संरक्षित हुनसक्ने भएकोले मुहान संरक्षणमा माथिल्लो तटीय क्षेत्रले गरेको योगदानको कदर हुनुपर्नेमा जोड दिएका छन् ।

    यस्तै, तिनाउ नदीको अर्को मुहान क्षेत्र पूर्वखोला गाउँपालिका–४ देवीनगर, लेमधेमको संरक्षण हुन सकेमा तिनाउमा पानीको बहाव कहिले पनि नघट्ने सो वडाका वडाध्यक्ष एवम् पालिका प्रवक्ता मेहरसिंह थापाको भनाइ छ ।

    लुम्बिनीमा जलाधार ऐन निर्माणको विषयमा मुख्य आधार तिनाउको विषयले प्रवेश पाएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण सचिव प्रमोद भट्टराईले मन्त्रालयले लुम्बिनी जलाधार ऐन निर्माणका लागि प्रारम्भिक छलफल र स्थलगत अनुगमनको काम थालेको बताउँदै मुख्यमन्त्री, वनमन्त्री र सभामुखसँग आवश्यक परामर्श गरी आफू अघि बढ्ने जनाएका छन् ।

    ‘यो विषय माथिल्लो र तल्लो तटीय क्षेत्रका उपभोक्तालाई जोगाउने मात्रै होइन, नदी सभ्यतालाई जोगाउने र संरक्षण गर्ने गरी अघि बढाउनुपर्छ । तिनाउले सिङ्गो प्रदेशलाई मार्गदर्शन (गाइडलाइन) गरेको छ, ऐन नबन्दा यसको प्रभावकारी कार्यान्वयनमा समस्या हुन्छ नै तर सुरुमै कसरी जाने भन्ने विषय महत्त्वपूर्ण हो,’ उनले भने, ‘यसका विज्ञ र सरोकारवाला क्षेत्रको अवस्थालाई हेरेर सदनमा दर्ता भएको विधेयकलाई मन्त्रालयले पक्कै प्राथमिकतामा राख्नेछ ।’

    तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ लामो समयदेखिको प्रयासलाई छिटो टुङ्गो लगाउनुपर्ने बताउँछन् ।

    ‘तिनाउले वन, वातावरणको क्षेत्रमा लगानी गरेको छ । जलाधार संरक्षणका लागि सामुदायिक वन समन्वय समितिको सहयोगमा सचेतनामुखी काम गर्दै आए पनि वातावरणीय सेवा भुक्तानी ऐन प्रदेशबाट पास नहुँदा चिन्तित बनाएको छ,’ उनले भने, ‘सत्यवती, सुकेताल, सिमसार र चुरे क्षेत्रका तालहरू भए पनि संरक्षण गर्न सोचेजति सकिएको छैन ।’

    गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले तिनाउ नदीको संरक्षणका लागि सबैको चासो रहे पनि कानुन नबन्दा समस्या परेको बताए ।

    लुम्बिनी प्रदेशका सभामुख तथा सोही क्षेत्रका जनप्रतिनिधि तुलाराम घर्तीले सकेसम्म हिउँदे अधिवेशनमै यो ऐनलाई ‘फास्टट्रयाक’ बाटै भए पनि पास गर्न आफू तयार रहेको जनाएका छन् ।

    ‘लामो समयको मिहिनेतबाट यो प्रदेश सभामा दर्ता भएको हो, यो कुनै हचुवाको भरमा अघि बढेको होइन । यसले सिङ्गो प्रदेश र अन्य प्रदेशलाई पनि बाटो देखाउने गरी योजना बनाएको छ । सबैतिर नदीको मुहान सुक्दै गएको समयमा यसलाई सरकारले नै विशेष चासो दिएर विभागीय मन्त्रालयबाटै दबाबको रूपमा अघि बढाउनुपर्छ भन्ने हो । विज्ञ र सरोकारवाला क्षेत्रका माननीय सबै यसमा प्रस्ट भएपछि रोक्नुपर्ने कुनै कारण छैन,’ उनले भने ।

    सामुदायिक वन समन्वय समिति, पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले वातावरणीय सेवा ऐनका लागि तल्लो र माथिल्लो तटीय क्षेत्रसँग आवश्यक छलफल गरी मस्यौदा ऐन तयार गरेर सरोकारवाला निकायमा बुझाइएकोले सक्दो छिटो पास हुन सकेमा दुवै तटीय क्षेत्रलाई फाइदा हुने बताए । उनले १२ वर्षदेखि यो काममा आफूहरू निरन्तर खटिए पनि टुङ्गोमा पुग्न नसकेको बताए ।

    यो अभियानलाई लामो समयदेखि प्राविधिक सहयोग गरिरहेको तराई भूपरिधि संरक्षणका सह–प्रबन्धक राजन रिजाल यसलाई उदाहरणीय बनाउने प्रयासले अघि बढेको बताउँछन् ।

    ‘यो ऐन पास भए नमुना बन्छ । अरु प्रदेशमा पनि काम गर्न सकिन्छ । यो प्रदेशका पनि धेरै यस्ता नदी छन् जसलाई यो ऐनअनुसार काम अघि बढाउन सकिन्छ, यसले कसैलाई नोक्सानी गर्नेछैन,’ उनले भने ।

    नेपालमा वातावरणीय सेवा भुक्तानीको प्रचलन त्यति धेरै छैन । विश्व बैंकमार्फत् कार्बन सिंकबाट केही अभ्यास भने भएको छ । बुटवल उपमहानगरपालिकाले तिनाउ नदीको मुहान संरक्षण गरेबापत वार्षिक १५ लाख रुपैयाँ पनि अनौपचारिक रूपमा तिर्दै आएको छ, तर कानुन नभएका कारण कुनै कारणले यसलाई बेरुजु देखाइए कसरी अघि बढ्ने भन्ने चिन्ता उपमहानगरलाई रहेको छ ।

    रुपन्देहीको तिलोत्तमा पनि यसमा तयार छ । कतिपय विषयको महत्त्व नबुझेर पनि यस्ता सवालहरू कमजोर हुने गरेको यसका अभियन्ताहरू बताउँछन् । तिनाउ जलविद्युत् आयोजना तिनाउमा बनेर पनि सोही पालिकाको नुवाकोटका जनताले विद्युत् बाल्न लामो समय कुर्नुपर्यो । स्थानीयले पाउनुपर्ने अधिकारलाई प्रयोगमा ल्याउन सकेको भए त्यस्तो अवस्था सिर्जना नहुने स्थानीयको भनाइ छ ।

    बुटवल उपमहानगरले तिनाउलाई तिर्दै आएको वातावरणीय सेवा भुक्तानीलाई कानुनसम्मत बनाउन अहिले तिनाउ जलाधार क्षेत्र संरक्षण विधेयक ल्याउने प्रयास भइरहेको छ । यसका लागि समन्वय समितिले विधेयकको मस्यौदा गरी प्रदेश सरकारलाई बुझाएको छ ।

    लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सो विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेको पनि धेरै समय भइसकेको छ । रुपन्देहीका १४ वटा स्थानीय तहबाट वातावरणीय सेवा लिने तयारी सो क्षेत्रका उपभोक्ताहरूले गरेका छन् । पाल्पाको तिनाउ गाउँपालिकामा ८४ वटा सामुदायिक वन रहेका छन् ।

    वातावरणका जानकार तथा अधिवक्ता महेन्द्र पाण्डेका अनुसार वातावरणीय सेवा भुक्तानी भनेको वातावरण संरक्षण गर्ने व्यक्तिलाई वा समुदायलाई प्रतिफलस्वरूप दिइने भुक्तानी हो । यो व्यवस्थाअन्तर्गत ती मानिसहरूलाई आर्थिक लाभ दिइन्छ जसले वनजंगल बचाउने, पानी स्रोत संरक्षण गर्ने, माटो कटान रोक्ने वा कार्बन सोस्ने काम गर्छन् ।

    जंगल बचाएर पानीका मुहानहरू संरक्षणबापत, कार्बन सञ्चित गरी जलवायु परिवर्तन रोक्न मद्दत गरेबापत, वन्यजन्तु र वनस्पतिहरूको संरक्षण अर्थात् जैविक विविधताको संरक्षणबापत र सांस्कृतिक र प्राकृतिक सौन्दर्यको संरक्षण अर्थात् पर्यटन विकासबापत शुल्क तिर्ने अभ्यास अहिले संसारव्यापी छ ।

    नेपालमा २२ हजारभन्दा बढी सामुदायिक वनहरू छन्, जसले करिब २८ लाख हेक्टर वन क्षेत्रको संरक्षण गरेका छन् । सो बापत रेड प्लस (REDD+) कार्यक्रममार्फत नेपालले विश्व बजारमा कार्बन क्रेडिट बिक्री गरेर लाखौँ डलर भित्राउन सुरु गरेको छ । तथापि, यस्ता अभ्यासहरू अझै परियोजना तहमै सीमित छन् । अर्थात् जति आउनुपर्ने हो त्यति आउन सकेको अवस्था छैन ।

    रुपन्देहीको मुख्य भाग भएर बग्ने तिनाउ अहिले नदीजस्तो नरहेकाले पनि यसलाई जोगाउन ऐन चाहिने यसका चिन्तकहरू बताउँछन् । ‘यहाँ पानीको प्रवाहमा धेरै कमी आएको छ र विभिन्न माछाका प्रजाति पनि नष्ट हुँदै गएका छन् । यसको कारण अव्यवस्थित विकास, अतिक्रमण र जंगलहरूको विनाश नै हो ।

    त्यसबाहेक विश्वव्यापी रूपमा परेको जलवायु परिवर्तनको प्रभावले पनि असर गरेकै छ । कुनै बेला तिनाउ जलाधार आयोजना सञ्चालन भएको थियो । शायद वैदेशिक सहयोगमा सञ्चालित सो आयोजनाबाट दाता बाहिरिएपछि सरकारको प्राथमिकतामा परेन । रुपन्देहीले पचास र साठीको दशकमा नदी दोहन गरेर पर्याप्त आम्दानी पनि गर्थ्यो । तर आज त्यो इतिहासको विषय बनेको छ,’ यो क्षेत्रमा लामो समय कलम चलाउँदै आएका पत्रकार माधव अर्यालले भनेका छन् ।

    जानकारहरूका अनुसार वातावरणीय सेवा भुक्तानीलाई जलवायु संकटसँग जुध्ने, प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने र स्थानीय समुदायलाई सशक्त बनाउने विकल्पका रूपमा लिन थालिएको छ । नेपालमा काभ्रेको रोशी, चितवनको रानीवन र लमजुङको मर्स्याङ्दी जलाधार क्षेत्रमा यस्ता अभ्यास भएका छन् । उनीहरूले पानी खाएबापत घरधुरीका हिसाबले वार्षिक रूपमा शुल्क दिने गरेको पाइन्छ । कतै–कतै होटल र अन्य उद्योगबाट पनि शुल्क लिने गरेका छन् ।

    तिनाउ जलाधार संरक्षण विधेयकले तिनाउको विषय मात्र उठान गर्ने भएकाले यसलाई प्रदेशभर नै लागू गर्ने गरी कानुन बनाउनु अझ सान्दर्भिक हुने सुझाव रुपन्देही र पाल्पाका सांसदहरूले दिइसकेका छन् ।

    ‘जलाधार क्षेत्रको संरक्षण सबैका लागि अपरिहार्य छ । यो दिगो विकास र वातावरणीय उत्तरदायित्व स्थापित गर्ने अभियान पनि हो । त्यस अर्थमा यसलाई लुम्बिनी प्रदेशले अगुवाइ गर्दा अन्य प्रदेशले पनि सिक्न सक्नेछन्,’ प्रदेश सांसद तथा कानुन समिति सदस्य भोजप्रसाद श्रेष्ठ भन्छन् । प्रदेशले नीतिगत कानुनको व्यवस्था गरेपछि पालिका तहले पनि कानुन बनाएर मात्रै कार्यान्वयन गर्न सक्नेछन् ।

    ‘तिनाउले मिहिनेत गरेर यो काम अघि बढाएको हो तर अलग–अलग गर्दा समस्या हुन्छ कि भनेर प्रदेशका समग्र नदीहरूलाई जोडेर बनाउने कि भन्ने आएको छ । आवश्यकता छ भन्ने कुरामा सबै विश्वस्त हुनुहुन्छ । विशेषगरी वन मन्त्रालयको चासो हुनुपर्‍यो र मन्त्रिपरिषद् (क्याबिनेट) को चासो भएर अघि बढ्यो भने मात्रै सदनमा प्रवेश पाउने हो,’ उनले भने ।

    अधिवक्ता तथा वातावरण क्षेत्रका जानकार महेन्द्र पाण्डेले जतिसक्दो छिटो यो ऐन बनाएर तिनाउको सभ्यतालाई जोगाउनुपर्ने बताउँछन् । ‘जलाधार क्षेत्रको संरक्षण ऐन नै आवश्यक हो, यो एकीकृत अवधारणामा आधारित हुनुपर्छ । यो नहुँदा तल्लो र माथिल्लो तटीय क्षेत्र प्रभावित हुन्छ ।

    तत्काल सबैको बनाउन नसक्ने अवस्थामा यसलाई गति दिन तिनाउको विशेष योजना बनाउनुपर्छ । तिनाउ कञ्चन राख्न, दुवैतर्फको अपनत्व राख्न ऐन आवश्यक छ । ऐन बनाउनु प्रकृतिको हितमा हुन्छ भन्ने सबैलाई बुझाउनुपर्‍यो,’ उनले भने ।

    यसअघि रुपन्देही र पाल्पाबाट लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग तिनाउ जलाधार संरक्षण र वातावरणीय सेवा भुक्तानीको विषयमा धेरै पटक सामूहिक छलफल भइसकेको छ ।

    सरोकारवालाले सांसदहरूलाई तिनाउ जलाधार क्षेत्रको संरक्षण र वनजंगल जोगाइ स्वच्छ वातावरण कायम राख्नका लागि ऐन ल्याउन आग्रह गर्दा सांसदहरूले तिनाउ नदीको उपल्लो तटीय क्षेत्रदेखि तल्लो तटीय क्षेत्रको संरक्षण र वातावरण कायम राख्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले तिनाउको जलाधार घट्दै गएको र अतिक्रमणमा परेको तिनाउ नदीको संरक्षण गर्नुपर्ने र जनसहभागितामा तिनाउको उपल्लो र तल्लो तटीय क्षेत्र र वनहरूको संरक्षणमा राज्यको ध्यान जानुपर्ने बताए ।

    लुम्बिनीका प्रदेश सांसद हेमा बेल्बासे केसी, जानकी न्यौपाने, शान्ति लोध र भगवती अधिकारीले तिनाउ नदी र वनजंगल संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आवश्यकता अनुसार ऐन–कानुन बनाउन र आर्थिक कोषका लागि पनि पहल गर्ने सांसदहरूको प्रतिबद्धता छ ।

    कानुन तथा सुशासन विज्ञ डाक्टर चिरञ्जीवी भट्टराईले तिनाउ लगायतका देशका थुप्रै नदी र वनहरू अतिक्रमणमा परेकाले यस विषयमा राजनीतिक नेतृत्वलाई सचेत हुन आग्रह गरेका छन् । मानव सभ्यतासँग जोडिएको तिनाउ नदी जोगाउन नसकिए भोलिको पुस्ताले ठूलो समस्या भोग्ने भएकाले उपल्लो र तल्लो तटीय क्षेत्रमा पर्ने स्थानीय सरकारलाई सचेत हुन सरोकारवालाले आग्रह गरेका छन् ।

    गत साल जेठ महिनामा वन समितिले तिनाउ जलाधार क्षेत्र संरक्षण विधेयकको मस्यौदा सभामुखलाई बुझाएर सदनमा दर्ता भइसकेको छ । तिनाउ नदीसँग प्रत्यक्ष सरोकार राख्ने बुटवल उपमहानगरपालिका, बुटवल हाइड्रोपावर, खानेपानी संस्थान, सोह्र–छत्तीस सिँचाइ कुलो समिति लगायत छन् ।

    तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाका साथै शुद्धोदन, सियारी र मायादेवी गाउँपालिका छन् । तिनाउ वन समन्वय समितिको पहलमा तिनाउ नदीको उपल्लो तटीय क्षेत्रको संरक्षणका लागि तल्लो तटीय क्षेत्रबाट संरक्षण र संवर्धन हुने गरी कानुन बन्न लागेको र सदनमा विधेयक दर्ता भएपछि केही आशा जागेको समितिका वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद पाण्डेय बताउँछन् ।

    गाउँपालिकालाई प्राप्त हुने रकमले पछिल्ला वर्षमा स्थानीय वन समितिलाई वृक्षरोपण, मुहान सफा राख्ने, यस्तै डढेलो नियन्त्रणजस्ता कार्यका लागि प्रदान गर्ने गरिएको छ ।

  • नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा आज दाङमा

    नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा आज दाङमा

    रूपन्देही । नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनी प्रदेशअन्तर्गत दाङको देउखुरीस्थित लमहीमा एकता सन्देश सभा गर्दैछ ।

    नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज यहाँ कार्यक्रम गर्न लागिएको हो । शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो ।

    आजको सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल,भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

    लमही बजारभित्र बगैँचामा हुने कार्यक्रमको तयारी तीव्र बनाइएको आयोजकले बताएको छ । प्रदेशका विभिन्न जिल्लाबाट नेता-कार्यकर्ता आउने क्रम जारी छ ।

    नेकपा माओवादी केन्द्र, नेकपा एससहित दर्जन घटक मिलेर बनेको नेकपाले सांगठानिक गतिविधिलाई देशव्यापी रूपमा अभियानमा लगेको छ ।

  • आज देशैभरबाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै, कुनै पनि बहानामा नसार्न निर्देशन

    आज देशैभरबाट एमाले महाधिवेशन प्रतिनिधि छानिँदै, कुनै पनि बहानामा नसार्न निर्देशन

    काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन गरिँदैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन् ।

    शुक्रबार साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा आज निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी भइसकेको छ ।

    महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि धेरै ठाउँमा चुनावमै जानुपर्ने अवस्था आएको छ ।

    पार्टीको संगठन विभागले केहै दिनअघि ५ बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनौटलाई आजबाट नसार्न भनिसकेको छ । सबै प्रतिनिधिको नामावली पठाउन सोमबारको डेडलाइन छ ।

    एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन् । झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ ।

  • महोत्तरीबाट भागेकामध्ये २७३ कैदीबन्दी अझै बाहिर

    महोत्तरीबाट भागेकामध्ये २७३ कैदीबन्दी अझै बाहिर

    जलेश्वर (महोत्तरी) । जेन-जीको आन्दोलनका क्रममा महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार छन् ।

    जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए ।

    भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो । जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानुन बमोजिम कारबाही हुने बताए ।

    जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दी आफैँ स्वेच्छाले कारागारमा फर्किएका हुन् ।

    फरार कैदीबन्दीको खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    -रासस

  • एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

    एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

    यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

    नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

    नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

    चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ ।

    यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ ।

    यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

    -रासस

  • लुम्बिनीले नभेटेको लय, फेरि समूह चरणबाटै बाहिरिने भय

    लुम्बिनीले नभेटेको लय, फेरि समूह चरणबाटै बाहिरिने भय

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा खराब प्रदर्शन गर्दै पुछारमा रहेको लुम्बिनी लायन्सको दोस्रो सिजन पनि खासै सुखद भइरहेको छैन । अहिलेसम्म खेलेका ४ म्याचमा ३ हार व्यहोरेको लुम्बिनीको प्लेअफ सम्भावना जटिल बनेको छ ।

    पहिलो खेलमा जित दर्ता गरे पनि त्यसपछिका ३ खेलमा लगातार हार खेपेको हो । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा काठमाण्डु गोर्खाज र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुन पुग्यो । पहिलो सिजनमा लुम्बिनीले दुई खेलमा मात्रै जित निकालेको थियो ।

    चलेनन् विदेशी खेलाडी

    लुम्बिनीले आश गरेका विदेशी खेलाडीबाट अहिलेसम्म बलियो आड पाउन सकेको छैन । पहिलो खेलमा आक्रामक ब्याटिङ गरेका गुल्बदिन नाइबको त्यसयता न ब्याटिङ चलेको छ न बलिङ । उनले पहिलो खेलमा २५ बलमा ४४ रन बनाएका थिए । त्यसयताका ३ खेलमा उनले मात्र २९ रन बनाएका छन् । पहिलो खेलमा २ विकेट लिएका गुल्बदिनले त्यसयताका ३ खेलमा पनि मात्र २ विकेट लिएका छन् ।

    ओपनर डार्सी सर्ट पनि चल्न सकेका छैनन् । ४ खेलमा उनले ७० रन बनाएका छन् । बलिङ पनि उनको खासै प्रभावकारी छैन । टप अर्डरमा हुने ठूलो स्कोर बनाउन नसक्दा टोली ठूलो स्कोर बनाउन चुकिरहेको छ ।

    नामिबियाका जेजे स्मिथले ३ खेलमा ३१ रन बनाउँदा उनी विकेटविहीन छन् । नामिबियाका बलिङ अलराउन्डर स्मिथ बलिङमै फ्लप भएका छन् । नामिबियाका तीब्र गतिका बलर बेन ट्रम्पलम्यानको प्रदर्शन औसत छ । उनले ४ खेलबाट ६ विकेट लिएका छन् । पहिलो खेलमा ३ विकेट लिएका उनले त्यसयताको ३ खेलबाट ३ विकेट लिएका हुन् । ब्याटिङमा दोस्रो खेलमा १४ बलमा २९ रन बनाउनुबाहेक उल्लेख्य योगदान दिन सकेका छैनन् । एक खेलमा मात्रै अवसर पाएका थोमस ड्राका पनि चल्न सकेनन् । चौथो खेलमा उनी ३ ओभर बलिङ गर्दै २२ रन खर्चिएर विकेटविहीन बने ।

    अन्य टोलीमा विदेशी खेलाडीको दबदबा रहँदा लुम्बिनीमा भने विदेशी खेलाडी फ्लप भए । जसका कारण लुम्बिनी ४ खेलमा ३ खेलमा पराजित हुन पुग्यो ।

    कप्तानले पाएनन् साथ

    लुम्बिनीका कप्तान रोहित पौडेलले ४ खेलमा १३४ रन बनाएका छन् । पहिलो खेलमा ३९, दोस्रो खेलमा ४९, तेस्रो खेलमा ११ र चौथो खेलमा ३५ रन बनाए । अर्काेतर्फ लगातार विकेट गइरहँदा रोहितलाई विकेट होल्ड गरेर खेल्नुपर्ने बाध्यता आइलाग्यो । कुनै पनि खेलाडीले क्रिजमा टिकेर खेल्न सकेनन् । ४ वटै खेलमा लुम्बिनीका खेलाडीले ठूलो साझेदारी गर्न सकेनन् ।

    पहिलो खेलमा गुल्बदिन र कप्तान रोहितले चौथो विकेटका लागि गरेको ६० रनको साझेदारी नै सर्वाधिक साझेदारी हो । उक्त खेलमा लुम्बिनीले ६ विकेटको जित निकालेको थियो । त्यसयता कुनै खेलमा ठूलो साझेदारी हुन सकेन । जसका कारण लुम्बिनी ठूलो स्कोरतर्फ लम्किन सकेन । दोस्रो खेलमा बनाएको १५६ रन नै लुम्बिनीको ठूलो स्कोर हो ।

    मिडलअर्डरमा समस्या

    चौथो खेलमा लुम्बिनी कुनै समय ठूलो स्कोरतिर उन्मुख थियो । १६ ओभर एक बलमा लुम्बिनी ३ विकेट गुमाएर ११९ रन बनाएको थियो । तर, त्यसपछि लगातार विकेट जाँदा लुम्बिनी १४३ रनमा समेटिन पुग्यो । मिडलअर्डरमा रहेका गुल्बदिन, सन्दीप जोरादेखि रुबेनसम्म चल्न सकेनन् । जसले लुम्बिनीको स्कोरलाई साँघुरो बनायो । अन्य सबै खेलमा फ्लप हुन पुग्यो । टपअर्डरमा ठिकठाक प्रदर्शन भएपनि मिडलअर्डर र लोअर्डरमा ब्याटिङ चल्न नसक्दा लुम्बिनी धरासायी बन्दै आएको छ ।

    ४ वटै खेलमा लुम्बिनीका कुनै पनि खेलाडीले अर्धशतक प्रहार गर्न सकेका छैनन् । कप्तान रोहितले दोस्रो खेलमा बनाएको ४९ रन नै लुम्बिनीका खेलाडीले बनाएको सर्वाधिक रन हो । टी–२० क्रिकेटमा एउटा खेलाडीले मात्रै ठूलो स्कोर बनाउन सकेको खण्डमा पनि टोलीको स्कोर उठ्न सक्छ । तर, कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा टोलीले हार बेहोनुपरेको छ ।

    कप्तानले चिनेनन् स्पिनर

    एनपीएल सिजन–२ को लिग चरणमा खेल सकिँदा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने सूचीको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सुदूरपश्चिमका हरमित सिंह र तेस्रो नम्बरमा काठमाण्डुका मिलिन्द कुमार छन् । उनीहरू सबै स्पिनर हुन् ।

    बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई पहिलो जित दिलाउन स्पिन बलरले उत्कृष्ट प्रदर्शन गरे । पोखराका स्पिनर विपिन खत्री एक्लैले ४ विकेट लिए । अर्का स्पिनर सुमित वर्माले २, कप्तान कुशल भुर्तेलले एक विकेट लिए । पेस बलर आकाश चन्द र डान डाउथवैट विकेटविहीन रहे । विराटनगरलाई पहिलो हार चखाउन चितवनका स्पिनर रञ्जितकुमार एक्लैले ५ विकेट लिए ।

    यीबाहेक अन्य खेलमा स्पिन बलर हाबी भएका छन् । पिच स्पिन बलर अनुकूल हुँदा पनि लुम्बिनी कप्तान रोहितले आफ्ना स्पिन बलरलाई विश्वास गरेको देखिँदैन । युवा स्पिनर अभिषेक गौतमले एक खेलबाहेक अन्यमा आफ्नो स्पेल पुरा गर्न पाएका छैनन् । उनले चौथो खेलमा ४ ओभर बलिङमा २० रन खर्चेर एक विकेट लिए । लुम्बिनीको बलिङमा सबैभन्दा उत्कृष्ट इकोनोमी उनकै थियो । उक्त खेलमा अर्का स्पिनर तिलक भण्डारी र शेर मल्लले आफ्नो स्पेल पूरा गर्न पाएनन् ।

    पहिलो खेलमा ३ ओभरमा २ विकेट लिएका अभिषेकले पूरा स्पेल बलिङ गर्न पाएनन् । दोस्रो खेलमा अभिषेकले मात्रै एक ओभर बलिङ गर्न पाए । शेर मल्ल पनि ३ ओभरमा रोकिए । तेस्रो खेलमा पनि अभिषेकले आफ्नो स्पेल पूरा गर्न पाएनन् । उनीसँगै स्पिनर तिलकले पनि आफ्नो स्पेल पूरा गर्न पाएनन् ।

    आक्रामक ब्याटिङको अभाव

    लुम्बिनीका लागि सर्वाधिक रन बनाएका कप्तान रोहित कमजोर स्ट्राइक रेटका कारण आलोचित बनिरहेका छन् । उनले रक्षात्मक शैलीमा ब्याटिङ गर्दा अन्य ब्याटरलाई ठूला सट हान्न दबाब हुन्छ । जसले गर्दा विकेट खस्ने गर्छ । दोस्रो खेलमा कर्णालीविरुद्ध रोहितले ४३ बलमा ४९ न बनाए । सोही खेलमा कर्णालीका मार्क वाटले ४४ बलमा ११४ रन बनाएका थिए । अन्य खेलमा पनि रोहितको ब्याटिङमा आक्रामकता छैन । यो उनको शैली र परिस्थितिको बाध्यता दुवै हो ।

    पौडेलले पहिलो खेलमा ४४ बलमा ३९, तेस्रो खेलमा १६ बलमा ११ रन र चौथो खेलमा ३६ बलमा ३५ रन बनाए । उनी मात्रै होइन, लुम्बिनीका अन्य ब्याटरबाट पनि आक्रामक ब्याटिङ देख्न पाइएको छैन । ४ खेलमा लुम्बिनीले जम्मा १८ छक्का प्रहार गरेको छ । लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटले एक्लैले १२ छक्का प्रहार गरेका थिए । निकै आशा गरिएका स्वदेशी ब्याटर सन्दीप जोरा नचल्नु पनि लुम्बिनीको दुर्भाग्य बनिरहेको छ ।

    साझेदारी तोड्न नसक्नु

    कुनै पनि फर्म्याटको क्रिकेटमा साझेदारीले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ । साझेदारीबिना ठूलो स्कोर सम्भव हुँदैन । विपक्षीलाई लामो साझेदारी गर्न दिनु भनेको हारतर्फ उन्मुख हुनु हो । दोस्रो खेलमा लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाट र विलियम बोसिस्टोले १२३ रनको अविजित साझेदारी गरे । चौथो खेलमा सुदूरपश्चिमका विनोद भण्डारी र आरिफ शेखबीच ९९ रनको साझेदारी भयो । जुन लुम्बिनीका लागि घातक बन्यो । यी साझेदारी लुम्बिनीले तोड्न नसक्दा हारको भारी बोक्नुपर्‍यो ।

    डेथ ओभरमा रन खर्चिनु

    लुम्बिनीले अधिकांश खेलमा डेथओभरमा अत्यधिक धेरै रन खर्चिएको छ । पहिलो खेलमा चितवन राइनोजविरुद्ध अन्तिम २८ बलमा ५५ रन खर्चियो । दोस्रो खेलमा कर्णालीविरुद्ध लुम्बिनीविरुद्ध अन्तिम २७ बलमा ७५ रन बगायो । तेस्रो खेलमा काठमाण्डुविरुद्ध १४ बलमा ४० रन । चौथो खेलमा सुदूरपश्चिमविरुद्ध १४ बलमा २८ रन खर्चियो । जुन लुम्बिनीलाई हारको कारण बन्यो ।

  • एनपीएल-२ : बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित

    एनपीएल-२ : बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्समाथि विराटनगरले रोमाञ्चक जित निकालेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

    विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ गरे । बसिर ४३ बलमा ६२ रन बनाएर अविजित रहे । लोकेश बम ६, जर्ज मुन्से ०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

    बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई/दुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक/एक विकेट लिए ।

    त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो ।

    कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए ।

    विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक/एक विकेट लिए ।

  • सिंहदरबारमा गृहमन्त्री र दुर्गा प्रसाईँबीच वार्ता

    सिंहदरबारमा गृहमन्त्री र दुर्गा प्रसाईँबीच वार्ता

    काठमाडौं । सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याल र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबीच वार्ता गरेका छन् ।

    विभिन्न माग राख्दै आएका प्रसाईँ पाँच दिन अगाडि प्रहरी हिरासतबाट मुक्त भएका थिए । गत सोमबार मध्यराति प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।

    सार्वजनिक शान्तिमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेका थियो । सर्वोच्चको आदेशपछि उनी रिहा भएका थिए ।

    गृहमन्त्रीसँगको वार्तापछि उनले शनिबार आफ्नो निवासमा पत्रकार सम्मेलन हुने जानकारी पनि दिएका छन् । सम्मेलनमा समसामयिक विषय, गृहमन्त्रीसँग सम्पन्न वार्ताका निष्कर्षहरू र आगामी कदमबारे विस्तृत जानकारी दिने बताएका छन् ।

  • जेनजीले बुझाएको मस्यौदामा सोमबार हस्ताक्षर गर्ने प्रधानमन्त्रीको बचन

    जेनजीले बुझाएको मस्यौदामा सोमबार हस्ताक्षर गर्ने प्रधानमन्त्रीको बचन

    काठमाडौं । जेनजी आन्दोलनकारी र सरकारबीच आन्दोलनका उपलब्धि संस्थागत गर्ने विषयमा लिखित सम्झौता हुने भएको छ । जेनजीले प्रस्तुत गरेको सम्झौताको प्रस्तावलाई अन्तिम रूप दिएर सोमबार हस्ताक्षरको तयारी गरिएको हो ।

    आज जेनजी प्रतिनिधिहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो । छलफलमा सहभागी कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङका अनुसार सोमबारसम्ममा मस्यौदालाई अन्तिमरुप दिने वचन प्रधानमन्त्रीले दिएकी छन् ।

    चाम्लिङले भने, ‘हाम्रो मस्यौदामा सम्झौता हुन किन ढिलाइ भइरहेको छ भन्ने हाम्रो जिज्ञासा थियो । यही विषयमा छलफल गर्न प्रधानमन्त्री ज्युले बोलाउनुभयो । उहाँले सोमबारसम्ममा टुंगो लगाउने बताउनुभएको छ ।’’

    गत कात्तिक २८ गते जेनजीका केही समूहहरू एक ठाउँमा आएर साझा मस्यौदा बनाएका थिए । उक्त मस्यौदा सरकारलाई बुझाइएको थियो ।

    मस्यौदामा आन्दोलनका सहिद र घाइते परिवारसँग समन्वय गरेर अन्तरिम राहत र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सुनिश्चित गर्ने, जघन्य अपराध बाहेकका घटनामा पक्राउ परेका थुनुवालाई तत्काल थुनामुक्त गर्ने, प्रवासी नेपालीको मताधिकार सुनिश्चितता लागि पूर्वाधार विकास गर्ने, दलीय भागबण्डाका आधारमा गरिने नियुक्तिको अन्त्य गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको सम्बन्धमा देशभर बृहत् नागरिक भेला गर्ने लगायत एजेन्डा छन् ।

    जेनजीहरुले बुझाएको मस्यौदा आफूले त्यतिखेरै पढेको र सबै पक्षलाई पढ्न समेत दिएको प्रधानमन्त्री कार्कीले छलफलका क्रममा बताइन् । कार्कीको भनाइ उद्वृत गर्दै चाम्लिङले भनेँ, ‘म त साइन गर्दिहाल्छु, तर सबै पक्षलाई एक पटक हेर्न दिऊँ भनेर दिएको छु ।’

    गत मंसिर १ गते नै सम्झौता हुनुपर्नेमा ढिलाइ भएपछि आफूहरू प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गएको चाम्लिङले बताए ।

    उनले भने, ‘हामीले मस्यौदा बुझाएपछि अहिलेसम्म दुई-अढाई सय साथीहरू पक्राउ परिसकेका छन् । जनताले हामीलाई यो के गरेको भन्दै गाली गरिरहेका छन् । सरकारको पनि आलोचना गरिरहेका छन् । यस्तो हुनुको मूल कारण भनेको मस्यौदामा सम्झौता नभएरै हो ।’

    अब मूल मुद्दालाई नबदलीकन केही प्राविधिक कुराहरूमा त्रुटि भएमा भने त्यसलाई सच्याएर सम्झौता गर्ने निर्णय भएको उनले बताए । छलफलमा जेनजीको तर्फबाट उपार्जुन चाम्लिङ, रक्षा बम, युजनराज भण्डारी, रिजन राना मगर, मानिषा चौधरी, मोनिका निरौला, भावना राउत र ओजस्वी थापा सहभागी थिए ।

    सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता लगायत थिए ।

  • विशेष महाधिवेशनमा जान देउवाले टेरेनन्, गगन–विश्वले अडान फेरेनन्

    विशेष महाधिवेशनमा जान देउवाले टेरेनन्, गगन–विश्वले अडान फेरेनन्

    काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्नको लागि सभापति शेरबहादुर देउवा आफैँ सक्रिय भएपनि अहिलेसम्म सहमतिको मिलनबिन्दु भेटिएको छैन ।

    देउवाले हिजोदेखि नै कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित आफू निकट नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् ।

    हिजोको छलफलमा कुनै सहमति बन्न नसकेपछि देउवाले आज आफूनिकट नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई पनि छलफलमा डोकेका छन् ।

    तर अहिलेसम्म कुनै सहमति नबनेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले भने, ‘अहिलेसम्म कुनै ठोस सहमति भएको छैन । सभापतिले आफ्नो ढङ्गले छलफल गरिराख्नुभएको छ ।’

    चुनावअघि महाधिवेशनको गर्न नसकिने पक्षमा उभिएका महतले सभापति देउवाले विशेष महाधिवेशनलाई अस्वीकार गरिसकेको बताए । उनले थपे, ‘कार्यसमितिको कार्यकाल सकिसक्यो, अब विशेष महाधिवेशन हुनै सक्दैन । अब हुने नियमित महाधिवेशन नै हो ।’

    यद्यपि, देउवाले विशेष महाधिवेशन पक्षधरको मागलाई सम्बोधन गर्न पुसभित्र कार्यतालिका ल्याउनुपर्नेमा सकारात्मक देखिएका थिए ।

    तर, महामन्त्रीद्वयले आफूहरूलाई महाधिवेशनको कार्यतालिका नभई महाधिवेशन नै चाहिएको भन्दै अडान नछाडेपछि सहमति बन्न सकेको छैन ।

    देउवा आफैँ सक्रिय भएसँगै अहिले कार्यतालिका देखाएर विशेष महाधिवेशन पक्षधरलाई फिर्ता गराएर महाधिवेशन धकेल्न खोजेको महामन्त्रीद्वयको आशंका छ। नियमित महाधिवेशनको सम्भावना टरेको भन्दै अब विशेष महाधिवेशनको विकल्प नभएको उनीहरूको अडान छ।

    महाधिवेशन विवाद चर्किँदै गएपछि देउवानिकट नेताहरू पनि विभाजित भएका छन् । अधिकांश पदाधिकारी चुनावअघिकै पक्षमा उभिँदा पूर्वपदाधिकारी विपक्षमा उभिएका छन् ।

    उनी निकट नेताहरूले नै आज बेग्लाबेग्लै भेला गरे । चुनावपछि महाधिवेशनको पक्षमा उभिएका ७० भन्दा बढी केन्द्रीय सदस्य बानेश्वरमा भेला हुँदा अघि नै महाधिवेशन मागेका २८ केन्द्रीय सदस्यले कुपण्डोलमा बेग्लै छलफलमा जुटेका थिए ।

    एक पक्षले चुनावअघि महाधिवेशन गर्न नसक्ने निष्कर्ष निकाल्दा अर्को पक्षले नियमित महाधिवेशनको मिति तोक्न दबाब दिने निर्णय गर्‍यो ।

  • वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुट दिने, लागू गर्‍यो नयाँ भाडादर

    वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुट दिने, लागू गर्‍यो नयाँ भाडादर

    काठमाडौं । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ।

    निगमले रोजगारिकालागि दमाम, दोहा, दुबई र क्वालालम्पुर गन्तव्यमा जाने श्रमिक यात्रुहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको हो।

    ‘नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ । श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साबिकको भाडामा १०% विशेष सहुलियत दिने निर्णय गरेको छ ।, निगमले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    निगमका अनुसार श्रम सम्झौताका आधारमा यात्रा गर्दा प्रत्येक उडानमा उपलब्ध सीटअनुसार १० प्रतिशत छुट प्रदान गरिनेछ। यसका लागि आवश्यक कागजातसहित निगमका बिक्री काउन्टरबाटै टिकट लिन सकिने व्यवस्था गरिएको छ।

    यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्नेछन् । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने निगमले जनाएको छ ।

  • एनपीएल-२ : प्रियांकको अर्धशतकमा कर्णालीले दियो १६१ रनको लक्ष्य

    एनपीएल-२ : प्रियांकको अर्धशतकमा कर्णालीले दियो १६१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

    टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो ।

    कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए ।

    विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एकएक विकेट लिए ।

  • देउवालाई भेटेर गगनले दिए दुई विकल्प- कि ओलीझैं मैदानमा आउनुस्, नत्र पिसफूल एक्जिट लिनुस्

    देउवालाई भेटेर गगनले दिए दुई विकल्प- कि ओलीझैं मैदानमा आउनुस्, नत्र पिसफूल एक्जिट लिनुस्

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई ‘कि केपी ओली झै मैदानमा उत्रन’ वा ‘पिसफुल एक्जिट’को बाटो रोज्न सुझाएका छन् ।

    महामन्त्री थापाले बिहीबार सभापति देउवासँग भएको छलफलका क्रममा कार्यवाहक सभापतिको जिम्मेवारी तोकिसकेपछि पार्टीका आन्तरिक मामिला प्रभावित नगर्न देउवालाई सुझाएका हुन् ।

    छलफलका क्रममा सभापति देउवाले विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नियमित महाधिवेशनबाटै निकास खोज्न सुझाव दिएका थिए । कात्तिक २८ मा सिंगापुरबाट फर्किएका सभापति देउवाले पार्टीका सबै नेतासँग बारम्बार छलफल गरिसकेपछि मात्रै महामन्त्री थापासँग संवाद गरेका हुन् ।

    संवादका क्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्षको उदाहरण दिंदै मैदानमा उत्रन देउवालाई चुनौती दिएका थिए । ‘भदौ २४ गते केपी ओलीसँग साढे २ जना मात्रै थिए । शंकर पोखरेल र विष्णु रिमाल अनि आधा प्रदीप ज्ञवाली । साढे २ जना मान्छे लिएर केपी ओलीले आफ्ना कुरा राख्दै, सुनाउँदै एमालेलाई महाधिवेशनमा लैजादैंछन् । महाधिवेशनमा अध्यक्ष नै लड्दैछन् । सही गलत जे भएपनि एमालेको ठूलो पङ्‍क्ति आज ओलीसँग छ । तपाईंले त्यो मौका पनि गुमाउनुभयो । तपाईं पनि पहिलो दिनदेखि नै फ्रन्टमा आएर नेतृत्व गर्नुपर्थ्यो, पार्टीलाई महाधिवेशनमा लानुपर्थ्यो । कि अझै पनि मैदानमा उत्रनुस्, हामी प्रतिस्पर्धा गर्छौं ।’, बैठकमा गगनले भने ।

    उनले पर्दापछाडि बसेर नखेल्न देउवालाई आग्रह गरे । ‘कार्यवाहक दिनुभयो तर निर्णय रोकिरहनुभएको छ । विशेष महाधिवेशनको मागलाई केही नि होइन भन्ने तपाईंलाई सुनाइएको छ । त्यस्ता कुरा सुनेर साइडमा बसेर नखेल्नुस् । अझै पनि समय छ, पार्टीलाई निकास दिएर ‘पिसफुल एक्जिट’ लिनुस् ।

    छलफलका क्रममा संस्थापन पक्षले विशेष महाधिवेशन नगर्ने गरी सहमतिका विभिन्न विकल्प प्रस्तुत गरेका थिए । महामन्त्री थापाले भने ‘पुस २७ भित्र नियमित महाधिवेशन भए हुने, नभए पुस २८ गते विशेष महाधिवेशन हुने’ बटमलाइन प्रस्तुत गरेका छन् ।

  • पूर्णबहादुरले फोनबाट वार्तामा बोलाएपछि महाधिवेशन पक्षधरले भन्यो पार्टीको लेटरहेडमा पत्र पठाउनुस्

    पूर्णबहादुरले फोनबाट वार्तामा बोलाएपछि महाधिवेशन पक्षधरले भन्यो पार्टीको लेटरहेडमा पत्र पठाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका नेताहरूले अनौपचारिक वार्ता प्रस्ताव अस्वीकार गरेका छन् ।

    कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर अभियानको संयोजन गरेका नेता गुरुराज घिमिरेलाई सम्पर्क गरी शनिवार बिहान साढे ८ बजे वार्ताका लागि बोलाएका थिए ।

    कांग्रेसका ५४ प्रतिशत विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरूको संयोजक गरिरहेका नेता घिमिरेले आफूहरूको माग औपचारिक भएकाले वार्ता पनि औपचारिक हुने बताएका छन् ।

    ‘हामीले निवेदन लेखेर हस्ताक्षर गरेर पार्टी कार्यालयमा दर्ता गराएर बुझाएको मागबारे अनौपचारिक होइन औपचारिक वार्ता हुनुपर्छ । पार्टीले पनि पत्र लेखेर वार्तामा बोलाउनुपर्छ । तब मात्रै संवाद हुन्छ’, घिमिरेले नेपाल प्रेससँग भने ।

    उनले विशेष महाधिवेशन पक्षधरलाई केन्द्रीय नेतृत्वले नजरअन्दाज गर्ने, होच्याउने र महत्त्व नदिने गर्दै आएको भन्दै अब केन्द्रीय समितिसँग खुला र औपचारिक वार्ता हुने बताए । उनले विशेष महाधिवेशन पक्षधरहरुको मागबारे अरू नेताहरुबीच हुने छलफल र सहमति पनि स्वीकार नहुने बताए ।

    ‘विशेष महाधिवेशन पार्टीका महाधिवेशन प्रतिनिधिहरूको आवाज हो । उनीहरूको आवाज उनीहरूको सहमतिबाट मात्रै निष्कर्षमा पुग्छ । अमुक नेताहरूको सहमतिलाई हस्ताक्षरकर्ताको सहमति मान्न सकिँदैन’, घिमिरेले भने ।

  • एमालेका ७ मध्यमार्गी पदाधिकारी ओलीको पक्षमा खुले, सहमति र स्वस्थ प्रतिस्पर्धाको आग्रह

    एमालेका ७ मध्यमार्गी पदाधिकारी ओलीको पक्षमा खुले, सहमति र स्वस्थ प्रतिस्पर्धाको आग्रह

    काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा पदाधिकारी तहका नेताहरूको कित्ताकाट चलिरहेका बेला केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैतिर प्रष्ट नखुलेका सात जना नेताले सामूहिक निर्णय गरेका छन् ।

    ओली र पोखरेल दुवै नेताहरूसँग नियमित छलफलमा रहेका उनीहरूले शुक्रवारबाट ओलीलाई साथ दिने निष्कर्ष निकाले हुन् ।

    छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रयास जारी राख्ने र अराजनीतिक तथा अस्वस्थ अभिव्यक्ति नदिन दुवै पक्षलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

    उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसँग आग्रह गरेका छन् ।

    साथै उनीहरूले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्न सक्ने सक्षम केन्द्रीय कमिटी निर्माण गर्न योगदान गर्ने निष्कर्ष अधि सारेका छन् । ती नेताले अझै पनि पार्टीमा सहमतिका आधारमा नेतृत्व निर्माणको औचित्य र आवश्यकता कायमै रहेको समेत बताएका छन् ।

  • १५ वाम घटक मिलाएर रेकर्ड बनाइसक्यौँ, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

    १५ वाम घटक मिलाएर रेकर्ड बनाइसक्यौँ, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू बृहत् वामपन्थी एकताको पक्षमा रहेको बताएका छन्।

    धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै १५ वटा वाम घटकलाई एक ठाउँमा ल्याएर आफूहरूले रेकर्ड नै बनाएको जिकिर गरे।

    उनले भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ, एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरू पनि यही पार्टीमा नै केन्द्रित हुनुपर्छ भन्ने जोड छ। सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिस्ट पार्टी राखेका हौँ। यहाँ अब कोही माओवादी छैन, अब कोही एकीकृत समाजवादी छैन।’

    उनले एमालेभित्र रहेका क्रान्तिकारीहरूलाई पनि गहिरो गरी सोच्न आग्रह गरे।

  • माधव नेपालको निर्देशन- म र प्रचण्ड प्रधानमन्त्री हुँदा गरेका राम्रा काम जनताको बीचमा लैजानुस्

    माधव नेपालको निर्देशन- म र प्रचण्ड प्रधानमन्त्री हुँदा गरेका राम्रा काम जनताको बीचमा लैजानुस्

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आफू र प्रचण्ड प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरू जनताको बीचमा लैजान नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

    धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै आफूहरूसहित सबै नेताहरूले गरेको काम जनताको बीचमा लगेर राख्नुपर्ने बताए।

    उनले भने, ‘मैले मेरो मात्रै होइन, अब सबैले सबैको प्रचार गर्नुपर्छ, एकीकृत पार्टी भइसकेपछि हामीले सङ्कटको बेलामा खेलेको भूमिका पनि जानकारी गराउनुपर्छ, अहिले पनि जेनजी पुस्तालाई पनि सही दिशामा अघि बढ्नुपर्छ भनेर उत्प्रेरित गरिरहेका छौँ।’

    उनले जेनजी आन्दोलनपछि प्रचण्ड र आफू राष्ट्रपतिकहाँ गएर रातभरि बसेर सङ्कटमा देश बचाउन भूमिका खेलेको जिकिर गरे।

    उनले भने, ‘राष्ट्रपतिले हामीलाई सम्झिनुभयो। अरू नेताहरूको अत्तोपत्तो भएन। हामी पुग्यौँ। अहिले बन्नुभएको प्रधानमन्त्रीलाई पनि तपाईँ अघि बढ्नुस्, राम्रो काम गर्नुस् भनेर सन्देश पठायौँ। समयमा निष्पक्ष चुनाव गराउनुस्, हामी साथ दिन तयार छौँ। त्यसैले सबै नेताहरू उस्तै हुन् होइन, राम्रा पनि छन्।’

    उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफ्नो मात्रै प्रशंसा चाहनेहरू पनि रहेको टिप्पणी गरे। उनले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे।

  • काठमाडौं ३ बाट चुनाव लड्ने तयारीमा कुलमान, मन्त्रीबाट राजीनामा दिने साइत कुर्दै

    काठमाडौं ३ बाट चुनाव लड्ने तयारीमा कुलमान, मन्त्रीबाट राजीनामा दिने साइत कुर्दै

    काठमाडौं । उज्यालो नेपाल पार्टीको ‘पर्दापछाडिका नायक’ कुलमान घिसिङले मन्त्री पद त्यागेर आमनिर्वाचनमा भाग लिने निश्चित भएको छ । उनी काठमाडौंको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

    निर्वाचन आयोगको उम्मेदवारी दर्ता कार्यतालिका अघि बढेपछि कुलमानले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिने स्रोतले बतायो । प्रधानमन्त्री सुशीला कार्कीले कुलमानलाई चुनाव लड्न अनुमति दिइसकेकी छन्, तर अहिले नै राजीनामाको हतार नगर्न उनको सुझाव छ ।

    सम्भवतः उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा मात्र कुलमानले मन्त्रीबाट राजीनामा दिनेछन् । उनी प्रधानमन्त्रीकै तयारी गरेर राजनीतिमा होमिएका कारण सकेसम्म रवि लामिछाने र बालेन शाहसहितको लोकप्रियतावादमा आधाररित एउटै पार्टीबाट चुनावमा जान चाहन्छन् । यही मङ्सिर १७ गते कुलमानकै उपस्थितिमा ‘उज्यालो नेपाल पार्टी’को औपचारिक घोषणासमेत हुँदैछ ।

    रामेछाप घर भए पनि कुलमानले पहिलो चुनाव काठमाडौं क्षेत्र नम्बर ३ बाट लड्ने तयारी गरेको स्रोतले बतायो । यसअघि रामेछापको सुनापति गाउँपालिका बेथानबाट मतदान गर्दै आएका कुलमानले यसपटक काठमाडौं ३ बाटै चुनाव लड्ने गरी मतदाता नामावलीसमेत सारिसकेका छन् । यद्यपि उनलाई उनको ससुराली जिल्ला धादिङ र जन्मस्थल रामेछापबाट पनि उम्मेदवार बन्न प्रस्ताव आइरहेको एक नेताले जानकारी दिए ।

    २०७९ सालको चुनावमा काठमाडौं ३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए । यस क्षेत्रमा रास्वपाका उम्मेदवार दुर्गाविक्रम थापाले ५ हजार ८ सय ६५ मत ल्याएर तेस्रो भएका थिए । रास्वपासँग मिलेमा यस क्षेत्रमा कुलमानको दाबेदारी बलियो भन्ने छ ।

    अहिले कुलमान पार्टीको विकासविस्तार सँगसँगै रास्वपासँग सहवरणका लागि पनि प्रयासरत छन् । रास्वपा स्रोतले पनि कुलमानको पार्टीसँग संवाद जारी रहेको पुष्टि गर्‍यो । यद्यपि, अहिलेसम्मको संवाद उपलब्धीपूर्ण बनिसकेको छैन ।

    रास्वपाका एक पदाधिकारीले भने, ‘चुनावअघि नै मिल्नुपर्छ भनेर लागिरहेका छौं । सम्भावना म नजिक देख्छु ।’

    कुलमानले सुरुमा रास्वपामा रवि लामिछानेलाई संरक्षक राखेर र आफू अध्यक्ष बन्ने ध्येय राखेका थिए । तर, पछिल्लो समय उनी पदको विषयमा ‘रिजिड’ नरहेको ती पदाधिकारीको दाबी छ ।

    ‘उहाँले रविलाई अध्यक्ष मान्दिनँ भन्ने खालको कुरा गर्नु भएको छैन, अरु सबै कुरामा सहमति जुट्यो भने पदले मात्रै अड्काउँछ जस्तो लाग्दैन,’ उनले भने ।

    कुलमानको तर्फबाट डा. तारा जोशी, डा. विशाल भण्डारीलगायतका नेताहरुले विभिन्न स्वतन्त्र समूह तथा व्यक्तिहरुसँग पनि छलफल गरिरहेका छन् । पूराना स्थापित दलभित्र रहेका लोकप्रिय व्यक्तिहरुलाई समेत समेटेर चुनावमा उम्मेदवार बनाउन पहल भइरहेको कारण कुलमान अहिले नै मन्त्री छाडेर होमिने पक्षमा छैनन् ।

  • जनचेतना जगाउने भन्दै सुधन गुरुङले मागेका थिए अनिश्चितकालीन आन्दोलनको स्वीकृति

    जनचेतना जगाउने भन्दै सुधन गुरुङले मागेका थिए अनिश्चितकालीन आन्दोलनको स्वीकृति

    काठमाडौं । जेन-जी आन्दोलनका क्रममा स्वयंसेवी भूमिकामा प्रस्तुत भएको दाबी गर्ने सुधन गुरुङ आफैं आयोजक भएको र शान्तिपूर्ण प्रदर्शनको प्रतिबद्धता जनाएको पत्र फेला परेको छ ।

    उनी अध्यक्ष रहेको हामी नेपाल नामक संस्थाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई भदौ २२ मा पत्र लेखी शान्तिपूर्ण प्रदर्शन गर्ने अनुमति मागिएको थियो ।

    उनले प्रदर्शनको लागि अनुमति मागेको निवेदनमा कुनै अवाञ्छित गतिविधि नहुने र सार्वजनिक सम्पत्तिमा क्षति नपुग्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । तर, जेन-जी आन्दोलन उनको प्रतिबद्धता अनुसारको भएन । अर्थात् प्रतिबद्धताविपरीत भएका जनधनको क्षतिको जिम्मेवारी पनि उनले लिएका छैनन् ।

  • एनपीएल–२ : चितवन ८९ रनमा अलआउट, काठमाण्डुको तेस्रो जित

    एनपीएल–२ : चितवन ८९ रनमा अलआउट, काठमाण्डुको तेस्रो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।

    काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१-२१ रन बनाए । शोहिल तन्विरले १८ रन बनाउदा अन्य ब्याटर दोहोरो अङ्‍कमा रन बनाउन सकेनन् ।

    बलिङमा काठमाण्डुका रसिद खानले सर्वाधिक ३ विकेट लिए । कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २-२ तथा सन्तोष यादवले एक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा १४२ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए । उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे ।

    जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । मिलिन्दले ३८ रनको योगदान दिए । वेन चाल्र्सवर्थ १३, आकाश त्रिपाठी ४, रसिद खान ६, महोम्मद आदिल आलम ८, जेरार्ड एरास्मस ०, कप्तान करण केसी १, सन्तोष यादव ० र दीपेश कँडेल ६ रनमा आउट भए । शाहव आलम २ रनमा अविजित रहे ।

    बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ४ विकेट लिएका हुन् । रञ्जित कुमार र कमलसिंह ऐरीले दुई दुई तथा रवि बोपाराले एक विकेट लिए ।

    काठमाण्डुले एनपीएलमा तेस्रो जित निकालेको छ । चितवनले भने तेस्रो हार बेहोरेको छ ।

  • जंगी अड्डा पुगेर प्रधानमन्त्रीको निर्देशन- आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन

    जंगी अड्डा पुगेर प्रधानमन्त्रीको निर्देशन- आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन्।

    प्रधानमन्त्रीसँग नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गर्दै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो।

    प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन्।

    प्रधानमन्त्रीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्य योजनासहित अघि बढ्न निर्देशन दिइन्।

    उनले भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्न म निर्देशन दिन्छु।’

    जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न निर्देशन दिइन्।

    कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो।

  • पूर्णबहादुर र महामन्त्रीद्वयसँगको छलफलमा देउवा, सिटौला र निधि पनि सहभागी

    पूर्णबहादुर र महामन्त्रीद्वयसँगको छलफलमा देउवा, सिटौला र निधि पनि सहभागी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

    महाधिवेशनबारे विवाद चर्किएपछि देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आज पनि छलफल गरेका हुन्।

    हिजो पनि देउवाले कार्यवाहक सभापति खड्का र महामन्त्रीहरुसँग छलफल गरेका थिए। हिजोको छलफलमा कुनै सहमति बन्न नसकेपछि देउवाले आज आफूनिकट नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई पनि छलफलमा डोकेका छन्। उनीहरूसहित केही शीर्ष नेताहरू आजको बैठकमा सहभागी रहेको जनाइएको छ।

    महामन्त्रीद्वयले नहुने नियमित महाधिवेशनको कार्यतालिका स्वीकार नहुने अडान लिएपछि देउवाले मध्यमार्गी प्रस्ताव ल्याएर सहमति जुटाउन खोजेका हुन्। देउवाले विशेष महाधिवेशनमा जान नहुने भन्दै पुसभित्र महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउन सकारात्मक भएका छन्।

    चुनावअघि नै महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षका नेताहरू खुल्न थाल्दा पनि सिटौला र निधिसहित केही पूर्वपदाधिकारी विपक्षमा उभिएपछि देउवा आफैँले समस्या सल्टाउन खोजेको बताइन्छ।

  • राप्रपामा अस्थायी ‘युद्धविराम’, कारबाही शृङ्‍खला रोकिने

    राप्रपामा अस्थायी ‘युद्धविराम’, कारबाही शृङ्‍खला रोकिने

    काठमाडौं । लामो समयदेखि दुई गुटको लडा चलिरहेको राप्रपाभित्र तत्काललाई अस्थायी युद्धविराम भएको छ । हिजो बसेको कार्यसम्पादन समिति बैठकले हालको केन्द्रीय समितिको कार्यकाल विधानअनुसार ६ महिना थप्ने सर्वसम्मत निर्णय गर्‍यो

    राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङदेनसहितको संस्थापन पक्ष र महामन्त्री डा. धवलशम्शेर राणाले नेतृत्व गरेको असन्तुष्ट पक्षबीच अन्तरसङ‍्घर्ष चल्दै आएको थियो । पछिल्लो केही दिनदेखि दुवै पक्षबीच अनौपचारिक संवाद र छलफलहरु भइराखेका थिए । त्यसैको परिणामस्वरुप हिजोको कार्यससम्पादन समिति बैठक सौहार्दपूर्ण र उपलब्धीमूलक बनेको नेताहरुले बताएका छन् ।

    बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत १६ वटा निर्णय सार्वजनिक गरेका छन्, जसले पार्टीभित्र आन्तरिक एकता कायम हुन लागेको अवस्थालाई दर्शाउँछ । बैठकमा संस्थापन पक्षले असन्तुष्टि पक्षले उठाएका विषयहरुलाई सम्बोधनको प्रयास गरेको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संस्थापनइतर पक्षका नेताहरुमाथि अनुशासन उल्लङ्‍घनको आरोपमा कारबाहीको डण्डा चलाइरहेका थिए । अध्यक्ष यस्तो कदमविरुद्ध संस्थापनइतर पक्षले निर्वाचन आयोगसमेत गुहारेको थियो । अब भने कारबाहीको शृङ्‍खला रोकिने भएको छ ।

    निर्णयको १४ औं बुँदामा भनिएको छ, ‘प्रतिनिधि सभाको निर्वाचन र पार्टीको महाधिवेशनको कार्य अघि बढिसकेको सन्दर्भमा हाल प्रक्रियामा रहेको अनुशासन कारबाहीका विषयलाई स्थगन गर्ने, तर अनुशासनको उल्लङ्घन हुने नयाँ विषयलाई भने स्थगन गरेको नमानिने भएको छ।’

    अध्यक्ष लिङदेनले नवराज सुबेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएका थिए भने प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यस्तै, मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पनि हटाइएको थियो । महामन्त्री राणाको सङ्‍गठन विभाग प्रमुखको जिम्मेवारी खोसिएको थियो । राप्रपाका काठमाडौं जिल्ला अध्यक्षलाई पनि कारबाही गर्ने तयारी संस्थापन पक्षको थियो । तर अब पाइपलाइनमा रहेका सबै कारबाही स्थगित हुनेछन् ।

    तर, अहिलेसम्म भइसकेका कारबाही फिर्ता हुन्छन् वा हुँदैनन् भन्नेमा स्पष्टता देखिँदैन । संस्थापनइतर पक्षले मुकुन्दश्याम गिरीलगायतका नेताहरुमाथि भएको कारबाही पनि फिर्ता हुने विश्वास लिएको छ । संस्थापन पक्षको व्याख्या भने अलि फरक छ ।

    महामन्त्री कुन्ती शाही भन्छिन्, ‘कारबाही स्थगन भनेको कारबाही नहुने भन्ने नै हो । कारबाही भइसकेका हकमा पनि सम्मानजनक व्यवस्थापन गर्ने भन्ने समझदारी छ । त्यो भनेको कारबाही फिर्ताकै कुरा हो ।’

    यस विषयमा अर्का महामन्त्री राजेन्द्र गुरुङले अलि अन्योलपूर्ण जवाफ दिए ।

    उनको भनाइ यस्तो छ :

    भइसकेका कारबाही भइनै सक्यो । अहिले अनुशासन समितिमा पेन्डिङमा रहेका जे विषयहरु छन्, ती स्थगित हुन्छन् । भोलि फेरि नयाँ विषय आयो भने चाहिँ कारबाही हुन सक्छ । अहिलेसम्म प्रक्रियामा भएकामाथि चाहिँ कारबाही अघि नबढाउने भन्ने हो ।

    भन्नाले अहिलेसम्म भइसकेका कारबाही चाहिँ फिर्ता हुँदैनन् ?, 

    जवाफ दिँदै महामन्त्री गुरुङ भन्छन् ‘सहमतिमा सबै कुराहरुलाई टुङ्‍ग्याएर लैजाने भन्ने छ । पार्टीलाई एक ढिक्का बनाएर आउँदो निर्वाचनमा जान सबैजना सहमत हुनुहुन्छ । त्यसका लागि के के गर्नुपर्छ, गरिन्छ । कारबाही फिर्ता भएको हकमा पनि कुनै ढङ्‍गले सम्बोधन गर्ने भन्ने भएको छ । कुन कसरी सम्बोधन गर्ने भन्ने मात्रै हो । सबैलाई मिलाएर लैजाने भन्ने भइसकेपछि अब कुनै इस्यू रहँदैन । राप्रपा एकढिक्का भइसक्यो । कारबाही फिर्ताको प्रक्रियाबारे अर्को बैठकले निर्णय लिने छ ।’

    हिजोको बैठकले संस्थापनइतरपक्षका दुई जनालाई केन्द्रीय निर्वाचन समितिमा समेट्ने निर्णय पनि गरेको छ । भरत शाही र मिना पाठकलाई समितिको सदस्यमा मनोनयन गरिएको हो । यसैगरी संस्थापनइतरको मागबमोजिम पार्टीको जिल्ला अधिवेशनका लागि पर्यवेक्षकहरु थप गर्ने निर्णयसमेत भएको छ ।

  • सुदूरपश्चिमबाट सुरु भयो नेकपाको पार्टी एकता सन्देश सभा, प्रचण्ड-माधवले सम्बोधन गर्दै

    सुदूरपश्चिमबाट सुरु भयो नेकपाको पार्टी एकता सन्देश सभा, प्रचण्ड-माधवले सम्बोधन गर्दै

    कैलाली । नेपाली कम्युनिस्ट पार्टी नेकपाको पार्टी एकता सन्देश सभा कैलालीको धनगढीबाट सुरु भएको ।

    पार्टी संयोजक पुष्प कमल दाहाल प्रचण्ड सहसंयोजक माधव कुमार नेपाल लगायतका नेताहरूको उपस्थितिमा सभा सुरु भएको हो ।

    भानुभक्त जैसीको अध्यक्षयतामा सुरु भएको कार्यक्रममा प्रचण्ड माधवसहित भीम रावल गिरिजामणि पोख्रेललगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट नेकपाका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

    आजबाट सुरु भएको नेकपाको सन्देश सभा २३ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन हुनेछन्। सुदूरपश्चिमबाट सुरु हुने यी कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, सङ्घीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुनेछ।

    त्यस्तै, विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मङ्सिर २१ गते साँझ ६ बजे भर्चुअल एकता सभा सञ्चालन गरिने कार्यक्रमसमेत तय गरिएको छ।

  • उडानमा फोटोग्राफी गरेको अभियोगमा निगमका दुई पाइलट ग्राउन्डेड

    उडानमा फोटोग्राफी गरेको अभियोगमा निगमका दुई पाइलट ग्राउन्डेड

    काठमाडौं । उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारबाहीस्वरूप ग्राउन्डेड गरेको छ। क्यानले शुक्रबार निगमलाई लिखित पत्राचार गर्दै वाइडबडी जहाजका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाउन निर्देशन दिएको हो।

    प्राधिकरणले दिएको निर्देशनअनुसार उडानमा रहेको अवस्थामा फोटो वा भिडियो खिच्नु उड्डयन सुरक्षा मापदण्डविपरीत हुने उल्लेख गरिएको छ। सोही आधारमा दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ का लागि रोस्टर–अफ (उडान तालिकाबाट हटाइएको) गरिएको हो ।

    उडान सुरक्षा संवेदनशील विषय भएकाले विमान ककपिटमा विशेषगरी फोटो/भिडियोग्राफी जस्ता क्रियाकलापले सुरक्षा जोखिम बढ्ने मानिन्छ। निर्देशनपत्रमा दुबै पाइलटका क्रियाकलाप प्रचलित उड्डयन सुरक्षा नियमहरूसँग बाझिने प्रकारका रहेको स्पष्ट उल्लेख छ।

    लामा सामाजिक सञ्जाल तथा युट्युबमा पनि सक्रिय छन्। क्याप्टेन लामा यसअघि पनि कारबाहीमा परेका थिए ।

     

  • एनपीएल-२ः चितवनका बलर चम्किँदा काठमाण्डु १४२ रनमा अलआउट

    एनपीएल-२ः चितवनका बलर चम्किँदा काठमाण्डु १४२ रनमा अलआउट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा १४२ रनमा अलआउट भयो ।

    काठमाण्डुका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए । उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए ।

    मिलिन्दले ३८ रनको योगदान दिए । वेन चाल्र्सवर्थ १३, आकाश त्रिपाठी ४, रसिद खान ६, महोम्मद आदिल आलम ८, जेरार्ड एरास्मस ०, कप्तान करण केसी १, सन्तोष यादव ० र दीपेश कँडेल ६ रनमा आउट भए । शाहव आलम २ रनमा अविजित रहे ।

    बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ४ विकेट लिएका हुन् । रञ्जित कुमार र कमलसिंह ऐरीले दुईदुई तथा रवि बोपाराले एक विकेट लिए ।

  • आइजीपी नियुक्तिमा अन्यायपूर्वक रोकिएका पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश गर्दै

    आइजीपी नियुक्तिमा अन्यायपूर्वक रोकिएका पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश गर्दै

    काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनीसहितको पार्टी प्रवेश कार्यक्रम आजै रास्वपा केन्द्रीय कार्यालयमा आयोजना गरिँदै छ ।

    नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो ।

    धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडभन्दा बढी रकम लगानी गरेको आरोप समेत लागेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा डीआइजीबाट एकल एआइजी बढुवा भएका पोखरेल आइजीपी नियुक्तिमा अन्यायमा परेको भन्दै सर्वोच्च अदालत गएका थिए । तर अदालतबाट उनको पक्षमा आदेश नआएपछि राजीनामा दिएर हिँडेका थिए ।

    उनले आइजीपी बन्न आफूसँग त्यसबेला आरजु देउवाको तर्फबाट केही मानिसले रकमको बार्गेनिङ गरेको समेत बताएका छन् ।

    ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा जन्मिएका पोखरेललाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग नाता जोडेर पनि तत्कालीन सरकारले पूर्वाग्रह साँधेको आरोप थियो । रास्वपा प्रवेशपछि उनी आगामी निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बन्न सक्ने अनुमान पनि गरिएको छ ।

  • कुलमानको उपस्थितिमा मंसिर १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुने

    कुलमानको उपस्थितिमा मंसिर १७ गते उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुने

    काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेर खुलेको उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ। आज पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा हुने जानकारी गराइएको हो।

    कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहनेछन्। सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ।

  • बालुवाटार संवाद : जेन-जी र कल्याण श्रेष्ठबाट प्रधानमन्त्री हैरान, किन रोक्न खोज्दै थिए सञ्चारमन्त्री ?

    बालुवाटार संवाद : जेन-जी र कल्याण श्रेष्ठबाट प्रधानमन्त्री हैरान, किन रोक्न खोज्दै थिए सञ्चारमन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले नेताहरुबीच बिहीबार बालुवाटारमा २ घण्टा लामो छलफलका क्रममा दुवै पक्षबीच विविध विषयमा मन माझामाझ भयो । संवादमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री राजनीति दलहरूसँग बढ्दो दूरी मेट्न आतुर थिइन् । त्यसैले उनमा संवाद अवधिभर कल्पना गरिएभन्दा बढी विनयभाव झल्किन्थ्यो ।

    यद्यपि, संवादका क्रममा जब-जब प्रधानमन्त्री महत्त्वपूर्ण विषयमा आफ्नो मनका कुरा खोल्न थाल्थिइन्, तब–तब सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल प्रधानमन्त्रीलाई रोक्न खोज्दै आफैँ बोल्न खोज्थे । संवादका क्रममा प्रधानमन्त्री कार्कीले पटक पटक मन्त्री खरेललाई हातको इशारा गरेर रोकिन् र आफ्ना कुरा एमाले नेताहरूलाई सुनाएरै बिदा गरिन् ।

    मनमा लागेका कुरा निर्धक्क भन्ने स्वभावकी प्रधानमन्त्रीलाई रोक्न सञ्चारमन्त्रीले प्रयास गरेको पनि बुझ्न सकिन्थ्यो । किनकि प्रधानमन्त्री कार्कीको बोल्दा बोल्दै सबै कुरा खुलाउने बानी छ ।

    एमाले नेताहरू बालुवाटार पुगेको खबर सुन्नासाथ जेन–जीको एउटा समूह प्रधानमन्त्री निवासको ३ नम्बर गेट घेर्न पुगिसकेका थिए । बाहिरबाट सुरक्षाकर्मीबाट प्रधानमन्त्रीको कानसम्म उक्त कुराको खबर गयो । त्यो खबर सुन्नासाथ दिक्क मान्दै उनले एमाले नेताहरूलाई भनिन्, ‘हेर्नु त ल, कस्तो छ ?’

    प्रधानमन्त्रीले एमालेसँग गरेको संवादको सार थियो, ‘एमालेले निर्वाचनमा जानेबारे छिटोभन्दा छिटो संस्थागत निर्णय गरिदिए हुन्थ्यो, कांग्रेसले गरिसक्यो, अब एमालेले गरेदेखि म ढुक्क हुन्थेँ ।’

    त्यसउपर एमालेका ४ शर्त छन् । (शर्तहरु तल उल्लेख गरिएको छ ।)

    संवादका क्रममा प्रधानमन्त्रीका तर्फबाट मन्त्री खरेल मात्रै थिए । अन्तिम-अन्तिम समयमा प्रधानमन्त्रीका पति तथा पुराना राजनीतिज्ञ दुर्गा सुवेदी संवादस्थलमा प्रवेश गरेका थिए । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक युवा पुस्ताका नेता महेश बर्तौला त्यहाँ थिए ।

    एमाले नेताहरू बालुवाटार पुगेको खबर सुन्नासाथ जेन-जीको एउटा समूह प्रधानमन्त्री निवासको ३ नम्बर गेट घेर्न पुगिसकेका थिए । बाहिरबाट सुरक्षाकर्मीबाट प्रधानमन्त्रीको कानसम्म उक्त कुराको खबर गयो । त्यो खबर सुन्नासाथ दिक्क मान्दै उनले एमाले नेताहरूलाई भनिन्, ‘हेर्नु त ल, कस्तो छ ?’

    प्रधानमन्त्रीले त्यसो भन्नासाथ सञ्चारमन्त्री खरेल केही भन्न खोज्दै थिए । तर, उनलाई रोकिन् ।

    दोस्रो प्रयासमा औपचारिक संवाद

    पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्कीलाई लक्षित गर्दै दिएका अभिव्यक्तिपछि एमाले नेतृत्वसँग उनले संवाद गर्न चाहेकी थिइन् । त्यसक्रममा ओलीनिकट एक नेतासँग केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमै अनौपचारिक छलफल गरिन् ।

    कल्याण श्रेष्ठ संविधान खारेज गरेर अन्तरिम संविधान जारी गर्ने मात्रै होइन, त्यो अन्तरिम संविधानको मस्यौदासमेत तयार पार्ने काममा भित्रभित्रै लागेको सुनेपछि दूरी बढाएको उनले बताइन् ।

    प्रधानमन्त्रीसँगको छलफलबारे ती नेताले ओलीलाई ब्रिफिङ गरे । ओलीले ‘लुकीछिपी हैन, देखादेखी कुरा गर्ने’ भनेपछि बिहीबारको भेटघाट तय भएको हो । त्यसो त प्रधानमन्त्रीले धापासीस्थित छिमेकी समेत भएकाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पनि यसबीचमा बालुवाटारमै छलफल गरेको बताइएको छ ।

    बिहीबारको संवादमा सहभागी एक एमाले नेताले भने, ‘उहाँलाई आफ्नो सीमितता (लिमिटेशन) थाहा भयो, किनभने, पछिल्ला दिनमा जेन–जीका विभिन्न समूहले अलिक बढी नै तनाव दिन थाले, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको अनावश्यक चलखेलबाट पनि उत्तिकै हैरान हुनुभएको रहेछ ।’

    बाहिर-बाहिर अन्तरिम संविधानको मस्यौदा बनाउने, जेन-जीसँग वृहत् सम्झौताको मस्यौदा बनाउने जस्ता काम आफूलाई छलेर गर्न खोजिएको, तर सूचनाहरू प्राप्त भइरहेको उनले एमाले नेताहरूसँग सुनाइन् ।

    सहभागी ती नेता भने, ‘त्यसैले अहिले उहाँको ज्वरो उत्रिएको छ । कल्याण श्रीमानले कानून समाजको ब्यानरमा गरेका खुला कार्यक्रमदेखि जेनजीका अनेक समूह र बाल लडाकुहरूको जेनजी समूह बनाएर दबाब बढाएको सूचना पनि बालुवाटारमा रहेछ ।’

    ती नेताका अनुसार, जेजस्तो परिस्थितिमा प्रधानमन्त्री भए पनि अब चुनाव नगराई जानुपर्ने भयो भने एकदमै बदनाम हुने चिन्ता उनमा सवार छ । त्यसैले चुनाव सम्पन्न गर्ने एक सूत्रीय एजेन्डालाई कार्यान्वयन गर्न विघटित संसदसहित बाहिर रहेका राजनीतिक दलसँग पनि सम्बन्ध सुधार्ने उनको चाहना संवादका क्रममा प्रतिबिम्बित हुन्थ्यो । उनी दलहरूप्रति, विशेषतः कांग्रेस र एमालेप्रति विनयीभावमा पेश भइन् ।

    सबभन्दा क्रुद्ध कल्याण र जेन-जीसँग

    प्रधानमन्त्री कार्कीले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग दूरी बढेको सुनाउँदै दूरी बढाउनुपर्ने घटनाक्रमबारे पनि बताइन् । कल्याण श्रेष्ठ संविधान खारेज गरेर अन्तरिम संविधान जारी गर्ने मात्रै होइन, त्यो अन्तरिम संविधानको मस्यौदासमेत तयार पार्ने काममा भित्रभित्रै लागेको सुनेपछि दूरी बढाएको उनले बताइन् ।

    जेन-जीका मुख्य अगुवा भनिएका युवालाई पनि विभिन्न एजेण्डाको भारी बोकाउँदै आफूमाथि प्रहार गर्न लगाइएको उनको आरोप थियो । ‘उहाँको मुख्य फ्रस्टेशन कल्याण श्रेष्ठ र जेन-जीसँगै देखियो’, सहभागी ती नेताले बताए ।

    पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुनै सार्वजनिक कार्यक्रममा वर्तमान संविधान राख्नै नहुने अभिव्यक्ति दिएका थिए । ‘जेन-जी आन्दोलनपछि संसद विघटन भएर ठीक भयो, तर संविधान राखेर बेठीक भएको छ’, उनले एक कार्यक्रममा भनेका थिए । भनेको मात्र नभई वर्तमान संविधान खारेजीका पक्षमा जेन-जीका नाममा विभिन्न युवालाई तताउने काममा पनि उनको सक्रियता देखिएको सूचना प्रधानमन्त्रीले एमाले नेतालाई दिइन् ।

    एमाले नेताका अनुसार, प्रधानमन्त्रीलाई छलेर जेन-जीसँग सम्झौता गर्ने भनी एउटा ड्राफ्ट विभिन्न ठाउँमा घुमिरहेको छ । प्रधानमन्त्रीको हातमा पनि कसैले उक्त ड्राफ्ट लगिदिएदेखि उनी पूर्वप्रधानन्यायाधीश श्रेष्ठसँग दिक्दार भएकी हुन् । त्यसकार्यमा श्रेष्ठसँगै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पनि संलग्नता रहेको आशंका एमालेका ती नेताले गरेका छन् । प्रधानमन्त्री कार्कीले नाम लिइनन्, तर उनको कुराको आशय पनि डा.भट्टराईको संलग्नता रहेकै थियो ।

    उक्त ड्राफ्टमा जातीय जनसंख्याका आधारमा समानुपातिक निर्वाचन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी चयन गर्नेजस्ता कुरा उल्लेख छन् । पहिलो संविधानसभा (२०६४-२०६९) ताका तत्कालीन व्यवस्थापिका संसद जन्मिएका विभिन्न जात र समुदायका ककसजस्तै व्यवस्था र डा.भट्टराईसहितका नेताले उठाएका गैरभौगोलिक जातीय प्रदेशका विषय जेन-जीसँग गर्ने भनिएको सम्झौताको मस्यौदामा उल्लेख छन् ।

    उक्त मस्यौदामा उल्लेखित विषयलाई कार्यान्वयन गर्नका निम्ति जेन–जी प्रतिनिधिसहितको उच्चस्तरीय आयोग गठन गर्ने कुरा उल्लेख छ । यद्यपि, त्यस्ता कुरामा प्रधानमन्त्रीसँग कसैले पनि प्रत्यक्ष परामर्श गरेको छैन । अर्थात्, धेरै कुरा प्रधानमन्त्रीको जानकारीबेगर बाहिर बाहिर चलखेल बढिरहेको आशय उनले एमाले नेताहरूसँगको छलफलमा सुनाइन् ।

    एमालेले भन्यो, ‘यस्तो भारी नबोक्नुस्’

    जेन–जीसँग गर्ने भनिएको सम्झौताको मस्यौदा आफूहरूको हातमा पनि परेको भन्दै एमालेका नेताहरूले प्रधानमन्त्रीलाई यस्तो भारी नबोक्न सुझाएका थिए । जेनजी आफैँमा पुस्ता भएकाले अहिले विभिन्न नामका समूह बनाएर स्वार्थको रोटी सेक्ने खेल भइरहेकोमा दुवै पक्षको साझा सरोकार देखिएको थियो ।

    प्रधानमन्त्रीलाई एमाले नेताले भने- ‘यसले दीर्घकालीन रूपमा मुलुकलाई भारी बोकाउँछ । त्यसमाथि तपाईँको क्षेत्राधिकार पनि होइन । मुख्य कार्यभार निर्वाचन हो । निर्वाचनको मुख्य एजेण्डाबाट त्यसले ध्यान विकेन्द्रित गर्छ । निर्वाचनबाहेकका रूपमा लाग्नै हुँदैन ।’

    जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्- ‘जेनजीहरु अपरिपक्व छन् । जे मन लाग्यो, त्यही बोलिदिन्छन् । के बोल्दा के हुन्छ भन्ने त उनीहरूलाई मतलबै छैन । कतिपय जेनजी केही राजनीतिक पार्टीबाट परिचालित छन् । को, कुनबाट परिचालित छन् भन्ने मलाई थाहा छ अहिले नाम नभनौँ । उनीहरू राज्यका विभिन्न ठाउँमा गएर धम्क्याउने गर्छन् । चार पाँचवटा महँगा-महँगा गाडी लिएर हिँड्छन् । फाइभस्टार भन्दा तलको होटलमा जाँदैनन् । कसले दिन्छ ? कसरी जान्छन् ?’

    जाँचबुझ आयोग प्रधानमन्त्रीको ‘ध्यान’ मा

    एमाले नेताहरूले अहिलेको सिंगो राजनीतिको केन्द्र भदौ २३–२४ का घटना जाँचबुझ गर्न गठित आयोगमा निर्भर रहेको बताए । उनीहरूले भने- पूर्वप्रधानमन्त्रीको स्थानहद र जाँचबुझ आयोगले के गर्छ ? यद्यपि, हामीले त्यो आयोगको निष्पक्षता वा अस्तित्वमाथि प्रश्न उठाएका छौँ । आयोगले गर्ने क्रियाकलापले धेरै कुरा फरक पार्नेवाला छ ।

    यसमा प्रधानमन्त्रीले धेरै केही भनिनन् । जवाफ दिइन्, ‘त्यसमा ध्यान दिएको छु ।’

    प्रधानमन्त्रीले एमाले निर्वाचनमा जानका निम्ति संस्थागत निर्णय गरिदिए हुन्थ्यो भन्ने आग्रह गरिन् । त्यसपछि एमालेको तर्फबाट ४ बुँदे शर्त पेश भएका छन् । ती यस्ता छन् ।

    १. पार्टी कहिल्यै पनि चुनाव विरोधी होइन । हाम्रो प्रश्न भनेको के चुनाव हुँदैछ त ? भन्ने हो । सरकारको संवैधानिकतादेखि संसदको विघटनबारे अदालतमा प्रश्न उठेका छन् । यी प्रश्नको न्यायिक निरूपण हुनुपर्छ । यसमा सरकारको हात त हुँदैन, तर ती कुरा छिटो निरूपण भयो भने स्पष्ट भएर एमाले अगाडि बढ्थ्यो । व्यक्तिगत रूपमा प्रधानमन्त्री वा उहाँको नाममा कुनै असहमति होइन । केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुहुँदा पनि नयाँ प्रधानमन्त्रीको चयन संविधानमै टेकेर गरौँ भनिएको हो ।

    २. निर्वाचनका निम्ति सबैभन्दा आवश्यक पर्ने विषय भनेको निर्भयता हो । दलहरू निर्भयतापूर्वक अगाडि बढ्न सके भने मात्रै जनताले निर्भयताका साथ मतदान गर्ने हुन् । त्यो वातावरण बन्नुपर्छ ।

    लुटिएर बाहिरै रहेका हतियार, भागेर नफर्किएका कैदीका कुरा के हो ? प्रहरीको मनोबल एकदमै खस्किएको छ । २३ र २४ को घटना मात्रै हैन, त्यसयताका घटनाले पनि प्रहरी मनोबल वृद्धि गर्ने काम गरेन । चन्द्रकुवेर खापुङ आईजीबाट अवकाश भएको एक घण्टाभित्र स्थानहद तोक्ने, मिडिया ट्रायल गर्ने कुराले सिंगो प्रहरी संगठनको मनोबलमा असर गरेको छ । यो घटनापछि कानूनले दिएकै दायराभित्र रहेर प्रहरीले बल प्रयोग गर्ने कि नगर्ने ? अरु अफिसरले कुन मनोबलका साथ ड्युटी गर्नेजस्ता प्रश्न उठेका छन् ।

    बाराको घटनामा त्यहाँको एसपीलाई तान्ने काम भएको छ । सरर्सती हेर्दा त्यहाँका एसपीले न्यूनतम हस्तक्षेप पनि नगरेपछि स्थिति भड्किन पाएन । ती एसपीले यो गर्नुपर्ने काम नै गरेका थिए ।

    ३. नेताहरूको प्रश्न मुख्य हो । नेपालमा जेन-जी आन्दोलनभन्दा पनि ठूला घटना वा परिवर्तन भएका छन् । कुनै पनि घटना वा परिवर्तनपछि पूर्ववर्ती सरकारको नेतृत्वलाई लक्षित गरेर स्थानहद तोक्ने काम भएको छैन । योभन्दा सयौँ गुणा बढी ठूलो घटना भएका छन् । फिल्डमा जसले ज्यादती गरेको छ, उही जिम्मेवार हुने अभ्यास हामीले नै अवलम्बन गरेका छौँ । अहिले त जाँचबुझ आयोगको रिपोर्ट पनि आएको छैन, तर फिल्डमा अनेकन् ट्रायल भइराखेका छन् । यस्तो कुरा भएपछि हामीले सरकारको विश्वसनीयताको प्रश्न उठाएका हौँ ।

    ४. स्थानहद राखिएको छ । हामी चुनावको विरोधी होइनौँ । यदि चुनाव अरू कारण नहुने, एमालेलाई बहानाका रूपमा देखाउन खोज्नुभएको हो भने त्यसबाट मुक्त हुनुस् । एमालेका कारणले चुनाव रोकिने भन्ने प्रश्नै हुँदैन । या, एमालेबाट चुनावलाई अवरोध गर्ने भन्ने कुरै हुन्नँ ।

  • एनपीएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

    एनपीएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ ।

    एनपीएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन् । जारी सिजनमा प्रहार भएका १४ अर्धशतकमध्ये पाँच अर्धशतक नेपाली खेलाडीको नाममा छ । बाँकी सबै विदेशी खेलाडी छन् ।

    सबैभन्दा बढी अर्धशतक हिर्काउने खेलाडीमा सुदूरपश्चिम रोयल्सका तीन, विराटनगर किंस, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्सका दुई/दुई खेलाडी छन् । यस्तै, चितवन राइनोज, कर्णाली याक्सका एक/एक खेलाडी रहेका छन् । व्यक्तिगत रूपमा सबैभन्दा बढी चितवनका विदेशी खेलाडी रवि बोपराले तीन अर्धशतक पूरा गरेका छन् ।

    यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’ समेत रहेका कुशल भुर्तेलले दुई अर्धशतक पार गरेका छन् ।

    सुदूरपश्चिम टोलीका नेपाली खेलाडी विनोद भण्डारी, विदेशी खेलाडीद्वय हर्मित सिंह, जोश ब्राउन, जनकपुरमा आबद्ध नेपाली खेलाडी आसिफ शेख, विदेशी खेलाडी वायन पार्नेल, विराटनगर किंग्सका नेपाली खेलाडी लोकेश बम, विदेशी खेलाडी मार्टिन गुप्टिल, कर्णालीका प्रियान्क पन्चालले एक÷एक अर्धशतक प्रहार गरेका छन् ।

    कर्णालीका विदेशी खेलाडी मार्क वाटमात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एकमात्र खेलाडी हुन् । लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरे । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटरसमेत हुन् । वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए । यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।

    सुदूरपश्चिम शीर्षमा, अङ्कविहीन जनकपुर

    हालसम्मको अङ्कतालिका हेर्दा सुदूरपश्चिम अपराजित टोलीका रूपमा देखिएको छ । उसले लगातार चार खेल जितेर आठ अङ्कका साथ शीर्ष स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साबिक उपविजेतासमेत रहेको सुदूरपश्चिम ‘प्लेअफ’ नजिक छ ।

    गत सिजनको विजेता जनकपुर हालसम्म अङ्कविहीन छ । अनिल शाह कप्तानीको जनकपुरले तीनवटै खेल हारेको छ । अङ्कविहीन जनकपुरको ‘प्लेअफ’को बाटो साँघुरो बन्दै गएको छ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर चार खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा छ । उसको ‘प्लेअफ’को बाटो फराकिलो छ ।

    कुशल मल्लले हाँकेको चितवनले तीन खेलबाट चार अङ्क जोडेको छ । तेस्रो स्थानमा रहेको चितवन पनि ‘प्लेअफ’ मा पुग्ने सुरसारमा छ ।

    अङ्कतालिकाको चौथो स्थानमा रहेको काठमाडौँले चार खेलमा दुई खेल मात्रै जितेको छ । करण केसीले सम्हालेको काठमाडौँलाई ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न बाँकी खेल जित्नुपर्ने हुन्छ ।

    समान तीन खेलबाट दुई अङ्क मात्रै जोडेका सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा क्रमशः पाचौँ र छैटौँ स्थानमा छन् । प्लेअफको दौडमै रहेका यी दुवै टोलीले पनि बाँकी खेल जित्नैपर्ने दबाब छ ।

    सातौँ स्थानमा रहेको रोहित पौडेलको कप्तानीको लुम्बिनी लायन्सले चार खेलमा एक खेल मात्रै जितेको छ । बाँकी खेलमा जीत हात पार्दै लुम्बिनी ‘प्लेअफ’ को बाटो तय गर्ने लक्ष्यमा छ, तर लयबाहिर रहेको लुम्बिनीलाई जीत निकाल्न कठिन छ ।

    जारी प्रतियोगितामा सबैभन्दा बढी रन हिर्काउनेमा चितवनमा आबद्ध विदेशी खेलाडी रवि बोपरा छन् । उनले १८३ रन बनाएका छन् । बलिङतर्फ भने विराटनगरका कप्तान सन्दीप लामिछाने नौ विकेट लिएर पहिलो स्थानमा छन् ।

    कीर्तिमानी टिमको ‘स्कोर’ बनाउने विराटनगर, कम बनाउने कर्णाली

    जारी प्रतियोगितामा उच्च ‘स्कोर’ बनाउने टोलीमा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च बनाउनेमा सुदूरपश्चिम छ । सुदूरले पनि पोखराविरुद्ध १९३ रन जोडेको थियो ।

    जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउनेको सूचीमा कर्णाली छ । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णाली ९४ रनमा समेटिएको थियो ।

    नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा जारी प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।

  • एमाले महाधिवेशन : प्रतिनिधि बन्न कोशीमा कडा प्रतिस्पर्धा, अधिकांश जिल्लामा प्यानलगत निर्वाचन हुने

    एमाले महाधिवेशन : प्रतिनिधि बन्न कोशीमा कडा प्रतिस्पर्धा, अधिकांश जिल्लामा प्यानलगत निर्वाचन हुने

    विराटनगर । एमाले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न कोशीका अधिकांश जिल्लामा निर्वाचन हुने पक्का पाएको छ । महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि निर्वाचन गर्नुपर्ने भएको हो ।

    सर्वसम्मतरुपमा प्रतिनिधि छनौट हुन नसके लोकतान्त्रिक पद्धति अपनाउने तयारी भएको नेकपा एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले बताए । हालसम्म हिमाली जिल्ला सोलुखुम्बुमा मात्रै सर्वसम्मत प्रतिनिधि छनौट सम्पन्न भएको छ । एमालेको महाधिवेशनका लागि सोलुखुम्बुबाट खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।

    यस्तै उत्पीडिततर्फ डिबी रानापाल, महिलातर्फ कल्पना राई र मोहनकुमारी कार्की तथा ४० वर्षमुनिका युवाबाट जगन्नाथ बास्तोला महाधिवेशन प्रतिनिधिमा छनौट भएको एमाले कोशीका सचिव भण्डारीले बताए । पाँचथर र इलामबाट पनि सर्वसम्मत प्रतिनिधि छनोट हुने उनको दाबी छ ।

    भण्डारीले भने, ‘इलाम र पाँचथरमा सर्वसम्मत प्रतिनिधि छनौट हुनेछन् । यसका लागि तयारी पूरा भएको छ । अन्तिम नामावली प्रकाशन गर्न मात्रै बाँकी छ ।’

    एमालेको महाधिवेशनमा पाँचथरबाट ७ जना र इलामबाट ९ जना महाधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । भोजपुरमा पनि शुक्रबार बेलुकासम्म सर्वसम्मत प्रतिनिधि छनौट हुने सम्भावना रहेको भण्डारीले बताए ।

    अन्य जिल्लामा भने सर्वसम्मत प्रतिनिधि चयनमा सकस भएको छ । तोकिएको प्रतिनिधि सङ्‍ख्याभन्दा तेब्बरले मनोनयन दर्ता गराएपछि सर्वसम्मत नेतृत्व चयन गाह्रो हुने देखिएको हो । पार्टीमा काम गरेका नेता तथा कार्यकर्ता अत्यधिक रहेको र महाधिवेशन प्रतिनिधि जान आकांक्षी धेरै देखिएको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

    उनले भने, ‘प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गराउने साथीहरूको सङ्‍ख्या ठूलो छ । हामीले सर्वसम्मतको प्रयास जारी राखेका छौं ।’

    कोशी प्रदेशमा केन्द्रीय गुटभन्दा पनि स्थानीय रूपमा प्यानलहरू तय भएका छन् । महाधिवेशन प्रतिनिधि कसरी जित्ने भन्ने हिसाबले स्थानीय स्तरमा प्यानलहरू बनेका हुन् । केन्द्रमा भन्दा फरक–फरक प्यानल बनेको एमाले झापाका एक नेताले बताए ।

    उनले भने, ‘माथि एउटै गुट भए पनि तल भने फरक–फरक प्यानलहरू बनेका छन् । सुनसरीमा पनि सोही अनुसारका प्यानलहरू छन् ।’

    क्षेत्रअनुसार प्यानलगत प्रतिस्पर्धा हुने देखिएको एमाले सुनसरीका इञ्चार्ज जगदीश कुसियैतले बताए । उनका अनुसार माथिको प्यानल भनेर हल्ला पिटाइएको भए पनि अवस्था त्यस्तो होइन ।

    कोशी प्रदेशमा सबैभन्दा बढी मोरङबाट महाधिवेशन प्रतिनिधि छनोट हुने छन् । ४६ जना प्रतिनिधि छनौट हुनु पर्नेमा मोरङमा १४५ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराएकाहरूले मनोनयन फिर्ता गर्ने अवस्था नभएको एमाले मोरङको उपाध्यक्ष सागर थापा बताउँछन् ।

    एमाले प्रदेशको अधिवेशनदेखि नै प्रदेशमा प्यानल भिडन्त भएको थियो । महाधिवेशनमा प्यानल भिडन्तभन्दा पनि क्षेत्र अनुसार समूह तय भएको देखिएको छ । थापाले भने, ‘यहाँ प्यानल भन्दा पनि स्थानीय स्तरमा समूहहरू बनेका छन् । समूहअनुसार प्रतिनिधिका लागि मत माग्न पाटी सदस्यहरूका बीचमा नेताहरू पुग्ने गरेका छन् ।

    झापामा सबैभन्दा बढी उम्मेदवार

    धेरै सदस्य भएको र प्रतिनिधिसमेत बढी छनोट भएर जाने झापामा पनि अवस्था उस्तै रहेको छ । झापाबाट ३८ जना प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गरेको एमाले झापा सचिव तुलसी कार्कीले बताए ।

    झापाबाट ११ औँ राष्ट्रिय महाधिवेशनमा खुल्लातर्फ १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुनेछन् । कार्कीका अनुसार खुल्लामा १०२ जना, महिला ४२, युवा ३३ र दलितमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    झापा क्षेत्र नं १ को खुल्लामा ३ जनाका लागि ६, महिलामा २ जनाका लागि ३, युवामा १ जनाका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै क्षेत्र नं. २ को खुल्लामा ५ जनाका लागि ३३, महिलामा ३ जनाका लागि ६, युवामा १ जनाका लागि ९ जनाले उम्मेदवारी दिएका हुन् । क्षेत्र नं ३ को खुल्लामा ३ जनाका लागि १३, महिलामा २ जनाका लागि ५, युवामा १ जनाका लागि ७ जनाले उम्मेदवारी दिए ।

    क्षेत्र नं ४ को खुल्लामा ४ जनाका लागि १०, महिलामा २ जनाका लागि ४, युवामा १ जनाका लागि २ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ५ को खुल्लामा ४ जनाका लागि २१, महिलामा ३ जनाका लागि १२, युवामा १ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

    प्रतिनिधि छनौटका लागि मङ्सिर १२ गते उम्मेदवारी फिर्ताको समय रहेको छ । आज रातिसम्ममा सर्वसम्मत प्रतिनिधि टुङ्गो नलागे १३ गते निर्वाचनबाट प्रतिनिधि छनौट गरिने छ ।