Tag: टप न्यूज

  • महेश बस्नेतको दाबी- सुधन गुरुङ एमालेमा आउन सक्छन्, अलिअलि कुरा भएको छ

    महेश बस्नेतको दाबी- सुधन गुरुङ एमालेमा आउन सक्छन्, अलिअलि कुरा भएको छ

    काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अधिकांश नेताहरू सहभागी थिए । कार्यक्रम सकिएर बाहिरिने क्रममा एमाले नेता महेश बस्नेत केही युट्युबरहरूसँग गफ गर्नलाई तम्सिए ।

    एक युट्युबरले बस्नेतलाई सोधिहाले, ‘सुधन गुरुङले तपाईंलाई आरोप लगाएको छ नि ?’

    ‘यस्ता हावा कुरा’ भन्दै बस्नेतले थपे, ‘आरोप लगाएको छैन मलाई । विचरा त्यो सुधन गुरुङ डराएर महेश अंकलले पनि के-के भन्नुभएको थियो भनेको छ ।’

    बस्नेतले सुधन गुरुङ एमालेमा आउन सक्ने अपत्यारिलो दाबी समेत गरे ।

    उनले थप भने, ‘सुधन भाइ एमालेमा आउँछजस्तो लाग्छ । यो विषयमा अलिअलि कुराकानी समेत भएको छ । हामीलाई सुरक्षा थ्रेट भयो भनेर यिनीहरुको ठूलो टोली हामीसँग सम्पर्कमा छ । यिनीहरु एमालेमा आए भने तपाईंहरू अचम्ममा नपर्नुस् ।’

    हामी नेपालका संस्थापक सुधन गुरुङले केही दिन अगाडि आफूलाई केही अज्ञात समूहले फलो गरिरहेको र त्यो समूह एमाले नेता बस्नेतले खटाएको हुनसक्ने बताएका थिए । गुरुङ जेन जीको प्रतिनिधि बनेर मिडियामा देखिँदै आएका छन् ।

    त्यस्तै बस्नेतले अभिनेत्री रिमा विश्वकर्मालाई पनि जवाफ फर्काएका छन् । केही दिनअघि बस्नेतले आवश्यक परेको खण्डमा तरबार उठाउन तयार रहेको भन्ने समाचारको पोस्टर सेयर गर्दै विश्वकर्माले लेखेकी थिइन्, ‘नेता हो कि गुण्डा ?’

    विश्वकर्मालाई जवाफ दिँदै बस्नेतले भने, ‘मलाई गुन्डा भन्ने ? कसको के क्षति पुर्याएको छु मैले ? २३ वर्षको उमेरमा गाविस अध्यक्ष भएँ । महेश बस्नेतले अहिलेसम्म कसैसँग दुई रूपैयाँ मागेको छैन ।’

    साथै आफ्नो घरमा आएर अवलोकन गर्न पनि बस्नेतले विश्वकर्मालाई सुझाव दिएका छन् ।

    उनले थपेका छन्, ‘तपाईंकै भाइ हो क्यार सन्तोष परियार, उसलाई सोध्नु महेश दाइबारे । गाउँमा कसैले घरभित्र पस्न नदिँदा महेश दाइकै घरमा पसेको हो उसको टिम । कसैले खान नदिँदा महेशकै घरमा खान दिएको हो । बुझ्दै नबुझी हावा कुरा नगर बैनी, कमेडी शो चलाएजस्तो हावाको भरमा मुलुक चलाउन सजिलो छैन ।’

  • राष्ट्रपति निवासमा पुराना र नयाँको जमघट, दलका नेतादेखि जेनजी अगूवासम्मको उपस्थिति

    राष्ट्रपति निवासमा पुराना र नयाँको जमघट, दलका नेतादेखि जेनजी अगूवासम्मको उपस्थिति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान दिवसको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुराना नेतादेखि जेनजी अगूवासम्मको जमघट देखिएको छ ।

    हालका मन्त्री तथा पुराना विभिन्न दलका नेता कार्यकर्ताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

    गृहमन्त्री ओमप्रकाश अर्याल कार्यक्रममा उपस्थित भएका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका नेता झलनाथ खनाल, रास्वपाका निवर्तमान सांसद शिशिर खनाल, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल लगायतका नेताहरु पनि राष्ट्रपतिको निम्तो मान्न पुगेका छन् ।

    कार्यक्रममा जेनजीका अगुवा दाबी गर्दै आएका सुधन गुरुङ पनि पुगेका छन् ।

  • देउवाको टाउकोमा १२ टाँका लगाइयो, बोलचाल र हिँडडुल गर्न सक्ने

    देउवाको टाउकोमा १२ टाँका लगाइयो, बोलचाल र हिँडडुल गर्न सक्ने

    काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको जनाएको छ।

    कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताए।

    उनले भने, ‘हामी सुरुमा अतालिएका थियौँ। तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो। अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ। उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ। उहाँ (देउवा) को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ। गर्धनमा सामान्य चोट छ। टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ।’

    उनले अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्नसक्ने भएको बताए।

    उनले भने, ‘अहिले अस्पतालमै राखेर उपचार गर्ने कुरा छ। बाहिर गएपछि भिडभाड हुन्छ, त्यसले छिटो स्वास्थ्य लाभ गर्न असहयोग गर्छ। त्यसो भएकाले केही दिन हेरौँ भन्नुभएको छ।’

  • संसद् विघटन असंवैधानिक भएको कांग्रेसको ठहर, अरु दलसँग पनि छलफल गर्ने

    संसद् विघटन असंवैधानिक भएको कांग्रेसको ठहर, अरु दलसँग पनि छलफल गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले बताए ।

    बैठकले संसद् विघटनको विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

    बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आजगजी र लुटपाटको निन्दा र भर्त्सना गरेको बताए ।

    उनले भने, ‘घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछौँ ।’

  • संविधानको दशक र सञ्चार जगत : स्वतन्त्रताको उपलब्धि, कार्यान्वयनको चुनौती

    संविधानको दशक र सञ्चार जगत : स्वतन्त्रताको उपलब्धि, कार्यान्वयनको चुनौती

    २०७२ सालको असोज ३ गते नेपालको संविधान जारी भयो । लामो राजनीतिक संक्रमणकाल, शान्ति प्रक्रिया र लोकतान्त्रिक संघर्षपछि बनेको यस संविधानलाई इतिहासकै महत्वपूर्ण दस्तावेजका रुपमा मानिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ बनेको यो संविधानले मुलुकलाई नयाँ ढाँचामा उभ्याएको छ । संविधान जारी भएको एक दशकको यात्रामा विभिन्न क्षेत्रले आफ्ना–आफ्ना अधिकार र अवसर पाए । तीमध्ये सञ्चार जगत पनि एक प्रमुख क्षेत्र हो ।

    सञ्चार जगतलाई चौथो अंगको रूपमा मान्यता दिँदै संविधानले स्वतन्त्रता, सुरक्षा, अधिकार र उत्तरदायित्वका अनेकौं व्यवस्था गरेको छ । तर, दशक लामो कार्यान्वयनले देखाएको अनुभवले उपलब्धि मात्र होइन, अनेक चुनौती पनि थपेको छ । यस लेखमा संविधानबाट सञ्चार क्षेत्रले प्राप्त गरेका प्रमुख उपलब्धि र त्यसको कार्यान्वयनमा देखिएका चुनौती समेटिएका छन् ।

    प्राप्त संवैधानिक उपलब्धि

    नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, प्रेस र प्रकाशन स्वतन्त्रताको स्पष्ट व्यवस्था गरेको छ । यसले पत्रकार र सञ्चारमाध्यमलाई बिना हस्तक्षेप विचार प्रकट गर्ने, समाचार सम्प्रेषण गर्ने, आलोचना गर्ने र जनतालाई जानकारी दिने अधिकार सुनिश्चित गरेको छ । संविधानले रेडियो, टेलिभिजन, समाचार एजेन्सी र अन्य सञ्चार माध्यमलाई स्वतन्त्र राख्ने प्रावधान गरेको छ । यसले सञ्चार क्षेत्रलाई सरकारी नियन्त्रण वा सेन्सरबाट मुक्त गर्ने कानूनी आधार दिएको छ ।

    नेपालको संविधान जारी भएको १० वर्षमा सञ्चार जगतले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेको छ । प्रेस स्वतन्त्रता, सूचना अधिकार, बहुलवाद र पत्रकार सुरक्षाका प्रावधान अन्तर्राष्ट्रिय स्तरमा समेत उल्लेखनीय छन् । तर चुनौती भने अझ बढी थपिएका छन् ।

    धारा २७ ले प्रत्येक नागरिकलाई सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । यसले पत्रकार मात्र होइन, आम नागरिकलाई पनि राज्यसँग जानकारी माग्ने कानूनी शक्ति दिएको छ । यो पत्रकारिताको पेशागत अभ्यासलाई थप सबल बनाउने प्रावधान हो । संविधानले पत्रकारलाई पेशागत स्वतन्त्रता, सुरक्षाको अधिकार र श्रम अधिकारको सुनिश्चितता दिएको छ । यसले पत्रकारलाई स्वतन्त्र र सुरक्षित वातावरणमा काम गर्ने ग्यारेन्टी गरेको छ ।

    संविधानले भाषिक, सांस्कृतिक र क्षेत्रीय विविधतामा आधारित सञ्चारलाई प्रोत्साहन गर्ने वातावरण तयार गरेको छ । यसले स्थानीय तहसम्म सामुदायिक रेडियो, टेलिभिजन र अनलाइन मिडियाको विस्तारलाई प्रोत्साहन गर्ने आधार दिएको छ ।

    कार्यान्वयनमा देखिएका चुनौती

    संविधानले स्वतन्त्रताको ग्यारेन्टी गरे पनि व्यवहारमा प्रेस स्वतन्त्रतामाथि बारम्बार हननका घटना भइरहेका छन् । राजनीतिक दबाब, विज्ञापन नियन्त्रण, समाचार रोकथाम र सेन्सरजस्ता अभ्यास अझै कायम छन् । संवेदनशील विषयमा समाचार लेख्ने पत्रकारलाई मार्नेदेखि धम्की, आक्रमण वा मुद्दा दायर गरिने घटना भइरहेका छन् । सूचना प्रविधि ऐन, साइबर सुरक्षा ऐन, मिडिया सम्बन्धी नीतिले प्रेस स्वतन्त्रता सीमित गर्ने खतरा बढाएका छन् । संविधानमा स्वतन्त्रता सुनिश्चित भए पनि यी कानूनले पत्रकारलाई कारवाहीयोग्य बनाउने अवस्था ल्याएका छन् ।

    सूचना प्राप्त गर्ने अधिकार संवैधानिक भए पनि व्यवहारमा राज्य निकाय प्रायः सूचना दिन अनिच्छुक देखिदैँ आएका छन् । धेरैपटक पत्रकारले सूचना लिन मुद्दा हालेका उदाहरण छन् । यसले संवैधानिक अधिकार कार्यान्वयनमा कमजोरी देखिएको महशुस भइरहेको छ । संविधानले श्रम अधिकार दिएको भए पनि पत्रकारलाई नियमित पारिश्रमिक, बीमा, सुरक्षा र स्थायित्व अझै सुनिश्चित छैन । विशेष गरी अनलाइन र स्थानीय मिडियामा काम गर्ने पत्रकार शोषणको सिकार छन् । श्रम ऐन र संविधानको मर्म अनुसार काम गर्ने संस्थाको संख्या न्यून छ । सामाजिक सुरक्षा कोष जस्ता सरकारका राम्रा र प्रभावकारी कार्यक्रममा अझै पनि सञ्चारकर्मीलाई आवद्ध गराउन सरकार, सम्बन्धित सरोकारवाला निकाय र सम्बन्धित सञ्चार माध्यमले पहल गर्न सकेका छैनन् ।

    आर्थिक रूपमा सञ्चार माध्यम कमजोर छन् । विज्ञापनमा सरकारी र ठूला निजी क्षेत्रको नियन्त्रण छ । यसले सम्पादकीय स्वतन्त्रतालाई प्रत्यक्ष असर गरेको छ । संविधानले स्वतन्त्रता दिएको भए पनि व्यावसायिक निर्भरता ठूलो चुनौती बनेको छ । डिजिटल पत्रकारिता बढ्दै गएको छ, तर यसको कानूनी र नीतिगत आधार अझ अस्पष्ट छ । अनलाइन पोर्टलको दर्ता, नियमन र सञ्चालनबारे स्पष्ट नीतिको अभाव छ । सामाजिक सञ्जालको प्रभाव बढेसँगै गलत सूचना, भ्रामक प्रचार र ‘फेक न्यूज’ नियन्त्रण गर्ने चुनौती ठूलो छ ।

    संवेदनशील विषयमा समाचार लेख्ने पत्रकारलाई मार्नेदेखि धम्की, आक्रमण वा मुद्दा दायर गरिने घटना भइरहेका छन् । सूचना प्रविधि ऐन, साइबर सुरक्षा ऐन, मिडिया सम्बन्धी नीतिले प्रेस स्वतन्त्रता सीमित गर्ने खतरा बढाएका छन् । संविधानमा स्वतन्त्रता सुनिश्चित भए पनि यी कानूनले पत्रकारलाई कारवाहीयोग्य बनाउने अवस्था ल्याएका छन् ।

    संविधानले बहुलवादलाई प्रोत्साहन गरेको भए पनि संघीय राजधानमा सञ्चालित ठूला सञ्चार माध्यमले मात्र पहुँच बढाएका छन् । ग्रामीण क्षेत्रका सामुदायिक रेडियो र पत्रिका आर्थिक संकट र स्रोतको कमीले अस्तित्व संकटमा छन् ।

    संविधानले दिएको आधारलाई व्यवहारमा रुपान्तरण गर्ने काम अझै बाकी छ । आगामी दशकमा गर्नुपर्ने काममा प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी कानूनी अवरोध हटाउनुपर्छ । पत्रकारलाई सुरक्षित वातावरण, नियमित तलब र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । सूचना पहुँचलाई सहज बनाउन सरकारी निकायलाई पारदर्शी र जवाफदेही बनाउन आवश्यक छ । सञ्चार माध्यमलाई व्यावसायिक रूपमा सबल बनाउन विज्ञापन नीति पारदर्शी र न्यायसंगत हुनुपर्छ । डिजिटल पत्रकारिताका लागि स्पष्ट नीति र प्रेस आचारसंहिता तयार गर्न जरुरी छ ।

    उपलब्धि कागजमा मात्र होइन, व्यवहारमा पनि

    नेपालको संविधान जारी भएको १० वर्षमा सञ्चार जगतले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेको छ । प्रेस स्वतन्त्रता, सूचना अधिकार, बहुलवाद र पत्रकार सुरक्षाका प्रावधान अन्तर्राष्ट्रिय स्तरमा समेत उल्लेखनीय छन् । तर चुनौती भने अझ बढी थपिएका छन् । जसमा राजनीतिक हस्तक्षेप, कानूनी प्रतिबन्ध, सूचना अवरोध, श्रम अधिकारको कमजोरी र प्रविधागत समस्या । संविधानले दिएको उपलब्धिलाई व्यवहारमै कार्यान्वयन नगरेसम्म पत्रकारिता ‘स्वतन्त्र’ भन्न सकिँदैन ।

    पत्रकार र सञ्चार माध्यमले संविधानले दिएको अधिकारलाई सुरक्षित राख्दै व्यावसायिक, उत्तरदायी र स्वतन्त्र अभ्यास गर्न सकेमा मात्र लोकतन्त्र सबल हुन्छ । अतः संविधानको दशकले हामीलाई स्मरण गराउँछ, अधिकार कागजमा मात्र सीमित नभई जीवनमा अनुभूत हुने बनाउनै पर्छ । सञ्चार जगत बलियो भए लोकतन्त्र बलियो हुन्छ, लोकतन्त्र बलियो भए संविधानको सपना पूरा हुन्छ ।

  • नेप्सेमा नकारात्मक सर्किटपछि ‘एक्सन’ अर्थमन्त्री, अध्ययन कार्यदल बनाए

    नेप्सेमा नकारात्मक सर्किटपछि ‘एक्सन’ अर्थमन्त्री, अध्ययन कार्यदल बनाए

    काठमाडौं । जेन–जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजार बिहीबार तीन पटकसम्म लगातार नकारात्मक सर्किट लाग्यो । कारोबार शुरु भएको केहिबेरमै शेयर बजारमा ‘पहिरो’ गएपछि अर्थमन्त्री रामेश्वर खनालले अध्ययन कार्यदल गठन गरेका छन् ।

    नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा शेयर बजारका समस्या अध्ययन गर्न कार्यदल गठन गरिएको हो । जसको सदस्यहरूमा नेपाल राष्ट्र बैंकको निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फूँयाल र सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।

    यस कार्यदलले पुँजी बजारमा विकसित तथा समस्याको अध्ययन गरी आम तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयन कार्य योजना पेश गर्नेछ। यस्तो सुझाव तथा योजना पाँच दिनभित्र प्रस्तुत गर्न समेत अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

  • पेरिसडाँडाबाट प्रचण्डले भने- निश्चित विधि अपनाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने सोचिरहेको छु

    पेरिसडाँडाबाट प्रचण्डले भने- निश्चित विधि अपनाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने सोचिरहेको छु

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरणबारे आफूले सोचिरहेको बताएका छन्।

    संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षको हैसियतले स्थायी समितिमा बैठकमा पनि नेतृत्व हस्तान्तरणको कुरा भनिसकेको बताए।

    त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै-

    अहिले खाली जेनजी आन्दोलन भएका कारणले मात्र होइन, गएको केन्द्रीय समितिको बैठकमा र केही समय पहिले सम्पन्न हाम्रो पार्टी स्थायी समितिको बैठकमा पनि एउटा निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरणबारे पनि सोच्नुपर्छ भनेर मैले नै राखेको छु भन्ने कुरा पनि म आज यस ऐतिहासिक दिनमा सबै कमरेडहरूलाई भन्न चाहन्छु ।

    एउटा निश्चित प्रक्रियामार्फत हाम्रो पार्टीको ऐतिहासिक विरासत, गौरव हामीले बनाएको मानकलाई कमजोर नपार्ने गरी हाम्रो पार्टीको एकता, केन्द्रीकरणलाई कमजोर नपार्ने गरी नेतृत्व हस्तान्तरणबारे छलफल हाम्रो पार्टीमा, तपाईँहरूलाई यो सुन्दा अनौठो लाग्न सक्छ, पार्टी अध्यक्षको हैसियतले यो बहस अगाडि बढाउनुपर्छ भनेर मैले स्थायी समितिमा भनिसकेको छु ।

    यो विषय अब तमाम कम्युनिस्ट क्रान्तिकारीहरू, हाम्रो पार्टीका नेता कार्यकर्ता सबैले पनि गहिरो गरी त्यो विधि, त्यो प्रक्रिया र त्यो समयबारे सोच्नुपर्नेछ । गलत तरिकाले आफ्नो इतिहास र गौरवलाई, विरासतलाई अपमानित हुने ढङ्गले प्रतिक्रियावादीहरूले फाइदा उठाउने ठाउँ नदिईकन हामीले त्यो काम पूरा गर्नुपर्नेछ । र फेरि पनि एउटा नयाँ इतिहास बनाउन सक्ने तागत, सामर्थ्य भएको पार्टी माओवादी केन्द्र नै हो ।

    ती हजारौँ लाखौँ युवा पुस्ता, जेनजी युवा पुस्ताहरूका भावनाहरू, तिनीहरूको त्याग र बलिदान सम्मान गर्न सक्ने पार्टी पनि माओवादी केन्द्र मात्रै हो भन्ने कुरा हामीले प्रमाणित गर्नुपर्छ ।

    हामीले मात्रै प्रमाणित गर्न सक्दछौँ, त्यो हामीले गर्नै पर्दछ । नयाँ ढङ्गले सोच्न सक्ने सोच्ने राष्ट्रको पक्षमा हिजो पनि जो नेपाली जनताले बनाएको छ, त्यसले नै फेरि नयाँ ठाउँमा पुर्‍याएर यसलाई पुन: हाम्रो छ । म अब अन्तिमतिर आएँ । देश निकै ठुलो सङ्कटमा पनि छ । जेनजीमा भिन्न ढङ्गले एकथरि तत्त्वले जेनजीको उच्च भावना, त्याग, चिन्तालाई दुरुपयोग गरेर देश एउटा प्रतिगमनको भनौँ या प्रतिक्रान्तिको भनौँ या देशको राष्ट्रिय स्वाधीनता नेपाली जनता माथि अहिले म फेरि भन्न चाहन्छु जेनजी विद्रोहसँगै यो जनयुद्ध हो । बलिदान हो । जेनजीसँग अगाडि बढ्नु छ ।

    पुर्खालाई नेपाली जनताले अब त्यो राष्ट्रिय विचार राष्ट्रिय भावना राष्ट्रिय आन्दोलन निर्माण गर्न सकेनौँ भने यो देश अझ बढी ठुलो दुर्घटनामा पर्ने खतरा छ । त्यस कारण म आज ११औँ संविधान दिवसको उपलक्ष्यमा ती तमाम देशभक्त नेपालीहरू, सबै बुद्धिजीवी, नागरिक समाज र राजनीतिक शक्तिहरूलाई अपिल गर्न चाहन्छु । यो इतिहासको गौरवशाली जगमा, क्रान्तिको इतिहासको गौरवशाली जगमा उभिएर फेरि राष्ट्रिय विचार, राष्ट्रिय शक्ति, राष्ट्रिय आन्दोलन निर्माण गरेर विदेशी शक्तिहरूले नेपाललाई फेरि एउटा खेल मैदान बनाउने खतराका विरुद्ध हामी उभिनै पर्छ, हामी अगाडि बढ्नै पर्छ, यसको कुनै विकल्प छैन भन्ने म ठान्छु ।

    तत्कालको दृष्टिकोणले जसरी हामीले अन्तरिम सरकार बनाएर चाहिँ निर्वाचनतिर जाने यद्यपि हामी चाहन्थ्यौँ यो अन्तरिम सरकार संसद्बाट अनुमोदित होस् । हामी चाहन्थ्यौँ संसद्ले नै निर्वाचनको मिति घोषणा गर्ने वातावरण बनोस् । हामी त्यो चाहन्थ्यौँ, तर हामीले चाहेर त्यो हुने स्थिति देखा परेन । त्यस कारण कम्तीमा पनि राष्ट्रपतिज्यूले त्यहाँ निर पनि विवेक पुर्‍याउन बल गर्नुभएको मैले प्रत्यक्ष महसुस गरेको छु।

    त्यो हो पुरानो प्रधानमन्त्रीको सिफारिसमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने, नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गर्ने । यो प्रक्रियामा कहीँ न कहीँ संविधान बचाउने संविधानको ऐतिहासिकतालाई आत्मसात् गर्ने भावना अन्तर्निहित रहेको कुरा मैले नजिकबाट देखेको छु ।

    त्यस कारण हामीले अब निर्वाचन ६ महिनापछि घोषणा गरिएको छ । त्यो घोषित मितिमा नै निर्वाचन होस् र देशले फेरि एउटा नयाँ निकास प्राप्त गरोस् । र त्यसबाट जेनजी आन्दोलनका विद्रोहीहरूको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक ढङ्गले नै खुलोस् भन्ने हाम्रो चाहना छ । त्यस कारण हामी अब कुनै दुबिधामा, भ्रममा नपरीकन यो निर्वाचन सम्पन्न गर्नको लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ ।

    सजिलो छैन निर्वाचन । मानिसहरूलाई विश्वास भई पनि राख्या छैन । कहिलेकाहीँ त प्रधानमन्त्री स्वयम् बाहिर बोल्दा पनि के हो भन्या जस्तो आयो । तर हामी भन्छौँ, सबै जेनजी विद्रोहीदेखि आम नेपाली जनता र राजनीतिक शक्तिहरू एकजुट हुने हो भने निर्वाचन सम्भव छ । र निर्वाचनलाई सम्भव गराउनुपर्छ भनेर म भन्न चाहन्छु ।

  • पर्यटनमन्त्रीमा विजय लामाको चर्चा, अफर आएकै हो ?

    पर्यटनमन्त्रीमा विजय लामाको चर्चा, अफर आएकै हो ?

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा अब कोको थपिएलान् भन्ने जिज्ञासाबीच विजय लामाको नाम चर्चामा आएको छ । नेपाल वायुसेवा निगमका क्याप्टेन लामालाई सम्भावित पर्यटनमन्त्रीका रूपमा प्रचारित गरिएको हो ।

    लामानिकट स्रोतले पर्यटनमन्त्री बन्न अफर आएको दाबी गर्‍यो । तर उनले निर्णय लिइनसकेको स्रोतको भनाइ छ । ‘प्रस्ताव आएको हो, उहाँ आन्तरिक छलफल गर्दै हुनुहुन्छ । निष्कर्षमा पुगिसक्नुभएको छैन,’ स्रोतले भन्यो ।

    सरकारनिकट स्रोतले भने लामालाई मन्त्री बन्न अफर गरिएको विषयमा अनभिज्ञता प्रकट गर्‍यो । स्रोतले भन्यो, यो, ‘अहिले धेरै व्यक्तिहरू मन्त्री बन्नका लागि संवादमा हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरूलाई सयौँ नामहरू आइरहेका छन् । उहाँको पनि नाम आएको हुन सक्छ ।’

    लामा आउँदो आमनिर्वाचनमा उम्मेदवारी दिनसमेत इच्छुक छन् । उनी ८४ सालको चुनावमा रास्वपाबाट उम्मेदवारी दिने योजनामा थिए । तर, यसै वर्ष मध्यावधि चुनाव हुने भएपछि त्यसको तयारीमा अहिल्यैबाट जुट्नुपर्ने भएको छ । मन्त्री बन्न जाँदा आफ्नो चुनावी योजनामा धक्का पुग्ने हो कि भन्ने चिन्ता उनलाई रहेको स्रोतले बतायो ।

    नेपाल वायुसेवा निगममा लामाको कार्यविधि अब धेरै बाँकी छैनन् । त्यसैले उनी अब राजनीतिमा हाम्फाल्न चाहन्छन् । केही समयदेखि रास्वपासँग अनौपचारिक संवादमा रहेका थिए । अहिले पनि उनको पहिले प्राथमिकतामा रास्वपा नै रहने बुझिएको छ ।

  • Gen Z को मार्गचित्रमा हिँड्नुपर्छ देश- पुराना नेताहरूले मुन्टो नउठाएको बेस

    Gen Z को मार्गचित्रमा हिँड्नुपर्छ देश- पुराना नेताहरूले मुन्टो नउठाएको बेस

    Generation Z लाई छोटकरीमा Gen Z अर्थात् Zoomers भनेर पनि चिनिन्छ। यो पुस्तामा सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका व्यक्तिहरूलाई राखिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने Gen Z मा वि.सं. २०५४ सालदेखि वि.स. २०६९ सम्म जन्मिएका युवा तथा बालबालिकालाई यो Gen Z पुस्तामा राखेर हेर्न सकिन्छ ।

    यसरी हेर्दा हाल तेह्र, चौध वर्षदेखि सत्ताइस, अठ्ठाईस वर्ष सम्मका बालबालिका एवम् युवाहरूलाई Gen Z पुस्ता भन्न सकिन्छ । यो पुस्ता अत्यन्तै सचेत, शिक्षित, टाठो ‘स्ट्रेटफरवार्ड’ र इमानदार पुस्ता हो जसलाई सिधा कुरो मन पर्छ, दायाँ बायाँ र घुमाउरो कुरो पटक्कै मन पर्दैन !

    वि.सं. २०५४ सालमा जन्मेका “Gen Z” २०६२/६३ सालको जनआन्दोलनको समयमा बढीमा आठ वा नौ वर्ष उमेरका थिए । तत्कालीन समयमा वा वि.सं. २०६२/६३ मा यिनीहरूमा राजनीतिक चेतना आइसकेको थिएन न त यिनीहरूले नेपालका राजनीतिक दलहरूले भनेको जस्तो राजा ज्ञानेन्द्रको राजशाही नै देखेका थिए !

    अहिलेका भ्रष्ट पार्टीका नेता कार्यकर्ताहरू पनि त आखिर आफ्नो सन्तानको भविष्यको लागि चिन्तित नै होलान् ! जसले रोगको पहिचान गर्न सक्छ उसैले मात्र रोगीको उपचार गर्न सक्छ ! आजको Gen Z पुस्तालाई यो देशको दुरावस्था र विद्यमान समस्याको कारकतत्व र तिनको समाधानको बारेमा राम्रो जानकारी छ ।

    तत्‌पश्चातको समयमा वि.सं. २०५४ सालदेखि वि.सं. २०६८/६९ सालसम्ममा जन्मिएका Gen Z हरूले आज २०८२/८३ सालसम्म आइपुगद्दा के-के देखे त ? भन्ने प्रश्न स्वभाविक रूपमा उठ्छ । यस्ता Gen Z हरूले आजको दिनसम्म आइपुग्दा प्रमुख राजनीतिक दलः नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका नेता शेरबहादुर देउवा, के.पी. शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरूले राज्य सत्ताको चरम दुरूपयोग गरेको, प्रधानमन्त्रीको पदलाई म्युजिकल चेयर बनाएको, देशलाई लुटेको, संवैधानिक पदहरूमा भागबन्डा गरेको, राजनीतिक लाभको पदहरूमा क्षमताको आधारमा नभई आस्थाको आधारमा नियुक्ति दिएको, कर्मचारीहरूबाट ठूलो रकम लिएर मालदार अड्डामा नियुक्त गरेको, नेपालीहरूबाट ठूलो रकम लिएर उनीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको, सरकारी सार्वजनिक जग्गा निजी क्षेत्रलाई बेचेको, सुनकाण्ड मच्चाएको, भिजिट भिसा काण्ड मच्चाएको, वैदेशिक रोजगारीमा पठाउन नेपाली दाजुभाइ दिदीबहिनीसँग म्यानपावर कम्पनी मार्फत रकम असूल उपर गरेको, बाकसको लागि विदेशीबाट लिएको ऋणको रकम व्यक्तिगत लाभको लागि प्रयोग गरेको लगायतका काण्डै काण्ड मात्रे देखे । यीनै नेताहरूले कहिले एउटासँग त कहिले अर्कोसँग मिलेर ठगबन्धन गरी देश लुटेको मात्र देखे ।

    त्यसको ठीक विपरीत Gen Z ले पूर्वराजा ज्ञानेन्द्र आम नागरिकको रूपमा देशको कुना कुना पुगेर मुलुकबासीको समस्यासँग साक्षात्कार गरेको, खास-खास समयमा सबैप्रति समभाव राख्दै मुलुक र मुलुकबासीलाई एकजुट भएर देशको विकासमा लग्न आह्वान गरिरहेको, देशबाट युवा पुस्ता पलाएन भएको प्रति चिन्ता व्यक्त गर्दै मुलुक भित्रै केही गरेर आफ्नो तथा मुलुकको भविष्य बनाउन प्रेरणा जगाई रहेको, सधै शान्त र शालीन शैलीमा प्रस्तुत भई देशको कुना-कुनामा नागरिकसँग भलाकुसारी गरी हिँडेको, आफ्नो सवारीसाधन आफैँले चलाई हिँडेको, ट्राफिक जाममा परेको बेला आम सर्वसाधारण सरह दुई घण्टासम्म पेप्सीकोला-जडिबुटीको जाममा पालो कुरेर बसेको, पूर्व नवयुवराज हृदयन्द्र शाहको व्यक्तित्व एवम् शालीनता तथा पूर्व युवराज्ञी हिमानी शाहको समाजसेवालाई नजिकबाट नियाल्ने मौका पायो ।

    यसरी Gen Z पुस्ताले एकातिर अहिलेका राजनीतिक दलका नेताहरूलाई व्यक्तिवादी एवम् परिवारवादी र अवसरवादीको रूपमा देख्यो भने तिनीहरूलाई खलनायकको रूपमा मात्र देख्ने, सुन्ने, भोग्ने तथा अनुभव गर्ने मौका पायो । अनि तिनै नेताहरूले मुलुकमा ठूला ठूला भ्रष्टाचारको काण्ड मात्र मच्चाएको समेत देख्यो । त्यसैले उसले भ्रष्टहरूलाई उनकै भाषामा बुझाउन विद्रोहको विकल्प देखेन । यसमा यो Gen Z पुस्तालाई अबगाल पार्न मिल्दैन ।

    अहिले नेपालबाट विदेशमा उच्च शिक्षाको लागि होस् वा रोजगारीको लागि होस् वा बसाई सराइको लागि होस् सत्तरी, असी लाख भन्दा बढी नेपालीहरू विदेशमा रहेका छन् । नेपालमा ३२ लाखभन्दा बढी घर धुरीमा FTTH ब्रोडव्यान्ड इन्टरनेट जडान भएको छ, जसबाट एक करोड चालिस लाखभन्दा बढी नेपालीहरू ब्रोडव्यान्ड इन्टरनेटको सुविधा लिई यसैको माध्यमबाट विदेशमा रहेका आफन्तजन तथा साथीभाइ दिदीबहिनीसँग विभिन्न सामाजिक सञ्जालमार्फत निरन्तर सम्पर्कमा रहिरहेका छन् ।

    अनि यस्तो सहज सम्पर्कको माध्यम बनेको सामाजिक सञ्जाललाई बन्द नगर भनेर सरकारसँग माग राख्दा Gen Z बाट के अपराध भयो ? यसको बदलामा राज्य पक्ष नृशंस ढङ्गले हत्यामा उत्रियो र कलिला बालबालिकाको छाती र टाउकोमा ताकी तातो गोली दागियो । यसमा पनि क्रूर र हठी शासकले Gen Z लाई नै दोषी देख्छ भने हामीले त्यस्तो शासक र शासक वर्गलाई बहुलठ्ठी, सनकी, जङ्गली नभनेर के भन्ने ?

    Gen Z पुस्ता प्रविधिमा मात्र नभएर अन्य सबै क्षेत्रमा सचेत पुस्ता हो। यो पुस्तासँग तीखे राजनीतिक चेतना पनि देखिन्छ भने मुलुकको अहिलेको दुरावस्थाको कारण समेत यो पुस्ताले राम्रोसँग बुझेको छ र देखेको छ । Gen Z पुस्ता विदेशमा रहेका आफ्ना आफन्तजन तथा साथिसंगतिसँग निरन्तर संवाद गर्छ। अन्य विकसित मुलुकहरूमा क्षमता भएका युवाहरूले अवसर पाएको र आफ्नो व्यक्तिगत करियर एवम् देश (विदेश) विकासमा योगदान पुर्‍याउन सफल भएको देखेको छ, सुनेको छ ।

    विकसित मुलुकहरूमा सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरलाई सरल, सहज र सुलभ बनाएको पनि देखेको छ, सुनेको छ। तर, नेपालमा भने त्यसको ठीक विपरीत क्षमतावान् युवाहरूलाई अवसरबाट वञ्चित गरिएको मात्र नभएर राजनीतिक दलका झोले एवम् कार्यकर्ताहरूले मात्र अवसर पाएको Gen Z ले देखेको छ । शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरहरू लगायतमा राजनीतिक दल, तिनका झोले कार्यकर्ता तथा ती निकटका माफियाहरूले कब्जा गरेर गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवसरहरूमा आम नागरिकहरूको पहुँचलाई लगभग असम्भव तुल्याएको समेत Gen Z ले देखेको छ ।

    मुलुकभित्र Corona महामारीमा Omni काण्ड, यति काण्ड, वाइड बडि हवाईजहाज खरिदमा ५ करोड अमेरिकी डलर कमिसन काण्ड, सार्वजनिक सम्पत्ति तथा सरकारी जग्गा हिनामिना काण्ड, ललिता निवास काण्ड, पतञ्जली काण्ड, गिरिबन्धु टी स्टेट काण्ड, पोखरा एयरपोर्ट काण्ड, गौतम बुद्ध विमानस्थल काण्ड, झापा भ्यूटावर काण्ड, धरहराको पार्किङ काण्ड लगायतका काण्डहरू अहिलेको Gen Z पुस्ताले देखेको छ ।

    नेता, तीनका परिवार तथा आफन्त, झोले कार्यकर्ता र माफियाहरू मिलेर देशमा ब्रम्हलुट मच्चाई देशको राजस्व तथा सम्पत्तिमा डाँका डालेर देशलाई कङ्गाल पारेर युवाहरूको भविष्य अन्धकार बनाउन समेत यीनै राजनीतिक दलका भ्रष्ट नेता तथा झोलेहरू उद्यत रहेकोसमेत अहिलेको Gen Z पुस्ताले देखेको छ । अनि यस्तो व्यथितिको विरोधमा राजनीतिक दलका युवा पुस्ताका नेताहरूले आवाज उठाउन नसकेको समेत Gen Z लाई राम्ररी थाहा छ । भने, मुलुक र मुलुकबासीको उज्ज्वल भविष्य निर्माण गर्न अहिलेको दूषित राजनीतिक व्यवस्था तथा संवैधानिक व्यवस्थाबाट सिर्जित समस्या समाधानको लागि Gen Z पुस्ताले उठाएको माग कसरी अनुचित हुन्छ ?

    Gen Z ले मुलुकमा भ्रष्टाचारको अन्त्य गरौँ भन्दा भ्रष्टाचारीहरूको मुटु काँपेको छ। सुशासन कायम गरौँ भन्दा कुशासनको हंसले ठाउँ छोडेको छ। शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिलाइदेऊ भन्दा माफियाहरूको पेट पोलेको छ। हामीले हाम्रो भविष्य यही मुलुकमा खोजौँ भन्दा दलेहरूको निदहराम भएको छ।

    २०४७ सालयता लाभको पदधारण गरेका नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरौँ भन्दा भ्रष्टहरूको सातो गएको छ । सधैँभरि देउवा, ओली र प्रचण्डले प्रधानमन्त्रीको म्युजिकल चेयर बनाएर पालैपालो देश लुटेका कारण मुलुकको दुरावस्था हुन पुगेकोले यस्ता भ्रष्टहरूको दुष्ट्याइंँ अन्त्य गर्न संविधानमा भएको निर्वाचन प्रणाली परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौँ भन्दा बुढा साँढेहरूको होस गुमेको छ। देश बनाउने यस्ता मागहरू Gen Z को मात्र होइन सारा नेपालीको माग हो।

    अहिले विश्वराजनीति तथा विश्व अर्थतन्त्र र व्यापार व्यवस्थामा आएको परिवर्तन, भू-राजनीतिक अवस्थामा आएको परिवर्तन, युरोप, अमेरिका, कोरिया, जापानलगायतका विकसित राष्ट्रहरूले श्रम तथा आप्रवासन सम्बन्धमा लिएको कठोर नीतिहरूको कारण अब नेपालीहरूलाई मात्र नभएर नेपालजस्तै विकासशील राष्ट्रका नागरिकहरूलाई विकसित मुलुकमा अध्ययन तथा रोजगारीको अवसर पाउन निकै कठिन भैसकेको छ ।

    अमेरिकाले भिसामा गरेको कडाइ, पोर्चुगलले नेपाली आप्रवासीलाई गरेको कडाइ, दक्षिण कोरियाले नेपालीलाई भिसा बन्द गरेको अवस्था तथा युएई लगायतका राष्ट्रहरूले नेपालीलाई श्रम तथा भिजिट भिसामा गरेको कडाइ र त्यसको निराकरणको लागि नेपाल सरकारले कुनै कूटनीतिक पहलकदमी गर्न नसकेको यथार्थताबीच अबको Zen G पुस्ताले विदेशमा भन्दा पनि स्वदेशमै बसेर आफ्नो भविष्य खोज्ने र रोज्ने अनुकूल वातावरण माग गर्दा के अपराध भयो ?

    अहिले नेपाली समाजबाट जुन हिसाबमा युवाहरूको विदेश पलायन भइरहेको छ, त्यो निश्चय पनि मुलुक र मुलुकबासीको भविष्यको लागि शुभ होइन । आज हरेक घर घरबाट युवाहरू शिक्षा र रोजगारीको लागि विदेशिएका छन् । अब नेपालीका घरमा बुबा-आमा पुस्ता र हजुरबुबा-हजुरआमा पुस्ता मात्र बाँकी रहने अवस्था निर्माण हुँदै गइरहेको छ ।

    यसरी Gen Z पुस्ताले एकातिर अहिलेका राजनीतिक दलका नेताहरूलाई व्यक्तिवादी एवम् परिवारवादी र अवसरवादीको रूपमा देख्यो भने तिनीहरूलाई खलनायकको रूपमा मात्र देख्ने, सुन्ने, भोग्ने तथा अनुभव गर्ने मौका पायो । अनि तिनै नेताहरूले मुलुकमा ठूला ठूला भ्रष्टाचारको काण्ड मात्र मच्चाएको समेत देख्यो ।

    नेपालको धर्म, संस्कृति एवम् सामाजिक मूल्य मान्यता र परिवेश समेतको आधारमा हरेक बुबा-आमाले आफ्नो छोराछोरी आफ्नै मुलुकमा आफैसँग बसोस् अनि घर, परिवार, समाज र राष्ट्रको लागि केही गरोस् भन्ने चाहेका छन् । आफ्ना सन्तानहरू रोजगारीको लागि खाडी मुलुकमा पठाएर त्यहाँबाट बाकसभित्र बन्द भएर फर्काइएको कुनै बुबा-आमाले हेर्न चाहन्न । विकसित मुलुकहरूमा हत्या, हिंसा र हेपाई चेपाइमा परेको समेत कुनै बुबा-आमा तथा हजुरबुबा-हजुरआमा पुस्ताले हेर्न, सुन्न चाहन्नन् । त्यसैले Gen Z पुस्ताले सुशासन तथा मुलुकको समग्र विकासको माग राखी गरेको आन्दोलनमा बुबा-आमा पुस्ता तथा हजुरबुबा-हजुरआमा पुस्ताको समेत समर्थन र साथ रहेको छ ।

    अहिलेका भ्रष्ट पार्टीका नेता कार्यकर्ताहरू पनि त आखिर आफ्नो सन्तानको भविष्यको लागि चिन्तित नै होलान् ! जसले रोगको पहिचान गर्न सक्छ उसैले मात्र रोगीको उपचार गर्न सक्छ ! आजको Gen Z पुस्तालाई यो देशको दुरावस्था र विद्यमान समस्याको कारकतत्व र तिनको समाधानको बारेमा राम्रो जानकारी छ । Gen Z पुस्ताले मूलकभित्रै आफ्नो भविष्य बनाउने सङ्कल्प गरेको छ । Gen Z पुस्ताले देशको भविष्यको लागि संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्था परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमार्फत देश विकास गर्न सकिने देखेको छ । देशको भविष्यको लागि देशवासीले प्रत्यक्ष निर्वाचित कार्यकारी रोज्न पाउने लोकतान्त्रिक पद्धतिको वकालत गरेको छ । अहिलेको व्यवस्थामा नागरिकले कार्यकारी प्रमुख चुन्न सक्दैनन् र यो काम त भ्रष्ट, बिकाऊ दलालहरूले गर्दै आएका छन् भन्ने जेनजी पुस्ताले बुझिसकेको छ ।

    यो देशको समस्या Gen Z ले राम्रो सँग बुझेको छ, Gen Z कै मार्गचित्रमा देशको भविष्य खोजौँ किनकि आजको Gen Z पुस्ता नै भोलिको भविष्य हो ! जसले रोगको पहिचान गर्न सक्छ उसैले मात्र रोगीको उपचार गर्न सक्छ ।

    अहिले फेरि पुराना दल र नेताहरू टाउको उठाउन खोजिरहेका छन् । जेन जीको यति ठूलो विद्रोहका बाबजुद उनीहरू निर्लज्ज तरिकाले भाषणबाजी गरिरहेका छन् । फेरि चुनावमार्फत सत्तामा फर्किएर पहिलेजस्तै हालीमुहाली गर्ने दाउ हेरिरहेका छन् । उनीहरूलाई अब जनताले कुनै पनि मौका दिनु हुँदैन ।

    अब यी दल र नेताहरूलाई झेल्ने मुडमा जेनजी पुस्ता छँदै छैन । यदि कुनै पनि तरिकाले यिनीहरूलाई स्पेस दिइयो भने त्यो जेनजी आन्दोलन र यसमा भएको बलिदानीको घोर अवमूल्यन ठहर्छ ।

  • ओलीको तबलाले मिलाएन ताल, फलतः अस्तव्यस्त भयो भूराजनीतिक धरातल

    ओलीको तबलाले मिलाएन ताल, फलतः अस्तव्यस्त भयो भूराजनीतिक धरातल

    नेपालको इतिहासमा यस वर्षको भदौ २३ गते सदा स्मरणीय रहने छ । नागरिक अधिकारमाथि सत्ताले विध्वंस मच्चाएको दिन हो यो । नागरिक अधिकारमाथि धावा बोल्ने कामको शुरुवात पूर्ववर्ति केपी ओली सरकारबाटै भयो । मन्त्रिपरिषद बैठकले भदौ ९ गते विभिन्न २६ वटा सामाजिक सञ्जाललाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा हुन निर्देशन दियो । सबै सूचिकृत भएनन् । कतिपय सञ्जाल बन्द गरिए ।

    यस्तो कदमको चौतर्फी विरोध भयो । तर पनि सरकार आफ्नो निर्णयबाट टसमस भए । ती सामाजिक सञ्जाल कसैका लागि समय बिताउने, कसैका लागि मनोरञ्जन गर्ने, कसैका लागि सूचना र ज्ञान आर्जन गर्ने थलोमात्रै थिएन, थुप्रै युवाले आय आर्जनको ठूलो माध्यम बनाएका थिए । त्यसमाथि भएको दमन वा निषेधको प्रतिक्रिया हो, भदौ २३ ।

    नेपालको अर्थतन्त्रमा रेमिट्यान्स (विप्रेषण) को ठूलो योगदान छ । रहरले विदेशिएका हुन् या बाध्यताले, सामाजिक सञ्जाले नै उनीहरूलाई आफ्नो परिवारसँग जोडेर राख्छ । पछिल्ला दशकमा जुन पार्टीका सरकार आए पनि तालीभन्दा गाली अधिक पर्ने गर्थ्यो । यद्यपि, एउटा खास पुस्ताले आजको डिजिटल युगमा पुराना नेताले गर्दै आएको ‘सत्ता कब्जा’ को रचनात्मक विरोध गरिरहेका थिए । पछिल्लो तीन वर्षमा आएका प्रधानमन्त्रीले त काठमाडौं महानगरको मेयरसँग फेसबुकमा वाकयुद्ध गर्नु परिरहेको थियो । यसपालि यो देशमा सरकार परिवर्तनसँगै पुराना दल सुध्रिएर आएनन् भन्ने देशको राजनीतिमा अकल्पनीय असन्तुलन आउन सक्छ भन्ने अवस्था सिर्जना भएको छ । जेनजी आन्दोलनको कार्यतालिका अनुसार घटनाक्रमको विकास हुन पाएको भए २४ गतेजस्तो विध्वंस मच्चिने थिएन । तर, परिस्थिति असामान्य बनिसकेपछि घटनाक्रमले छद्मरुप लिँदै परिस्थितिलाई असामान्य बनाइदिन्छ ।

    दृश्यमा देखिएको जेन–जी

    ‘जेनरेशन जेड’ को फ्रेममा रहेको पुस्तालाई इन्टनेटको सुलभ पहुँच भएको युगमा जन्मेका ‘जेन–जी÷जेड’ भनेर पनि चिनिन्छ । जेनजी प्रविधिको प्रयोग मात्र गर्दैनन्, त्यसैभित्र बाँच्छन् । यो यस्तो पुस्ता हो, जसले एक छाक खान नपाएको व्यथालाई इन्टरनेटको माध्यमले कथा बनाएर पस्किन चाहन्छ । प्राडो र हेलिकप्टरमा लाखौँ खर्च गरेर देश विकासको नाममा खोक्रा भाषण रुचाउँदैन, जेनजीले । यो पुस्ताले ‘…गरिबको चमेली बोल्दिने कोही छैन’ जस्ता शब्दलाई र्‍याप शैलीमा गाएर लाखौँ गरिब र मध्यमवर्गीय जेनजीको ‘एलगोरिदम’ लाई निर्देशित र नियन्त्रण गरिरहेको हुन्छ । जेनजी चरित्रले पोलिटिकल नै हुनुपर्छ भन्ने छैन । तर, नेपाली राजनीतिमा मेयर बालेन्द्र शाह जेनजीको सुषुप्त आन्दोलनको प्रतिफल हो ।

    पार्टी दर्ताको लागि माहोल बनाउन र ‘नेपो बेबीज/किड्स’ आन्दोलनको लागि कन्टेन्ट उत्पादनको लागि भए पनि जेनजी आन्दोलन निश्चित थियो । ‘जुमर’ भनेर समेत चिनिने यो पुस्ताले नेपालको राजनीतिको आडमा भ्रष्टाचार र कुशासनको चंगुलमा फसाएर देशलाई कंगाल बनाएका नेता वा सार्वजनिक पद धारण गरेका ठालू र तीनका सन्तानको जीवनशैलीलाई जेनजीले जुम गर्न थालिसकेका थिए । विदेशी ब्राण्डका जुत्ता लगाउने वामपन्थी हुन् कि रोलेक्स ब्राण्डको घडी लगाएर, ज्योतिषसँग दशा देखाएर निरन्तर सत्तामा रमाउन खोज्ने गैर वामपन्थी नेता हुन्, जुमरले यिनीहरूको विलासी जीवन र नेपालमा तंग्रिएको सर्वदलीय भ्रष्टाचारलाई अझ बढी रचनात्मक तरिकाले विस्तार गर्नुपर्ने थियो ।

    कुशासन र भ्रष्टाचारले राष्ट्रिय सुरक्षालाई कसरी प्रभावित गरिरहेको छ भन्ने सूचनाको अभाव सरकार चलाउनेलाई हुँदैन । तर, काठमाडौंका मेयर र देशका प्रधानमन्त्री व्यक्तिगत स्तरमा जुधेको अवस्था हुनु भनेको सरकारमा हुनुपर्ने संवेदनशीलतामा ह्रास बढेको बिम्बका रूपमा झल्काउँछ । एमाले अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले २२ भदौका दिन एमालेको विधान अधिवेशनबाट ‘केही अदृश्य शक्तिले राष्ट्रवादी सरकार गिराउनको लागि युवालाई उचालिरहेका छन्’ जस्ता अभिव्यक्ति दिए ।

    भनिन्छ, नागरिकको पीडा महसुस गर्ननसक्ने कुनै पनि शासक गणितीय हिसाबले जति बलियो भए पनि आम नागरिकको नजरमा अस्वीकृत भइसकेको हुन्छ । सरकारले बहुमतको भरमा केवल भयको प्रदर्शन गर्नसक्छ । भित्रबाट कमजोर सरकारले नागरिक स्तरबाट विरोधको सामना गर्नुपर्दा आफ्नो नियन्त्रण कायम राख्न छल र क्रूरतालाई एकैसाथ निर्दयतापूर्वक प्रयोग गर्छ । जेनजी आन्दोलनमा हेर्दाहेर्दै ७४ जनाको हत्याले त्यही देखाउँछ । संख्या बढ्दो छ । साथै, आन्दोलनका दौरान सृजित विध्वंसले नेपालमा सुरक्षा विश्लेषणको क्षमतामाथि सदैव प्रश्न गरिरहे छ । पछिल्ला दशकमा देश हाँक्न असमर्थ ‘आलोपालो प्रधानन्त्रीहरु’ ले युवाले गर्ने हरेक आन्दोलनमा बल प्रयोग गरेका छन् । पार्टीभित्र होस् कि अन्य सार्वजनिक क्षेत्रमा, यिनीहरूले युवा मर्मलाई मर्माहत पार्न कीर्तिमान हासिल गरेका रहेछन् ।

    सेनाको ‘सहजीकरण’

    आज नभए भोलि, ‘नेपो बेबीज’ मा लागेका जेनजी र अदूरदर्शी नेतृत्वबीचको घर्षणले साँच्चिकै सिंहदरबारमा आगो लगाइदिनेसम्मको विद्रोह हुनसक्ला भन्ने सम्भावनाप्रति शक्ति दुरुपयोगको लत लागेका दलपति भन्दा सेनापति पक्कै पनि अग्रचेती थिए । किनभने सेनाले देशमा हुने विभिन्न गतिविधि र त्यसले उत्पादन गरिरहेको ‘न्यारेटिभ’ (कथ्य) को गहिरोसँग विश्लेषण गर्छ भन्ने मान्यता छ । न्यारेटिभ आफैँमा सत्य हुँदैन । यसले सत्यलाई विशेष तरिकाले बुझ्न प्रेरित गर्छ । न्यारेटिभ तटस्थ वा निर्दोष पनि हुँदैन, सधैँ रणनीतिक हुन्छ । न्यारेटिभले निर्माण गर्ने अवधारणाको खपतको लागि आवश्यक ग्रहणशील तप्का चाहिएको हुन्छ । गणतन्त्रजस्तो उच्चतम व्यवस्था ल्याउँदासम्म सान्दर्भिक देखिएका पुराना नेताको अक्षमता र भ्रष्टाचारबाट आमजनता आजित नभएको भए दुर्गा प्रसाईँजस्तो अराजक व्यक्तिको पछाडि किमार्थ भिड लाग्ने थिएन । ‘नेपो बेबीज’ आन्दोलन भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले नेपालजस्तो देशको राजनीतिमा परिणाम विस्थापन गरिदिनसक्ने ‘टुलकिट’ को रूपमा प्रयोग होस् भनी निगरानी गर्ने शक्ति नेपाल बाहिरबाट पनि चासो राख्नु स्वाभाविक नै भयो । दलका हनुमानले उपद्रव मच्चाउन सक्छन् ।

    सगर्व आफूलाई ‘झोले’ करार गर्नसक्छ । नागरिक आवाजलाई भद्रगोल पार्न बहुमतीय सरकारको ‘गोयवल्स विभाग’ सक्रिय हुनसक्छ । दक्षिण एसियामा देखिएका भूराजनीतिक कम्पनको प्रभावबारे केपी ओलीले दिने गरेका अभिव्यक्ति उनको बालुवाटारमा बसिरहँदाको अनुभूति पनि हुनसक्छ । निवर्तमान प्रधानमन्त्रीले दक्षिण एसियामा प्रभुत्वको प्रतिष्पर्धामा रहेका शक्ति राष्ट्रसँग सन्तुलन मिलाउन किन सकेनन् ? त्यो शिवपुरीबाबालाई साक्षी राखेर उनले सोच्नुपर्छ । केपी ओलीले महानगरको मेयर बालेन शाहलाई बधाईसँगै तबला उपहार दिएका थिए । सिंहदरबार जलाउने दिन आउँदासम्म जेनजी को ‘डिफ्याक्टो लिडर’ र केपी ओलीबीच कहिल्यै ताल मिलेन ।

    विगत आठ वर्षमा नेपालको प्रतिनिधिसभामा प्रवेश गराई बहस गराइनुपर्ने परियोजनालाई उग्रराष्ट्रवादलाई उचालेर सडकको मुद्दा बनाइने काम भयो र संसदमा बहस नभइकन कार्यान्वयनमा ल्याइएको थियो । यी पटकथामा मिसिँदै गएका भूराजनीतिक प्रभाव र त्यसले घरेलु राजनीतिमा निम्त्याउन सक्ने प्रभावलाई सेनाजस्तो निर्णायक शक्तिले सुरक्षा अव्यवस्थाको रूपमा लिने गर्दछ । अमेरिकी कूटनीतिज्ञ जर्ज केननले आफ्नो प्रसिद्ध ३० अप्रिल १९४८ को स्टेट डिपार्टमेन्ट मेमोमा गरेको गरेको विश्लेषण यस्तो छ, ‘राजनीतिक युद्धमा राष्ट्रिय उद्देश्य प्राप्त गर्न युद्धबाहेकका राष्ट्रको कमाण्डमा रहेको सबै साधनको प्रयोग हो । त्यस्ता प्रयोग खुला र गोप्य दुवै हुन्छन् । तिनीहरूले राजनीतिक गठबन्धनलगायत अन्य तालमोलसमेत गर्ने गर्छन् ।’

    काठमाडौंको मेयर पदको शपथपश्चात् बालेन जंगी अड्डामा बधाई थाप्न जाँदा नेपाली सेनाले देशको भविष्य युवामा देख्नु सामान्य कुरा हो । सेना भनेको देशलाई अन्तिम खतराबाट बचाउनको लागि तयार पारेर राखिएको गर्भिलो संस्था हो । नेपाली सेनाको गौरवमय इतिहास छ । यद्यपि, नेपालका ख्यातिप्राप्त सम्पादकस्तरीय लेखकले नेपाली सेनाले पछिल्ला केही दशकयता नेपालको (भू) राजनीतिमा खेलेको भूमिका रोचक ढंगले दस्तावेजीकरण गरेका छन् । नेपालको राजनीतिक कोर्षभित्र भूराजनीतिक चाहनालाई पनि सम्बोधन गर्नुपर्ने गम्भीरता नबुझे देशमा शान्ति कायम रह्न सक्दैन, जुन कि शान्ति विकासको आधारभूत शर्त हो भनी नेपाली सेनाको आँकलनको बहुआयमिकताको प्रवाह प्रधानमन्त्री कार्यालयसम्म पुगेन होला भन्ने मान्न सकिन्न ।

    २०१७ सालमा निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्न आफ्नो परमाधिपतिको आदेश मानेका तत्कालीन शाही नेपाली सेनाले लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थामा सदैव नागरिकको भावनालाई केन्द्रमा राख्दै आएको छ । राजनीतिले सेनाको परम्परावादी संरचनालाई हल्लाउन खोज्दा रुक्माङत कटवाल प्रकरणले झस्काइरहेको हुन्छ । यद्यपि, जेनजी विद्रोहबाट सिर्जित राजनीतिक तरलतालाई ठोस आकार दिन सेनापति र परमाधिपतिबीचको रसायनले व्यवस्थालाई जोगाएको छ । अन्तरिम सरकारले आफ्नो दायित्व पूरा नगरुञ्जेल यो संक्रमणकालमा नेपाली सेना राजनीतिको मियोको रूपमा रहने भयो । सेनाले राति १० बजेमात्र किन कमाण्ड सम्हाल्यो ? के सेनाले चाहेको भए जेनजीको हत्यापछि सिर्जित परिस्थितिबीच सिंहदरबार जलाउने न्यारेटिभ सत्यमा परिणत हुनु फगत संयोग हो कि योजनावद्ध सफलता ? जेनजी आन्दोलनको विध्वंश कथाका अप्रकटित पाटो भविष्यमा ‘डीकोड’ हुने नै छ ।

    जेनजी आन्दोलन विकसित हुन नपाउँदै परिस्थितिले सृजना गरेको संक्रमणकालले दिनुपर्ने तत्कालीन राजनीतिक निकास दिएको छ । अन्तरिम सरकारले पाउनुपर्ने अन्तर्राष्ट्रिय समर्थन पाइसकेको छ । पुराना दलका तेस्रो पुस्ताका नेता संयमित देखिएका छन् । दोस्रो पुस्तावाला संसद विघटन गैरसंवैधानिक छ भनी रोइलो गर्दै विज्ञप्ति प्रवाहमा लागेका छन् । पहिलो पुस्ता मौन छ ।

    उनीहरुको मौनताको दुई कारण हुनसक्छ । पहिलो, अहिले बोल्यो भन्ने पोल्न्सक्छ । पर्ख र हेर । दोस्रो, फागुन २१ मा तोकिएको निर्वाचन हुन्छ भनी उनीहरूलाई नलागेको हुनसक्छ । नेपाली राजनीतिमा अंक गणितको माहिर खेलाडी भइसकेका बूढा पुस्ताका (रिजेक्टेड बाई यूथ) यी नेताहरू संक्रमणकालमा अभ्यास गरिने ज्यामितिका कोर्भट रेखाबारे पनि जानकार छन् । शायद, ती पुराना नेतालाई थाहा छ कि, जेनजी आन्दोलनको म्याण्डेट पूरा गर्न ६ महिने संक्रमणकाल काफी छैन ।

    नेपालमा राजनीतिक स्थायित्वको अभावका कारण सुशासन कायम हुन नसकेको जेनजी शक्तिलाई थाहा छ कि वर्तमान संविधानलाई टेकेर त्यो सम्भव छैन । तर, यो संक्रमणकालको सहजकर्ता नेपाली सेनाले देशमा विभाजित राजनीतिक मनोविज्ञान र यसले निम्त्याउने थप अराजकताबाट देशलाई अझ पनि जोगाउने छ भनी आशा गर्न सकिन्छ । नागरिक समाज, जिम्मेवार मिडिया सबैले तोकिएको मितिमा निर्वाचन होस् भनी आवाज उठाइरहेका छन् । भेन्टिलेटरमा रहेको संविधानको मर्मलाई जीवित गर्नुको अर्को विकल्प पनि छैन । संक्रमणकालले थुप्रा विकल्पहीन परिस्थिति निर्माण गरिरहेको हुन्छ । यो ६ महिनामा काठमाडौं महानगरको काम (एक्सन) कस्तो रहला ? वर्तमान सरकारले गिरीबन्धु काण्ड, भुटानी शरणार्थीजस्ता ‘बिग स्क्याम’ लाई कुन रूपमा स्पर्श गर्छ ? त्यसले अन्तरिम सरकारको राजनीतिक नियतलाई स्पष्ट पार्नेछ । हुनसक्छ कि, तोकिएको मितिमा हुने भनिएको निर्वाचनमा जेनजी आन्दोलनका डिफ्क्याटो नेता बालेन्द्र शाहको नेतृत्वमा देशमा नयाँ राजनीतिक दलको जन्म पनि हुनसक्छ । ट्रंकलाई बक्यौता उठाउने ऊर्जा मन्त्री कूलमान घिसिङको निर्णय कांग्रेस–एमालेका ती कार्यकर्तालाई पनि उचित लागेको होला, जसले पार्टी कमाण्डरको इगोको आगोबाट बच्न कूलमानको दानवीकरण गर्न लागिपरेका थिए ।

    जेनजी सेन्टिमेन्टले राजनीतिक दल खोल्नको लागि यो सरकारमा आफ्नो अधिकतम नियन्त्रण राख्न चाहनेछ । समयमै निर्वाचन गराउन मौखिक प्रतिबद्धता जनाउन शुरु गरेको सरकारले केवल निर्वाचन आयोगको सक्षमता र कार्यतालिकामा भर नपर्नसक्ला । भूराजनीतिक क्यालेण्डर मिलाउनुपर्ने हुन्छ र अन्तरिम सरकारले एक्लै त्यो गर्न सक्दैन । जेनजी समूहभित्र ‘साम्पाङ सुरुङ’ निर्माण भइसकेको छ । अन्तरिम सरकारले गर्ने कुनै पनि सोच वा निर्णय, त्यसले समग्र मधेशको राजनीतिमा कस्तो प्रभाव पार्छ ? त्यो आफैँमा गम्भीर छ । मधेशको जेनजीको ‘एलगोरिद्म’ मा अधिकारको सवाल अझ सकेको छैन । मधेशको जेनजीले महोत्तरीको एकडारामा पुर्ख्यौली घर भएका र्यापर बालेनले गाएको ‘…गरिबको चमेली’ मात्र होइन, महोत्तरीकै भ्रमरपुराका र्यापर मान्याले नेपाल प्रिमयर लिगको बेला गाएको ‘ओधबाध’ फर्क यति छ कि मान्याको र्यापप्रति बढ्दो क्रेजको पहुँच जंगी अड्डासम्म पुग्न सक्दैन । जनेजी आन्दोलनको बेला नेपालको संक्रमणकाल बदलिँदो भूराजनीति अवस्थालाई अन्तरिम सरकारलाई धेरै सहजताको आवश्यकता छ । किनभने, नेपाल भूरणनीतिक दृष्टिकोणले शक्तिशाली छ । पछिल्ला दशकयता नेताहरू शक्ति सन्तुलनको नाममा धेरै नै असन्तुलित भए ।

  • धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा

    धरान उपमहानगर: २ अर्बको बजेट सिलिङ पारित, भोलि बोलाइयो नगरसभा

    विराटनगर । विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उप महानगरपालिकाममा बजेट आउने निश्चित भएको छ ।
    कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै बजेट आउने निश्चित भएको हो ।

    कार्यपालिकाबाट बजेट पास भएसँगै शनिबार नगर सभा डाकिएको छ ।, यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएको थियो । भदौ २३ र २४ गते भएको आन्दोलनका कारण नगरसभा हुन सकेको थिएन ।

    संविधान अनुसार असार १० गतेभित्र नगरसभा गरेर बजेट पारित गरिसक्नुपर्ने भएपनि धरानमा भने अझै बजेट आउन सकेको छैन । बजेट पास नहुँदा धरानमा बजेट होलिड छ ।

    बजेट होलिडेका कारण धरानमा कर्मचारीहरुले साउन र भदौ महिनाको तलब पाउन सकेको छैन भने नगरको आर्थिक गतिविधिहरु ठप्प बनेको छ ।

    धरान उप महानगरमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ कार्यपालिकामा पेस गरेको थियो ।

    सो सिलिङमा एमालेको असहमति हुँदाहुँदै पनि मेयर हर्क साम्पाङले अल्पमतबाटै पारित गरेको दाबी गरेका थिए । विवादपछि पूँजिगत खर्च २० प्रतिशतले घटाउने सहमतिपछि १ अर्ब ९८ करोड रुपैयाँको बजेट पास भएको हो ।

  • कांग्रेस पुनर्गठनको बहस- देउवाकाे नेतृत्व अस्वीकार्य, तर विकल्प खाेज्न सहज छैन

    कांग्रेस पुनर्गठनको बहस- देउवाकाे नेतृत्व अस्वीकार्य, तर विकल्प खाेज्न सहज छैन

    काठमाडौं । जेनजी आन्दोलनले राजनीतिक उथलपुथल ल्याएपछि पुराना राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको चर्को बहस चलिरहेको छ ।

    ठुला दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा एसका अध्यक्ष माधव नेपालसम्मलाई पार्टी नेतृत्व छाड्न दबाब छ ।

    एमाले र माओवादीमा नेतृत्व परिवर्तनको बहस केही मात्रै चलेको भएपनि कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तीव्र गतिमा अघि बढाएका छन्। उनीहरू अहिले पार्टीपंक्तिमा आन्तरिक छलफलमा छन् ।

    नयाँ पुस्ताको मागअनुसार देउवाकै नेतृत्वमा अब पार्टी नचल्ने अहिले कांग्रेसका अधिकांश नेताहरूको बुझाइ छ । प्रतिनिधिसभा विघटनपछि फागुन २१ का लागि आम निर्वाचन तोकिएकाले चाँडै पार्टी नेतृत्व परिवर्तन गरेर चुनावको तयारी गर्नुपर्ने दबाबमा दलहरू छन् ।

    यही नेतृत्वमा जाँदा पार्टीको अस्तित्व जोगाउन मुस्किल पर्ने छनक पाएपछि महामन्त्री थापाले संविधान दिवसकै दिनदेखि सङ्कल्पसहित पुनर्गठन अभियान सुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। यद्यपि, सभापति देउवा प्रदर्शनकारीको आक्रमणमा परेर अहिलेसम्म उपचाररत नै छन्।

    पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भन्दै गगनले पार्टीपंक्तिमा अघि सारेको प्रस्तावमा भनेका छन्, ‘संविधान दिवसकै दिनदेखि सङ्कल्पसहित पुनर्गठन अभियान सुरु गरौँ । जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरुरी छ।’

    उनले पार्टी पुनर्गठनको लागि आफू महामन्त्री पद समेत त्याग्न तयार रहेको बताएका छन् ।

    ‘हामीले अहिले जे र जसरी गरिरहेका छौँ त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ’ गगनको प्रस्ताव छ, ‘यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल सुरु गरौँ। स्वीकार गरौँ-गल्ती भएको छ अनि आत्मसमीक्षा, पुनर्मुल्याङ्कन र आत्मसंकल्प गरौँ।’

    आफूहरूको अनुहारमा दाग लागेको भन्दै जनतासँग माफी माग्नुपर्ने बताएका छन्। ‘हाम्रो अनुहारमा दाग लागेको छ। अनुहारमा लागेको दाग ऐनामा पुछेर हुँदैन। हामीले हाम्रो दाग पुछ्नुपर्छ। यस विषयमा कांग्रेसले माफी माग्नुपर्छ । हामी सच्चिनेछौँ र झन् बलियो भएर उठ्नेछौँ’ उनको भनाइ छ।

    अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि अब पार्टी सभापति देउवाले त्याग गर्नुपर्ने बेला आएको बताए। उनले पार्टी सभापति देउवालाई मात्रै होइन, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डलाई पनि राजनीतिबाट बिदा लिन सुझाएका छन् ।

    उनले जारी गरेको भिडिओ सन्देशमा भनिएको छ, ‘मैले पार्टीको बैठकमा समेत सभापतिलाई त्याग गर्नुस् भनेको छु। तर उहाँलाई त्यसमा मैले सहमति गराउन त सकिनँ। मैले तपाईँ ५ पटक प्रधानमन्त्री बनिसक्नुभयो अब छैटौँ पटक बन्नु हुन्न, तपाईँले अब अरूको नाम प्रस्ताव गर्नुस् भनेको थिएँ। अब उहाँले सहर्ष बिदा लिनुपर्छ।’

    सहमहामन्त्री जीवन परियारले पनि कठिन परिस्थितिमा पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन जस्ता विविध मागहरूप्रति आफू सकारात्मक रहेको बताएका छन्।

    उनले भनेका छन्, ‘पार्टी विधानको धारा १७ को केन्द्रीय महाधिवेशन प्रतिनिधिको कार्यविधिको उपधारा (२) बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ। भन्ने धारा प्रयोग गरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न उपर्युक्त देखेको छु।’

    पार्टीभित्र पुनर्गठनको चर्को बहस चलेपनि कसको नेतृत्वमा जाने भन्ने अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरूको बताउँछन् । देउवाले नेतृत्व छाडेपनि अर्को नेतृत्व को आउने भन्नेमा कांग्रेसमा गुटगत प्रभाव उत्तिकै पर्छ । एक पंक्ति युवा नेताहरूले समयको माग अनुसार महामन्त्री थापाको नेतृत्वमा चुनावमा जानुपर्नेमा बहस थालेपनि संस्थापन र इतर पक्षले नस्वीकार्ने स्थिति छ ।

    देउवाले नेतृत्वबाट बिदा लिएपनि आफूअनुकुलको व्यक्ति अघि सार्न सक्छन्, त्यसो हुँदा उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा‌ शशांक कोइरालालगायतको नाम आउन सक्छ। तर, गगन र इतर पक्षले नस्वीकार्ने अवस्था छ ।

    युवा नेताहरूले अहिलेसम्म जिम्मेवारीमा नरहेका र प्रयोगमा नआएका व्यक्तिलाई अघि सार्नुपर्ने बताएका छन्। त्यसो हुँदा महाधिवेशनबाट नेतृत्वको हत्याउने दाउमा रहेका शेखरको पनि सम्भावना कमजोर बन्दैछ ।

    केहीले तत्काल चुनावमा जानुपर्ने भएकाले सबै पदाधिकारीलाई बिदा गरेर एकजना संयोजक तोकेर अघि बढ्नुपर्नेसम्मको प्रस्ताव राखेका छन्। कांग्रेसभित्र चलिरहेको पुनर्गठनको बहसबारे हामीले केही युवा नेताहरूसँग कुरा गरेका छौँ । पढौँ, उनीहरूको भनाइ जस्ताको तस्तै-

    ‘पार्टी सुधार आवश्यक छ, बैठकमा छलफल हुन्छ’

    मीनबहादुर विश्वकर्मा, प्रचार विभाग प्रमुख

    पार्टीको महाधिवेशन पनि नजिक आइरहेको छ। अहिले पार्टीलाई केही भएको होइन, भौतिक संरचनालाई क्षति पुगेको हो। अहिले पार्टी नेतृत्वमा समस्या परेको छैन। अहिले मुलुकको व्यवस्था, भौतिक संरचनामा क्षति परेको हो। त्यसैले यतिबेला पार्टी थप एकताबद्ध हुन आवश्यक छ। पार्टीभित्र सुधार आवश्यक छ, चाँडै गर्नुपर्छ पनि।

    त्यो विषय पनि आवश्यक नै हो तर यतिबेला पार्टी भन्दापनि पार्टीको खण्डहर भएको भवन निर्माण गर्ने, हामीभित्र भएका वैमनश्यतालाई हटाएर एकता कायम गर्ने, पार्टीलाई थप एकजुट बनाएर लाने बेला हो । चुनाव तोकिसकेको अवस्था छ तर कसको नेतृत्वमा जाने भन्नेसम्म पार्टीले अहिलेसम्म सोचिसकेको छैन।

    हाम्रो कार्यसम्पादन समितिको बैठक पनि बसेको थियो। बैठकले अहिले पुनर्निर्माण गर्ने, अल्तालिएका पार्टीका साथीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउने, देशमा फैलिएको अस्थिरतालाई रोकेर स्थिरतामा लैजाने कुराहरूमा छलफल भएको छ। तर, अहिले पार्टी पुनर्गठन, नेतृत्व हेरफेरका कुरा, निर्वाचनमा जाने कुरा अबको बैठकमा छलफल होला। अहिलेसम्म भएको छैन। माहोल सङ्लिएपछि केन्द्रीय समितिको बैठक पनि बोलाउने सोच्दैछौं। कसरी कहाँ बस्ने भन्नेबारे, सभापति पनि स्वस्थ भएर आउनुपर्‍यो पहिला, बैठक कसरी बस्ने भन्नेबारे पार्टीका पदाधिकारीबीच छलफल भइरहेको छ । तर निष्कर्षमा पुगेका छैनौँ ।

    ‘नेतृत्वबारे प्रश्न उठ्यो, अब खुला छलफल हुनुपर्छ’

    रामहरि खतिवडा, केन्द्रीय सदस्य

    पार्टीभित्र वृहत् छलफलको जरुरी देखिएको छ । केन्द्रीय समिति र पार्टी सभापतिको पनि धारणा बुझ्नुपर्नेछ। अहिले मुलुक विषय परिस्थितिमा छ। लोकतन्त्र हरण भएको हो कि होइन त्यो पहिला छुट्याऔं। अहिले व्यक्तिगत फाइदा भन्दा पनि मुलुक कता जाँदैछ भन्ने कुरालाई हेर्नुपर्छ। अहिले बहुदलीय व्यवस्था, संविधान मान्ने र प्रजातन्त्रलाई स्वीकार गर्ने पार्टीहरू एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ।

    हाम्रो पहिलो माग संसद् पुनर्बहाली हो। कसलाई कहाँ के चाहिएको छ भन्ने कुरा भन्दापनि पार्टी पनि दह्रो बनाएर जानुपर्छ, पार्टीभन्दा पनि देश झन् दह्रो बनाउनुपर्छ। यो पार्टीलाई पहिलो बनाउनुपर्ने जिम्मेवारी छँदैछ। कांग्रेस नै हो हिजो लोकतन्त्रको लागि लडेको, यो पद्धतिलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्नेमा लाग्नुपर्छ।

    पार्टीभित्रका छलफल पनि अब सबै बसेर गर्नुपर्‍यो। हिजोजस्तो एउटा कोठामा बसेर गरेर हुँदैन। सबै साथीहरूको धारणा लिएर अघि बढ्नुपर्छ। चुनावमा यही नेतृत्वमा जान हुँदैन भन्ने प्रश्न पनि उठेको छ। अब ०८४ मै चुनाव भएको भएपनि नेतृत्वबारे कसरी जाने भन्ने छलफल भइरहेकै थियो। त्यसैले अब जेनजीको माग सम्बोधन गर्ने गरी अझै युवामैत्री र जनमैत्री बनाएर पार्टीलाई लैजानुपर्छ।

    ‘अब प्रयोगमा नआइसकेका व्यक्ति नेतृत्वमा ल्याउनुपर्छ’

    नैनसिंह महर, केन्द्रीय सदस्य

    लामो समयदेखि नेपालको राजनीतिक दलहरूमा पुनर्गठन गरेर सुधारको अपेक्षा सबैबाट भइरहेको छ। अहिले जेनजी पुस्ताले आन्दोलनबाट जे सफलता हासिल गरेको छ, उहाँहरूको माग सम्बोधन गर्ने भनेर सरकार पनि बनेको छ। त्यसैगरी जेनजीको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टी नेतृत्व पनि त्यसैगरी अघि बढ्नुपर्ने देखिन्छ। समाजमा आएको नयाँ चेत र नयाँ परिस्थितिलाई एकाकार गर्नको लागि जनतामा आएको परिवर्तनको अपेक्षा छ। त्यसलाई आत्मसाथ नगरी दलहरू अगाडि बढ्न सक्दैनन्।

    दलभित्र अझै नयाँ हिजो प्रयोग नभइसकेको, जसले क्षमता र भिजन राख्छन् र पार्टीभित्र योगदान गरेका व्यक्तिलाई अघि ल्याउनुपर्छ। त्यस्तो नेतृत्व अब पार्टीमा ल्याएर मात्रै चुनावमा अघि बढ्नुपर्छ भन्ने अपेक्षा छ, आम माग पनि छ। पार्टीको निर्णायक भूमिकामा रहेर, बारम्बार प्रयोग भइसकेका, जनता र कार्यकर्ताले उनीहरूको क्षमतालाई पनि आँकलन गरिसकेका व्यक्ति भन्दा बाहिरको ल्याउनुपर्छ।

    जसमा कुनै आरोप छैन, नैतिकताको कसीमा अब्बल छ, जो भिजन र आफ्नो दृष्टिकोण सँगालेर बसेको, लामो समयदेखि देश र पार्टीको लागि लडेको व्यक्तिलाई पार्टीले अघि सार्नुपर्छ। आम जनताले पनि हिजो जिम्मेवारीमा बसेकाहरूलाई रुचाएका छैनन्, त्यही अनुसार पार्टी पुनर्गठन गर्नुपर्छ भन्ने अभियान छ।

    अहिले व्यक्ति कसलाई ल्याउने भन्ने कुरा गौण भयो, पार्टीको निर्णायक प्रक्रियामा संलग्न भएकाहरूभन्दा नयाँ मान्छे आयो भने राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने अपेक्षा छ। त्यसैले हिजो जिम्मेवारीमा रहेकाहरू एक कदम पछि हट्नुपर्छ।

    ‘यही नेतृत्वमा चुनावमा जान सकिँदैन’

    गुरुराज घिमिरे, युवा नेता

    यो राजनीतिक घटनाक्रमपछि पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ भनेर छलफल चलिरहेको छ। पार्टी अब यथास्थितिमा चल्न सक्दैन कुनै पनि हालतमा। हामीले रूपान्तरणको मुद्दा विगत तीन वर्षदेखि उठाइरहेका छौँ। पार्टी यथास्थितिमा चलिरह्यो, पार्टीको आन्तरिक व्यवस्थापनदेखि सरकार चलाउने शैली समय सापेक्ष भएन। नेतृत्व नै यथास्थितिवादी छ।

    देशको आवश्यकता अनुसार नेतृत्व अगाडि बढिरहेको छैन भनेर हामीले पहिलादेखि नै प्रश्न उठाएका हौँ। हामीले अब गम्भीर समीक्षा गरेर आमूल परिवर्तन पार्टीभित्र गर्नुको विकल्प छैन। अब सामान्य परिवर्तनले पार्टी उभिन पनि सक्दैन। यहाँ पार्टी तत्काल दौडिनुपर्ने अवस्था छ। हामीले अहिले अपराधको भारी बोकेका छौँ। अब त्यो बोक्न सक्दैनौँ। सीमित व्यक्तिले गरेको अपराधको भारी सधैँ बोकेर हिँड्न अब पार्टीले सक्दैन, हामी सक्दैनौँ। त्यसैले पार्टीभित्र आमूल समयसापेक्ष परिवर्तनको आवश्यकता छ।

    पार्टीको यही नेतृत्व लिएर चुनावमा जानसक्ने अवस्था छैन। अब पार्टीको सर्जरी गरेर नयाँ नेतृत्व छानेर मात्रै जनताको बीचमा जानुपर्छ। नयाँ नेतृत्व कसकोमा जाने भन्नेबारे हामी निरन्तर छलफलमा छौँ, अब एक दुई दिनभित्र त्यसको मार्गचित्र तय गछौँ।

    ‘यही नेतृत्वले बाँडेको टिकट लिएर जान कोही तयार छैनन्’

    अजयबाबु सिवाकोटी, केन्द्रीय सदस्य

    पार्टी पुनर्गठन आवश्यक छ, अब कसको नेतृत्वमा भन्ने कार्यकर्ताले गर्छन्। अहिलेको जस्तो अवस्थाले अब पार्टी चल्दैन। हाम्रो सक्रिय सदस्य ९ लाख थिए तर सभापतिमाथि आक्रमण हुँदा ९ जना पनि पुगेनन्। पार्टी कार्यालय जल्दा ९० जना कार्यकर्ता पनि पुगेनन्। केही कार्यकर्ता त्यहाँ गएर बसेका भए पार्टी कार्यालय जल्दैनथ्यो। त्यसैले पार्टी यो संरचनाले चल्दैन।

    अब यही नेतृत्वमा पुनर्गठन गरेर पनि काम छैन। यो नेतृत्वलाई बिदा गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ। अहिले हाम्रो पार्टीभित्रको विधानभित्रै रहेर कि विशेष महाधिवेशन बोलाउनुपर्‍यो। यही महाधिवेशन प्रतिनिधिबाट छानेर। होइन भनेर तीन महिनाभित्रै नयाँ सदस्यताको विषय टुङ्ग्याएर महाधिवेशन गर्न सक्छौँ। प्रतिनिधि छानेर सक्दैनौँ भने वडा तहबाटै सक्रिय सदस्यले भोट हालेर प्रत्यक्ष निर्वाचित गर्न पनि सकिन्छ।

    त्यसो गर्दा अहिलेको जस्तो भद्दा केन्द्रीय समिति बनाउन पनि जरुरी छैन। अहिले अधिकांश केन्द्रीय सदस्य र भ्रातृ संस्थाहरू नै सभापति अनुकूल नै चलिरहेका छन्। त्यसैले अहिलेको यो तरिकाले चल्दैन। चुनावअघि नेतृत्व परिवर्तन नभई यही नेतृत्वले बाँडेको टिकट लिएर अब चुनावमा जान तयार छैनन्।

  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। केही समयअघि देखि केन्द्रीय कार्यालय सानोपामा बैठक बसेको हो।

    बैठकमा जेनजी आन्दोलनपछि विकसित घटनाक्रम, पार्टी कार्यालय व्यवस्थापनलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। पछिल्लो समय कांग्रेसभित्र पार्टी पुनर्गठनको बहस चलिरहेको छ।

    प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिसकेकाले यही नेतृत्वमा चुनावमा जान नसकिने नेताहरूले बताउन थालेका छन्। तर सभापति शेरबहादुर देउवा भने अहिले आन्दोलनकारीको आक्रमणबाट घाइते भएर अस्पतालमा उपचाररत छन्।

  • राष्ट्रपतिले सडकसँग सम्झौता गरेका छन्, पार्टी पुनर्गठन नगरी जनतामा जान सकिँदैन : घनश्याम भुसाल

    राष्ट्रपतिले सडकसँग सम्झौता गरेका छन्, पार्टी पुनर्गठन नगरी जनतामा जान सकिँदैन : घनश्याम भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनको प्रस्ताव अघि सारेका छन्। पार्टीमा लिखितरुपमा प्रस्ताव अघि सार्दै मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।

    प्रस्तावमा भनिएको छ, ‘हाम्रा सबै पार्टीले आज वा भोलि पुनर्गठन नगरिकन जनतामा जान किमार्थ सम्भव छैन । यस विषयमा पार्टीव्यापी छलफल चलाउन तयार होऔँ । यो मुख्य विषयलाई गलैँचामुनि राखेर अरू विषयलाई अगाडि राख्न थाल्यौँ भने दुनियाँले हामीलाई दुत्कार्ने छ । ‘पार्टीहरूको पुनर्गठन र राष्ट्रिय पुनरुत्थानमा हाम्रा एजेन्डा’ भन्ने विषयमा राष्ट्रिय बहस हामीबाट सुरु हुनु सम्पूर्ण पार्टी परिवारका लागि गौरवको कुरा हुनेछ ।’

    राष्ट्रिय बहसमा मुद्दा र कार्यक्रमका साथ अगाडि लाग्ने पर्याप्त क्षमता पार्टीमा रहेको उल्लेख छ। ‘हाम्रा सीमा र अभावहरू अरूबाट सिक्न र पूरा गर्न तयार होऔँ । भयानक दुर्भाग्यले हामीलाई नयाँ निर्माणको अवसर पनि दिएको छ’ प्रस्तावमा भनिएको छ ।

    जेनजी आन्दोलनपछि एउटा विषम परिस्थितिमा राष्ट्रपतिले सडकसँग सम्झौता गरेको उल्लेख छ। प्रस्तावमा भनिएको छ, ‘त्यसले संविधानको सीमा छोइएको छ । हामीले लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै निर्वाचनमा जाने क्रममा त्यसलाई असफल बनाउनु पर्नेछ । आगामी निर्वाचनमा जाने क्रममै संविधानलाई पूर्णतः लिकमा ल्याउनु पर्नेछ । हेक्का राख्नु पर्ने कुरा के छ भने यसका प्रायोजकहरूको काम फत्ते भैसकेको छैन । यसरी हेर्दा अहिले हामी क्रान्ति र प्रतिक्रान्तिको तानातानीको अवस्थामा छौँ ।’

    अहिले मुद्दामा आधारित भएर बृहत् लोकतान्त्रिक, वाम–लोकतान्त्रिक तथा वामपन्थी सहकार्यका दायरा बढाउँदै, तिनलाई सुदृढ गर्दै अगाडि बढेर मात्रै प्रतिक्रान्तिकारी सम्भावनालाई पराजित गर्नुपर्ने उल्लेख छ।

    उनको भनाइ जस्ताको तस्तै-

    -लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधानको अन्तरवस्तुले नेपाली समाजमा अनेकौँ अन्तर विरोधहरूलाई साथै लिएर आएको थियो । राप्रपा र अन्य राजावादीहरूले व्यवस्थाका विरुद्ध सङ्गठित गर्दै थिए । विभिन्न समयमा उनीहरू सडकमै उत्रिएका थिए ।

    -गत स्थानीय निर्वाचन र आम निर्वाचनपछि ‘पुराना पार्टी, पुराना नेता’ विरुद्ध समाजको विभिन्न तप्का, खासगरी युवा पुस्तालाई प्रभावित पार्दै लगेको थियो । काठमाडौंका मेयर बालेन शाहको वरिपरि जोडिँदै गएको समूहले सरकारका विरुद्ध असन्तुष्टि र आक्रोश पोख्दै गएको थियो । त्यस्तो आक्रोश स्वाभाविकरुपमा प्रधानमन्त्री के पी ओली, अन्य प्रमुख नेताहरू, सरकार र राज्य विरुद्ध केन्द्रित हुँदै गयो ।

    -नयाँ शक्तिका रूपमा देखा परेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापीरुपमा ‘पुराना पार्टी, पुराना नेता’ को भाष्यलाई देशव्यापीरुपमा सङ्गठित गर्दै गएको थियो । त्यसले नेपाली काङ्ग्रेस र वामपन्थीहरू, खासगरी नेकपा एमालेको सामाजिक वर्चस्वलाई चुनौती दिँदै थियो, राजनीतिक आक्रोशलाई बढाउँदै थियो ।

    -सत्ताबाट बाहिरिएपछि मुख्य प्रतिपक्षी नेकपा माओवादी जसरी भए पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन सरकारलाई असफल पार्न र कुनै न कुनैरुपमा सरकारमा सहभागी हुन चाहन्थ्यो ।उसका आक्रोशले पनि समाजलाई प्रभावित पारिरहेको थियो ।

    -यस्तो परिस्थितिमा सरकारले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगायो । नौजवान युवाहरूको मनोरञ्जन लिने, संवाद गर्ने, सम्पर्क स्थापित गर्ने, अध्ययन गर्ने, आफ्नो पहिचान देखाउने, आक्रोश पोख्ने, एकान्त बिताउने, आम्दानी गर्ने बहुआयामिक थलोमाथि अचानक आक्रमण भएपछि उनीहरूमा हाहाकार उत्पन्न भयो । सामाजिक सञ्जालमाथि प्रतिबन्ध फुकुवा गर्ने माग सर्वत्र फैलियो । ठिक यही बिन्दुमा उनीहरूको मागमा भ्रष्टाचारको मुद्दा जोडियो। उपरोक्त पृष्ठभूमिमा २३ गतेको विरोध र्‍यालीले समाजका सबै तप्काको ध्यान तान्यो, समर्थन पायो ।

    -समाजको उकुसमुकुसलाई माथि उल्लेख गरिएका सबै शक्ति र तत्त्वहरूले देखेका थिए र त्यसलाई आआफ्नो हिसाबले उपयोग गर्ने दाउमा थिए । २३ गते सरकारले गरेको नरसंहारबाट उत्पन्न रोषलाई प्रयोग गर्दै २४ गते पर्दा पछाडिका (भूराजनीतिक) शक्तिको पनि योजनामा जेन जीको आन्दोलन अपहरित भयो । माथि उल्लेखित राजनीतिक सामाजिक अन्तरविरोधहरुले सर्वसाधारण मानिसहरूको ठुलो पङ्तिआक्रोश व्यक्त गर्न तयार नै थियो । त्यसलाई उपद्रवी सामाजिक लफङ्गाहरूले उपयोग गरे र तोडफोड, आगजनी र लुटपाटको ताण्डव नाचे ।

    -हाम्रा सार्वजनिक सम्पत्ति, राजनीतिक नेताहरू र व्यावसायिक सङ्गठनहरू, अझ सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनमाथि जसरी एकै साथ हमला भयो यो तहको योजना नेपालभित्र बन्न सक्दैनथ्यो । २४ गतेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जेजति सन्दर्भहरू उठाएका छन् त्यसले पनि यो नेपालमा मञ्चन भएको ‘रङ्नि क्रान्ति’ हो भन्नेबारे प्रकाश पार्छ । आगामी दिनमा त्यो अझै खुल्दै जानेछ ।

  • कुलमानलाई भेटेर उर्जा उत्पादकले भने–मन्त्रालय र मातहत संरचना बनाउन हामी सघाउँछौँ  

    कुलमानलाई भेटेर उर्जा उत्पादकले भने–मन्त्रालय र मातहत संरचना बनाउन हामी सघाउँछौँ  

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उर्जा मन्त्रालयको मर्मतसम्भारको जिम्मा निजी क्षेत्रले लिने प्रस्ताव राखेको छ ।

    स्वतन्त्र उर्जा उत्पादक संघका पदाधिकारीहरुले उर्जामन्त्री कुलमान घिसिङलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् । विहीवार साँझ भएको भेटमा इप्पानका उपाध्यक्ष भरत खत्रीले उर्जा उत्पादकहरु मिलेर मन्त्रालयको मर्मत सम्भार,रंगरोगनलगायत पुर्ववत अवस्थामा लैजाने प्रस्ताव राखेका थिए ।

    इप्पान उपाध्यक्ष खत्रीले आफ्नो तालुक मन्त्रालय जलेकोले संरचना निर्माणमा सघाउनका लागि मन्त्रीलाई निजी क्षेत्रले साथ दिने बताए ।  विषम परिस्थितिमा उर्जा व्यवसायीले मन्त्रालयसहित मातहत कार्यालयहरु पुन निर्माणलगायत आवश्यक सहयोग गर्ने प्रस्ताव मन्त्रीसमक्ष राखेको उर्जा मन्त्रालयका सहसचिव शम्भु मरासिनीले नेपाल प्रेसलाई बताए । मन्त्रालयका २७ वटा गाडी जलेर नष्ट भएको भन्दै उनले निजी क्षेत्रसँग मिलेरै सरकारले काम गर्ने बताए ।

    मन्त्रालय ध्वस्त भएर कामै नलाग्ने अवस्थामा नपुगेकाले मर्मत सम्भार,सरसफाइ र रंगरोगन गर्दा सञ्चालनमा आउने देखिन्छ । सरकारको अभियानमा सघाउन उर्जा उत्पादकहरुको तर्फबाट विभागीय मन्त्रालय भवन पुन निर्माणको जिम्मा लिन खोज्नु सकारात्मक रहेको मन्त्री घिसिङले बताए ।

  • ‘संविधान दिवस उत्सवमात्र हैन, एक दशकका कमजोरी पनि समीक्षा गरौं’

    ‘संविधान दिवस उत्सवमात्र हैन, एक दशकका कमजोरी पनि समीक्षा गरौं’

    काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस केबल उत्सव मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको बतएकी छन् ।

    टुँडिखेलमा आयोजित संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै कार्कीले आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बाचा गरेकी छन् ।

    संविधान निर्माण पछिका एक दशकमा हासिल उपलब्धि र भएका कमजोरी समीक्षा गरी अबको कार्यदिशा तय गर्नुपर्ने कार्कीको भनाइ थियो ।

    उनले भनिन्, ‘संविधान दिवस केबल उत्सव मात्र हैन संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि हो । यो संविधान कार्यान्वयनमा आएको विगत एक दशकमा संविधानले मार्गदर्शन गरेको यात्रामा के हासिल गर्‍यौं के गर्न सकेनौं । यो बीचमा के कस्ता कमीकमजोरी रहे र आगामी दिनमा के कस्ता कार्यदिशा आवश्यक छ भन्ने सवालहरूको गम्भिरतापूर्वक समीक्षा गर्नुपर्ने स्थिति छ ।’

    लोकतन्त्र जनताको आवाज सुन्ने संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको भन्दै जेनजीको आन्दोलन हामीले प्रतिवद्धता गरेको संघीय गणतन्त्रक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, सुशासन कानूनी राज्य स्वतन्त्र र सक्षम न्यायपालिकालगायतका मूल्य मान्यतामा खरो उत्रिन नसक्नुको परिणाम भएको प्रधानमन्त्रीको बुझाइ छ ।

    सरकारका काम कारबाही पारदर्शीता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा भएको कार्कीले बताइन् ।

    आफू पदको लोभ लिएर प्रधानमन्त्री भएको नभइ देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न नेतृत्व लिएको उनको प्रष्टोक्ति थियो ।

    नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने उनले कार्कीले दोहोर्‍याइन् ।

    जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माणका साथै व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चुनौति रहेको उल्लेख गर्दै यसमा सहयोग गर्न प्रधानमन्त्रीले आव्हान गरिन् ।

  • प्रचण्डको दाबी- राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन सहजीकरण गरेँ

    प्रचण्डको दाबी- राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन सहजीकरण गरेँ

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने कसरत भएको बताएका छन् । शुक्रवार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दिया । मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । यसको हुनसक्ने सहजीकरणबारे रातभर बसेर राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन आग्रह गरे ।’

    राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको उनको भनाई छ । उनले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई रक्षा गर्न राष्ट्रपति पौडेल उभिएकाले उनलाई धन्यवाद समेत दिए । प्रधानसेनापतिको भूमिका पनि प्रशंसनीय रहेको उनले धन्यवाद दिए ।

    उनले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडी नै उठाएको बताए । अहिले जेन जी आन्दोलन गर्नु पर्ने र दर्जनौँ युवाहरूले ज्यान गुमाउनु पर्ने परिस्थिति सिर्जना हुनु राम्रो नभएको उनले बताए । अहिले ठूला दल भनेर अहंकार गर्दा देश भयानक परिस्थितिमा आएको समेत उनको तर्क छ ।

    ‘यति धेरै अहंकार ठूला भन्ने पार्टीहरूले गरे । यो अहंकारले कहीँ न कहीँ भोलि जनताले बढार्छन् भनेर मैले पटक पटक भनेको थिए । यो अहंकारको मूल्य धेरै चर्को पर्नेछ, जनतामा आक्रोश दिनप्रतिदिन बढेको छ यो कुनै बेला विस्फोट हुनसक्छ भनेर स्मरण गराएको थिए’, उनले भने ।

    त्यस्तै, जेन जी आन्दोलन सही छ भन्ने नै माओवादी पहिलो पार्टी रहेको उनले जिकिर गरे । भदौ २३ गते नै आफूहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा नसुनेका कारण २४ गते अर्को घटना भएको उनले बताए ।

    त्यसैगरी, अध्यक्ष प्रचण्डले जुरमुराएर अगाडी बढ्न आग्रह गर्दै उनले अगाडी भने, ‘हामी हीनताबोधका बाच्नु पर्ने कुनै आवश्यकता छैन । हामीले गर्वका साथ भन्न सक्छौँ । हामी सही थियौँ । हामीले महान् ऐतिहासिक विद्रोह गरेर यो देशका सबै वर्गलाई अधिकार दिलाउने महान् काम गरेका थियौँ ।’

    यसका साथै संविधान बनाउने बेलामा सबैभन्दा बढी दबाब, धम्की आउँदा समेत आफू नडराई संविधान घोषणाको ठाउँमा पुर्‍याएको उनले सुनाए ।

  • ठेक्का तोड्न कुलमानले मागे अलपत्र आयोजनाको सूची, ठेकेदारको अनुहार हेरेर छुट नदिने प्रष्टोक्ति

    ठेक्का तोड्न कुलमानले मागे अलपत्र आयोजनाको सूची, ठेकेदारको अनुहार हेरेर छुट नदिने प्रष्टोक्ति

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ ।

    मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् ।

    तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने प्रष्ट्याए ।

    ‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’,अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस्,’ मन्त्रीले निर्देशन दिए ।

    ‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं, जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’

    सिंचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।

    संसद भवन पुसभित्रै जसरी पनि सकौं

    भौतिक पूर्वाधार र शहरी विकासमन्त्री समेत रहेका घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताए ।

    बिहीबार शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस आगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिइसकेका छ्न् ।

    ‘जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुर्‍याइएपछि अहिले संसद भवन नै छैन, त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो, यो या त्यो वाहानामा अब ढिला गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रुपमा परिचालित भई समय अगावै सक्नुपर्छ’, उनले भने ।

    तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको संसद भवन पाँचौपल्ट म्याद थपि आगामी पुससम्मलाई लम्ब्याइएको छ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत छ ।

    राष्ट्रिय र प्रतिनिधिसभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभीएसी परीक्षण तथा सञ्चालनलगायतका काम बाँकी छन् ।

    अनियमिता फेला परे तुरुन्तै कारबाही

    घिसिङले आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशनसहित संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए ।

    उनले भने, ‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ त्यसै अनियमिता हुने छिद्रहरुको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा सङ्लग्नलाई छाडिने छैन ।’

  • नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल

    नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

    संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    कार्यक्रममा पोखरेलले भने, ‘युवाहरूको असन्तोष राज्य र राजनीतिक दलहरूको विरुद्धमा देखा परेको छ । तिनै युवाहरूलाई राजनीतिको मूल धारमा जोड्न हामीले खोजिरहेका छौँ । उनीहरूलाई नेकपा एमाले नै युवा र जनताको भाव बोक्ने पार्टी हो भनेर अगाडी बढ्नेछौँ । नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नु पर्ने आजको आवश्यकता छ । हामी उनीहरूलाई जोड्नेछौँ ।’

    हरेक पटक आफ्नो पार्टीले कामको समीक्षा गरेको बताउँदै महासचिव पोखरेलले अगाडी भने, ‘हरेक पटक हामीले कामको समीक्षा गरेका छौँ । समीक्षाको जगमा रहेर पार्टीलाई अगाडी बढाएका छौँ । युवाहरू पार्टीप्रति रुचि घट्दै गएको समीक्षा गरेर हरेक वडाहरूबाट युवाहरूलाई समेटिरहेका छौँ ।’

    नेता तथा कार्यकर्ताहरुको सम्पत्ति छानिछानी तोडफोड गर्ने र आगजनी गर्ने काम लोकतान्त्रिक हुन नसक्ने बताए ।

    कार्यक्रममा बोल्दै उनले भने, ‘राजनीति दलका नेता तथा कार्यकर्ताहरूलाई छानाछानी सम्पत्तिहरू तोडफोड गर्ने र आगजनी गर्ने जस्ता क्रियाकलापहरू लोकतान्त्रिक हुनै सक्दैन । यो एक प्रकारले लोकतन्त्रकमाथिको प्रहार हो । यस्तो काम नयाँ पुस्ताको आन्दोलनको नाममा घुसपैठ गर्नेहरूले लुकेर गरेको काम हो यो ।’

    त्यस्तै, पोखरेलले देशभर क्षति भएका संरचनाहरूको पुनर्निर्माणका लागि एमाले एकजुट हुने समेत जानकारी दिए ।

  • एमालेको कार्यालय डढेर खरानी भएपनि हाम्रो इच्छाशक्ति मरेको छैन : उपाध्यक्ष पोखरेल

    एमालेको कार्यालय डढेर खरानी भएपनि हाम्रो इच्छाशक्ति मरेको छैन : उपाध्यक्ष पोखरेल

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कार्यालय डढेर खरानी भए पनि हाम्रो इच्छाशक्ति नमरेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।’

    साथै उनले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुख व्यक्त गरे । एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने उनले जिकिर गरे ।

    ‘हामी यो ठाउँमा शान्त ठाउँमा ढुङ्गा चलाए जसरी आएका होइनौँ । हामीले प्रत्येक कालखण्डमा चुनौतीहरूको सामना गर्‍यौँ । ती चुनौतीहरू कतिपय हाम्रा आफ्नै कमजोरीका कारण थिए भने त्यससँगसँगै बाहिरी विरोधी शत्रु र बैरीहरूले खडा समेत गरेका थिए । ती सबै चुनौतीहरूको सामना गरेर नेकपा एमाले एउटा गौरवशाली रुपमा अगाडी आइपुगेको हो’, पोखरेलले भने ।

    यो संविधान कसैले दान गरेको दिएको उपहार नभएर नेपाली जनताले वर्षौँ संघर्षपश्चात पाएको उपलब्धि रहेको समेत उनले बताए । संविधान दिवस मुलुकलाई नयाँ उचाइमा पुर्‍याउन नेपालीले गरेको सङ्कल्पको दिवस रहेको समेत उनको भनाई छ ।

    ‘जस्तोसुकै परिस्थिति आए पनि हामी यो राष्ट्रिय दिवसमा एकता भएर अगाडी बढ्छौँ’, उनले भने ।

  • टुंडिखेलमा संविधान दिवस (तस्बिरहरू)

    टुंडिखेलमा संविधान दिवस (तस्बिरहरू)

    काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी छन् ।

    अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

    नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

    मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

  • प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको ओलीको दाबी, छानबिनको माग

    प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको ओलीको दाबी, छानबिनको माग

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत साता जेन-जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गर्दै घटनाको गहिरो छानबिन गर्न माग गरेका छन्।

    संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाए ।

    ओलीले आफ्नो स्टाटसमा भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ।’

    उनले उक्त घटनामा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

    ओलीले हालैका घटनाहरूमा सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोड र आगजनीलाई षड्यन्त्रको संज्ञा दिए। उनले यस्ता कार्यहरूले देशको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर चुनौती खडा भएको बताए।

  • संविधान दिवस : उपलब्धि उत्सव कि चुनौतीको स्मरण ?

    संविधान दिवस : उपलब्धि उत्सव कि चुनौतीको स्मरण ?

    नेपाल आज संविधान दिवस मनाइरहेको छ। तर यो दिवस केवल झण्डा फहराउने, सभा-समारोह गर्ने वा उपलब्धि गाउने औपचारिकता मात्र हो कि गहिरो आत्म समीक्षा गर्ने दिन ? यो प्रश्न अहिले झन् बढी प्रासंगिक बनेको छ।

    २०६२/६३ को ऐतिहासिक जनआन्दोलनले नेपालको राजनीतिक संरचना नै बदलिदियो। त्यस आन्दोलनकै जगमा २०७२ सालमा संविधान जारी भयो, जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ पहिचान दियो।

    तर संविधान जारी भएको मिति देखि नै मुलुकले ठूलो उतारचढाव देख्यो—थारु आन्दोलन, मधेस आन्दोलन, नयाँ दलहरूको उदय, र पछिल्लो जेनजी आन्दोलनसम्म। यसबीचमा राजनीतिक अस्थिरता, सुशासनको कमी, भ्रष्टाचार र अवसरवादले संविधान कार्यान्वयनलाई चुनौतीपूर्ण बनाइरहे।

    त्यसैले संविधान दिवस आज उपलब्धि गाउने दिन मात्र होइन, चुनौती सम्झने र समाधानको बाटो खोज्ने दिन पनि हो।

    १. जनआन्दोलन २०६२/६३ : नयाँ नेपालको जग

    नेपालको आधुनिक राजनीतिक यात्रामा २०६२/६३ को जनआन्दोलन निर्णायक थियो। यस आन्दोलनले राजतन्त्र अन्त्य गर्‍यो। जनताको सार्वभौमसत्ता पुनः स्थापित गर्‍यो संविधानसभा मार्फत नयाँ संविधान निर्माण गर्ने बाटो खोल्यो।

    आन्दोलनमा हजारौँ युवाको सक्रियता, सर्वसाधारणको बलिदान र १२ बुँदे सम्झौता जस्ता राजनीतिक दलहरूको साझा मोर्चा निर्णायक बने। राजतन्त्रविहीन लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो यतिबाटै खुल्यो।

    तर आन्दोलनपछिका वर्षहरूले देखायो- दलहरूबीचको अविश्वास, भागबन्डा र सत्ता–संघर्षले संविधान निर्माण प्रक्रिया सहज बनाइ दिएन। २ पटक सम्मको संविधानसभा निर्वाचन, १० वर्ष लगाएर ऐतिहासिक उपलब्धिका रूपमा २०७२ मा संविधान जारी भयो ।

    २. संविधान २०७२ : ऐतिहासिक उपलब्धि

    लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचन पछि २०७२ सालमा संविधान जारी भयो। यो संविधानले नेपालको राजनीतिक, सामाजिक र कानुनी ढाँचालाई नयाँ रूप दियो। जसका मुख्य उपलब्धिका रूपमा संघीय संरचना, समावेशी प्रतिनिधित्व, मौलिक अधिकार , लोकतान्त्रिक मूल्य, धर्मनिरपेक्षता लाई मानिन्छ ।

    यी प्रावधानहरूले नेपाललाई विश्वकै प्रगतिशील संविधान भएको छाप दिलाए। तर यिनै उपलब्धि कार्यान्वयनमा भने कठोर चुनौती देखा परे। जसको असर आज सम्म पनि कायमै रहेका छन् ।

    ३. संविधानपछिका चुनौतीहरू

    (क) थारु आन्दोलन

    २०७२ को संविधान जारी भएपछि थरुहट/थारुवान आन्दोलन चर्कियो।

    थारु समुदायले संघीय सीमांकनमा आफ्नो पहिचान र अधिकार उपेक्षित भएको दाबी गर्‍यो।

    कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा ठूलो विद्रोह भयो।

    प्रहरी र आन्दोलनकारीबीच भीषण झडप भयो, कैयौँ नागरिकको ज्यान गयो।

    यसले संविधान कार्यान्वयनलाई गम्भीर प्रश्न दियो : संघीयताको आधार भूगोल मात्र हो कि सांस्कृतिक–पहिचान पनि ? जसको जगमा नागरिक उन्मुक्ति पार्टीको उदय मात्र भएन गत निर्वाचनमा स्थानीय , प्रदेश र संघमा आफ्नो बलियो र अर्थपूर्ण उपस्थिति बनाउन सफल भयो ।

    (ख) मधेस आन्दोलन

    संविधान जारी भएको केही दिनमै मधेस केन्द्रित दलहरूले आन्दोलन सुरु गरे। उनीहरूको मुख्य माग थियो : समानुपातिक प्रतिनिधित्व, प्रदेश सीमांकनमा न्याय, र नागरिकताको सवाल।

    मधेस आन्दोलनले देशभर ठूलो असर पार्‍यो- नाकाबन्दी, आन्दोलन, हिंसात्मक झडप। सयौँ नागरिकले ज्यान गुमाए, अर्थतन्त्र तहसनहस भयो। संविधान संशोधन हुँदै केही माग सम्बोधन भए पनि असन्तोष अझै शेष छ।

    (ग) नयाँ दलहरूको उदय

    पुराना दलहरूको असक्षमता र अवसरवादप्रति असन्तोष बढ्दै गयो। यसै असन्तोषको परिणामस्वरूप नयाँ दलहरूको उदय भयो। काठमाडौं उपत्यका र शहरी क्षेत्रमा नयाँ दलहरूले पुराना दललाई चुनौती दिए। यसले जनतामा वैकल्पिक राजनीति सम्भव छ भन्ने विश्वास जगायो। यी सबै घटनाले संविधान केवल कानुनी दस्ताबेज होइन, जनताको आस्था, पहिचान र विश्वाससँग जोडिएको विषय हो भन्ने देखायो।

    ४. जेनजी आन्दोलन : नयाँ पुस्ताको चेतना

    २०७९–८० देखी जन्मिएको असन्तोष २०८२ मा जेनजी आन्दोलनको रूपमा सतहमा आयो। यो आन्दोलन पुराना दलहरूको अवसरवाद, भ्रष्टाचार र असक्षमताविरुद्ध थियो।

    यसले संविधानलाई अस्वीकार गरेन, तर संविधानको कार्यान्वयन व्यवहारमै गर्न माग गर्‍यो। युवा पुस्ताले पारदर्शिता, जबाफदेहिता र परिणाममुखी शासन चाहेको सन्देश दियो।

    यो आन्दोलनले स्पष्ट पारेको छ- अब राजनीतिको मुख्य धुरी पुराना शैली होइन, नयाँ पुस्ताको सोच बन्नेछ।

    जेनजी आन्दोलनले पुरानो राजनीतिक नेतृत्व, दलगत संरचना र भ्रष्ट प्रवृत्तिप्रति असन्तोष प्रकट गर्दै नयाँ पुस्ताको नेतृत्वको माग गर्‍यो। आन्दोलनको दबाबकै कारण सत्ता संरचना हल्लियो, पुराना नेताहरूलाई पछि हट्नुपर्ने अवस्था आयो।

    यसरी सशस्त्र वा परम्परागत पार्टी संरचनाबाट होइन, नागरिक आवाजको भरमा वैकल्पिक नेतृत्व उदाउने बाटो खुलेको मात्र होइन चुनौती बनेको छ ।

    आज पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा देशले नयाँ सरकार पाएको छ । यसलाई “नागरिक सरकार” को सुरुवाती चरणको संकेतका रूपमा लिन सकिन्छ, जहाँ आम जनताको इच्छाअनुसार सरकारको स्वरूप तय हुन्छ।

    केवल आन्दोलनको जोश–जुनूनबाट मात्र स्थायी सरकार सम्भव हुँदैन: संस्थागत सुधार, कानुनी संरचना र दीर्घकालीन नीति चाहिन्छ। पुराना दलहरूको प्रतिरोध, स्वार्थी शक्ति समीकरण र अन्तर्राष्ट्रिय शक्तिको चासोले स्थायित्वमा चुनौती दिन सक्छ।

    नयाँ पुस्ताले पारदर्शिता, डिजिटलाइजेसन, र नवाचारलाई प्राथमिकता दिन सक्छ। दलगत होइन, विचार र कार्यक्रम आधारित नागरिक नेतृत्वको सम्भावना छ।

    ५. अन्तरिम सरकार : चुनौती र अवसर

    जेनजी आन्दोलनकै दबाबमा बनेको अन्तरिम सरकार अहिले मुलुकलाई सम्हालिरहेको छ। यसको कार्यभार सामान्य छैन यही सरकार लाई ठूलो जिम्मेवारी रहेको छ । संविधानको अधुरो कार्यान्वयनलाई अघि बढाउने, आन्दोलनका क्रममा भएको ठूलो भौतिक , आर्थिक तथा संरचनात्मक क्षतिको पुनर्निर्माण र पुनः स्थापन गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासनको वातावरण बनाउने, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा ठोस नतिजा दिने, संघीयतालाई व्यवहारमै संस्थागत गर्ने र मुख्यत: २०८२ फागुन २१ को मध्यावधि निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउने।

    यदि अन्तरिम सरकारले यी काममा सफल भयो भने संविधानको भविष्य सुरक्षित हुनेछ : असफल भयो भने असन्तोष अझै गहिरिनेछ।

    ६. मध्यावधि निर्वाचन : संविधानको भविष्यको परीक्षा

    आगामी २०८२ फागुन २१ मा हुने मध्यावधि निर्वाचन संविधान र लोकतन्त्रकै परीक्षा हुनेछ। यदि चुनाव निष्पक्ष भयो भने जनविश्वास पुनः स्थापित हुनेछ। यदि फेरि पैसाको खेल, भागबन्डा र अनियमितता भए भने संविधानप्रतिको आस्था झन् कमजोर हुनेछ। यसैले यो निर्वाचन केवल दलहरूको मात्र होइन, संविधान र लोकतन्त्रको अस्तित्वको लडाइँ हुनेछ।

    ७. राजनीतिक दलहरूको आत्मसुधार

    संविधानको भविष्य दलहरूको सुधारमा पनि निर्भर छ।भ्रष्टाचार नियन्त्रण, नयाँ पुस्ताको नेतृत्व लाई विश्वास गरि युवालाई शीर्ष तहमा ल्याउने, रोजगारी, विकास, सामाजिक न्यायमा केन्द्रित नीति लाई अवलम्बन गर्ने, प्रदेश र स्थानीय सरकारलाई वास्तविक अधिकार र स्रोत दिने जस्ता कार्य गरि राजनीतिक दलहरूले पारदर्शिता र जबाफदेहितामा सुधार गर्नु अपरिहार्य बनेको छ । यदि दलहरूले आत्मसुधार गरे भने संविधान दिवस साँच्चिकै उत्सव बन्नेछ।

    राजनीतिक दलको समस्या केवल नेतृत्वमा मात्र छैन, यसको संरचना पनि असन्तुलित छ। संघीयता आएको करिब एक दशक बितिसक्दा पनि दल अझै “केन्द्रीय नेतृत्व–मुखी” छन्। प्रदेश र स्थानीय तहमा पार्टीको संरचना कमजोर छ। यो स्थिति सुधार नगरेसम्म संघीयताको अभ्यास वास्तविक हुँदैन।

    त्यसैले, पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न प्राथमिक निर्वाचन (primaryelection) प्रणाली ल्याउनुपर्छ, जसले नेतृत्व छनोटलाई पारदर्शी बनाउँछ।

    त्यस्तै, वित्तीय पारदर्शिता पनि दल पुनर्गठनको महत्त्वपूर्ण पक्ष हो। दलहरूले कोष संकलन कसरी गर्छन्, चुनावमा खर्च कसरी गर्छन् भन्ने कुरा सार्वजनिक गर्नुपर्नेछ। सदस्यता प्रणाली, उम्मेदवार छनोट र संगठनको निर्णय प्रक्रिया सबैमा पारदर्शिता हुनुपर्नेछ।

    ८. अन्तर्राष्ट्रिय तुलना : संघीयता र असन्तोष

    संविधान कार्यान्वयनका चुनौती केवल नेपालमा मात्र होइन, धेरै संघीय मुलुकमा पनि देखिन्छ। भारतमा पनि संघ–राज्यबीच अधिकारको द्वन्द्व रहिरहेकै छ। बेल्जियम वा स्पेनमा पहिचान–आधारित आन्दोलन निरन्तर हुन्छ। तर त्यहाँको लोकतान्त्रिक अभ्यासले असन्तोषलाई सम्हाल्ने संयन्त्र बनाएको छ। नेपालमा भने अझै यस्तो संस्थागत संयन्त्र कमजोर छ।

    ९. संविधान दिवस : उत्सव कि स्मरण ?

    संविधान दिवसलाई केवल औपचारिक उत्सवका रूपमा सीमित गर्न सकिन्न। २०६२/६३ को आन्दोलनले ल्याएको ठूलो परिवर्तन, २०७२ को संविधानले दिएको ऐतिहासिक उपलब्धि, थारु र मधेस आन्दोलनले उठाएको प्रश्न, नयाँ दलहरूको उदय र जेनजी आन्दोलनले ल्याएको चेतना । यी सबैले प्रष्ट पारेको छ : संविधानको भविष्य अझै निर्माणाधीन छ।

    यदि २०८२ को निर्वाचन स्वतन्त्र र पारदर्शी भयो, अन्तरिम सरकारले जनविश्वास जित्यो र दलहरूले आत्मसुधार गरे भने संविधान दिवस साँच्चिकै उपलब्धिको उत्सव हुनेछ। तर यदि असफल भयो भने यो दिवस केवल चुनौतीको स्मरणमा सीमित हुनेछ।

  • ११औं दिनमा सार्वजनिक भए ओली

    ११औं दिनमा सार्वजनिक भए ओली

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज सार्वजनिक भएका छन् ।

    सैनिक सुरक्षाबाट हिजो निस्किएका ओली भक्तपुरको गुण्डुमा खोजिएको डेरा लिइएको घरमा गएर बसेका थिए ।

    जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिका कारण नेपाली सेनाले शीर्ष नेताहरूलाई आफ्नो सुरक्षामा राखेको थियो ।

    आज बिहान ओली सार्वजनिक भएका हुन् । महेश बस्नेतलगायतका नेताहरू अहिले त्यहाँ पुगेका छन् ।

    एमालेले च्यासलमा संविधान दिवसको विशेष कार्यक्रम आयोजना गरेको छ ।

  • संविधान दिवस : एमालेले विशेष कार्यक्रम गर्दै, च्यासलमा बिहानैदेखि सुरक्षा तैनाथि

    संविधान दिवस : एमालेले विशेष कार्यक्रम गर्दै, च्यासलमा बिहानैदेखि सुरक्षा तैनाथि

    काठमाडौं । संविधान दिवसका अवसरमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । पार्टी कार्यालयमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार च्यासलमा जम्मा भएर त्यहीँ कार्यक्रम मनाउने तयारी गरिएको छ । कुनै र्‍याली गर्ने कार्यक्रम छैन ।

    पार्टी कार्यालयमा नेता कार्यकर्ताहरू उपस्थित भएर संविधानको उपलब्धिको चर्चा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अपिल गर्ने एमालेले जनाएको छ ।

    जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक निजी सम्पत्तिमाथि क्षति तथा संलग्नलाई कारबाहीको लागि यथाशीघ्र उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन
    तोकिएकै समयमा निर्वाचन गराउन ध्यानाकर्षण सहित जनतामा आव्हान गरिने उनले बताए ।

    अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा सहभागी हुने वा नहुने भन्ने अहिलेसम्म केही जानकारी दिइएको छैन । उनले सहभागी हुने अहिलेसम्म कार्यक्रम भने बनिनसकेको बताए ।

  • आज संविधान दिवस

    आज संविधान दिवस

    काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

    समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

    नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

    मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

    विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।

  • देउवाकाे घरमा पैसैपैसा भेटिएकाे चर्चाकाे सचिवालयद्वारा खण्डन, भिडिओ फेक भएकाे दाबी

    देउवाकाे घरमा पैसैपैसा भेटिएकाे चर्चाकाे सचिवालयद्वारा खण्डन, भिडिओ फेक भएकाे दाबी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजू राणाको घरबाट भदौ २४ गते भएको प्रदर्शनका क्रममा घरबाट पैसैपैसा भेटिएकोबारे उनको निजी सचिवालयले खण्डन गरेको छ ।

    देउवाका स्वकीय सचिव भानु देउवाले वक्तव्य जारी गर्दै सामाजिक सञ्जालमा आएका भिडियोहरु फेक भएको दाबी गरेका छन् ।

    ‘जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूव तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौं’, सचिवालयले भनेको छ ।

    त्यस्तै, देउवा दम्पतीमाथि डकैती शैलीमा घरमा आक्रमण भएको पनि उल्लेख छ ।

  • साइबर हिंसामा परेकी श्रृंखलाको वेदना : लाइक्स र भ्यूजको दौडमा मानवता गुमेछ

    काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा आएर आलोचकहरुलाई जवाफ दिएकी छन् । आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएका दुष्प्रचारहरुको उनले तथ्यपरक र तार्किकरुपमा खण्डन गरिन् ।

    निकै भावविव्हल देखिएकी श्रृंखलाले मुुलतः आफूले पिताको राजनीतिक हैसियत दुरुपयोग गरेको भन्ने आरोपबारे आफ्नो भनाइ राखेकी थिइन् । आफू एउटा ‘सेल्फ मेड’ व्यक्ति भएको आफ्नै क्षमताबाट यहाँसम्म आइपुगेको उनले बताइन् ।

    ‘मैले करदाताको पैसा दुरुपयोग गरेको आरोप लगाइएको छ, तर मैले आफूले कमाएको पैसा खर्च गरेर अमेरिकामा पढेको हुँ’, उनले भनिन् ।

    श्रृंखलाका अनुसार उनले मिस नेपाल भएपश्चात ब्रान्डहरुबाट मात्रै तीन करोड १२ लाख कमाएकी थिइन् भने हार्वर्डमा पढ्दा एक करोड ४० लाख रुपैयाँ खर्च भएको थियो ।

    श्रृंखलाले भनिन्, ‘मिस नेपाल हुनुपूर्व त मेरो जीवनमा कुनै हिसाबको विलासिता (लक्जरी) थिएन । एकदम सामान्य (अर्डिनरी) र साधारण (सिम्पल) जीवन बाँचिरहेकी केटी थिएँ । म पढेका स्कुलहरु, मैले लगाउने लुगाहरु, मेरो लवाइखवाइ सबै हेर्दाखेरि, अहिले पनि इन्स्टाग्राममा खुला छ, कुनै पनि हिसाबको विशेषाधिकार प्राप्त हुर्काइ मेरो थियो जस्तो मलाई लाग्दैन ।’

    लाइक र भ्यूजको दौडमा मानवता गुमेको महसुस भएको श्रृंखलाले बताइन् ।

    ‘आफूभित्रको घृणा र नेपालभरिको फ्रस्टेसनममाथि पोख्नुभयो । कुनै महिलालाई बोक्सीकोउ आरोप लगाएकोभन्दा कम छैन यो’, उनले भनिन्, ‘तपाईंहरुले लगाएका आरोपहरु सबै अनुमानित मात्रै छन्, कुनै पनि प्रुफ छैन । एकपटक आफैंलाई प्रश्न गर्नुस । के लाइक र भ्यूज नै सबैथोक हो ? तपार्इंंहरु लाइक र भ्यूजको दौडमा मानवता गुमाइरहनुभएको छ ।’

  • अफवाह फैलाएर भैरहवा एयरपोर्टमा आगजनी गर्न उक्साउने व्यक्तिको खोजी, जापान उडिसके ज्ञवाली

    अफवाह फैलाएर भैरहवा एयरपोर्टमा आगजनी गर्न उक्साउने व्यक्तिको खोजी, जापान उडिसके ज्ञवाली

    रुपन्देही । जेनजी आन्दोलनका क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत एउटा समूह घुसेर बितण्डा गर्यो । विमानस्थलमा ठूलो क्षति नभए पनि त्यहाँ रहेका ६ वटा सवारीसाधनहरु जलाइएका छन् ।

    भैरहवा विमानस्थलमा आक्रमण गराउन दुई व्यक्तिले फेसबुकमा राखेको भ्रामक सूचनाले भूमिका खेलेको थियो । भैरहवामा लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका सन्जय बजिमय र रुपन्देही घर भई हाल जापान बस्दै आएका अनिल ज्ञवालीले तत्कालीन प्रधानमन्त्री केपी ओली भैरहवा विमानस्थल हुँदै विदेश भाग्न लागेको भ्रामक सूचना फैलाएका थिए ।

    उनीहरुले सामाजिक सञ्जालमा लेखेपछि विभिन्न व्यक्तिहरु विमानस्थलमा आगजनी गर्न गएको पाइएको छ । बजिमय स्वयम् विमानस्थल पुगेका थिए । सामाजिक सन्जालमा सार्वजनिक भिडियोमा सोटो नेपाल लुम्बिनीका पूर्वअध्यक्षसमेत रहेका नेपा ट्राभल्सका सञ्चालक बजिमय भिडलाई उत्तेजित गराउने काममा सक्रिय रहेको देखिन्छन् । फेसबुकमा लेखेको केही समयमा उनी आफैं एयरपोर्ट पुगेका थिए भने त्यसको केही समयमै आगजनी सुरु भएको थियो ।

    बजिमयले आलोचनापछि फेसबुकमा लेखेका स्टाटस हटाएका छन् । दुई दिन आन्दोलनमा सक्रिय देखिएका उनी २७ गते भैरहवामा आयोजित शान्ति सद्भाव र्यालीमा ब्यानर बोक्न पुगेपछि स्थानीय छक्क परेका थिए ।

    सहभागी धेरैले उनीसँग फोटो खिचाउन मानेन । बजिमयले विगतमा विमानस्थल नचलाए आमरण अनशन बस्नेलगायत कडा आन्दोलनको चेतावनी दिँदै सरकारका मन्त्री, सचिवहरुलाई विभिन्न कार्यक्रममा धम्काउने गरेका थिए ।

    जेएनजी आन्दोलनकारीलाई एयरपोर्ट जान उक्साउने अर्का हुन् अनिल ज्ञवाली । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भैरहवा एयरपोर्ट आउन लागेकोले त्यहाँ जान आन्दोलनकारीलाई फेसबुकबाट आह्वान गरेका थिए । उनी रुपन्देहीकै भए पनि हाल जापानमा बस्ने गरेका छन् ।

    उनी छुट्टीमा आएका बेला अफवाह फैलाएका हुन् । प्रहरी-प्रशासनले खोजेपछि स्टाटस डिलिट गरेर ज्ञवाली आजै जापानतिर लागेका छन् । दशैं मनाउने गरी आएका उनी पक्राउ पर्ने डरले भागेको बुझिएको छ ।

    नेपाल आएका बेला ज्ञवाली केही युट्यूवरहरु बोकेर रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्नसमेत पुगेका थिए । उनी रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समितिको कोषाध्यक्ष हुन् ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले तोडफोड र आगजनीमा संलग्नहरुमध्ये केहीलाई पक्राउ गरी अनुसन्धानका क्रममा रहेको र सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने अनिल ज्ञवालीको खोजी भइरहेको जनाए ।

    चौतर्फी आलोचना भएपछि भैरहवाका व्यवसायी बजिमयले आफू आगो लगाउन र तोडफोड गर्न नगएको बताएका छन् । आन्दोलनमा आफ्नो कुनै पनि सहभागिता र सहयोग नरहेको उनको दाबी छ ।

    ‘सम्भावित क्षतिलाई रोक्नका लागि मलाई प्राप्त पूर्व सूचनाहरुका आधारमा मैले सम्बन्धित निकायहरु र जेनजी युवा समूहहरु समेतलाई संयमित र मर्यादित हुन तथा विमानस्थललाई समेत सुरक्षित राख्नका लागि जानकारी गराएको हुँ’, उनले भने ।

    विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन प्रदर्शनकारीहरूको आगजनीका कारण जलेका छन् । विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार केही सवारी साधन पूर्ण क्षति भएको छ भने २ वटा मोटरसाइकल जलाइएको छ ।

    ‘विमानस्थलभित्र रहेको अध्यागमनको दुई वटा गाडी, नेपाल वायुसेवा निगमको दुई वटा गाडी र एक पार्किङस्थलमा राखेको सरकारी गाडी तथा दुई वटा मोटरसाइकल जलेर ध्वस्त भएका छन्, सुरक्षापोष्टमा सामान्य क्षति पुर्याइएको छ भने ब्यारिकेड तोडिएका छन्’, उनले भने, ‘भित्र आगलागीबाट अरु क्षति केही भएको छैन ।’

    असम्बन्धितलाई तनाव

    एयरपोर्ट जलाउन भूमिका खेलेको भनेर अनिल ज्ञवालीको नाम मिडियामा आएपछि सोही नामका एक स्थानीयलाई समस्या परेको छ । भैरहवाका व्यवसायी अनिल ज्ञवालीले नै सो स्टाटस लेखेको भनेर केही मिडियाले समाचार बनाएका थिए । ज्ञवालीले सामाजिक सञ्जालमा लेख्ने आफू नभएको भन्दै प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् ।

  • जेनजी आन्दाेलनकाे साइड इफेक्ट : फेरिए काठमाडौंका प्रहरी प्रमुख

    काठमाडाैं । एसएसपी रमेश थापाले काठमाडौंस्थित जिल्ला प्रहरी परिसर, भद्रकालीको जिम्मेवारी पाएका छन् ।

  • विष्णु पौडेल भन्दै सडकमा कुटिएका थिए घाइतेको निःशुल्क उपचार गरिरहेका स्वास्थ्यसेवी

    रुपन्देही । भदौ २४ गते उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेल कुटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । अर्को दिन उनको सचिवालयले भाइरल भिडियोमा कुटिएका व्यक्ति पौडेल नभएको भनेर विज्ञप्ति जारी गरे पनि धेरैले त्यसमा ध्यान दिएनन् । अहिले पनि पौडेल कुटिएको अफवाह धेरैले पत्याइरहेकै छन् ।

    कुटिने व्यक्ति पौडेल थिएनन् भने को थिए त ? खासमा उनी कुनै नेता नभएर एक अस्पतालका सञ्चालक थिए । उनी हुन् घाइते आन्दोलनकारीलाई निःशुल्क उपचार गरिरहेको ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन । सोही दिन बिहान रगत अभावमा आकस्मिक रक्तदानको आयोजना गरेका उनी आफ्नो अस्पतालमा अप्रेसन नभएपछि अर्को अस्पतालमा घाइते आन्दोलनकारीलाई पुर्याएर फर्कने क्रममा उनी निर्घात कुटिएका हुन् ।

    गुल्मी, बुटवल हुँदै हाल काठमाडाैंमा बस्दै आएका टण्डनले आफ्नो अस्पतालमा भर्ना भएका बिरामीको त्यहाँ अप्रेसन नहुने भएपछि मनमोहन अस्पतालमा पुर्याएर फर्केका थिए । तर ती बिरामी छाडेर फर्केको केही मिनेटमा उनी आन्दोलनकारीको निशानामा परे ।

    नेपाल प्रेससँग कुरा गर्दै टण्डनले २३ गतेदेखि नै आफ्नो अस्पतालमा आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको स्मरण गरे । त्यसैअनुसार उपचार भइरहे पनि दुई बिरामीको अप्रेसन गर्न संभव नभएकाले आफ्नै एम्बुलेन्समा राखेर मनमोहन अस्पतालमा लगेको उनले जानकारी दिए ।

    ‘मैले अस्पतालमा कति जना घाइतेको उपचार गराएँ भन्ने रेकर्ड छ । २४ गते बिहान ८ बजे रगत अभाव भयो भनेर आकस्मिक रक्तदानमार्फत २१८ प्वाइन्ट रगत संकलन गरेको थिएँ । तर घाइतेलाई अर्को अस्पताल पुर्याएर फर्कने क्रममा अर्थमन्त्री विष्णु पौडेल भाग्यो भन्दै कुटे, एम्बुलेन्स पनि तोडफोड गरे’, उनले भने, ‘भीडमा कसैले नेता आयो भन्छन्, कसैले के भन्छन् तर केही समयपछि मलाई चिनेका केही युवा पुगेर उहाँ ग्रिनसिटीको अंकल हो भनेपछि ज्यान जोगियो ।’

    टण्डनले घाइतेको नि:शुल्क उपचार र उद्धारमा सक्रिय रहँदा कुटिनु परेपछि निराश बनेको बताए ।

    ‘यस्तो हुन थालेपछि भोलि कसैलाई समस्या पर्यो भने कसरी साथ दिनु ? कसले अगाडि सरेर सहयोग गर्छ ? मैले ती घाइतेहरुको भावना बुझेर थप उपचारका लागि गएको थिएँ तर उल्टै ममाथि नै आक्रमण भयो’ उनले भने, ‘आन्दोलनकारीले चिन्दै नचिनी यसरी जाइलागे ।’

    लोकबहादुरका भाइ शंकर टण्डनले पनि घाइतेलाई नै सहयोग गर्दा उल्टै दाइमाथि नै आक्रमण भएको बताए ।

    उनले भने, ‘नेताको अनुहारसम्म नदेखेका आन्दोलनकारी साच्चै जेनजी थिए भनेर कसरी विश्वास गर्ने ? फलानो मान्छे यही हो है भनेकै भरमा कति सर्वसाधारणले पिटाइ खाएछ्न् र कतिका सम्पत्ति नष्ट भएछ भनेर आंकलन गर्न सकिन्छ । धन्न आन्दोलनकारीहरुकै भिडमा उहाँलाई चिन्ने केही युवक पनि रहेछन् र ज्यान बचेछ । घुसपैठ गरेका, चोर्न आएका यस्ता अपराधीहरुलाई कडाभन्दा कडा कारवाही होस् ।’

    लोकबहादुरले आफूले ग्रिनसिटीबाट मनमोहन पुराएका घाइतेको पनि भिडियो हामीलाई उपलब्ध गराएका छन् । २४ गते घाइते अमित डुम्रे र लक्ष्मण कंडेललाई मनमोहन अस्पताल पुराएको उनले जानकारी दिए । भिडियोमा उनीहरुको हातमा गोली लागेको देखिन्छ । अहिले लोकबहादुर उपचार गरेर घरमा आराम गरेका छन् । उनको शरिरमा देखिने ठूलो घाउ त छैन तर निर्घात कुटिएका कारण बाहिर हिंड्न सकेका छैनन् ।

  • देश अर्को द्वन्द्वको मोडमा छ- मण्डेला मोडलको समाधान खोजौं

    नेपाल अहिले पुनः एक गम्भीर राजनीतिक सङ्कटको मोडमा उभिएको छ। सडकमा फैलिएको असन्तोष, असमानता र बहिष्करणको पीडाले मुलुकलाई फेरि द्वन्द्व र विखण्डनतर्फ धकेल्ने संकेत देखाइरहेको छ। तर इतिहासले देखाएको एउटा गहिरो सत्य के हो भने, दीर्घकालीन शान्ति, स्थिरता र राष्ट्रिय एकता कुनै एकपक्षीय विजयी वा हारबाट होइन, सबै पक्षलाई समेटेर सहमति निर्माण गर्ने प्रक्रियाबाट मात्र सम्भव हुन्छ ।

    यही सन्दर्भमा दक्षिण अफ्रिकाको नेल्सन मण्डेला र डि क्लार्कले अघि सारेको ‘नेशनल रिकन्सिलिएसन'( राष्ट्रिय मेलमिलाप ) र ‘गभर्नमेन्ट अफ नेशनल युनिटी’ (राष्ट्रिय एकताको सरकार) को मोडल नेपालका लागि आज पनि अत्यन्त सान्दर्भिक छ।

    दक्षिण अफ्रिकामा दशकौँ लामो Apartheid ( रङ्गभेद )र विभाजनको राजनीति अन्त्य भएपछि, मण्डेलाले प्रतिशोध होइन, सहअस्तित्व र सहकार्यलाई मार्ग बनाए । जसरी उनले आफ्ना सबैभन्दा ठूलो प्रतिद्वन्द्वी डि क्लार्कलाई सरकारको उपराष्ट्रपतिमा ल्याएर राष्ट्रिय मिलनको अभ्यास गरे, त्यसले विश्वलाई देखायो कि सत्य पुनःस्थापना, न्याय र आत्मस्वीकृति बिना कुनै संक्रमणकाल स्थायी शान्ति दिन सक्दैन। यदि मण्डेलाले सत्ता हातमा आएपछि पुरानो शक्तिलाई बहिष्कार गरेका भए, दक्षिण अफ्रिकामा फेरि गृहयुद्ध भड्किन सक्थ्यो। बरु उनले अतीतको पीडा आत्मसाथ गर्दै भविष्यतर्फको यात्रा सबैलाई लिएर सुरु गरे।

    नेपालमा २०६२/६३ को जनआन्दोलनपछिको संक्रमणकालमा यिनै पाठलाई बेवास्ता गरियो। राजसंस्थालाई शासनसत्ताबाट हटाइयो तर वार्ता र संक्रमण प्रक्रियामा त्यो परम्परागत शक्तिलाई समेटिएन । परिणामस्वरूप, राजसंस्था र त्यसलाई समर्थन गर्ने ठूलो वर्ग लामो समयसम्म अपहेलित रह्यो, जसले राष्ट्रिय एकतालाई कमजोर बनायो ।

    संघर्ष समाधानको सिद्धान्त भन्छ, वार्ता सफल र दिगो तब मात्र हुन्छ जब सबै स्टेकहोल्डरलाई प्रक्रिया भित्र ल्याइन्छ । तर नेपालमा त्यो गल्ती भयो, जसको दुष्परिणाम अझै देखिँदैछ । आज पनि कुनै एक शक्तिलाई मात्र पन्छाएर वा दबाएर समाधान खोज्ने अभ्यासले देशलाई फेरि द्वन्द्वको चक्रभित्रै घुमाइरहेको छ।

    हालको Gen-Z आन्दोलनलाई सतही रूपमा मात्रै होइन, गहिराइमा पुगेर बुझ्नुपर्छ। यसमा बाह्य शक्तिहरूका चासो, हस्तक्षेप र रणनीतिक स्वार्थ मिसिएको छ भन्ने कुरा अस्वीकार गर्न सकिँदैन । तर समाधान भने नेपाल भित्रैबाट, नेपालीबीचको आपसी समझदारी र साझा भविष्यको दृष्टिकोणबाट मात्रै सम्भव छ । त्यसका लागि अब समय आएको छ, राष्ट्रलाई एकपटकका लागि सबै परम्परागत र नयाँ शक्तिहरूलाई एउटै टेबलमा ल्याएर राष्ट्रिय सहमति निर्माण गर्न।

    महत्त्वपूर्ण कुरा प्रष्ट बुझ्नुपर्छ, शान्ति प्रक्रिया भन्नाले सरकारमा जानु अनिवार्य होइन। संक्रमणकालीन अवधिले भने समावेशी हुनैपर्छ। शान्ति प्रक्रियामा सबैलाई आत्मसाथ गरेर मात्र दीर्घकालीन हित सुरक्षित हुन्छ। कानुनी प्रक्रियामार्फत कारबाहीको दायरामा ल्याउने, सत्य उजागर गर्ने र पीडितको न्याय सुनिश्चित गर्ने कामलाई अलग गर्न सकिँदैन। त्यसका लागि विभिन्न आयोगहरूको गठन र न्यायिक संयन्त्रको भूमिकासमेत महत्त्वपूर्ण हुन्छ। तर अन्ततः राज्य, सरकार, हुनुपर्ने कुरा के हो भने उसले विचार मिल्ने वा नमिल्ने, समर्थन गर्ने वा नगर्ने सबै नागरिकप्रति समान उत्तरदायित्व वहन गर्नुपर्छ।

    यदि कुनै असन्तुष्ट पक्ष फेरि सडकमा आउनु परेर फेरि नेपाली जनताको रगत बग्यो भने त्यो विफलता हाम्रो साझा हुनेछ । यदि आज पनि हामीले कुनै एउटा शक्तिलाई मात्र दमन गर्ने, सडकमा धकेल्ने वा बहिष्कार गर्ने नीतिलाई निरन्तरता दियौँ भने, भोलि अर्को शक्ति फेरि सडकमा आउनेछ। यसरी चक्र दोहोरिरह्यो भने नेपालमा शान्ति कहिल्यै दिगो बन्न सक्दैन। त्यसैले आवश्यक छ नयाँ सहमति, नवीन समझदारी, जसमा सबै दल, सबै विचारधारा, परम्परागत शक्ति र उदाउँदो पुस्ता, सबैले आफैलाई प्रतिनिधित्व भएको महसुस गर्न सकून्।

    यसै सन्दर्भमा, अहिलेका राजनीतिक दलहरूले आत्म समीक्षा गरी आफ्नो नेतृत्व र संगठनभित्र गम्भीर सुधार गर्न आवश्यक छ।के कारणले जनताको विश्वास घट्यो, कुन निर्णय र कार्यहरूले असन्तोष निम्त्यायो, र आफ्नै नेताहरूको अकर्मण्यता वा स्वार्थले कसरी राष्ट्रिय एकता र स्थिरतालाई कमजोर बनायो भन्ने कुरा उहाँहरुले बुझ्नुपर्छ। यही बोध र सुधार नै भविष्यमा दिगो नेतृत्व र साझा राष्ट्रिय हित सुनिश्चित गर्न सक्षम बनाउने आधार हो।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि भनेको कुरा यही हो, नवीन समझदारी, राजासहितको समझदारी। देश आज विभाजन, अविश्वास र असन्तोषको ध्रुवीकरणमा डुबिरहेको बेला, राष्ट्रिय मिलन र सहमति नै स्थिरताको एक मात्र आधार बन्न सक्छ। दक्षिण अफ्रिकाको मण्डेला मोडलले हामीलाई सिकाउँछ, प्रतिशोधले होइन, सहकार्यले मात्र संक्रमण पार गर्न सकिन्छ।

     

     

  • १० दिनपछि सैनिक सुरक्षाबाट निस्किए ओली, अब गुण्डुमा बास

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सैनिक सुरक्षाबाट बाहिरिएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली बाहिर आएको पुष्टि गरेका छन् ।

    ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएका कारण उनका लागि सूर्यविनायककाे गुण्डुमा एक घर बहालमा लिइएको अर्का एक नेताले बताए । एमाले नेता महेश बस्नेतले उक्त घर व्यवस्थापन गरेका हुन् ।

  • जेन जी आन्दोलन सरकार र चुनावमा सीमित भयो, इतिहास रच्ने मौका फेरि चुक्यो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनदेखि लोकतन्त्रका लागि भएका सबै क्रान्ति र आन्दोलनको बलिदानीबाट प्राप्त उपलब्धि खेर जान नदिने बताएका छन् ।

    संविधान दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देशमार्फत् उनले अहिले धूलो हेरेर निराश हुने छुट आफूहरूलाई नभउको भन्दै धूलो टक्टक्याएर निर्माणको इच्छाशक्ति देखाउनुपर्ने संकल्प गरे ।

    दाहालले भने, ‘हामी यतिखेर ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा छौं । २३ गतेको नरसंहार र २४ गतेको विध्वंशले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धूलो हेरेर निराश हुने छुट हामीलाई छैन । धूलो टक्टक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ । अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आह्वान गर्दछु ।’

    २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग गरेका छन् । जेनजी आन्दोलनलाई समयमै विवेकपूर्व सम्बोधन गर्न नसक्दा मुलुक तरल अवस्थामा प्रवेश गरेको उनको बुझाइ छ ।

    जेनजीले अहिले सारेको माग आफूहरूले १० वर्षअघि नै दर्ज गरेका फरक मतमा रहेको प्रचण्डको भनाइ छ ।

    ‘त्यतिखेर संविधानसभामा हाम्रो संख्या पुगेन। हामीले सम्झौता गर्नु पर्‍यो। तर, हामीले हाम्रा असहमतिहरूलाई लिखित फरक मतका रूपमा इतिहासको अदालतमा दर्ज गरेका थियौं । अहिले जेनजीले मागेका प्रत्यक्ष निर्वाचित कार्यकारी, हाम्रो त्यतिबेलैको सबभन्दा मुख्य फरक मत थियो । पैसाको खोलो बग्ने र भुइँमान्छेले चुनाव लड्ने कल्पनै गर्न नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौं । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौं । पछिल्ला घटनाक्रम हेर्दा कता कता यस्तो लाग्छ, हाम्रा फरक मतहरू त्यतिबेलै स्वीकार गरिन्थ्यो र त्यसको सफल कार्यान्वयन हुन्थ्यो भने आज युवाहरूले विद्रोह गर्नुपर्ने र रगत बगाउनुपर्ने अवस्था सिर्जना नहुन पनि सक्थ्यो ।’

    परम्परागत दलहरूले परिवर्तनको आवाज सुन्न ढिलो गर्दा जनयुद्धमा ठूलो क्षति भएकव र अहिले जेनजी विद्रोहमा पनि देशले ठूलो मूल्य चुकाउनु परेको उनको भनाइ थियो ।

    ‘प्रधानमन्त्रीका रूपमा वा प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा मैले कांग्रेस र एमालेको नेतृत्वलाई जनताको आवेग र आक्रोशसँग नखेल्न निरन्तर खबरदारी गरिरहेँ । दुई तिहाइको घमण्डबाट बाहिर निस्कन मैले सुझाव दिइरहेँ । प्रतिपक्षका रूपमा संसदमा हाम्रो जत्रो आकार थियो, त्योभन्दा धेरै नै ठूलो प्रतिरोध हामीले गर्‍यौं । राजनीतिक दलका रूपमा जेनजी आन्दोलनका मागमा पहिलो समर्थन पनि हामीले नै गर्‍यौं’, प्रचण्डले भनेका छन् ।

    संसद विघटनको विधि र प्रक्रियामा असहमत हुँदाहुँदै पनि अन्तरिम सरकारको नेतृत्वको लागि राष्ट्रपतिसँग सहजीकरणमा आफू र माओवादी केन्द्रले के कस्तो भूमिका रह्यो, खेल्यो, त्यो सबैमा स्पष्ट भएको उनले दाबी गरेका छन् ।

    प्रचण्डले जेनजी आन्दोलनको बलमा त्यही संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जाने गरी तत्काल संविधान संशोधन सम्भव थियो भन्दै त्यसपछि संसद विघटनबारे सोच्न सकिन्थ्यो भनेका छन् ।

    ‘तर आज जेनजी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा मात्र सीमित भयो । शासकीय स्वरूप नै बदल्ने र इतिहास रच्ने मौका फेरि पनि चुक्यो’, दाहालले भने ।

  • दुर्गा प्रसाईँको आरोप- बालेन पश्चिमाले खडा गरेका पात्र हुन्, देशको अस्तित्व संकटमा पार्दैछन् (भिडिओ)

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनको क्रममा भएका तोडफोड तथा आगजनीप्रति दु:ख लागेको बताएका छन् ।

    आज साँझ ७ मिनेट ११ सेकेण्डको भिडिओ सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति, व्यापारीका घर, भाटभटेनीमा आगजनी र लुटपाट जसले गराएको त्यसले जिम्मा लिनुपर्ने उनले बताएका छन् ।

    आन्दोलनमा आउन खोज्दा बालेनले नआउनू भनेकाले आफू र आफ्ना कार्यकर्ता नगएको उनको जिकिर छ । भने, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो । र, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’

    प्रसाईँले नेपालमा पश्चिमाहरूको प्रभाव देखिन थालेको भन्दै यसको अन्तिम उद्देश्य भनेकै पश्चिमाहरूको डिजाइनमा यो देश कब्जा गर्ने ठूलो खेल सुरू गरिएको दाबी गरेका छन् ।

    उनले आन्दोलनको क्रममा घाइते भएका १५० जनालाई आफ्नो हस्पिटल बीएनसीमा निःशुल्क उपचार गरेर घर पठाउएको र अहिले पनि आईसीयूमा १५ जनाको सिरियस स्थितिमा बिना पैसा उपचार गरिरहेको पनि सुनाए ।

    भिडिओमा प्रसाईँले बुद्धिजीवीहरूका लागि भन्दै २०२८ सालदेखिका राजनीतिक घटनाक्रमलाई केलाएका छन् ।

    प्रसाईँको भनाइ जस्ताको तस्तै

    भिडियाे

    मलाई एउटा दुःख लागेको कुरो के छ भने, जुन २२ गते हामीले कार्यक्रममा सरिक हुन्छु भन्दाखेरि बालेनजीले तपाईंहरू आउनु पर्दैन भन्नुभयो । हामी त गएनौँ, हाम्रा कार्यकर्ताहरू गएनन् र हामी अहिलेसम्म निस्केका पनि छैनौँ ।

    २३ गते र २४ गतेको घटनामा के दुःख लागेको छ भने मान्छेहरूका घर जलाउनु, सम्पत्ति तोडफोड गर्नु र सिंहदरबारमा आगो लगाउनु, सर्वोच्च अदालतमा आगो लगाउनु, जोसुकैको घरमा पनि आगो लगाउनु र व्यापारीहरूको घर, होटेल सबैमा आगो लगाउनु, भाटभटेनी जस्ता ठाउँमा आगो लगाउनु, यो एकदम दुःखदायी हो ।

    र, यो घटनामा मेरो, हाम्रो अभियानको पनि नाम आयो । राजावादीहरू भने । हामी राजावादी होइनौँ भनेर हामीले अस्ति क्लियर गरेका छौँ । हामी राष्ट्रवादी हौँ । र, हाम्रा अभियन्ता साथीहरू, म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो । र, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।

    मैले विगत १३ वर्षदेखि आफूसँग भएको घटनालाई आधार मानेर र यो देशमा पश्चिमाहरूको खास गरेर पश्चिमाहरूको प्रभाव कस्तो छ भनेर मैले एउटा स्टाटस लेखेको छु । र, पश्चिमाहरूको जुन प्रभावले आज देशलाई कुन स्थितिमा पुर्‍याउँदै छ, त्यो कुरा मैले स्टाटसमा सबै लेखेको छु । त्यो राम्रोसँगले पढ्नुहोला र राम्रोसँगले अध्ययन गर्नुहोला । खास गरेर बुद्धिजीवीहरूलाई त्यो भनेर, त्यो स्टाटस पढ्न भन्छु ।

    २०२८ सालमा राजा महेन्द्रको रहस्यमय निधन । त्यसपछि २०२८ सालमै नयाँ शिक्षा लागू । २०३७ सालमा जनमत संग्रह। २०४६ सालमा जनआन्दोलन। जनआन्दोलनपछि प्राप्त प्रजातन्त्र, त्यतिले पनि नपुगेर २०५२ सालमा जनयुद्धको सुरुवात। २०५८ सालमा हिन्दूका प्रतीक राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यहरूको रहस्यमय दरबार हत्याकाण्ड। २०७२ साल असोज ३ गते पूर्ण रूपमा राजसंस्था र हिन्दू अधिराज्यको अन्त्य गरी संविधान जारी । संविधानमार्फत नेपालबाट हिन्दू राष्ट्र हटाई राजसंस्थाविहीन, धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न सफल ।

    त्यसैगरी २०७९ सालमा डाक्टर गोविन्द केसी जस्ता पात्रलाई प्रयोग गर्दै केही वकिलहरू, केही मानवअधिकारवादी, साथै केही समाजमा नाम चलेका विज्ञहरू भन्ने, आफूलाई विज्ञहरू भन्ने, राजनीतिक विश्लेषकहरू भन्नेहरूका साथै सर्वोच्च अदालतका केही पूर्व प्रधानन्यायाधीशहरूलाई समेत प्रयोग गर्दै सर्वोच्च अदालतदेखि देशका संवैधानिक निकायहरू कब्जा गर्ने, सामाजिक सञ्जाल आफ्नो नियन्त्रणमा लिई चरम दुरुपयोग गरी उज्ज्वल थापाको नेतृत्वमा विवेकशील साझा पार्टीको उदय गराइयो।

    युवा पुस्तालाई विदेश पलायन हुन बाध्य बनाउने, मेडिकल शिक्षा र प्लस टु माथिको शिक्षा प्रणाली पूरै ध्वस्त पार्ने, देशलाई नागरिकविहीन बनाउने खालको षड्यन्त्र तीव्र गतिमा अघि बढाइयो। त्यस्तै क्रममा विवेकशील साझा पार्टीको प्रयोग गरियो। त्यो पार्टीको अस्तित्व समाप्त भएपछि त्यसका ७० पर्सेन्ट सदस्यलाई राष्ट्रिय स्वतन्त्र पार्टी र ३० पर्सेन्टलाई अहिले जसले देशमा षड्यन्त्रको बिरुवा रोप्यो, उसैको समर्थक बनाएर पठाइयो।

    यसको अन्तिम उद्देश्य भनेकै अहिले भर्खर हामी राष्ट्रवादीहरूले उठाउन लागेको वैदिक सनातन हिन्दू राष्ट्र, लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, बैंकबाट कालोसूचीमा परेका र भ्रष्टाचार विरुद्धको आन्दोलनलाई ओझेलमा पार्दै वैधानिक रूपमै अब चाँडै चुनाव गराई जनताकै मतबाट पश्चिमाहरूको ठूलो डिजाइनमा यो देश कब्जा गर्ने ठूलो खेल सुरु गरिएको छ। यसरी नेपालबाट वैदिक सनातन धर्म र राजसंस्थाको स्थायी अन्त्य गर्नु र ग्रेटर नेपालको भ्रम छरेर नागरिकहरूलाई दिग्भ्रमित बनाउनु, नेपाली भूभाग प्रयोग गरेर तिब्बतलाई चीनबाट अलग गर्नु, भारतलाई वरिपरिबाट घेरा हालेर अस्थिर राजनीतिमा लानु, भारतलाई विभाजन गर्नु र अन्ततः नेपाललाई पश्चिमाहरूको इशारामा भूराजनीतिक खेलमा प्रवेश गराउनु र यो देशलाई युक्रेन बनाउनु हो।

    यस्तो खतरनाक षड्यन्त्र विरुद्ध यदि हामी देश, धर्म र नागरिकहरूको रक्षा गर्न चाहन्छौँ भने सबै राष्ट्रवादी एक जुट भई वैदिक सनातन धर्मसहितको हिन्दू अधिराज्य नेपालको संरक्षणका लागि एकजुट भएर जुटौँ। साथै, अब राजाले पनि राष्ट्रको रक्षार्थ, राष्ट्रको पक्षमा दह्रो भएर खुट्टा टेक्नु अपरिहार्य रहेको छ।

    विगत ५५ वर्षदेखि पश्चिमाहरूले खेल खेल्दै खेल्दै दक्षिण भारत, उत्तर चाइना दुवैको बीचमा अब चाँडै पश्चिमाहरूबाट सेनाहरू आउँदै छन्। यो कुरामा तपाईंहरू क्लियर हुनुस् र यो हाम्रो भूमि रणमैदान बन्दै छ। त्यो बनाउने हिसाबकिताबले यहाँका युवाहरूलाई विगत २५ वर्ष, २८ वर्ष, ३० वर्षदेखि नयाँ शिक्षा लागू गरेर २०२८ सालमा नयाँ शिक्षा जहाँबाट शिक्षाको बीउ रोपियो नेपालमा, त्यहीँबाट यो देश सिध्याउने काम भएको छ। त्यसले गर्दा सम्पूर्णलाई बुझ्न म आह्वान गर्दै साथ दिनु हुनको लागि, राष्ट्र जोगाउने अभियानमा साथ दिनको लागि अनुरोध गर्दछु । नमस्ते !