Tag: चितवन

  • महाधिवेशनस्थलमा एमालेको पत्रकार सम्मेलन, उदघाटन समारोहमा ५ लाख जनता उतार्ने

    महाधिवेशनस्थलमा एमालेको पत्रकार सम्मेलन, उदघाटन समारोहमा ५ लाख जनता उतार्ने

    चितवन । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा गर्ने निर्णय भएलगत्तै स्थान छनोट कार्य तीव्र पारिएको छ । एमाले चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए ।

    ‘भरतपुर महानगर आसपसकै ठाउँमा महाधिवेशन स्थल छनोट हुनेछ, उदघाटन सत्रमा कम्तिमा ५ लाख जना सहभागी बन्नेछन्,’ उनले भने, ‘उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको छ ।’

    उनका अनुसार महाधिवेशनमा विधान महाधिवेशन सहभागी भएकामध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागी हुनेछन् । ‘वागमती कमिटीले ३ गते चितवनमै गर्न सिफारिस गरेका थियौं, ४ गते स्थायी कमिटीले निर्णय ग¥यो,’ उनले भने, ‘बागमती प्रदेश र चितवनको सम्मान भएको छ, हामी महाधिवेशन सफल पार्न लाग्ने छौं ।’

    उनले एमालेले एक्लै संसदीय चुनावमा बहुमत ल्याउने दावीसमेत गरे । ‘सत्ताधारी ५ दलीय गठबन्धनसँगै चुनावमा जाने कुरा सुनेका छौं, उहाँहरु नै एमाले कमजोर छैन भनिरहनुभएको छ,’ उनले भने, ‘भविष्यको राजनीति र सरकारको नेतृत्व गर्ने गरी बहुमत ल्याउनेछौं ।’

    सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी अलग बनेकाले अब एमाले एक्लै चुनावमा जाने उनले बताए । ‘२०७४ मा संयुक्त वामगठबन्धनले जुन नतिजा ल्याएको थियो, अब एमालेले एक्लै त्यो भन्दा बढीको हैसियतका साथ निर्वाचनमा उपस्थिति जनाउने छ,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलन जोगाउने कामको नेतृत्व पनि हामिले लिनेछौं ।’

    एमालेको महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ । एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का, विश्वासघात बाबजुत पनि एमाले शशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए । देश बनाउने र समाजवादको यात्रामा जाने सामार्थ्य एमालेसँग मात्रै भएकाले जनताको विश्वास जित्ने दावी गरे ।

    एमाले चितवनकी अध्यक्ष पार्वती रावलले चितवनका ९८ वडामा यहि ६ गते र ७ स्थानीय तहमा ९ गते पालिकास्तरको नेतृत्व सर्वसम्मत चयन गर्न लागिएको बताइन् । एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्णभक्त पोखरेलले महाधिवेशन सफल पार्न जिल्ला कमिटी प्रतिवद्ध रहेको बताए ।

  • कांग्रेस नेतृत्वलाई महिलामन्त्रीको आग्रह – पार्टीभित्रको लडाइँ छाड्नोस्, आउँदो चुनावमा कम्युनिष्टलाई घुँडा टेकाउनु छ (भिडिओ)

    कांग्रेस नेतृत्वलाई महिलामन्त्रीको आग्रह – पार्टीभित्रको लडाइँ छाड्नोस्, आउँदो चुनावमा कम्युनिष्टलाई घुँडा टेकाउनु छ (भिडिओ)

    चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले कांग्रेस नेतृत्वलाई महाधिवेशनकेन्द्रित लडाइँ छाडेर आगामी निर्वाचनमा कम्युनिष्टहरूलाई घुँडा टेकाउने गरी तयारीमा लाग्न आग्रह गरेकी छन् ।

    नेपाल महिला संघ चितवनले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले पार्टीभित्रको लडाइँ छाडेर कम्युनिष्टसँग लड्ने तयारी गर्न आग्रह गरिन् । ‘चुनाव मुखमा आएको छ । फागुनमा स्थानीय तहको निर्वाचन हुन्छ । संसदीय चुनाव आउँन १३ महिना बाँकी छ’, उनले भनिन्, ‘सत्ता गठबन्धन कहिँकतै फुस्किए अर्लि इलेक्सन हुनसक्ला । त्यसैले चुनावको तयारी गरौँ, कम्युनिष्टलाई घुँडा टेकाउनु छ ।’

    कांग्रेस महाधिवेशनलक्षित गर्दै उनले एकअर्कालाई आरोप-प्रत्यारोप नगर्न नेताहरूलाई आग्रह गरिन् । ‘बुढाहरू अब हुँदैन भन्ने हल्ला धेरै छ, मेचीमहाकालीका साथीहरुले नै भोट दिएपछि भएनन् भनेर हुन्छ ? बुढालाई भोट नदिएर युवाहरू रोजे भैहाल्छ नी । भोट दिएर जिताएपछि त मान्नैपर्‍यो नि ।’

    थोरै बजेट भएको मन्त्रालय भए पनि समाजसेवा गर्न आफैंले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रोजेको दावी गरिन् । ‘कर्मचारी तलबसहितको ८० करोड भएको मन्त्रालय हो । रिसोर्स बढी वा घटी होस्, तर भूमिका धेरै छ’, उनले भनिन्, ‘छायाँमन्त्री हुँदा वास्तविकता धेरै बुझेरै यो मन्त्रालय रोजेको हुँ, हरेक क्षेत्रमा १ देखि ५ वटा जीवनलाई प्रभाव पार्ने काम गरेरै छाड्ने छु ।’

    उनले महिला प्रतिनिधित्व हरेक क्षेत्रमा संविधानले परिकल्पना गरेअनुसार हुन नसकेको दु:खेसो गरिन् । ‘कांग्रेसकै क्रियाशील २२ प्रतिशत महिलाले पाए, ३३ प्रतिशत पनि पुगेन । भोट नै हाल्दैनौँ भन्न सके बल्ल महिलाले पद पाउँछन् । जति संघर्ष, त्यति प्राप्ति हो’, मन्त्री रेग्मीको भनाइ छ ।

  • एमाले चितवनमा पद मिलाउन कसरत !

    एमाले चितवनमा पद मिलाउन कसरत !

    चितवन । नेकपा एमाले चितवनले २०७५ जेठ २ को अवस्थामा जिल्ला कमिटीलाई लैजान कसरत तीव्र पारेको छ । जिल्ला इञ्चार्ज काशिनाथ अधिकारीले गृहकार्य भैरहेको बताए । ‘विवाद छैन, कमिटी कति सानो-ठुलो बनाउने भन्नेमा बहस चलिरहेको छ’, उनले भने, ‘नेतृत्वका सवालमा विवादनै छैन ।’

    एमाले नेता तथा प्रतिनिधिसभा सभा सदस्य कृष्णभक्त पोखरेलले आफ्नै अध्यक्षतामा बैठक बसेर पार्टी जेठ २ को अवस्थामा लगिने बताउँदै आएका छन् । २०७३ कार्तिक ९ मा पोखरेल जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । एमाले-माओवादी एकिकरण पश्चात नेकपा बनेपछि उनी जिल्ला सचिव बनेका थिए । नेता पोखरेलले १० बुँदे सहमति कार्यान्वयनकै चरणमा रहेकाले केहि दिन लम्बिएको दाबी गर्छन् । ‘२८ गते गृहकार्य नपुगेर असोज ५ मा जिल्ला कमिटीको बैठक राख्दैछौँ’, उनले भने, ‘छलफलमै छौँ, विवादरहित जिल्ला कमिटी बन्नेछ ।’ जिल्लाभित्र वडातहसम्म एकताको सन्देश दिन जिल्ला अध्यक्ष बनेरै काम गर्ने अडानमा उनी छन् ।

    तर, नेकपा एस छाडेर तटस्थ बसेका तेजेन्द्रबहादुर खड्का अध्यक्ष पदको खोजीमा छन् । उनी ओली समूहका नेतालाई हराएर उपाध्यक्षमा निर्वाचित व्यक्ति हुन् । २०७३ को जिल्ला अधिवेसनबाट ३ जना ओलीपक्षका र ८१ जना जना माधव पक्षका नेताहरु जिल्ला नेतृत्वमा निर्वाचित बनेका थिए ।

    नेपाल-खनाल समूहको राम्रो पकड मानिएको चितवनमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले माधव समूह छाडेर एमालेमै बसेपछि त्यसको फाइदा एमालेलाई पुगेको छ । २ जना प्रदेश सांसद र केही वडाध्यक्षबाहेक चितवनका जनप्रतिनिधि सबै एमालेमै छन् । तर, ओली पक्षीय नेताहरुलाई मनाउन माधव पक्ष त्यागेर आएको जिल्ला नेतृत्वलाई सजिलो छैन ।

    नेकपाभित्रको किचलोपछि नेपाल-खनाल समूहबाट तत्कालिन जिल्ला उपाध्यक्ष तेजेन्द्रबहादुर खड्का र ओली समूहबाट तत्कालिन जिल्ला सचिव पार्वती रावलले कमिटीहरु बनाएका थिए । चैत ७ देखि पोखरेल माधव समूह छाडेर पार्टी एकताको पक्षमा सक्रिय छन् । खड्का भदौ २५ मा नेकपा एसको जिल्ला नेतृत्व लिन छाडेर पर्ख र हेरको स्थितिमा छन् ।

    ओली समूहबाट जिल्ला सचिवमा निर्वाचित राष्ट्रिय सभा सदस्य पार्वती रावल ओली विरुद्ध आफ्नै नेताहरु आलोचक बनेर बिरोध गर्दा जिल्ला सम्हालेर बसेकी थिइन् । ५ वर्षको यो अवधिमा पोखरेल, खड्का र रावलले अध्यक्षको अनुभव संगालेका छन् । तीनै जना अध्यक्षमा आँफु भए संगठन बलियो बन्ने, एकताको सन्देश राम्रो जाने भन्दै सो पदको दाबी गरेको स्रोतको दाबी छ ।

    नेता पोखरेल सांसद बनेका बेला एकिकरणपूर्व खड्काले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए । बादल समूहका नेताहरु पनि सम्माजनक जिम्मेवारीको पर्खाईमा छन् । बादल समूहका नेता प्रकाश खनाल शैलेशले आँफु जिल्ला अध्यक्षको दाबी नगर्ने बताउँछन् ।

    ‘सहमति कार्यान्वयनको पक्षमा छौँ, एकताका प्रक्रिया र जेठ २ दुबै अवस्था लागु होस्’, उनले भने, ‘अध्यक्ष बन्नुपर्छ भन्ने दाबी विरोध छैन, तर एकता पक्षीयलाई सम्मानजनक जिम्मेवारी दिनुपर्छ ।’ पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) समूहका करिब २८ जना नेताहरु नेकपा जिल्ला कमिटीमा थिए ।

    बादल पक्षीय नेता प्रकाश खनाल शैलेशलाई फागुन ५ मा सचिवको जिम्मेवारी दिइएको थियो । जगन्नाथ आचार्य र बाबुराम खरेल एमाले प्रदेश कमिटी सदस्य बने । ओली पक्षले एमाले चितवनको ६ सय १ सदस्यीय जिल्ला कमिटी बनाएको थियो । तर, २०७३ मा जिल्ला कमिटी ९६ सदस्यीय थियो । शैलेशलाई सचिव पदमै राख्ने वा अन्य जिम्मेवारी दिएर मनाउने भनेर ओली पक्षका नेताहरु सक्रिय छन् ।

  • चितवनमा तेजेन्द्रले छाडे माधवको साथ, नेकपा एसको अध्यक्षमा कृष्णराज

    चितवनमा तेजेन्द्रले छाडे माधवको साथ, नेकपा एसको अध्यक्षमा कृष्णराज

    चितवन । चितवनका नेता तेजेन्द्रबहादुर खड्काले माधव नेपालको साथ छाडेका छन् । उनी एमाले विवादमा माधव-खनाल समूहको समानान्तर कमिटीका अध्यक्ष थिए ।

    शुक्रबार नेकपा (एकिकृत समाजवादी) चितवनको जिल्ला र भरतपुर महानगर कमिटी घोषणा कार्यक्रममा उनी देखा परेनन् । स्रोतका अनुसार कमिटीको अन्तिम नामावली तयार पार्दासँगै रहेका खड्काले एक्कासी भेला स्थगित गर्न आग्रह गरेका थिए । उनी २०७३ मा एमाले चितवनको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

    खड्का एमाले चितवनकै पुरानो जिम्मेवारी पाउने सुनिश्चित भएपछि उनी माधव पक्षीय दलबाट टाढिएको स्रोतको दावी छ । नेकपा एमाले चितवनको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको बैठक यही २८ गते विहान ११ बजे मदननगरमा बस्दैछ ।

    नेपाल समूहको समानान्तर कमिटी गठनपछि एमालेकी तत्कालीन सचिव पार्वती रावलले एमाले चितवन अध्यक्षका रूपमा काम गर्दै आएकी थिइन् । १० बुँदे सहमतिका २०७५ जेठ २ अघिका संरचना व्युँताउने भएपछि चितवनमा तत्कालीन एमालेका संरचनाहरु पुरानै अवस्थामा चल्न संकेत देखिएका छन् । खड्का अलग्गिएपछि नेकपा (एकिकृत समाजवादी) चितवनको अध्यक्षको जिम्मेवारी डा. कृष्णराज पन्तलाई दिइएको छ । पन्त २०५८ सालमा एमालेको जिल्ला सचिवालय सदस्य, क्षेत्र नम्बर १ को इञ्चार्ज हुन् ।

    पन्तको नेतृत्वमा नेकपा एस चितवनको २ सय २३ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज लब्ली न्यौपाने, सचिवमा केपी लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्य चयन भएका छन् । यस्तै ५ सदस्यीय सचिवलाय सदस्यहरुमा खोमकान्त रेग्मी, नरेन्द्र कन्दङवा, प्रेमराज तिमिल्सिना, विष्णुराज महतो, विष्णुहरी तिवारी छन् ।

    भरतपुर महानगर-२२ का वडाध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा १ सय ६८ सदस्यीय भरतपुर महानगर कमिटी चयन गरिएको छ । उपाध्यक्षमा केशवराज पोखरेल, सहसचिवमा शोभा पण्डित रहेका छन् । सचिव पदमा पछि मनोनित हुने जनाइएको छ । जिल्ला र महानगर कमिटी दुवैलाई केन्द्रीय कमिटी सदस्य केदार न्यौपानेले सपथग्रहण गराए ।

    सूर्य चिन्हले भोट जितिँदैनः राजेन्द्र पाण्डे

    नेकपा एसका नेता राजेन्द्र पाण्डेले जनताको मत जित्न चुनाव चिन्ह नै महत्वपूर्ण नहुने जिकिर गरेका छन् । नेता, कार्यकर्तालाई चितवनमा सम्बोधन गर्दै उनले भने, ‘तपाईं जनताको घरदैलोमा पुगेपछि आज भन्लान् सूर्य चिन्ह छोड्न सकिन्न । सूर्य चिन्ह छान्ने कि मलाई छान्ने भनेर सोध्नुस् न । हामीले नै चिनाएको हो सूर्य चिन्ह ।’

    कम्युनिष्ट पार्टी गलत बाटोमा लागेपछि जनताले नै सर्वनास गरिदिने उदाहरण सुनाए । माधव नेपाललाई धोका दिनेहरू आफैं धोका खाने दावी गरे । ‘वार्ता गर्ने साथीहरूले माधव नेपाललाई उनीहरू भयङकर विश्वास दिलाए, तपाईंको साथमा छौ भने, पार्टी नयाँ बनाउनुपर्छ भने’, उनले भने, ‘अन्तिममा उनीहरुले कुरा फेरे, माधव नेपाललाई धोका दिनेलाई उनीहरूलाई पनि कुनै दिन धोका हुन्छ होला नी । धोका दिनेले धोका खानैपर्छ, त्यो कुरा कहिल्यै विर्सनुहुँदैन ।’

  • चितवनका ३१ जनप्रतिनिधिले रोजे नेकपा एसः पाँचजनाले सनाखत फिर्ता मागे, तीन स्थानीय तहमा शून्य

    चितवनका ३१ जनप्रतिनिधिले रोजे नेकपा एसः पाँचजनाले सनाखत फिर्ता मागे, तीन स्थानीय तहमा शून्य

    चितवन । चितवनका ३१ जना जनप्रतिनिधिले एमाले विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी रोजेका छन् । जसमध्ये ११ जना वडाध्यक्ष छन् भने २५ जना सदस्यहरु छन् ।

    चितवनमा एमालेबाट निर्वाचित ३ सय ९ जना जनप्रतिनिधिमध्ये नेकपा एसको पक्षमा ज्यादै न्यून जनप्रतिनिधिहरु उभिएका छन् । ३६ जनाले एमाले त्याग गरेर एकी कृत समाजवादी दल रोजेर सनाखत गरेकोमा ५ जना सदस्यहरुले सनाखत फिर्ताका लागि निवेदन दिएका छन् ।

    अज्ञानबस दल त्याग गरेकाले एमालेमै रहने भन्दै निवेदन दिनेहरुमा भरतपुर १५ का रामबहादुर लामा, २२ मन देउमाया विक, रत्ननगर ३ का विमला परियार, ६ का कृष्णहरी परियार र ८ का कुमारी विक छन् । तर, उनीहरुको सनाखत फिर्ता हुने वा नहुनेबारे निर्वाचन आयोगले केही दिनमा निर्णय गर्नेछ ।

    दल परिवर्तन गर्नेहरुमा भरतपुर महानगरका वडाध्यक्षहरु ७ का राजेन्द्रमणि काफ्ले, ९ का यमलाल कँडेल, १० का अरुणपीडित भण्डारी, १२ का नरेन्द्र कनदङवा र २२ का विष्णुराज महतो छन् । भरतपुर महानगरमा एमालेका १३ वडाध्यक्ष सहित ६९ जनप्रतिनिधि निर्वाचित भएकोमा १५ जनामात्रै नेकपा एसमा लागेका हुन् ।

    रत्ननगरमा वडाध्यक्षहरु ५ का कृष्ण महतो, ९ का रोशन आचार्य, १४ का हरिकुमार श्रेष्ठ र १५ का हुमनाथ लामिछाने छन् । रत्ननगरमा मेयर, उपमेयर, १० वडाध्यक्ष सहित एमालेबाट ५२ जना एमालेबाट निर्वाचित थिए । जसमध्ये १६ जना जनप्रतिनिधिमात्रै नयाँ दलमा लागेका छन् ।

    राप्तीमा ४ नम्बर वडाका वडाध्यक्ष शमशेर लामा र अन्य एक जना वडा सदस्य प्रवेश गरेका छन् । राप्तीमा मेयर, उपमेयर, ११ वडाध्यक्ष सहित एमालेबाट ५४ जना निर्वाचित थिए ।

    माडी ३ का वडाध्यक्ष पुरन महतोसहित ३ जना एकीकृत समाजवादीमा लागेका छन् । माडीमा उपमेयरसहित ५ वडामा सेटसहित २६ जना जनप्रनिनिधिले एमालेबाट जितेका थिए ।

    स्थानीय तहको चुनावमा चितवनमा एमालेबाट ३ सय ९ जना जनप्रतिनिधिमध्ये ४ मेयर र ५ उपमेयर, ५५ जना वडाध्यक्ष निर्वाचित थिए । चितवनका ३ स्थानीय तहमा नेकपा एसमा लाग्ने जनप्रतिनिधि शून्य देखिएको छ ।

    कालिका, खैरहनी नगरपालिका, इच्छाकामना गाउँपालिकामा नेकपा एसमा लाग्ने जनप्रतिनिधि छैनन् । एमालेबाट कालिकामा मेयर, उपमेयर, ६ वडाध्यक्ष सहित ३४ जना, खैरहनीमा मेयर, उपमेयर, ७ वडाध्यक्षसहित ३८ जना, इच्छाकामनामा ३ वडाध्यक्षसहित १४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । चितवनमा ७ स्थानीय तहमा ९८ वडाहरु छन् ।

  • प्रचण्डको आरोप: चितवनको विकासमा केपी ओली बाधक बने (भिडियो)

    प्रचण्डको आरोप: चितवनको विकासमा केपी ओली बाधक बने (भिडियो)

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकास गर्न ओली नेतृत्वको सरकारले निषेध गरेको आरोप लगाएका छन् ।

    भरतपुर महानगरले लायन्सचोकमा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा निर्माण गर्न लागेको भरतपुर मेट्रो प्लाजको शिलन्यास गर्दै उनले ओली नेतृत्वको सरकारको आलोचना गरेका हुन् ।

    ‘राजनीतिक स्थायीत्व र विकासको निम्ति गठबन्धन र एकताको पहल लिएँ, तर आफैंले बनाएको प्रधानमन्त्री चितवन र मप्रति यतिधेरै नकरात्मक र पूवाग्रही बन्नुभयो’, उनले भने, ‘निर्वाचनपछिको अवधि मीठो रहेन ।’

    उनले क्रान्तिकारी ढंगले विकास आयोजनाहरु अगाडि बढाउन ओली सरकारले साथ नदिएको आरोप लगाए । ‘केन्द्रबाट धेरै मिहेनत गरेर यति भयो’, उनले आक्रोश पोख्दै भने, ‘सिटीहलको शिलन्यास गर्ने बेला भएको लुछाचुडीको अनुभूति गर्नुभएकै छ, इन्टरनेशनल क्रिकेट रंगशाला निर्माणका गतिविधि देख्नुभएकै छ ।’ भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा बजेट विनियोजन नगरेकोमा समेत असन्तुष्टी जनाए ।

    ‘सबैभन्दा उपयुक्त छ भनेर सबैले मानेकै हो, तर एक अर्ब रुपैयाँ राखेर स्मार्ट सिटीको अवधारणा लान दिइएन’, उनले भने, ‘औद्योगिक क्षेत्र निर्माणको कामलाई समेत कंक्रिट रुपमा अगाडि बढाउन दिइएन ।’

    उनले चितवनको विकासमा विगतको सरकारले धेरै कञ्जुस्याई गरेको जीकिर गरे । ‘नारायणीको डिपिआर बनेको छ, मलाई विश्वास छ, अहिलेको नयाँ सरकाले कञ्जुस्याई गर्ने छैन’, उनले भने, ‘डिपिआर अनुसारको पैसा राखेर निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।’

    उनले ठूला विकास आयोजनाहरु सुरु गर्न खोज्दा आफूमाथि प्रहार र निषेध गरेको आरोप लगाए । अबको सरकारले चितवनमा सहज रुपमा विकासमा सघाउने अपेक्षा गरे । उनले चितवन–हेटौडा–नवलपुर दाउन्नेलाई समेटेर एउटै विकास प्राधिकरण बनाउनुपर्नेमा जोड दिए । बृहत्तर परियोजनामार्फत विकास गर्न पहल गर्ने बताए ।

    ३० वर्षसम्म नीजि क्षेत्रलाई मेट्रो प्लाजा

    प्रचण्डले शिलन्यास गरेको भरतपुर मेट्रो प्लाजा ३० वर्षसम्म नीजी क्षेत्रले सञ्चालन गर्न पाउनेछ । पीपीपी मोडेलमा ३ वर्षभित्र निर्माण गरेपछि सो प्लाजा निजी क्षेत्रले नै उपभोग गरेर महानगरलाई राजश्व बुझाउने छ ।

    महानगरको साढे ११ कट्टठा जग्गामा निजी क्षेत्रले करिब २ अर्ब लगानी गरेर प्लाजा बनाउनेछन् । आर्य बिल्डर्स एण्ड इन्जिनियरिङ प्रालिलाई निर्माण तथा सञ्चालनको जिम्मा दिइएको हो ।

    महानगर र आर्यबीच यही साउन २४ गते सम्झौता भएको हो ।

    आर्य बिल्डर्सका कार्यकारी प्रमुख जीवनराज कँडेलले ३ वटा बेसमेण्ट पार्किङ सहितको १४ तले सुविधासम्पन्न भवन बन्ने बताए । उनका अनुसार चिल्ड्रेन पार्क, कन्फ्रेन्स हल, पाँचतारे होटल, सिनेमा हल, फुड कोर्ट लगायतका संरचनाहरु बन्नेछन् ।

    उनले ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए । महानगरले ३० वर्षमा करिब ८२ करोड राजश्व पाउने महानगरका बरिष्ठ इञ्जिनियर भरतकुमार आचार्यले बताए । उनका अनुसार पहिलो वर्ष ३० लाख, दोसैो वर्ष ३५ लाख, तेस्रो वर्ष ४० लाख जग्गा भाडा लिइनेछ । चौथो वर्षदेखि महानगरले जग्गा भाडा र राजश्व सहित १ करोड ५३ लाख ७५ हजार रुपैयाँ लिनेछ ।

    उनले राजश्व हरेक २ वर्षमा १० प्रतिशतले बढ्ने जानकारी दिए । २०५० सालदेखि लायन्सचोकको सब्जिमण्डी सञ्चालनमा आएको थियो । महानगर स्वामित्वका ५७ र निजी क्षेत्रका १ सय सटरहरु सञ्चालनमा थिए । मेयर रेनु दाहालले मेट्रो प्लाजाले रोजगारी तथा महानगरको आम्दानीसमेत बढाउन सघाउने बताइन् ।

     

  • एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन (भिडियोसहित)

    एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन (भिडियोसहित)

    चितवन । एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिको आव्हानमा प्रदर्शन गरिएको हो ।

    प्रदर्शनकारीले एमसीसी खारेज गर, नो एमसीसी, एमसीसी इज अ क्यान्सर, एमसीसी गेट आउट लेखिएका प्ले कार्डसहित सहभागी भएका थिए । केन्द्रीय बस ट्रमिनल, चौविसकोठी, लायन्स चोकसम्मको र्‍यालीमा सामना र रक्तिम सांस्कृतिक परिवारले एमसीसी खारेजीको मागसहित सांगितिक कार्यक्रम प्रस्तुत गरे ।

    कोणसभा बोल्दै वामवुद्दीजीवी प्रेम रिमालले एमसीसी संसदमै प्रवेश गराउन नहुने बताए । ‘यो परियोजना सिनोजस्तो हो, संसदको भान्सामा लानु आवश्यक छैन’, उनले भने, ‘यदी एमसीसी पास भएमा नेताहरूलाई गाउँगाउँबाट लखेट्नुपर्छ ।’

    मोहन वैद्य नेतृत्वको माओवादी केन्द्र चितवनका सेक्रेटरी अशोक शर्माले एमसीसी खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए । संघर्ष समितिका सचिव अजिव पौडेलले एमसीसी खारेजी अभियानमा १० राजनीतिक दलको समेत समर्थन रहेको बताए ।

    संयोजक फणीन्द्र आचार्यले अमेरिकी सेना भित्र्याएर नेपालको सार्वभौमिकतामाथि एमसीसी परियोजनाले प्रहार गर्न खोजेकाले तत्कालै खारेज गर्नुपर्ने दावी गरे । संघर्ष समितिले साउन २५ गते जिसस सभाहलमा दिउँसो २ बजे एमसीसी खारेजीका लागि अन्तर्क्रिया गर्ने भएको छ ।

  • ठोरी-भरतपुर सडक: लोकमार्ग कि सास्तीमार्ग !

    ठोरी-भरतपुर सडक: लोकमार्ग कि सास्तीमार्ग !

    चितवन । पर्साको ठोरी गाउँपालिका–२ गौतमनगरका सुदीप थापा चितवनको नारायणगढमा फेन्सी व्यवसाय गर्छन् । १२ वर्षयता व्यवसायमा सक्रिय थापालाई बेलाबखत घर जान निकै ठूलो जोखिम मोल्नुपर्छ ।

    व्यवसायबाटै कार किनेका थापा घर जाँदा मोटरसाइकल वा सार्वजनिक बसको सहारा लिन्छन् । निकुञ्जको जीर्ण बाटोले कार कुद्न सक्दैन । चितवन राष्ट्रिय निकुञ्जको बगईदेखि अमुवा पोष्ट खण्डको बाटो निकै डरलाग्दो छ ।

    ३-५ मिटर साँघुरो बाटोको छेउछाउमा झाडी छन्, खाल्डाखुल्डी थुप्रै छन् । यही बाटोले ठोरी र माडीलाई जोड्छ । चितवनको माडी नगरपालिका र पर्साको ठोरी गाउँपालिका दुवैको अन्तिम विन्दु भएकाले यो बाटो बनाउन स्थानीय तहले पहल गर्दैनन् । प्रस्तावित केरुङ–ठोरी मार्गअन्र्तगत पर्ने निकुञ्जको यो बाटो १९ किलोमिटर छ ।

    माडीमा निकुञ्जभित्रको दुई सडकखण्ड पर्छन् । कसरा-धुव्र-वनकट्टा खण्डमा मर्मतसम्भार भइरहेको छ । तर, बगई पारी ठोरी खण्ड भने अलपत्र छ । घर पुगेपछि वा नारायणगढ फर्केपछि थापाले युद्ध जितेको अनुभव गर्छन् ।

    जंगली हात्ती, पाटेबाघबाट उम्किदै यात्रा गर्नुपर्छ । एक सातापछि भरतपुर फर्किन लाग्दा केही दिन पहिले निकुञ्जको बाटो छेउमै पाटेबाघ देखे उनले । मोटरसाइकल कुदाएर भागे । आउँदै गरेको स्कारपीयो भेटेपछि ढुक्क बने ।

    ‘ठोरी जान आउन निकै कठिन छ’, उनी भन्छन्, ‘लोकमार्ग भन्ने बाटोको हबिगतले मन पोल्छ ।’ २०३५ सालसम्म ठोरी चितवनको भुगोल थियो । घना जंगल पार गरेर सरकारी सेवा तथा अन्य सुविधा लिन चितवन आउन सास्ती खेप्नुपरेको भन्दै ठोरीलाई पर्सा जिल्लामा गाभियो । तर, ठोरीबासीको कारोबार बढी चितवनमै छ । थापा भन्छन्, ‘जनता वर्षौँदेखि जोखिम भोगिरहेका छन्, बाटो गतिलो बनाउन बजेट नै परेन ।’

    ठोरीलाई वागमती प्रदेशकै मुख्य नाका बनाउने भनेर प्रचार गरिएको थियो । तर, प्रदेश-२ बाट चितवनमा गाभ्न नमिलेपछि ठोरी फेरि त्रिदेशीय प्वाइन्टका रुपमा चर्चित छ ।

    भारत-नेपाल-चीन जोड्ने प्रस्तावित ठोरी-केरुङ लोकमार्गको एउटा अन्तिम बिन्दु यहीं पर्छ । तर, बाटो क्षतविक्षत हुँदा पनि केन्द्रीय नेतृत्वको ध्यान पुगेको छैन ।

    छेउको भुगोल भएकाले प्रदेश–२ र वागमती प्रदेशले पनि बेवास्ता गरेको युवा व्यवसायी थापाको बुझाइ छ ।

    ठोरी–२ चोक बजारका धिरसिंह घिमिरे हार्डवेयर व्यवसायी हुन् । ३ वर्षयता उनी यही व्यवसायमा छन् । करिब ५५ किलोमिटर परको वीरगञ्जभन्दा करिब ७५ किमि परको भरतपुरबाट समान मगाउँछन् उनी ।

    वीरगञ्जतर्फको केही खण्ड जीर्ण भएकाले भरतपुरतिरै कारोबार गर्छन् । सामान मगाएपछि सधै एउटै पीरलो हुन्छ, निकुञ्जभित्र ट्रक फस्छ कि भनेर ।

    बगईबाट ठोरी पुग्न करिब १ घण्टा लाग्छ । ‘१ घण्टामा नआए बाइक लिएर निकुञ्जै पुग्छौँ, त्यहाँ मोबाइलको नेटवर्क टिप्दैन’, उनी भन्छन्, “प्राय गाडी फसेको भेटिन्छ, जेसीवीले नै निकाल्नुपर्छ, सामान ल्याउन ट्याक्टर मगाउनुपर्छ ।’

    पछिल्लोपटक असार ३ र ९ गते निकुञ्जको दबुबा खोलामा सिमेण्ट बोकेका ट्रक फसेका थिए । रातभरी ट्याक्टरमा अनलोड गरे । राति त्यहीं खाना खाए ।

    ट्रक, ट्याक्टर कुर्न युवाहरु रातभर जाग्राम बसे । दबुबा क्षेत्र जंगली हात्ती धेरै भेटिने ठाउँ हो । पछिल्लो एकसातामा निकुञ्जको यही खण्डमा २ बसहरु करिब ३–४ घण्टा फसे । यात्रुहरु ओरालेर बाटो सम्याउँदै धकेल्नुपर्यो ।

    धेरैको गइसक्यो ज्यान

    पसलमा राख्ने सामान किन्न २०७६ कात्तिक ३० गते बिहान माडी बरुवाका बाबुराम पौडेल र छोरा राजुले मोटरसाइकलमा जाँदा अमुवा पोष्ट नजिकै हात्तीको आक्रमणमा परी ज्यान गुमाए । टिउकी खोलामा बस फसेपछि यात्रुलाई ट्याक्टरमा उद्धार गरी लैजाने क्रममा ट्याक्टर बगाउँदा गत असोज १ गते डेढ महिनाका बालकको ज्यान गयो ।

    कञ्चनपुरबाट निरुता सुनार नाबालकसहित ठोरी-१ सरस्वतीनगर माइती आउनेक्रममा दुर्घटना भएको थियो । चितवन नारायणी माडी–ठोरी यातायात उपसमिति संयोजक हितमान गुरुङले यात्रु बोकर आएपछि बसहरु ग्यारेजमा मर्मत गर्न लैजानुपर्ने बताउँछन् ।

    ‘निकुञ्जखण्डमा मात्रै दुई दर्जन खोला-खोल्सा छन्, सामान्य पानी पर्दा पनि रोकिनुपर्छ’, उनले भने, ‘अन्यत्रको कालोपत्रे भैसक्यो, निकुञ्जभित्रको बाटो जीर्ण छ, बेलैमा मर्मत भए हुन्थ्यो ।’

    एक घण्टामा पार हुने बाटो बिग्रेकै कारण साढे २ घण्टासम्म लाग्ने उनको भनाइ छ । वर्षायाममा चालकले जोखिम मोलेरै बस चलाउनुपर्ने बाध्यता छ । माडीबाट दैनिक ३५ सार्वजनिक बसहरु छुट्छन्।

    ठोरीबाट दैनिक ८ बस छुट्छन् । ठोरी-माडीहुँदै काठमाडौं, पोखरा, नेपालगञ्ज, बाग्लुङसम्म बसहरु चल्छन् । लामो अवधि थन्केपछि आजकल चल्न लागेका बसहरु समेत बाटोकै कारण कम सञ्चालनमा छन् ।

    निकुञ्जको बगई पोष्ट जोड्ने पुल निर्माणाधीन छ । निकुञ्जको बगई–अमुवा सडक पार गरेर दक्षिण लागेपछि चितवनकै बाँदरझुला सुकुम्बासीवस्ती आउँछ । अरु भुगोल पर्सा जिल्ला पर्छ ।

    माडी नगरपालिकाका प्रवक्ता तथा ९ नम्बर वडाका वडाध्यक्ष शिवहरि सुवेदी केन्द्रीय नेतृत्वले यो बाटो सुधारमा ध्यान नदिएको स्वीकार्छन् । ‘वर्सेनी थोरै बजेटले मर्मत भएकै हो, तर स्तरोन्नति गर्ने बजेट कहिल्यै परेन’, उनी भन्छन्, ‘शीर्ष नेताबाट जनताका अगाडि आश्वासन ठूला दिने तर पछि भुल्ने काम भए ।’

    सघन सहरीमार्फत केन्द्रले २ वर्ष ५०-५० लाख बजेट दिएको थियो । यसपालि भने बजेट छुट्याइएको छैन । ‘असारतिर बजेट आएको हल्ला चल्छ, निकुञ्ज भित्र काम गर्ने प्रक्रिया सजिलो छैन’, उनी भन्छन्, ‘यसपालि पनि आउँछ भनेर बसेका थियौँ, तर आएनछ ।’

    यो सडकखण्डमा धेरै खोला तथा खोल्सा पर्ने भएकाले मर्मत गरिएको बाटो वर्षायाममा जीर्ण हुँदै आएको छ । ‘वडाको थोरै बजेटले पुग्दैन, केन्द्र तथा प्रदेश सरकारकै भर पर्नुपर्छ’, उनी भन्छन्, ‘शीर्ष नेताबाट दबाब भैदिएको भए यस्तो कष्ट हुन्थेन ।’

    पर्सा जिल्लाको ठोरी गाउँपालिकाका गाउँप्रमुख पिएल श्रेष्ठ चितवनको भूगोल पर्ने भएपनि बेला बखत मर्मत गरिएको दाबी गर्छन् । ‘ठोरीका जनता पनि हिँड्ने बाटो भएरै अर्कै प्रदेशको भुगोल भए पनि मर्मत गरेका थियौँ’, उनी भन्छन्, ‘तर ठूलो बजेट नपर्दा जनताले सास्ती भोग्नुपरेको छ, हाम्रो सानो बजेटले पुग्दैन ।’

    उनका अनुसार ३ वर्ष पहिले गाउँपालिकाले जेसीबी लगाएरै खाल्डाखुल्डी पुर्ने काम गरेको थियो । तर निकुञ्जले समेत बाटो छेउछाउको झाडी सरसफाइ गर्न ध्यान दिएको छैन ।

    ठोरीलाई वागमती प्रदेशमै गाभ्ने भनेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेलगत्तै प्रतिवद्धता जनाएका थिए । चुनावमा ठोरी-केरुङ लोकमार्ग बनाएर माडीलाई मणि बनाउने आश्वासनसमेत बाँडे । नाकाबन्दीका बेला ठोरी क्षेत्रबाटै धेरै जिल्लाकाले इन्धन ओसारे । ठोरीमा डेढ लाखसम्मको विलिङ गर्न मिल्ने गरी छोटी भन्सार स्थापना गर्ने माग भएपछि हालसम्म पूरा भएको छैन ।

    अहिलेको छोटी भन्सारमा ५ हजार रुपैयाँसम्मको बिलिङ गर्न पाइने भएपनि बन्द अवस्थामै छ । ठोरी-वीरगञ्ज हुलाकी मार्ग अर्तर्गत करिब ८ किलोमिटर ठोरीको बाटोसमेत निकुञ्जलगायतका कारण कालोपत्रे हुन सकेको छैन । लोकमार्ग निकुञ्ज हुँदै खुल्नेमा कैयनले पत्याउँदैनन् । तर, लोकमार्ग बनाउने चर्चा भएको एक दशक पुग्यो । निकुञ्जभित्रको बाटो भने उस्तै छ ।

  • सुनसान सौराहा- महामारीले चितवनमा घटे आधा पर्यटक

    सुनसान सौराहा- महामारीले चितवनमा घटे आधा पर्यटक

    चितवन । कोरोना संक्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६/०७७ मा यो संख्या एक लाख ८२ हजार ४३५ रहेको छ । निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको संख्या निकुञ्जले राख्ने गर्दछ । यसका अतिरिक्त पर्यटकीय गतिविधिमा सहभागी नभई पर्यटकीय क्षेत्रमा घुम्न आउनेको तथ्याङ्क राख्ने गरिएको छैन ।

    कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ पर्यटकले निकुञ्ज घुमेका थिए तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका एक हजार ३६४ पर्यटक र अन्य मुलुकका एक हजार २४४ ले निकुञ्ज घुमेको तथ्याङ्क छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कोरोना संक्रमणका कारण पर्यटक आगमनमा कमी आएको बताए । अघिल्लो वर्ष मुख्य सिजनसम्म पर्यटक आएको भए पनि गत वर्षभर नै प्रभावित बनेकाले पर्यटकको संख्यामा कमी आएको उनले जानकारी दिए । गत आवमा विदेशी पर्यटक आउन नपाउँदा संख्यामा निकै कम भएको हो ।

    लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो भने गत वैशाख १६ गतेदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ । केही दिनमा नै प्रवेश खुलाइने बरालले जानकारी दिए । उनका अनुसार वर्षात्को समयमा निकुञ्ज बन्द हुने भए पनि सामुदायिक वनका गतिविधि खोलिने छ ।

    निकुञ्जमा पर्यटक घटेपछि आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयाँ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क आम्दानी घटेर दुई करोड ५५ लाख ३७ हजार ८२८ रुपैयाँ सङ्कलन भएको छ । निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ ।

    ती क्षेत्रबाट अघिल्लो आवमा एक करोड १८ लाख ७० हजार ६१७ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । ती क्षेत्रबाट एक करोड ८८ लाख २४ हजार ३३८ रुपैयाँ आम्दानी भएको जनाएको छ । निकुञ्जमा हुने आम्दानीको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरी सरकारले फिर्ता पठाउने गर्दछ । आम्दानी घटेसँगै यसको प्रत्यक्ष प्रभाव मध्यवर्ती क्षेत्रमा पर्दछ ।

    निकुञ्ज र जनताबीचको द्वन्द्व घटाउन मध्यवर्तीको अवधारणा ल्याएर यहाँ सङ्कलित राजस्वको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरिएको हो । निकुञ्जमा मुख्यरुपमा हात्तीमा चढेर दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ, घडियाल गोही, चरालगायत हेर्न पर्यटक आउने गर्दछन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले भूकम्प, नाकाबन्दी, नारायणगढ मुग्लिन सडकको समस्याजस्ता समय समयमा आउने बाधा व्यवधानले खस्किएको यहाँको पर्यटन क्षेत्र कोरोनाबाट थप प्रभावित बनेको बताए । रासस

  • सुजिता भण्डारीको शव परिवारले बुझे

    सुजिता भण्डारीको शव परिवारले बुझे

    चितवन । जंगलमा मृत भेटिएकी राप्ती–३ कि सुजिता भण्डारीको शव परिवारले २ सातापछि बुझेका छन् । हत्यारा सार्वजनिक नभएसम्म शव नलिने अडानमा रहेका परिवार तथा आफन्तले आज विहान शव बुझेका हुन् । बुबा र उनका आफन्तले शव बुझेका हुन् ।

    चितवन प्रहरीका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले काठमाडाैंकाे महाराजगञ्जस्थित शिक्षण अस्पतालको शवगृहबाट परिवारले आज विहान शव बुझेको जानकारी दिए ।

    असार ११ गते साथीलाई तरकारी लिन आउँदै छु भनेर म्यासेज गरी घरबाट निस्केकी सुजिता असार २० गते घर नजिकैकौ सामुदायिक वनमा मृत भेटिएकी थिइन् । घरबाट निस्केको करिब ६ घण्टापछि उनले आफू अपहरणमा परेको भन्दै दिदिसँग मोबाइलमा कुराकानी गरेकी थिइन् ।

    वेपत्ता सुजिताको शव फेला परेपछि हत्या भएको आशंका गरिएको थियो । पोष्टमाटर्मको प्रारम्भिक रिपोर्टमा कुनै तथ्य फेला नपरेपछि भिसेरा परीक्षण थालिएको थियो । तर, भिसेरा परीक्षणको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।

    स्थानीय स्रोतका अनुसार उनकाे आजै देवघाटमा दाहसंस्कार गरिनेछ । सुजिताकाे शव अहिले चितवन लगिँदै छ। प्रहरीले घटनाको तथ्यबारे केही दिनमा सार्वजनिक गर्ने बताएकाे छ ।

  • विद्युत् सर्ट हुँदा फर्निचर उद्योगमा आगलागी

    विद्युत् सर्ट हुँदा फर्निचर उद्योगमा आगलागी

    चितवन । भरतपुर-४ दुर्गाचोकमा रहेको फर्निचर उद्योगमा भएको आगलागी भएको छ । तेज इन्टरप्राइजेजमा तयारी फर्निचर, प्लाई, फर्माइका लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

    उद्योग सञ्चालक तेजु निउरेका अनुसार क्षतिको यकिन विवरण तयार गरिँदै छ । ‘एक्कासी आगो बल्न थाल्यो, लाखौँ क्षति भएको छ’, उनले भने, “प्रहरीको रोहवरमा क्षतिको विवरण लिने काम भैरहेको छ ।’

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डिएसपी सूर्यबहादुर थापाले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताए । आगलागी दिउँसो १:१० बजे भएको थियो । भरतपुर महानगरको २ र खैरहनी नगरपालिकाको १ दमकलले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएका छन् ।

    आगो नियन्त्रणमा आएको प्रवक्ता थापाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सहितको टोली पनि आगो निभाउन खटिएको थियो । आगलागीबाट भएको क्षति विवरण आउन केही समय लाग्ने चितवन प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति  भने भएको छैन ।

  • ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

    ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

    चितवन । भरतपुरमा ट्र्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ । ना ४ त ३१५२ नम्बरको ट्याक्टर चालक भरतपुर-५ का ३४ वर्षका सन्दीप मगरको मृत्यु भएको हो ।

    रोपाईंका लागि खेत जोत्ने क्रममा विहान ८ बजे एक्कासी चक्का भासिएर ट्र्याक्टर पल्टिएको थियो । कैलाशनगरमा चन्द्र सिग्देलको खेत जोत्दा दुर्घटना भएको हो ।

    गम्भीर घाइते सन्दीपको उपचारका क्रममा भरतपुर अस्पतालमा विहान पाैने ९ बजे चिकित्सकले मृत घाेषणा गरेका थिए ।

  • बाढीले चितवनमा दुई हजार विघा बढीको बालीमा क्षती

    बाढीले चितवनमा दुई हजार विघा बढीको बालीमा क्षती

    चितवन । बाढी पहिरोका कारण चितवनको दुई हजार बढी विघामा लगाइएको कृषि बालीमा नोक्सान पुगेको छ । धान, मकै, केरा र तरकारी खेतीमा बाढीले असर पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यो वर्षको मनसुन सुरु भएपछि असार तेस्रो हप्तासम्म २३ सय विघामा कृषि बालीमा क्षती पुगेको प्रारम्भिक विवरण संकलन गरेको छ ।

    कार्यालयका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत राजन ढकालले जिल्लाका सात वटै स्थानीय तहबाट विवरण संकलन गर्ने काम जारी रहेको बताए । ‘प्रारम्भिक भएकाले विवरण अझै थपिने क्रममै छ’, उनले भने, ‘इच्छाकामना गाउँपालिकाबाट क्षतीको विवरण आइपुगेको छैन ।’

    यो गाउँपालिकामा पहिरोले धेरै खेती नष्ट भएको अनुमान छ । ढकालका अनुसार बाढीले सबैभन्दा धेरै धान खेतीमै असर पारेको छ । जिल्लामा करिब १ हजार ३ सय ८० विघामा लगाइएको धान खेतीमा बाढी पसेको छ ।

    २० विघा क्षेत्रफलमा लगाइएको केरा बगान पनि बाढीले डुबाएको छ । असार १७ गते कयर खोलामा आएको बाढीले पूर्वीचितवनका किसान बढी प्रभावित बनेका थिए । कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार सबैभन्दा धेरै क्षती भरतपुर महानगरमै पुगेको छ ।

    महानगरमा ८ सय विघा, कालिकामा ६ सय ३५ विघा, खैरहनीमा २ सय ९६ विघा, रत्ननगर, राप्ती, र माडी नगरपालिकामा दुई-दुई सय विघामा लगाइएको कृषि बालीमा क्षती पुगेको छ । बाढीले क्षती पुर्‍याएका ठाउँमा तत्कालै राहत तथा पुनःस्थापनाका लागि समन्वय भैरहेको उनले बताए । ‘वैकल्पिक खेती के हुनसक्छ भनेर अध्ययन गरेका छौँ, किसानले क्षती भोग्न नपरोस् भनेर लागेका छौँ’, उनले भने, ‘राहतका लागि जिल्ला विपत व्यवस्थापन समितिले निर्णय गर्नेछ ।’

  • माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष मृत भेटिए

    माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष मृत भेटिए

    चितवन । माछा मार्न ह्युम पाइपभित्र छिरेका भरतपुर-३ का ३४ वर्षीय लालबहादुर श्रेष्ठ मृत भेटिएका छन् ।

    बाह्रघरे क्षेत्रको पानी निकास गर्न राखिएको ह्युप पाइपभित्र छिरेका श्रेष्ठलाई डोजरको सहायताले पाइप निकालेरै खोजिएको थियो ।

    घरबाट करिब ४ सय मिटर परको सो ह्युम पाइपमा साथीहरूसहित उनी आज बिहान माछा खोज्न पुगेका थिए । श्रेष्ठ ह्युम पाइपभित्र छिरेर माछा धपाउन लागे । उनका साथी नारायणी नदी किनारमा पाइपको मुखको भागमा जाली लिएर बसेका थिए । तर, लालबहादुरलाई धेरै बेर नदेखेपछि स्थानीयले नजिकको प्रहरीमा खबर गरेका थिए ।

    ‘सतहको पानी निकासका लागि करिब ७ फिट तल ह्युम पाइप राखिएको थियो । करिब ४० मिटरसम्मको ह्युप पाइप निकालेपछि बल्ल उनको शव भेटियो’ , वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले बताए ।

  • चितवनका नेचर गाइडद्वारा पेशागत सुरक्षाको माग

    चितवनका नेचर गाइडद्वारा पेशागत सुरक्षाको माग

    चितवन । नेचर गाइड एशोसियसन चितवनले कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ । सौराहामा पत्रकार सम्मेलन गर्दै एशोसियसनले फ्रन्टलाइनमा बसेर पर्यटन प्रवर्धनमा क्रियाशील हुने भएकाले खोपको व्यवस्था गर्न माग गरेको हो । अध्यक्ष राजेन्द्र धामीले ४ बुँदे मागहरु राखे ।

    उनका अनुसार नेचर गाइडहरुलाई कोभिड विरुद्ध खोपको व्यवस्था, नवीकरण शुल्क मिनाह, रोजगारी सृजना गर्नुपर्ने र नेचरगाइड कार्यविधि बनाउनुपर्ने मागहरु राखेका छन् । ‘सफारी पर्यटन सुचारु गर्न खोप अतिआवश्यक पर्छ,’ उनले भने, ‘जोखिम समूहमा पर्ने भएकाले तत्कालै खोपको व्यवस्था मिलाउनुपर्छ ।’

    लगातारको लकडाउनले दक्षजनशक्ति पलायनको स्थितिमा पुगेकोमा उनले चिन्ता व्यक्त गरे । ‘जनशक्ति नै पलायन हुँदैछ, भविष्यमा सफारी पर्यटनमा असर देखिनेछ,’ उनले भने, ‘अहिल्यै वार्षिक नवीकरण शुल्क मिनाह गरियोस् ।’ नेचरगाइडहरुलाई अन्य रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।

    वन्यजन्तु, वातावरण संरक्षणमा समेत योगदान गर्दै आएकाले नेचर गाइडहरुलाई अन्य रोजगारीका अवसरमा पहुँच बढाउनुपर्ने माग गरे ।

    निकुञ्ज, मध्यवर्ती क्षेत्रको जंगलमा सफारी, सांस्कृतिक पर्यटनबारे पर्यटकलाई सहिसूचना प्रवाह गर्ने काममा नेचर गाइडहरु क्रियाशील छन् । चितवन राष्ट्रिय निकुञ्जमा पथ प्रर्दशक ७ सय बढी छन् । ती मध्ये ५ सय जना नेचरगाइडहरु छन् । सौराहामा मात्रै ४ सय जना क्रियाशील छन् ।

    जसमध्ये १ सय ५० जना होटलमा, १ सय ५० जना गाइड अफिसमा र १ सय जना स्वतन्त्र पथप्रर्दशक छन् । कोभिडका कारण २ वर्षदेखि चितवनको पर्यटन पनि प्रभावित छ । पूर्व अध्यक्ष उदयचन्द्र अर्यालले नेचरगाइडको आयआर्जनै अहिले बन्द अवस्थामा रहेको बताए ।

    ‘सिजनमा २० देखि ७० हजार आम्दानी गर्नेहरु अहिले आम्दानी विहिन छन्,’ उनले भने, ‘सरकारले पलायन हुनबाट जोगाओस् ।’ १५ दिनसम्मको तालिम पछि निकुञ्जले दिएको प्रमाणपत्रका आधारमा पथप्रर्दशक (गाइड) को परिचय पत्र पाउँछन् । परिचयपत्र नवीकरण गर्न वार्षिक २ हजार शुल्क तिर्नुपर्छ । केही वर्षयता सीटीईभीटी मार्फत गाइड सम्बन्धी कोर्ष हुन थालेको छ । सफारी पर्यटनको मुख्य जनशक्तिलाई वेवास्ता नगर्न उनले तीनै तहका सरकारसँग आग्रह गरे ।

  • अभियन्ताले अनुसन्धानमा भाँजो हालेकै हो ? यस्तो थियो सावित्री सुवेदीको ‘सडक फैसला’

    अभियन्ताले अनुसन्धानमा भाँजो हालेकै हो ? यस्तो थियो सावित्री सुवेदीको ‘सडक फैसला’

    चितवन । चितवनकी सुजिता भण्डारीको रहस्यमय मृत्युबारे प्रहरीको अनुसन्धान जारी छ । जिल्लाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले हिजो सामाजिक अभियन्ताले नेतृत्व गरेको आन्दोलनका कारण अनुसन्धानमा अवरोध पुगेको भन्दै तीतो पोखे ।

    सिमित पत्रकारहरुसँग एसपी अधिकारीले भनेका थिए, ‘पीडितको परिवारलाई भनेका बेला भेट्न नपाएको अवस्था छ । कर्फ्यू व्यवस्थापनमा खटिनैपर्‍यो । काठमाडौंबाट आएका केही अभियन्ताले समाजलाई भड्काउने काम गरे ।’

    सुजिता बेपत्ता भएको घटनादेखि चितवनमा युट्यूवर र अभियन्ताहरू बाक्लै सल्बलाउन थालेका थिए । सुजिताको शव भेटिएसँगै विरोध प्रदर्शन शुरू भयो । प्रदर्शनका क्रममा आवागमन अवरोध गर्नेदेखि लिएर नाराजुलुस भए । आन्दोलनकारी प्रहरीविरुद्ध खनिए । प्रहरीकै चरम लापरवाहीले मृत्यु हुनपुगेको उनीहरुले आरोप लगाएका छन् । पोष्टमार्टमको रिपोर्टमाथि पनि उनीहरूको विश्वास छैन ।

    प्रहरीले भने भिसेरा रिपोर्ट आएपछि बल्ल निस्कर्षमा पुग्न सजिलो हुने बताएको छ ।

    एसपी अधिकारीले हिजो आयोजित पत्रकार सम्मेलनमा भने, ‘धेरै सूचना संकलन गरिसकिएको अवस्था छ । अनुसन्धानकै चरणमा भएकाले डिटेलमा भन्न मिल्दैन ।’

    चितवन प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापा घटनालाई विषयान्तर गर्दै भीडलाई उग्र बनाउने काममा केही अभियन्ता लागेको बताउँछन् ।

    उनले भने, ‘रिपोर्ट आइसक्यो भनेर भ्रम छरेछन् । आगो नबालेसम्म केही हुँदैन भन्दै शान्तिपूर्ण आन्दोलनमा रहेका स्थानीयलाई उक्साउने काम पनि भए । कर्फ्यू नै लगाउनुपर्ने अवस्था सृजना गरियो ।’

    महिला अधिकारवादी अभियन्ताका रूपमा चिनिएकी (पेटीकोट आन्दोलनबाट चर्चित) सावित्री सुवेदी काठमाडौंबाट चितवन आएर आन्दोलन चर्काउन उद्द्धत भइन् । उनले प्रहरीका कारण सुजिताको हत्या भएको दावी गरिन् ।

    सुवेदीले असार २२ गते झुरझुरेमा आयोजित एउटा प्रदर्शनका क्रममा ‘फैसला’ सुनाएकी थिइन्, ‘सुजितालाई अपहरण गरियो, बलत्कार गरियो र हत्या गरियो यसमा दुई मत छैन । उनको हत्यामा प्रहरी जिम्मेवार छ ।’

    उनी थप्छिन्, ‘महिलाको केसलाई मजाकका रूपमा लियो । उमेर पुगेकी छोरी थिइन, पोइला गई भनेर बर्दीमा बसेको प्रहरीले भन्न मिल्छ ? प्रहरीको चरम लापरवाहीले सुजिता भण्डारीको मृत्यू भएको हो । त्यसकारणले गर्दा प्रहरीलाई तुरुन्तै गिरफ्तार गरियोस् ।’

    प्रहरीले आफूलाई बारम्बार फोन गरेर ‘तँ त्यहाँ किन गएको ?’ भन्दै दबाब दिएको उनको भनाइ छ ।

    सावित्रीले भनेकी छन्, ‘ए बाबा, म जस्तो छोरी मरेको छ, भोलि म मरे भनेँ ? हामी न्यायका लागि आएका हौँ, हामी कसैसँग डराउनेवाला छैनौँ ।’

    ‘त्यहाँ किन गएको रे ? महिला हिंसा भएको छ, बलात्कार गरेर मारेको छ । न्यायको वकालत गर्न यहाँ आएको हो । कसैले रोक्ने वाला छैन । डराउनेवाला पनि छैनौँ,’ उनी भन्छिन् ।

    अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनका अध्यक्ष संगीता भट्टराई भने अभियन्ताले अनुसन्धानलाई प्रभावित बनाएको आरोप स्वीकार गर्दिनन् ।

    उनले भनिन्, ‘सूचना दिने, अनुसन्धान छिटो गर, समाजमा अपराध नहोस् भनेर भन्नु गलत हुन्छ र ? यो घटनामा प्रहरीकै उदासिनता छ, होइन र ?’

    आफूहरू शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको र स्थानीयलाई नै आन्दोलनको नेतृत्व लिन सुझाएको भट्टराईले बताइन् ।

    ‘खबरदारी निरन्तर गर्नुपर्छ, तर घटनालाई अतिरञ्जित गर्नु हुँदैन भन्नेमा हामी सजग छौँ,’ उनले भनिन, ‘बाहिरबाट आएका अभियन्ताबारे हामी जानकार छैनौँ, अनावश्यक एक्सपोज गरेर युट्युवमा बढी भ्यूज बटुल्ने काम हुनु हुँदैन ।’

    यौनजन्य हिंसाविरुद्ध चितवनकी संयोजक महिला अधिकारकर्मी मीना खरेल अनुसन्धानलाई सघाउने काममा लागेको बताउँछिन् ।

    ‘चितवनमै चरणबद्ध घटना भएका छन् । दोषी पत्ता लगाएर सार्वजनिक गर्नुपर्छ,’उनले भनिन्, ‘सुजिता लगायतका घटनाको वास्तविकता छिटोभन्दा छिटो सार्वजनिक गर्न प्रहरी लाग्नैपर्छ ।’

    चितवनका राजनीतिक, महिला संघ-संगठन, महिला अधिकारकर्मीहरूले राप्ती-३ झुरझुरेमा केन्द्रित भएर आन्दोलन गर्न नचाहेको देखिन्छ । उनीहरू स्थानीयको शान्तीपूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सदरमुकाम केन्द्रित बने । मौनजुलुस, विज्ञप्ति निकाल्ने, प्रहरी प्रमुखलाई भेटेर दबाब दिने, चौविसकोठीमा शोकसभा गर्नेजस्ता काम उनीहरूले गरे । सावित्राले भने असार २२ गते झुरझरेमै पुगेर उत्तेजक भाषण गरेकी थिइन् ।

    यो घटनामा आफूलाई अभियन्ताको रूपमा समेत प्रस्तुत गर्ने केही युट्यूवरहरुले पनि निकै उछाल्ने काम गरे । युट्यूवमा अतिरञ्जित र भ्रामक हेडलाइनसहित पोष्ट भएका भिडियोले पनि सर्वसाधारणलाई भड्काउने काम गरेको प्रहरीको निस्कर्ष छ ।

    चितवनको राप्ती-३ प्रगतिपुरकी २३ वर्षिया सुजिता असार ११ देखि बेपत्ता भएकी थिइन् । घरनजिकैको सामुदायिक बनमा उनी २० गते मृत भेटिइन् । बेपत्ता भएकै दिन दिउँसो दिदीलाई फोन गरी आफू अपहरणमा परेको भन्दै बचाउन आग्रह गरेकी सुजिता अन्ततः मृत फेला परेकी हुन् ।

    जीवित आउने आशमा रहेका स्थानीय २१ गते सुजिताको शवसहितको एम्बुलेन्सलाई राजमार्गमा देखेपछि आक्रोशित बनेका थिए । करिब ८ घण्टा नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गको राप्ती-३ झुरझुरेमा उनीहरूले प्रर्दशन गरे । २२ गते पनि दिनभर प्रर्दशन भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले लोथरपुलदेखि डडुवासम्मको राजमार्गको ५ सय मिटर दायाँ-बायाँ भागमा लागु हुनेगरी २२ गते साँझ ७:३० बजेदेखि २४ गते साँझ ७:३० बजेसम्म कर्फ्यू नै लगायो । सिमरा चोकमा अश्रुग्याँस प्रहार भयो भने स्थानीय र प्रहरीबीच झडपहरु भए ।

    १३ जना प्रहरी स्थानीयले हानेको ढुंगाले लागेर घाइते भए । तर, केही पर स्थानीयले टायर बाल्ने, सडकमा अवरोध गर्न छाडेनन् । प्ले कार्ड बोकेर भण्डारा बजार, वीरेन्द्रनगरमा शान्तिपूर्ण र्‍याली निस्क्यो । खुरखुरे चोकमा न्याय माग्दै नाराबाजी रोकिएन । स्वतस्र्फुत निस्केको र्‍याली, प्रदर्शनलाई केही अभियान्ताले भड्काएको बुझाइ प्रहरीको छ ।

  • सुजिता मृत्यु प्रकरणबारे चितवन प्रहरी : धेरै सूचना संकलन भइसकेको छ (भिडियो)

    सुजिता मृत्यु प्रकरणबारे चितवन प्रहरी : धेरै सूचना संकलन भइसकेको छ (भिडियो)

    चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले पहिलोपटक पत्रकार सम्मेलन गर्दै अनुसन्धानमा भएको प्रगतिबारे आज जानकारी दिएको छ । अहिलेसम्म प्रहरीले १ सय बढी व्यक्तिबाट सूचनाहरू संकलन गरेको जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले अनुसन्धान कार्य जारी रहेको भन्दै केही दिनमै तथ्यहरू सार्वजनिक गर्ने बताए ।

    ‘अहिले हामी प्रारम्भिक चरणमै छौँ, हामीले १ सयजना मानिससँग सम्पर्क गरेर केही चिजहरू पाएको अवस्था छ,’ उनले भने, ‘अहिले अनुसन्धानकै चरणमा भएकाले डिटेलमा गएर भन्न सक्ने अवस्था भएन ।’

    भिसेराको रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने उनको भनाई छ । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टबारे चलाइएको भ्रममा नपर्न समेत उनले स्थानीयलाई आग्रह गरेका छन् ।

    चितवनका प्रहरी प्रमुख एसपी अधिकारीको भनाइ जस्ताको तस्तैः

    घटना असार ११ गतेको हो । करिब १२:३० बजे प्रहरीलाई राप्ती ३ बाट सुजिता भण्डारीको अपहरण भएको सूचना आया । अपहरणकारीले एउटा गाडीमा राखेर लगेको भनिएको थियो ।

    सुजिताको दिदी कवितालाई सूचना आउनासाथै प्रहरी त्यतिखेरै एक्टिभेट भएको हो । प्रहरीले दुई किसिमबाट अनुसन्धान थाल्यो । एउटा म्यानुअल्ली- बाटो-बाटोमा चेक गर्ने । विशेषगरी होटल, रेष्टुरेन्ट चेक गर्ने, नाकामा चेक गर्ने, नजिकका जिल्लाहरूलाई हुलिया तुरुन्तै परिपत्र गरेर चेक गर्ने । अर्को टेक्निकल्ली । अनुसन्धानका क्रममा केही स्थानीय र पीडितलाई साथै लिएर गयौं ।

    हामी खोज्ने क्रममै थियौँ । २० गते अचानक एक युवतीको लास राप्ती ३ को बह्रम्स्थानी सामुदायिक वनमा छ भन्ने खबर आयो । एकजना च्याउ खोज्न जाने मानिसले खबर गरेपछि हामी तुरुन्तै त्यहाँ पुग्यौं । परिवारका सदस्यलाई पनि बोलायौं । उहाँहरूले सनाखत गर्नुभयो ।

    त्यो घटनालाई बडो गम्भीरताका साथ लिएकै थियौँ । साँझ परिसकेकाले घटनास्थललाई विभिन्न विधी प्रयोग गरेर सुरक्षित राखी प्रहरी इन्सपेक्टरको कमाण्डमा टोली खटाएर स्थानीयलाई पनि राखेर रातभरी बस्यौँ । बिहान सबेरै मेरै नेतृत्वमा विज्ञ सहितको टोली अनुसन्धानमा सीआइवी, उपलब्ध कुकुर र पोष्टमार्टम गर्ने डाक्टर लगेर घटनास्थल हेर्‍यौं ।

    त्यहाँ खाजतलास गर्दा एउटा माउन्टेन ड्युको बोतलमा तरल सेतो पदार्थ लगायतका कुराहरू भेटिए । त्यसलाई हामीले प्रमाणका रुपमा संकलन गर्‍यौँ । हामीसँग अब अनुसन्धानका लागि बढी तथ्यहरू दिनसक्ने भनेको पोस्टमार्टम रिपोर्टले हो । हामीले तुरुन्तै डेड बडीलाई पोस्टमार्टम गराउन ज्ुट्यौं ।

    तथ्य नजिक पुग्न सकियोस् भनेर नेपालमा उपलब्ध विज्ञ समूहबाट पोस्टमार्टम गर्ने कुरा भयो । त्यसका लागि शवलाई काठमाडौं लैजाने प्रयास गर्‍यौँ । तर दु:खको साथ भन्नुपर्छ- शव लिएर परिवारका सदस्यको साथ हामी गइरहँदा एकथरी समूहले अवरोध पुर्यायो । त्यतिखेर हामीसँग दुई विकल्प थिए । बल प्रयोग गरेर अघि बढ्ने र उहाँहरूको भनाइ के रहेछ सुन्ने थियो । संवेदनशील घटना भएकाले हामीले बल प्रयोगको विकल्प रोजेनौँ ।

    उहाँहरूसँग हामी कुरा गर्न खोज्यौँ । तर अनियन्त्रित जमात जस्तो भएको हुनाले समस्या पर्‍यो । बेलुका शवलाई यहाँ ल्यायौँ । परिवारका सदस्यलाई छुट्टै एम्बुलेन्स खोज्यौँ । शवलाई पनि शवबहान खोजेर तुरुन्तै काठमाडौं पठायौँ । काठमाडौंमा विज्ञको समूहले पोष्टमार्टम गरिसकेका छ ।

    पोस्टमार्टमको प्रोसेस के हुन्छ भने डाक्टरले आवश्यकताअनुसार त्यो भिसेरा झिकेर ल्यावमा पठाएर रिपोर्ट आएपछि निस्कर्ष निकाल्नुहुन्छ । अहिलेको पोष्टमार्टम सम्पन्न भैसकेको, भिसेरा झिकेर ल्यावमा पठाएको अवस्था छ । त्यो भिसेरा सामान्यतया प्रहरीको सुविधासम्पन्न ल्यावमा पठाउँछौँ । तर, यो केसमा हामीले खुमलटार पठाएका छौँ । सम्भवत केही दिनभित्र पोस्टमार्टम रिपोर्ट प्राप्त गर्न सक्छौँ । अहिलेसम्मको अनुसन्धान प्रगति यही हो ।

    मृतकको दिदीले बेलुका आफूसँगै एउटै बेडमा सुतिरहेको बहिनी बिहान उठेर आफुखुशी हिँडेको बताउनुभएको छ । घरबाट कसैले जवरजस्ती गरेको छैन । दिदी कविताले मोबाइल चार्जमा राखेर बस्नुभएको थियो । त्योबेला अलि पछाडी बहिनीको मिस्कल आएको देखियो । उहाँहरूको भनाइलाई आधार मान्ने हो भने ६-७ रिंग लगातार आउँदा कसैले रेस्पोन्स गरेन । उहाँले के भन्नुहुन्छ भने म आएर मिस्डकलहरू देखेपछि बहिनीलाई कल गरेँ । कल गर्दा बहिनीले ‘म अपहरणमा परेँ, आँखामा पट्टी बाँधेको छ, स्प्रेहरू पनि छर्केको छ’ भन्नुभयो ।

    त्यसपछि फेरि दोहोरो कल भएको छ । यताबाट कल गर्दा पनि रिसिभ भएको छ । उताबाट पनि कल भएको अवस्था देखिन्छ । बीचमा त्यही नम्बरबाट निजले डाटा प्याक पनि लिएको देखिन्छ । त्यसो भएकाले सुरुमा अनुसन्धानमा अलिकतै जटिलता थपिएको कै हो ।

    एउटा अपहरणमा परेको मान्छेले सहजरूपमा फोन उठाउन सक्ने र सहज रुपमा रिप्लाई गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन भनेर हामी सुरुमा अल्मलियौं । प्रमाणित नभएसम्म हामी पिडितले दिएको सूचनालाई नै आधार मान्छौँ । पीडितको सूचना नै हाम्रो प्रारम्भिक सूचना हो । तर, अर्को एंगलबाट पनि हामीले अनुसन्धान गरिरहेकै अवस्था थियो । बीचमा हामीले धेरै समूह बनाएका छौँ ।

    डे वानबाटै सौराहादेखि कुमजारेजतिर बेस्सरी खोजिरहेका थियौँ । धेरै प्रहरी परिचालित गराएर धेरै सूचना हामीले संकलन गरिसकेको अवस्था छ । यो बीचमा हामीले १ सयजना मानिससँग सम्पर्क गरेर केही चिजहरू पाएको अवस्था छ । अहिले अनुसन्धानकै चरणमा भएकाले डिटेलमा गएर भन्न सक्ने अवस्था भएन । अनुसन्धानको गोपनीयता राख्नुपर्ने भएकाले सूचनाहरू हामीले डेलिभर गर्न सनक्ने हाम्रो बाध्यता हो । हामी ९० प्रतिशत फिल्डमै छौँ ।

  • चितवनका महिला संगठनको माग- सुजिता मृत्यु प्रकरण निष्पक्ष छानविन होस्

    चितवनका महिला संगठनको माग- सुजिता मृत्यु प्रकरण निष्पक्ष छानविन होस्

    चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणको निष्पक्ष छानविन गर्न राजनीतिक दलनिकट चितवनमा महिला संगठनले माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले निष्पक्ष छानविन, गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई कानूनी कठघरामा उभ्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

    नेपाल महिला संघ चितवनका अध्यक्ष पार्वती शाह ठकुरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिका अध्यक्ष अम्बिका मुडवरी र जिल्ला अध्यक्ष संगिता भट्टराई, अखिल नेपाल प्रगतिशील महिला संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे, अखिल नेपाल महिला संघ चितवन अध्यक्ष सुशिला लामिछाने, समाजवादी महिला संघ नेपाल चितवनका सचिव माया पोखरेल, अखिल नेपाल महिला संघ (राष्ट्रिय जनमोर्चा) चितवनका अध्यक्ष सीता आचार्यले यस्ता घटनामा राज्य जिम्मेवार नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

    नियन्त्रण र अपहरणमा परको सूचना स्वयमले दिएपछि पनि खोजअनुसन्धानले परिणाम हासिल गर्न नसकेको, जंगलमा शव भेटिनुले गम्भीर आशंका र अनेक प्रश्नहरू उब्जिएको विज्ञप्तिमा उल्लेख छ । असार ११ गते हराएकी राप्ती-३ की सुजिता भण्डारी २० गते जंगलमा मृत फेला परेकी थिइन् ।

  • चितवनबाटै हराइन् अर्की युवती, प्रहरी नियन्त्रणमा प्रेमी

    चितवनबाटै हराइन् अर्की युवती, प्रहरी नियन्त्रणमा प्रेमी

    चितवन । नवलपुर जिल्लाको गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता छिन् । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजी जारी रहे पनि कुनै सुराक प्राप्त भएको छैन ।

    बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खाजी गर्दासमेत छोरी फेला पार्न नसकेको बताए ।

    उनले भने, ‘लगातार खोजेका छौँ, चितवन र गैंडाकोट प्रहरीलाई खबर गरेका छौँ । तर, अहिलेसम्म कुनै खोजखबर छैन ।’

    गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी थिइन् । १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो ।

    ‘पीर नगर्नु बुबा म आउँछु भनेकी थिई,’ बुवा जायेश्वर भन्छन्, ‘हराएको राति ३ पटक कुरा भएको थियो । त्यसपछि छोरीको आवाज सुन्न पाएको छैन ।

    अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ । गैडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले एक जनालाई सोही दिन पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् ।

    ‘गैडाकोटको केटी भए पनि चितवनबाट हराएकाले चितवन प्रहरीले यो केस हेरिरहेको छ,’ उनले भनिन्, ‘कतै लुकेर बसेकी छन् कि भनेर हामी आसपासमा सबैतिर खोजिरहेका छौँ ।’

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले पक्राउ परेका युवाबिनाका प्रेमी भएको खुलेको बताए ।

    घटना के थियो ?

    बिना भरतपुर-४ यज्ञपुरीका सुजन (नाम परिवर्तन) सँग प्रेम सम्बन्धमा थिइन् । फेसबुकमार्फत चिनजान भएको ५ वर्ष भएको थियो । ९ महिना लण्डन बसेका सुजन दाजुको बिहेमा सहभागी हुन वैशाखतिर नेपाल आएका थिए । बेलाबखत विनाको घरमा पुगिरहन्थे । सुजन असार १४ गते खाजा खाएर विनाकै घरबाट साढे बजेतिर निस्केका थिए ।

    अर्की युवती डिना (नाम परिवर्तन) ले स्कूल पढ्दादेखि नै सुजनलाई मन पराउँथिन् । डिना र सुजनको घर करिब १ किलोमिटर आसपासमा पर्छ । सुजनसँगै भएका बेला नयाँ म्यासेज देखेपछि बिनाले नै डिनालाई भेट गराउन दबाब दिइन् । डिनाको घरमा पुर्‍याएर गफिएपछि विना एक्कासी बेहोस बनिन् । सुजनले तत्कालै विनाका बुबालाई गरे ।

    ‘एक्लै नछाड, सँगै ल्याऊ’ बुबाले भने । तर, होस खुलेपछि विना एक्लै चौविसकोठीतिर लागिन् । सुजन स्कुटर लिएर पछि लागे । अन्ततः सुजनले फकाएर विनालाई स्कुटरमा राखे ।

    चौविसकोठीमा पुर्‍याएपछि चलाएको स्कुटर लैजान साथीलाई बोलाए । घर जान नमानेपछि सुजनले फेरी बुबालाई राति ८ बजेतिर फोन गरे ।

    ‘बाबा म आधा घण्टामा घर आइपुग्छु भनेर छोरीले भने पनि मन ढुक्क थिएन, तिमीले नै ल्याइदेउ, कि मै आउँछु भनेर उसलाई सम्झाएको थिएँ,’ विनाका बुबा जायेश्वर सम्झिन्छन् ।

    विनालाई ‘एक छिन पर्ख’ भनेर सुजन चौविसकोठीमा रहेको एटीएमतर्फ लागे । सुजनका अनुसार फर्केर आउँदा विना त्यहाँ थिइनन् ।

    ‘बुबा, विना हराइन्’ भन्दै सुजनको फोन पाएपछि बुबा जायेश्वर अटोमा चढेर नारायणगढ आए । सुजन अत्तालिदै अटो चढेर विनाको घरनजिकैको चोकनेर पुगे । फेरि फोनमा कुराकानी भएपछि दुबै भेटिए । राति १२ बजेसम्म सडक छेउछाउमा खोजे, तर भेटेनन् । त्यसपछि बुबाले गैडाकोट प्रहरीलाई खबर गरेर सुजन प्रहरी नियन्त्रणमा परे ।

    विना र सुजन (परिवर्तित नाम) दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसीपमा रहेको इन्फो राखेका छन् । विनाको परिवार सुजनसँग बिहे गराउन तयार थियो । तर, केटापक्ष अहिल्यै बिहे गर्न नहतारिने पक्षमा थियो । केटापक्ष भने यी दुईबीच सम्बन्ध भए-नभएकोबारे अनभिज्ञ रहेको बताउँछन् ।

    ‘यो घटनाबारे म अनभिज्ञ छु, भोलिपल्ट साढे १० बजे तपाईको छोरा यहाँ छ भनेपछि बल्ल थाहा पाएँ,’ सुजनका बुबा भन्छन्, ‘अहिले दुबै परिवारले समन्वय गरेर विनाको खोजी गरिरहेका छौँ ।’

    २३ वर्षिय छोरा अरोपित बनेकाले विना सकुसल फेला परुन् भन्ने कामना गर्दै खोजविनमा लागेका छन् दुवै परिवार । भरतपुर, गैडाकोट, बुटवल लगायतका ठाउँमा खोजी भइरहेको छ ।

    चितवनमै ११ दिनदेखि वेपत्ता भएकी सुजिता भण्डारीको तीन दिनअघि शव फेला परेको थियो । घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीयले आन्दोलन गरिरहेका छन् ।

  • सुजिताकी आमा भन्छिन्- घरबाट निस्केपछि छोरीले फोन गरेर गुहार मागेकी थिई

    सुजिताकी आमा भन्छिन्- घरबाट निस्केपछि छोरीले फोन गरेर गुहार मागेकी थिई

    चितवन । आइतबार जंगलमा भृत भेटिएकी चितवनकी सुजिता भण्डारीले आफू अपहरणमा परेको भन्दै फोन गरेर गुहार मागेको आमा अम्बिकाले बताएकी छन् । उनले आफ्नी छोरीको हत्यारा पत्ता लगाएर सजाय दिलाउन अनुनय गरिन् ।

    राप्ती नगरपालिका-३ झुरझुरेस्थित घरबाटै ११ दिनदेखि सम्पर्क भएकी २२ वर्षिया सुजिताको हिजो शव फेला परेको थियो । घरबाट चार किलोमिटर पर ब्रम्हस्थानी सामुदायिक वनको झाडीभित्र उनको शव भेटिएपछि हत्यारा पत्ता लगाउन माग गर्दै पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन भइरहेको छ ।

    आमा अम्बिकाले छोरी ‘अपहरण’ मा परेको दिन आफूहरू बिहानै रोपाइँमा गएको बताइन् ।

    उनले भनिन्, ‘हामी रोपाइँमा गएका थियौँ । घरबाट छोरी अपहरणमा परेपछि मात्रै थाहा भयो । उसले फोन गरेर आफूलाई बचाउन गुहार मागेकी थिई तर सकिएन ।

    अम्बिकाको भनाइ जस्ताको तस्तै :

    … नानी यहाँबाट हिँडिछे । आफूलाई थाहा छैन । धानको रोपाइँ भएकाले हामी हिँड्नु परिगो । नानीहरू घरमै थे । उनीहरू बिहान आफ्नै सुरले उठ्ने हो । मैले हेर्दा पनि हेरिनँ । त्यो दिन नानी कतिखेर गई मलाई थाहा छैन । बुबालाई, दिदीलाई पनि थाहा छैन ।

    नानी गई । यहाँबाट गइसकेपछि साथीको घर पुग्नेबित्तिकै बीचमा त्यस्तो भएछ । १२ बजे दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, एसिड छर्केको छ, टाउकोमा हिर्काको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइन् ।

    उसको खुशीले हिँडेको पनि हुन सक्छ नि, अपहरण भएको होइन भन्ने कुरा भयो । अपहरण गरेको व्यक्तिले कसरी फोन गर्छ भन्ने भयो । साँच्चिकै मार्न लगेको रहेछ । हामीलाई के थाहा र ?

    जसरी हुन्छ चाँडोभन्दा चाँडो अपराधी पत्ता लगाइदिनुस् । खोजितलास गरिदिनुस् । फोटो खिच्ने, लेख्ने मात्रै नगर्नुहोस् । प्रहरी आज आउँछ, यही घरको मान्छेलाई थाहा छ भन्छ । भोलि आउँछ, त्यसै भन्छ । उसले पनि खोजेको हो, नखोजेको होइन । हामीले थाहा पाएको भए आफ्नो छोरी किन लुकाउनु थियो र ?

    हिँड्ने मान्छेले फोन गरेर मलाई बचाऊ मरे पनि भन्दैनथ्यो । कहिले पनि भन्दैन । रुँदै फोन गरेको छ मलाई बचाऊ भनेर । हामीले बचाउन सकिएन । त्यस्तोमा लगेर छोरी मारिदिए ।’

     

  • मृत फेला परिन् हराएकी सुजिता भण्डारी

    मृत फेला परिन् हराएकी सुजिता भण्डारी

    चितवन। अपहरणमा परेकाे भनिएकी चितवन, राप्ती-३ की २२ वर्षीया सुजिता भण्डारी मृत भेटिएकी छन् । घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनमा उनको शव भेटिएको हो ।

    असार ११ गते बिहान तरकारी किन्न निस्किएकी उनले दिउँसो सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताउँदै आएको थियो । परिवारले अपहरण भएको भन्दै केहिदिन पहिले प्रहरीमा उजुरी पनि गरेका थिए । ३ जनाले अपहरण गरेको आशंका परिवारले गरेको थियो ।

    आइतबार दिउँसो भेटिए पनि परिवारले साँझमात्रै शव सुजाताकै भएको भनेर सनाखत गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले सोमबार बिहानमात्रै शव उठाइने बताए ।

    फरेन्सिक चिकित्सकसहितको विज्ञ टोलीबाट थप अनुसन्धान गरेर मात्रै शव उठाइने छ । शव भेटिएको स्थल शील गरेर राखिएको छ । उनको खोजविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको थियो । सोही टोलीले घटनाको अनुसन्धान गर्नेछ । घटनाबारे प्रहरीले अन्य कुनै सुराकी फेला पारेको सार्वजनिक गरेको छैन । ।

  • राप्ती नगरपालिकाको योजना- वालविवाह राेक्न चेपाङ छात्रालाई वार्षिक १५ हजार प्रोत्साहन

    राप्ती नगरपालिकाको योजना- वालविवाह राेक्न चेपाङ छात्रालाई वार्षिक १५ हजार प्रोत्साहन

    चितवन । चितवनको राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा चेपाङ समुदायमा वालविवाह रोक्न र साक्षारता दर बढाउन प्रोत्साहनसहितको विशेष योजना ल्याएको छ ।

    नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा वीस वर्षको उमेरसम्म अध्ययन गर्ने चोपाङ छात्रालाई वार्षिक १५ हजार रुपैयाँ प्रोत्सहन पुरस्कार दिने उल्लेख छ । त्यसका लागि नगरपालिकाले दुईवटा सर्तसहितको कार्यविधि बनाउँदैछ । छात्राको विवाह नभएको हुनुपर्ने र नियमित अध्ययन गरिरहेको (बीचमा छाडेर फेरि सुरु गर्न नहुने) सर्तहरु हुनेछन् ।

    नगरप्रमुख प्रभा बरालले १९/२० वर्षका केटीहरु तीन वटासम्म सन्तान बोकेर नगरपालिका आउने गरेको भन्दै बालविवाह रोक्न कार्यक्रम ल्याइएको बताइन्। उनले भनिन्, ‘यहाँ बच्चाले बच्चा पाउँछन्, यसलाई रोक्नु हाम्रा लागि चुनौति भएको छ ।’

    रोजगार र उत्पादनमूलक कार्यक्रमका लागि नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ । साझेदारी कार्यक्रमका लागि तीन करोड र अधुरा कार्यक्रम सम्पन्न गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । बरालका अनुसार स्वास्थ्य स्वयंसेविकालाई साइकल कार्यक्रम तथा विपन्नहरुका लागि वास कार्यक्रमअन्तर्गत एक करोड विनियोजन गरिएको छ ।

    दूधमा अनुदान दिन ५० लाख छुट्याइएको छ भने क्यान्सर र मिर्गौलाको डाइलासिसका लागि १० लाख छुट्याइएको छ । पहाडमा प्राथमिकता हुने गरी कृषक लक्षित कार्यक्रमका लागि ३५ लाख तथा चेपाङ, दलित, विपन्न, असहाय, अपाङ्गलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि १० लाख बजेट छुट्याइएको उनले जानकारी दिइन् ।

    कोभिड र विपत् व्यवस्थानका लागि एक करोड विनियोजन गरिएको छ । असहाय आमा, बुबा र टुहुरा छोराछोरी संरक्षण कार्यक्रम सञ्चालन गरिँंदै छ ।

    नगरपालिकाले भण्डारा अस्पताल र आधारभूत स्वास्थ्य चौकीका लागि एक करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम, सुत्केरी बिदामा रहेका शिक्षिकाको सट्टा स्वयंसेवी शिक्षिका कार्यक्रम, कक्षा ९ देखि १२ सम्मका लागि छात्रवृत्ति, गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम, बाख्रा, पकेट विकास कार्यक्रम, मागमा आधारित पशु विकास कार्यक्रम गर्ने छ ।

    यस्तै पशु शिविर कार्यक्रम, बर्थिङ सेन्टरमाा सुत्केरी हुने महिलालाई रु दुई हजार प्रोत्साहन भत्ता, लैंगिक हिंसा कोष स्थापना, बाल कोष स्थापना, महिला तथा बालबालिका आयआर्जन कार्यक्रम, व्यावसायिक महिला समता विकास कार्यक्रम, मागमा आधारित कृषि कार्यक्रम पनि नगरपालिकाले ल्याएको छ ।

    महिला प्रमुख भएकाले पनि कार्यक्रम महिला, बालबालिका, पिछडिएको वर्गको हितमा बढी केन्द्रित भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ९२ करोड ९७ लाख ३६ हजार ४२९ को बजेट ल्याएको छ ।

  • जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै मृत्यु भएको बताए ।

    चालू आर्थिक वर्ष २०७७र७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिए ।

    वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेमध्ये हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको अधिकारीको भनाइ छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमध्ये दुई जनालाई जङ्गली हात्ती र एक जनालाई घरपालुवा हात्तीले आक्रमण गरेको अधिकारीले बताए।

    वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका अन्य घटनामध्ये बाघको आक्रणबाट तीन, गैंडाको आक्रमणबाट तीन तथा गौरीगाई र बँदेलको आक्रमणबाट एक÷एक जना रहेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दीका क्रममा अनावश्यकरूपमा जंगल क्षेत्रमा प्रवेश नगर्नसमेत निकुञ्जले अपील गरेको छ ।

  • चितवनमा विहिबारदेखि १५ दिनसम्म निषेधाज्ञा घोषणा

    चितवनमा विहिबारदेखि १५ दिनसम्म निषेधाज्ञा घोषणा

    काठमाडौं । विहिबारदेखि लागु हुने गरि चितवन जिल्लाभर १५ दिनको लागि लकडाउन घोषणा भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दैै बैशाख १६ गते मध्यरातदेखि बैशाख ३१ गते मध्यरातसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड-१९ संक्रमण जिल्लामा तीव्ररुपमा फैलिएको बताउँदै आदेश जारी गरिएको जनाएका हुन् । हेर्नूस विज्ञप्ती :

  • अयोध्यापुरीमा राखिने राम-सीताको मूर्ति बालुवाटारबाट बिदाई (तस्बिरहरू)

    अयोध्यापुरीमा राखिने राम-सीताको मूर्ति बालुवाटारबाट बिदाई (तस्बिरहरू)

    काठमाडौं । अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवतरूपमा पूजा गरी पठाइएको छ ।

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका छन् । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरी मूर्तिहरु चितवन पठाइएको हो ।

    प्रधानमन्त्री निवासमा रथयात्रालाई बिदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । अलग-अलग रथमा राखेर राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा चितवन पठाइएको छ ।

    प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोह बीच प्रतिमासहितको रथयात्रालाई बिदाई गरिन् ।

    मूर्तिहरू लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मूर्तिहरू राख्ने कार्यक्रम छ ।

  • चितवन पुगेर प्रचण्डले भने- रामको जन्मथलो अयोध्यापुरीको आधिकारिकता प्रमाणित गर्नुपर्छ

    चितवन पुगेर प्रचण्डले भने- रामको जन्मथलो अयोध्यापुरीको आधिकारिकता प्रमाणित गर्नुपर्छ

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरी क्षेत्रमा अनुसन्धान गरी रामको जन्मभूमि भनेर प्रमाणित गर्नुपर्ने बताएका छन् ।

    मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँमा पुगेका प्रचण्डले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको जनाउँदै भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’

    यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने प्रचण्डले टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म यहीँ भएकोले यसको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउँदै आएका छन् ।

    अयोध्यापुरीले धार्मिक प्रवर्द्धनमा मात्रै नभएर धार्मिक पर्यटन प्रवर्द्धनको साथै यहाँका जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने दाहालको भनाइ छ ।

    यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको भन्दै दाहालले अयोध्यापुरीमा रामको जन्मभूमि भएको प्रमाणिकता दिन पुरातत्वविज्ञ ल्याएर अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

    कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने भन्दै दाहालले थपे, ‘कम्युनिष्ट धर्म संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’ जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्द्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने प्रचण्डको जिकिर थियो ।

    माडी चितवनको क्षेत्र नम्बर ३ मा पर्छ । सोही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन् । माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति यही वैशाख ९ गते राख्ने तयारी छ ।

  • पूर्वी चितवनमा ट्र्याक्टर दुर्घटना: ६ जनाको मृत्यु, १९ घाइते

    पूर्वी चितवनमा ट्र्याक्टर दुर्घटना: ६ जनाको मृत्यु, १९ घाइते

    रासस । चितवनको पूर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा आइतबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ । दुर्घटनाका १८ जना घाइतेकाे भरतपुरस्थित पुरानाे मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये एक जनाकाे उपचारका क्रममा राती निधन भएकाे हाे । यसअघि ५ जनाकाे अस्पताल ल्याएलगत्तै मृत घाेषणा गरिएकाे थियाे ।

    मृतकमध्ये ४ जनाकाे सनाखत भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुष र अर्का एक जनाको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

    थाकलटारबाट २४ जना ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर साँझ साढेे ७ बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।

    मृतककाे सङ्ख्या अझै थपिन सक्ने प्रहरीको अनुमान रहेको छ । मृतकको पहिचानबारेको सूचना आउन बाँकी रहेको थापाले जानकारी दिए ।

  • चितवनमा आगलागीबाट ४५ लाख बराबरको क्षति

    चितवनमा आगलागीबाट ४५ लाख बराबरको क्षति

    काठमाडौं । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

    आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

    विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे लागेको आगो १२:३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

    रासस

  • आन्तरिक पर्यटकले बढाए सौराहाकाे राैनक

    आन्तरिक पर्यटकले बढाए सौराहाकाे राैनक

    रासस । कोरोना भाइरस सङ्क्रमणका कारण करिव १ वर्षदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका छन् ।

    होटल रेस्टुरेन्टमा छूट र हात्ती सफारीमा घुम्ने समय थप गरेर भए पनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका छन् । शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिन्छ । तिहारपछि आन्तरिक पर्यटकको आगमनले राहत र हौसला मिलेको व्यवसायी बताउँछन् ।

    क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान गराउन थालेको बताए । ‘पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाले लय समात्न खोजेको छ, खर्च धान्ने अवस्था बन्न थालेको छ’, उनले भने । भट्टराईले आन्तरिक पर्यटक आकर्षित गर्न देशव्यापीरुपमा ‘‘घुमौं सौराहा’ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्षअघि जनकपुर, वीरगञ्ज, विराटनगरलगायतका शहरमा पुगेर सौराहा भ्रमणको प्रचार गर्ने योजना उनले सुनाए । ‘देशका मुख्यमुख्य शहरमा अभियान सञ्चालन गर्छौं,’ उनले थपे, ‘त्यहाँका उद्योगी, व्यवसायी र संघ संस्थाका प्रतिनिधिसँग भेटघाट गरेर सौराहा खुला छ र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्छौं।’

    सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीको अवधि थप गरिएको छ । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन व्यवसायीले पर्यटकलाई थप समय घुमाउने निर्णय गरेका हुन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिका अध्यक्ष ऋषि तिवारीले पर्यटक आकर्षित गर्न संघले विभिन्न प्याकेज दिएको बताए । एक घण्टाको प्याकेजमा हात्ती सफारी गर्नेका लागि डेढदेखि दुई घण्टासम्म घुमाउने गरेको उनले जानकारी दिए । ‘चार जना भएपछि मात्रै सफारीमा लैजाने गरिन्थ्यो, तर अहिले दुई जना भए पनि जाने गरिएको छ,’ उनले नाफाभन्दा पनि व्यवसाय धान्ने र पर्यटकलाई आकर्षित गर्ने योजनाका साथ काम गरिरहेको बताए । अहिले होटलदेखि हात्ती चढ्ने स्थानसम्म निःशुल्क गाडीको व्यवस्था गरिएको छ ।

    पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँका होटल तथा रेष्टुरेन्ट खुलेका थिए । अहिले सौराहाका होटलमा खचाखच पर्यटक भरिने समय हो । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । होटल तथा रेष्टुरेन्टले प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट दिएको बताएका छन् ।

    होटलभन्दा रेष्टुरेन्टमा पर्यटक केही धेरै छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुरेन्टमा आउन थालेको बताए । उनले आन्तरिक पर्यटक बढ्न थालेपछि केही आशावादी बनेको बताए। उनले एशोसिएशनको तर्फबाट १५ प्रतिशतसम्म छुट दिइएको जानकारी दिए । निकुञ्जले हात्ती, जिप र डुङ्गा सफारीबापत लिँदै आएको राजश्वमा छुट र नयाँ रुट खोलिदिनुपर्ने उनको माग छ ।

    सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुरेन्टसञ्चालनमा रहेका छन् । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।