Tag: कब्जा

  • तालिवानद्वारा आजसम्म २३ मुख्य अफगानी सहर कब्जा, बिना लडाइ जलालाबाद पनि नियन्त्रणमा

    तालिवानद्वारा आजसम्म २३ मुख्य अफगानी सहर कब्जा, बिना लडाइ जलालाबाद पनि नियन्त्रणमा

    काबुल । अफगानिस्तानका तालिवान विद्रोहीहरु राजधानी काबुललाई नियन्त्रण गर्नेतर्फ अघि बढिरहेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार तालिवानले काबुलबाहेकका अन्य सबै मुख्य अफगानी सहरहरुलाई नियन्त्रणमा लिएका छन् । आइतबार राती उनीहरुले पूर्वी अफगानिस्तानको मुख्य सहर जलालाबादलाई कुनै लडाइबिना कब्जा गरेका छन् ।

    अफगान सेनाको बेस रहेको सहर मजर–इ–सरिफलाई नियन्त्रणमा लिएको एकदिनपछि तालिवानीले जलालाबादलाई नियन्त्रणमा लिएका हुन् । सरकारी सैन्य शक्तिले तालिवानलाई सहरहरु छाड्न थालेपछि राष्ट्रपति असरफ घानीलाई राजीनामा दिन दबाब परिरहेको छ । अब उनीसामु तालिवानसामु आत्मसमर्पण गर्ने वा लडेरै राजधानीलाई नियन्त्रण गर्ने दुईवटा विकल्प रहेको बीबीसीले जनाएको छ ।

    यसैबीच, काबुलस्थित अमेरिकी दूतावासले कर्मचारीलाई फिर्ता गराउन सुरु गरेको छ । यसका लागि अमेरिकाले काबुल विमानस्थलमा ६ वटा ठूला विमानहरु लगेको छ । अहिले अमेरिकाले उद्दार कार्यका लागि पाँचहजार सेना त्यहाँ पठाएको छ ।

    आइतबार बिहान बन्दुक प्रयोग नगरिकनै तालिवानले नानगार प्रान्तको राजधानीलाई कब्जामा लिएका हुन् । ‘गभर्नरले नै आत्मसमर्पण गरेपछि जलालाबादमा कुनै युद्ध भएन’ अफगानी सरकारका एक अधिकारीले समाचार संस्था रोयटर्सलाई भने । ‘किनभने सर्वसाधारणको ज्यान जोगाउन पनि त्यसो गर्नुपर्ने जरुरी थियो’ उनले भने ।

    जलालाबादलाई जित्नुको अर्थ, तालिवानीले पाकिस्तानसँग जोडिएको सडक संजाललाई पनि हात पारेका छन् । तालिवानले ३४ मध्ये २३ वटा प्रान्तीय राजधानीलाई कब्जा गरिसकेका छन् । २० वर्षपछि अमेरिका फर्किएपछि तीव्रगतिमा तालिवानीले अफगानिस्तानको आधा हिस्सालाई नियन्त्रण गरेका हुन् ।

  • तालिवानद्वारा कान्दाहार सहर पनि कब्जा, तत्काल युद्धविराम गर्न चीन र अमेरिकाको आग्रह

    तालिवानद्वारा कान्दाहार सहर पनि कब्जा, तत्काल युद्धविराम गर्न चीन र अमेरिकाको आग्रह

    काबुल । तालिवानी विद्रोहीले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई नियन्त्रणमा लिएका छन् । यसअघि तालिवानी विद्रोहीको प्रभाव रहँदै आएको कान्दाहारलाई रणनीतिक एवं व्यापारिक हिसाबले पनि महत्वपूर्ण मानिएको छ ।

    कान्दाहारमा अन्तर्राष्ट्रिय विमानस्थल पनि भएकाले तालिवानीको यो कदमलाई महत्वपूर्ण मानिएको छ । तालिवानले कान्दाहारलाई कब्जा गरेपछि अफगानिस्तानले सेना प्रमुखलाई पनि परिवर्तन गरेको छ ।

    यसैबीच, अफगानिस्तानको पछिल्लो परिस्थितीबारे छलफल गर्न कतारको अध्यक्षतामा बसेको चीन, अमेरिका, भारतसहितको बैठकले तत्काल युद्धविराम गर्न आग्रह गरेको छ । सैन्यभन्दा शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्या समाधान गर्न पनि ती मुलुकहरुले आग्रह गरेका छन् ।