Tag: एप्पल

  • एप्पलको यो कम्प्युटर ५ लाख डलरमा लिलाम गरियो

    एप्पलको यो कम्प्युटर ५ लाख डलरमा लिलाम गरियो

    काठमाडौं । एप्पलको काठको सेपमा बनेको एउटा पुरानो कम्प्युटर एप्पल–१ मोडेल ५ लाख अमेरिकी डलरमा लिलामी भएको छ । जोन मोराना अक्सनरहरूले गरेको अस्कनमार्फत त्यो कम्प्युटर ५ लाख डलरमा बिक्री भएको हो । त्यसका सक्कली मालिकले त्यो कम्प्युटर सन् १९७७ मा करिब ६ सय ५० डलरमा खरिद गरेका थिए ।

    एप्पल कम्पनी सन् १९७६मा स्थापना भएसँगै स्टिभ जब्स र स्टिभ वोज्नियाकले निर्माण गरेको पहिलो कम्प्युटर नै एप्पल–१ हो । यो कम्प्युटर विश्वकै पहिलो पूर्ण रूपमा एसेम्बल्ड मदरबोर्डसहितको पर्सनल कम्प्युटर हो । त्यो समयमा एप्पले २ सय वटा मात्रै यो मोडेलका कम्प्युटर निर्माण गरेको थियो ।

    मंगलबारको अक्सनमा बिक्री भएको यो कम्प्युटर ‘हवाइयान कोवा उड’मा बनेको छ । अक्सन हाउसका अनुसार विश्वमा ६ डिभाइस मात्रै यो काठको प्रयोगबाट बनाइएको छ ।

  • एप्पलले आइफोन-१३ को स्क्रिन परिवर्तन सहज बनाउने

    एप्पलले आइफोन-१३ को स्क्रिन परिवर्तन सहज बनाउने

    काठमाडौं । एप्पलको आइफोन–१३ को स्क्रिन थर्ड–पार्टी सर्भिस सेन्टरमा परिवर्तन गर्दा फेस आइडीले काम नगरेको तथ्य केही समयअघि बाहिरिएको थियो । तर कम्पनीले तत्कालै यो समस्या हल हुने गरी आगामी सफ्टवेयर अपडेटमा यसको समाधान हुने बताएको छ ।

    हालसम्म यसरी थर्ड पाटी सर्भिस सेन्टरमा स्क्रिन प्रतिस्थापन गरेपछि माइक्रोकन्ट्रोलर चिप पनि सार्नुपथ्र्यो । आगामी अपडेटसँगै त्यसको झन्झटबाट प्रयोगकर्ता मुक्त हुने कम्पनीले बताएको छ ।

    ‘आगामी अपडेटमा त्यो समस्याको समाधान हुनेछ,’ कम्पनीले इन्डग्याजेटसँग भनेको छ ।

    ओरिजिनल स्क्रिनमा भएको माइक्रोकन्ट्रोलर चिप सार्नु निक्कै कठिन थियो । यसमाथि प्रयोगकर्ताले असन्तुष्टी व्यक्त गरेसँगै कम्पनीले सफ्टवेयर अपडेटमार्फत् यसको समाधान खोजेको हो ।

  • जोनसोन एन्ड जोनसोनका सीईओ गोर्स्की एप्पल कम्पनीमा जाने

    जोनसोन एन्ड जोनसोनका सीईओ गोर्स्की एप्पल कम्पनीमा जाने

    काठमाडौं । प्रसिद्ध अमेरिकी टेक्नोलोजी कम्पनी एप्पपले जोनसोन एन्ड जोनसोनका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलेक्स गोर्स्कीलाई कम्पनीको निर्देशक बोर्डमा नियुक्त गर्ने घोषणा गरेको छ । गोर्स्कीको एप्पल सरुवा हुने घोषणा कम्पनीले स्वास्थ्यमा विशेष ध्यान दिँदै प्रयोगकर्ता र डाक्टरबीच कसरी डेटामा पहुँच सहज बनाउने भन्ने समयमा भएको छ ।

    गोर्स्कीको भूमिकाबारे एप्पलका सीईओ टिम कुकले उनलाई स्वास्थ्यको क्षेत्रमा दूरदर्शी र टेक्नोलोजीप्रति एकदमै प्यासोनेट व्यक्तिको रूपमा प्रशंसा गरेका छन् । एप्पलले स्वास्थ्य क्षेत्रमा राखेका महत्वकांक्षा गोप्य छैनन् । एप्पल वाच त्यसको एक पाटो हो, जहाबाट प्रयोगकर्ताले कम्पनीलाई डेटा उपलब्ध गराउन सक्छन् ।

    पछिल्लो आईओएस र वाचओएसमा आएको अपडेटमा थप स्वास्थ्य सम्बन्धी फिचर थपिएका छन् । जसको माध्यमबाट डाक्टर वा परिवारका सदस्यसँग आफ्नो फिजिकल फिटनेस तथा स्वास्थ्य सम्बन्धी डेटा सेयर गर्न सकिन्छ ।

    गोर्स्कीलाई निर्देशक बोर्डमा ल्याउने निर्णय गरेसँगै एप्पलले अझै केही नयाँ स्वास्थ्य सम्बन्धी फिचर ल्याउनेमा विश्वस्त हुन सकिन्छ ।

  • एप्पलको नयाँ १६ इञ्च म्याकबुक प्रोमा ‘हाई पावर’ मोड

    एप्पलको नयाँ १६ इञ्च म्याकबुक प्रोमा ‘हाई पावर’ मोड

    काठमाडौं । एप्पलको सबैभन्दा शक्तिशाली नयाँ १६ इञ्चको म्याकबुक प्रोमा ‘हाइ पावर’ नामको विशेष सेटिङ हुने भएको छ । मासाबलका अनुसार एप्पलले एम१ म्याक्स प्रोसेसरसहित बनाउन लागेको सबैभन्दा शक्तिशाली म्याकबुकमा यो फिचर पनि राखिने भएको हो ।

    केही दिनअघि स्टिभ मोसेरले म्याकरुमर्समा ‘हाई पावर’बारे लेखेका थिए । अहिले म्याकरुमर्सले एप्पलसँग पुष्टि गर्दै कम्पनीले सबैभन्दा शक्तिशाली कन्फिगुरेसनसहितको १६ इञ्च म्याकबुकमा यो फिचर हुने बताएको छ ।

    यो मोडमा कम्प्युटरमा हुने भारी कामहरू जस्तै- ठूला फाइलहरू रेन्डरिङ, भिडियो इडिटिङ र गेम खेल्दा सहज हुनेछ ।

    नयाँ म्याकबुक १४ इञ्चमा पनि एम१ म्याक्स चिप राखिएको भए पनि यो सुविधा १६ इञ्चमा मात्रै समावेश हुने म्याकरुमर्सले बताएको छ ।

  • एप्पलले आइफोन १२ र १२ प्रोको साउन्डमा आएको समस्या नि:शुल्क समाधान गरिदिने

    एप्पलले आइफोन १२ र १२ प्रोको साउन्डमा आएको समस्या नि:शुल्क समाधान गरिदिने

    काठमाडौं । आइफोन १२ सिरिजमा देखिइरहको साउन्डको समस्या एप्पलले नि:शुल्क समाधान गरिदिने भएको छ । कम्पनीले एउटा नयाँ पेजमा नि:शुल्क समाधान गरिदिने विज्ञापन गरेको छ ।

    विशेष गरी २०२० अक्टोबरदेखि २०२१ अप्रिलसम्म म्यानुफ्याक्चर भएका आइफोन १२ र १२ प्रोमा न्यून स‌ंख्यामा त्यो समस्या देखिएको छ । र, ती मोडेलहरूमा देखिएको समस्या कम्पनीले नि:शुल्क समाधान गरिदिने बताएको छ ।

    त्यसका लागि प्रयोगकर्ताले नजिकका एप्पल स्टोर, आधिकारिक सर्भिस प्रोभाइडरमार्फत वा कार्गोमार्फत फोन पठाएर पनि यसको सुविधा लिन सक्नेछन् ।

    यद्यपि, आइफोन १२ म्याक्स र आइफोन मिनी मोडेलमा भने यो सुविधा उपलब्ध हुने छैन । त्यस्तै, पानीमा डुबेर-भुईँमा खसेर वा अन्य कुनै कारणले त्यो समस्या देखिएको भए त्यसका लागि भने नि:शुल्क सुविधा उपलब्ध नहुने बताएको छ ।

  • सामसुङ र एप्पललाई पछि पार्दै चिनीया मोबाइल साओमी बन्यो विश्वकै नम्बर १

    सामसुङ र एप्पललाई पछि पार्दै चिनीया मोबाइल साओमी बन्यो विश्वकै नम्बर १

    काठमाडौं । सामसुङ र एप्पललाई उछिन्दै चिनीया मोबाइल साओमी पहिलो संसारकै नम्बर १ स्मार्ट फोन ब्रान्ड बन्न सफल भएको छ । काउन्टरप्वाइन्टको बिहीबार प्रकाशित अध्ययन प्रतिवेदनले यो तथ्य बाहिर ल्याएको हो ।

    गत जून महिनामा साओमीको विक्रीमा २६ पतिशतले बढोत्तरी भएको थियो । यति द्रुत गतिमा बजार बिस्तार अरु कम्पनीले गर्न सकेका छैनन् ।

    सन् २०२१ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जूनसम्म) यो कम्पनी विक्रीको हिसाबले दोस्रो नम्बरमा थियो । सन् २०११ यता कुल मिलाएर यस कम्पनीका ८० करोड स्मार्ट फोनहरु विक्री भएका छन् ।

    ‘जहिलेदेखि हुवेइ ओरालो लाग्यो, त्यसले सिर्जना गरेको अन्तराललाई साओमीले स्थिर तर आक्रामक प्रयासमार्फत पूर्ति गरेको छ,’ अनुसन्धान निर्देशक तरुण पाठकले भनेका छन् ।
    पाठकका अनुसार जूनमा चीन, यूरोप र भारतको आर्थिक पुनरुत्थानले साओमीलाई सहयोग गर्यो, जतिबेला सामसङले पर्याप्त आपूर्ति गर्न सकिरहेको थिएन । जूनमा साओमीले १६ प्रतिशत बजार बिस्तार गरेको छ ।

    भियतनाममा कोभिड-१९ महामारीको नयाँ छालले गर्दा जूनमा सामसुङको उत्पादन अवरुद्ध भएको थियो । जसले गर्दा बजारमा यसले पर्याप्त आपूर्ति गर्न सकेन । यसले सिर्जना गरेको अभावलाई साओमीले पूर्ति गरिदिएको थियो ।

    हाल साओमीले मोबाइल बजारको १७.१ प्रतिशत हिस्सा ओगटेको छ । जबकि सामसङको हिस्सा १५.७ प्रतिशत र एप्पलको १४.३ प्रतिशत छ ।