Tag: अर्धशतक

  • दिपेन्द्रको पहिलो ओडीआई अर्धशतक

    दिपेन्द्रको पहिलो ओडीआई अर्धशतक

    काठमाडौं । दिपेन्द्रसिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । घरेलु मैदानमा जारी पपुवा न्यूगिनिविरुद्धको खेलमा ८४ बलमा तीन चौका सहित ५० रन बनाए ।

    दुवै ओपनर गुमाएपछि क्रिजमा आएका दिपेन्द्रले देव खनालसँग नेपालका लागि ओडीआईमा हालसम्मकै उच्च साझेदारी गरेका छन् । उनले देवसँग १ सय १४ रनको साझेदारी गर्दै अर्धसतक बनाए ।

    देव खनाल ६७ रन बनाएर दिपेन्द्रदाई क्रिजमा साथ दिइरहेका छन् । टस जितर पहिला ब्याटिङ रोजेको नेपालले २८ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १ सय २५ रन बनाएको छ ।

     

  • नेपालविरुद्ध नेदरल्यान्डसका लिडले पूरा गरे अर्धशतक

    नेपालविरुद्ध नेदरल्यान्डसका लिडले पूरा गरे अर्धशतक

    काठमाडौं । नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका लागि बस डी लिडले अर्धशतक पूरा गरेका छन् ।

    डच टीमका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका लिडले ३३ बलमा ३ चौका र ३ छक्कासहित ५० रन पूरा गरे ।

    यसअघि बेन कुपर अर्धशतक बनाएर पेभेलियन फर्केका थिए । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सका लागि वान् डाउनमा ब्याटिङ गर्न आएका कुपरले ३५ बलमा १० चौकासहित ५५ रनको महत्त्वपूर्ण इनिङ खेले ।

    १६ ओभरको समाप्तिमा नेदरल्यान्ड्स १५४/४ को अवस्थामा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सलाई जितका लागि २३ बलमा ५२ रन आवश्यक छ ।

  • नेपालविरुद्ध अर्धशतक बनाएर आउट भए कुपर

    नेपालविरुद्ध अर्धशतक बनाएर आउट भए कुपर

    काठमाडौं । नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका लागि बेन कुपर अर्धशतक बनाएर पेभेलियन फर्केका छन् । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सका लागि वान् डाउनमा ब्याटिङ गर्न आएका कुपरले ३५ बलमा १० चौकासहित ५५ रनको महत्त्वपूर्ण इनिङ खेले ।

    १३.३ ओभरको समाप्तिमा नेदरल्यान्ड्स १३३/४ को अवस्थामा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सलाई जितका लागि ३९ बलमा ७४ रन आवश्यक छ ।