Tag: हिमालयन शेर्पा फुटबल क्लब

  • हिमालयन शेर्पालाई नेपाल आइसको मुख्य प्रायोजन

    हिमालयन शेर्पालाई नेपाल आइसको मुख्य प्रायोजन

    काठमाडौं । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई सिजी ब्रुअरीअन्तर्गतको नेपाल आइसले मुख्य प्रायोजन गर्ने भएको छ । शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुने लिगका लागि शेर्पालाई केटिएम सिटीले किट प्रायोजन गर्ने भएको छ ।

    शेर्पाले बुधबार आयोजित पत्रकार सम्मलेनमा नेपाल आइस र किट प्रायोजक केटिएम सिटीसँग सम्झौता गरेको हो । दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा शेर्पाका कार्यबाहक अध्यक्ष फुपु दोर्जे शेर्पा र सिजी ब्रुअरीका प्रदीप पुडासैनीले सम्झौता पक्षमा हस्ताक्षर गरेका छन । २०६२ सालमा ए डिभिजन लिगमा बढुवा भएको शेर्पाले नियमित लिग खेलिरहेको छ ।

    शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुने लिगको आफ्नो पहिलो खेलमा शनिबार संकटा क्लबसँग खेल्ने छ ।

  • ए डिभिजन लिग खेल्न एलान न्यौपाने नेपाल फर्किने चर्चा!

    ए डिभिजन लिग खेल्न एलान न्यौपाने नेपाल फर्किने चर्चा!

    काठमाडौं । दुई वर्षअघि अस्ट्रेलिया गएका नेपाली गोलकिपर एलान न्यौपाने आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न स्वदेश फर्किने चर्चा सुरु भएको छ ।

    यसअघि थ्री स्टार, च्यासल युथ क्लबबाट नेपालको शीर्ष डिभिजनको लिग खेलिसकेका एलानलाई कात्तिक २९ गतेबाट सुरु हुने आसन्न सिजनका लागि नेपाल फर्काउने चर्चा चलिरहेको छ ।

    केही समयअघिसम्म नेपाल यु–२३ को टोलीका नियमित गोलपिकरसमेत रहेका एलानलाई हिमालयन शेर्पा क्लबले भित्र्याउने प्रयास गरिरहेको क्लब स्रोतबाट बुझिएको छ । स्रोतका अनुसार उनलाई नेपाल भित्र्याउनका लागि हवाई टिकटको प्रक्रियासमेत अगाडि बढाइएको छ ।

    यद्यपि, राष्ट्यि टोलीमा नियमित स्थान बनाएका एलानले दुई वर्षअघि गरेको अस्ट्रेलिया जाने निर्णयका कारण ए डिभिजन लिगका लागि आउने चर्चा धेरैले पत्याएका छैनन् ।