Tag: हरिशंकर मिश्र

  • नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई स्वागत गर्न जनकपुरधाममा नेता-कार्यकर्ताको प्रतिस्पर्धा

    नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई स्वागत गर्न जनकपुरधाममा नेता-कार्यकर्ताको प्रतिस्पर्धा

    जनकपुरधाम । नवनियुक्त प्रदेश-२ का प्रमुख हरिशंकर मिश्र काठमाडौंबाट जनकपुरधाम आएपछि विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    मिश्रलाई स्वागत गर्न ठूलो संख्यामा नेपाली काँग्रेसका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए । माला लगाउन नेता कार्यकर्ताहरूबीच प्रतिस्पर्था नै चल्यो । भीडबाट प्रदेश प्रमुख मिश्रलाई निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

    सोमबार शेरबहादुर देउवा सरकारले प्रदेश प्रमुख डा राजेश अहिराजलाई पदमुक्त गरी मिश्रलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका नवनियुक्त प्रदेश प्रमुख मिश्र आज मधेस भवन पुगेर पदभार ग्रहण गरे । महोत्तरी निवासी मिश्र नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद पनि हुन् ।

  • नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख मिश्रले लिए सपथ

    नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख मिश्रले लिए सपथ

    काठमाडौं । नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    मिश्रलाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

    मिश्रलाई राष्ट्रपति  भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा मंगलबार संविधानको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

    सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रतिनिधिसभाको सभामुख अग्नि सापकोटा उपस्थित थिए । प्रदेश २ मा राजेश अहिराज झालाई हटाएर मिश्रलाई नियुक्त गरिएको थियो ।

  • प्रदेश २ का प्रमुख राजेश अहिराज हटाइए, हरिशंकर मिश्र नियुक्त

    प्रदेश २ का प्रमुख राजेश अहिराज हटाइए, हरिशंकर मिश्र नियुक्त

    काठमाडौं । सरकारले प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई हटाएको छ । मन्त्रिपरिषदको आजको बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

    महोत्तरीका कांग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हुन् ।