Tag: हङकङ

  • एएफसी महिला एसियन कपमा नेपाल र हङकङ भिड्दै

    एएफसी महिला एसियन कपमा नेपाल र हङकङ भिड्दै

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार एएफसी एसियन महिला कप–२०२२ छनोटको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । शनिबार भएको पहिलो खेलमा फिलिपिन्सविरुद्धको अग्रता जोगाउन नसकेको नेपाल १–२ गोलको नतिजामा पराजित भएको थियो ।

    खेलको दशौं मिनेटमा विमला चौधरीको गोलसँगै अग्रता लिएको नेपालले खेलको अन्तिम मिनेटमा बराबरी गोल खाएको थियो । अन्तिमको पाँच मिनेट सम्हालिन नसकेको नेपालले इन्जुरी समयमा पुनः गोल खाँदा पराजित हुनु परेको थियो ।

    अर्को वर्ष भारतमा हुने एएफसी महिला एसियन कपमा छनोटको आशा जिवितै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । फिलिपिन्सविरुद्धको खेलमा चोटका कारण बाध्य भएर मैदान छाडेकी विमला चौधरी आजको खेलमा उपलब्ध हुनेमा आशंका छ भने पुजा राना अनुपस्थित रहने निश्चित भइसकेको छ ।

    ताश्केन्त पुगेर एक खेल पनि नखेलेको हङकङ फ्रेस भएकाले आजको खेलमा नेपाललाई कठिन चुनौती हुने निश्चित छ । हङकङबाट आजको खेलमा नेपाली मूलकी स्नेहा लिम्बुले पनि खेल्ने सम्भावना छ ।

    प्रवासी नेपालीकी छोरी स्नेहाले विद्यालय स्तरीय फुटबलबाट ‘सिटिजन्स’ क्लब हुँदै हङकङको राष्ट्रिय टोलीबाट डेब्यू गरिसकेकी छन् ।

    यद्यपि, हङकङको टोलीका केही महत्त्वपूर्ण खेलाडीले आजको खेल गुमाउने छन् । हङकङकी कप्तान चान विङ्ग–स्जसहित टोलीका सिनियर खेलाडी चुङ्ग वाई–की, युई हेइ–म्यान र वाइ युन–टिङ विविध कारणले अनुपस्थित रहने छन् ।

    तर, फिफा बरियतामा ७६औं स्थानको हङकङविरुद्ध १ सय १औं स्थानमा रहेको नेपाललाई सकारात्मक नतिजा निकाल्न कठिन हुने निश्चित छ ।

    समूह ‘एफ’ मा रहेका नेपाल, हङकङ र फिलिपिन्समध्ये एक टोलीले भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने छन् ।

  • जनसम्पर्क समिति हङकङमा काजीको नेतृत्व

    जनसम्पर्क समिति हङकङमा काजीको नेतृत्व

    काठमाडौं । नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानाले ७४ मत ल्याए । सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए ।

    कांग्रेसको महासमिति सदस्य समेत रहेका गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

  • एएफसी महिला एसियन कपको छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने

    एएफसी महिला एसियन कपको छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने

    काठमाडौं । भारतमा एएफसी महिला एसिया कप २२ को छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने निश्चित भएको छ ।

    एएफसीले बिहीबार जारी गरेको खेल तालिकाअनुसार चार समूहमा चार/चार टोली र अन्य चार समूहमा तीन/तीन टोली परेका छन् । जसअनुसार समूह एफमा परेको नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।

    छनोट चरणका खेलबाट समूह विजेता बन्ने सबै टोलीले एएफसी एसियन कपमा स्थान बनाउने छन् । छनोट खेलहरू सेप्टेम्बर १३ देखि २५ सम्म र प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ तारिखसम्म हुने एएफसीले बताएको छ ।

    फिफा बरियतामा फिलिपिन्स ६८औं तथा हङकङ ७६औं स्थानमा छ । दुवै टोली १०१औं स्थानको नेपालभन्दा माथि छन् ।

  • हङकङकी आरोहीद्वारा महिलातर्फ छोटो समयमै सगरमाथा चढ्ने विश्व कीर्तिमान

    हङकङकी आरोहीद्वारा महिलातर्फ छोटो समयमै सगरमाथा चढ्ने विश्व कीर्तिमान

    काठमाडौं । हङकङकी आरोही सान यिन हङले महिलातर्फ छोटो समयमै सगरमाथा आरोहण गर्ने कीर्तिमान राखेकी छिन् ।

    ४५ वर्षिया आरोहीले २६ घण्टाभित्रै सर्वोच्च शिखर आरोहण गरेकी हुन् । आधार शिविरबाट चुचुरोसम्म यति छोटो समयमै आरोहण गरेको जनाइएको छ ।

    नेपाल आरोही फुन्जो झाङ्मु लामाले सन् २०१७ मा राखेको कीर्तिमानलाई पनि उनले तोडेकी छिन् । लामाले ३९ घण्टा ६ मिनेटमा सगरमाथा चुचुरोमा पाइला टेकेकी थिइन् ।

  • हङकङद्वारा अनिश्चितकालको लागि नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

    हङकङद्वारा अनिश्चितकालको लागि नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध

    काठमाडौं । हङकङले शनिबारदेखि लागु हुने गरि नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

    नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको जनाउँदै उक्त रोक लगाइएको जनाइएको छ ।

    चिनियाँ संचारमाध्यम सिन्ह्वाद्वारा प्रेषित विवरणमा अर्को सूचना जारी नभइञ्जेलसम्म काठमाडौंबाट हुने उडानमा अनिश्चितकालको लागि रोक लगाइएको उल्लेख छ ।

    हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकको रुपमा समेत उल्लख गरेको छ । हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानलाई समेत प्रतिबन्ध लगाइसकेको छ । यी तीन मुलुकको प्रतिबन्ध पनि अनिश्चितकालको लागि रहने जनाइएको छ ।

    यसअघि हङकङ पुगेका १३ जना नेपालीमा भाइरस पजेटिभ देखिएपछि उसले केही समयका लागि नेपालमाथिको उडान प्रतिबन्ध लगाएको थियो । हङकङमा शनिबार पनि स्थानीय संक्रमण शुन्य देखिएको छ भने आयातित संक्रमण ८ भेटिएको उल्लेख छ ।

    कोरोनाबाट हङकङमा मृत्यु हुने संख्या २१० पुगेको छ ।

  • चीनद्वारा हङकङमाथि ब्यापक कडाइ : नयाँ नियमसहितको निर्वाचन कानुन पारित

    चीनद्वारा हङकङमाथि ब्यापक कडाइ : नयाँ नियमसहितको निर्वाचन कानुन पारित

    बेइजिङ । चीनले हङकङमाथि कडा नियन्त्रण गर्ने उद्देश्यले प्रस्तावित एक निर्वाचन कानुनलाई ब्यापक परिवर्तनसहित मंगलबार पारित गरेको छ ।

    नयाँ नियमअनुसार संसदमा प्रत्यक्ष निर्वाचित सिट संख्यालाई आधा कटौती गरिएको छ । नयाँ निर्वाचन कानुनमार्फत आफूप्रति इमान्दार र देशभक्ति सांसद निर्वाचित गर्ने बेइजिङको चाहना छ ।

    देशभक्ति भावनाको सांसद मात्र शक्तिशाली पदमा पुगोस् भन्ने मुख्य चाहना चीनको छ । तर, आलोचकले चीनको यो निर्णयलाई लोकतन्त्रको अन्त्य भएको बताएका छन् । हङकङको संसदबाट प्रतिपक्षीलाई बाहिर निकाल्ने र स्वरलाई दबाइने उनीहरुको डर छ ।

    तर, हङकङकी नेतृ क्यारी लेमले चाहिँ लोकतन्त्रको अभ्यास गर्दा सबैका लागि समान हुन नसक्ने बताएकी छिन् । उनका अनुसार जाँच कमिटीले राजनीतिक आस्थाका आधारमा नभएर देशभक्ति धारणाका आधारमा व्यवहार गर्ने बताएकी छिन् ।

    नेतृ लामाले आधारभूत कानून र राष्ट्रिय सुरक्षाको जाँचपछि मात्र योग्य उम्मेदवारलाई चुनावमा उठ्न अनुमति दिने बताएकी छिन् । चिनियाँ संचारमाध्यमका अनुसार गत मंगलबार चीनको उच्च राजनीतिक निर्णयबाट हङकङ सम्बन्धी निर्वाचन कानुन पारित भएको हो ।

     

  • नेपालीको घनाबस्ती भएको हङकङको जोर्डनमा लकडाउन

    नेपालीको घनाबस्ती भएको हङकङको जोर्डनमा लकडाउन

    काठमाडौं । कोरोनाभाइरस संक्रमणमा वृद्धि भएपछि हङकङमा शनिबारदेखि लकडाउन सुरु भएको छ । भाइरसलाई नियन्त्रण गर्न पहिलोपटक हङकङले सहरलाई लकडाउन गरेको हो ।

    हङकङमा पहिलो संक्रमण पुष्टि नेपालीको घनाबस्ती रहेको जोर्डन क्षेत्रमा भएको थियो । शुक्रबार मात्रै ६१ जनामा संक्रमण र १ जनाको मृत्यु भएको थियो । बढी संक्रमण जोर्डनमै देखिएको छ ।

    हङकङ सरकारले विज्ञप्ती जारी गर्दै लकडाउन–कन्ट्याक्ट ट्रेसिङ र परिक्षणलाई एकसाथ अघि बढाउने बताएको छ । हङकङको रात्रीकालिन पर्यटकीय थलो जोर्डनको टेम्पल स्ट्रिट पनि लकडाउनमा छ ।

    परिक्षण नभएसम्म घरबाट बाहिर निस्कनमा रोक लगाइएको छ । ४८ घन्टाभित्र सबैजनालाई परिक्षण गर्ने सरकारी तयारी छ ।