Tag: स्वास्थ्य संस्था

  • स्वास्थ्य परीक्षण गर्ने संस्थाले ३५ दिन भित्र नविकरणका लागि कागजात पेश गर्नुपर्ने

    स्वास्थ्य परीक्षण गर्ने संस्थाले ३५ दिन भित्र नविकरणका लागि कागजात पेश गर्नुपर्ने

    काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य रीक्षण गर्ने स्वास्थ्य संस्थाले नवीकरणका लागि आवश्यक कागजात पेश गर्नका लागि ३५ दिनको समय सिमा दिएको छ । अधिकांश स्वास्थ्य संस्थाले नवीकरणको प्रक्रियामा रहेको भन्ने ब्यहोराको पत्र मात्र संलग्न गरेको तर आवश्यक कागजात पेश नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको हो ।

    जनस्वास्थ्य सेवा नियमावली, २०७७ अनुसार क्षेत्राधिरकार भित्रका निकायबाट जारी भएका इजाजतपत्र र नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि आजको मितिले ३५ दिन भित्र पेश गर्न मन्त्रालयले सूचनामार्फत आग्रह गरेको हो । मन्त्रालयले तोकिएको समय सिमा भित्र माग भए बमोजिमको कागजात पेश नगरे कानून प्रक्रिया अनुसार अघि बढाइने पनि जनाएको छ ।

    वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट संस्था सञ्चालनका  स्वीकृतीको प्रमाणपत्र र नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । यस अघि मन्त्रालयले आवश्यक प्रमाणसहित नवीकरणका लागि पुष १ गते देखि माघ १५ गतेसम्मको समयसिमा दिएको थियो ।

  • वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० संस्था खारेज (सूचीसहित)

    वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने १० संस्था खारेज (सूचीसहित)

    काठमाडौं। वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने १० स्वास्थ्य संस्था सूचीबाट खारेज गरिएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना निकालेर नवीकरणका लागि कागजात पेस नगरेका ती स्वास्थ्य संस्थाहरूलाई सूचीबाट हटाइएको हो । मन्त्रालयले गत पुस मसान्तसम्म नवीकरणका लागि सूचना निकालेको थियो ।

    सो अवधिभित्र निवेदन दिन नसकेमा कारण खुलाई थप १५ दिन नवीकरणको म्याद दिइएपनि निर्धारित समयभित्र कागजात पेस नगरेको र पेस गरेको सफाइसमेत सन्तोषजनक नदेखिएकाले माघ १३ को मन्त्रीस्तरीय निर्णयबाट सूचीकरण खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

    अब यी संस्थाहरूले वैदेशिक रोजगारीका लागि जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्न पाउँदैनन् ।

    सूचीबाट खारेज गरिएका स्वास्थ्य संस्थाहरू:-