Tag: स्वास्थ्यकर्मीमाथि आक्रमण

  • देउती अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण: रोहित गिरीविरुद्ध प्रहरीमा उजुरी

    देउती अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण: रोहित गिरीविरुद्ध प्रहरीमा उजुरी

    सुर्खेत । देउती अस्पताल वीरेन्द्रनगरमा कार्यरत स्वास्थ्यकर्मी टेकबहादुर रोकायमाथि आक्रमण भएको छ । बिहीबार राति ड्यूटी सकेर घर फर्कदैँ गर्दा उनीमाथि आक्रमण भएको हो ।

    अस्पताललमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रामण भएपछि अस्पतालका प्रबन्ध निर्देशक डा. लोकेन्द्रबहादुर थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ का रोहित गिरीले रोकायामाथि हातपात गरेको उजुरीमा उल्लेख छ ।

    यसैबीच नेपाल औषधि व्यवसायी संघ सुर्खेतले एक विज्ञप्ति जारी गर्दै दोषीउपर कारवाहीको माग गरेको छ । अध्यक्ष रणबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै आक्रामणकारीमाथि कारवाहीको माग गरिएको छ ।

  • भेरी अस्पताल घटनाको छानविन प्रतिवेदन बुझ्दै बाँकेका प्रजिअले भने- अध्ययन गरेर कारबाही गर्छाैं

    भेरी अस्पताल घटनाको छानविन प्रतिवेदन बुझ्दै बाँकेका प्रजिअले भने- अध्ययन गरेर कारबाही गर्छाैं

    रूपन्देही । पाँच दिनअघि बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा भएको तोडफोडबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

    घटनाकै दिन राती बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । छानविन समितिका संयोजक शंकरबहादुर विष्टले घटना विवरण र सुझावसहितको प्रतिवेदन सोमबार साँझ प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई वुझाइएको जानकारी दिए ।

    प्रजिअ गेलालले प्रतिवेदन बुझेको र अध्ययन गरेर थप गरेर अगाडि बढ्ने बताए ।

    बिहीबार राती दाङको तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए।

    घटनाको चौतर्फी विरोध भएपछि तत्काल विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो। उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिए पनि सरोकारवालासँग सोधपुछको समय नपुगेपछि समितिले एक दिन थप समय लिएको छानविन समितिका सदस्य तथा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी प्रतिवेदन तयार पारिएको संयोजक विष्टले बताएका छन् ।

    घटनामा संलग्न रहेका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले घटनाकै दिन राति नै पक्राउ गरेर अनुसन्धान शुरू गरेको थियो ।

    पीडित डाक्टर, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा तीनै जना विरुद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

  • स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।

    स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको जनाएको छ ।

    ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    बिहीबार राति भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको स्थानीय प्रशासनलाई उदृत गर्दै गृह मन्त्रालयले जनाएको छ ।

    घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा ७ सदस्यीय छानविन समिति पनि गठन भइसकेको गृह प्रवक्ता दाहालले बताए । चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका जनाइएको छ ।

  • कोरोना संक्रमितको निधन भएपछि आफन्तद्वारा भेरी अस्पताल तोडफोड, स्वास्थ्यकर्मीमाथि आक्रमण

    कोरोना संक्रमितको निधन भएपछि आफन्तद्वारा भेरी अस्पताल तोडफोड, स्वास्थ्यकर्मीमाथि आक्रमण

    रूपन्देही । कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।

    मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ ।

    जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ ।

    मृतकको कुरुवा समेत रहेका मानबहादुर रावतसहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पता विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

    घटना लगत्तै प्रहरीले मानबहादुरसहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको जनाएको छ ।