Tag: सेवा

  • निषेधाज्ञामा स्थगित काठमाडौं प्रशासनको सेवा भोलिदेखि नियमित

    निषेधाज्ञामा स्थगित काठमाडौं प्रशासनको सेवा भोलिदेखि नियमित

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका कारण स्थगित गरेका सेवा मंगलबारदेखि नियमित गर्ने भएको छ ।

    प्रशासनले भोलिदेखि नियमित रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नियमित रुपमा दिँदै आएको सेवाहरु सुचारु गर्ने भएको हो ।

    अत्यावश्यक सेवा लिनुपर्ने कारणखुलाएर मात्रै आउन सीडीयाे कार्यालय आउन आउनुपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए ।

    कोभिड -१९ को संक्रमण उच्च भएपछि बैशाख १३ गतेदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो । यसअघि प्रशासनले निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने दिँदै आइरहेको थियो ।