Tag: सूर्य थापा

  • सूर्य थापाको तर्क- एमसीसी फिर्ता भए प्रचण्ड र माधव नेपाल जिम्मेवार

    सूर्य थापाको तर्क- एमसीसी फिर्ता भए प्रचण्ड र माधव नेपाल जिम्मेवार

    काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले अमेरिकी सहायता परियोजना (एमसीसी) मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान भन्दै त्यसलाई विद्रूप बनाउने काम भएको अरोप लगाएका छन् ।

    ‘कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशः च्यातचुत पारिँदैछन्,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै थापाले लेखेका छन्, ‘तिनले भविष्यमा जवाफ दिन सक्लान्, अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको त ?’

    एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल नै हुने थापाको भनाइ छ। ‘जसरी अरूण तेस्रोबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव नेपालको अनाडी चिठीले गरेको थियो, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चौतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव नेपाललगायतको झुन्डले गरिरहेको छ,’ उनको भनाइ छ।

  • १० बुँदे कार्यान्वयन भइसक्यो, एकताको नाममा अल्टिमेटम बेकारका कुरा : सूर्य थापा

    १० बुँदे कार्यान्वयन भइसक्यो, एकताको नाममा अल्टिमेटम बेकारका कुरा : सूर्य थापा

    सुर्खेत । नेकपा एमालेनिकटको प्रेस चौतारी नेपालका इन्चार्ज एवम् पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले एमाले एकताको आधार भनेर कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताएका छन् ।

    प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कार्यदलको सहमतिलाई हामीले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिसकेका छौं कार्यान्वयनमा लिइसकेका छौं । कार्यदलमा रहेका केही सदस्यहरुले अहिले पनि दश बुँदे कार्यान्वयन नभएको भन्दै अल्टिमेटम दिइरहनुभएको छ । त्यो सब बेकारको कुरा हो ।’

    थापाले ती नेताहरूको जुन-जुन पद थियो त्यसैमा भएकोले अब स्थायी कमिटी बैठकमा आउनुपर्ने बताए । देउवाले ल्याएको अध्यादेश र माधव नेपालको पार्टी दर्ता फिर्ताको लागि भनिएको दबाब अनावश्यक माग भएको उनको टिप्पणी छ ।

    ‘पार्टी २०७५ जेठ ३ अघिको अवस्थामा पुगिसकेको छ । यी प्रस्तावहरू पार्टीलाई बलियो, एकताबद्ध बनाउने नभइ त्यसभित्र खेल्ने मनसायका साथ आएको छ’, थापाले भने ।

    नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउँदै एकताबद्ध एमाले बनाउन सबैलाई आव्हान गरे । ‘अहिले हामीले बाँकी रहेका साथीहरूलाई आउन आव्हान गरिरहेका छौं । उहाँहरू नआए पार्टी चुप लागेर बस्ने अवस्था छैन । केही दिनमा नै पार्टीका विभागहरूलाई पूर्णता दिने, अभियानहरू चलाउने काममा हामी सहभागी हुन्छौं ।’

    कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टलगायत सहभागी थिए ।

  • माधव नेपालको पार्टीलाई सूर्य थापाको व्यंग्य: नाममै मजाक नगर्ने कि ?

    माधव नेपालको पार्टीलाई सूर्य थापाको व्यंग्य: नाममै मजाक नगर्ने कि ?

    काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य सूर्य थापाले माधव नेपालको नेतृत्वमा गठित नयाँ पार्टीको नामलाई लिएर व्यंग्य गरेका छन् ।

    एकीकृत समाजवादी पार्टी नामलाई उनले ‘मजाक’ संज्ञा दिए । फेसबुकमा स्टाटस लेख्दै थापाले दुई दिनअघि नै आफूले एमाले (समाजवादी) नाममा निर्वाचन आयोगले पार्टी दर्ता गर्न नसक्ने बताएको सम्झाएका छन् ।

    ‘उनी नाम बदल्न बाध्य भए,’ थापा लेख्छन्, ‘फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै सक्दैन । जुन गोरुको सिंग छैन त्यसको नाम तिखे भनेजस्तो । नाममै मजाक त नगर्ने कि । दुनियाँ हास्दैछन् ।’

    नेकपा एमालेबाट विभाजित बनेको माधव समुहले एमाले (समाजवादी) नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । तर, निर्वाचन आयोगले उक्त नाम अस्वीकार गरेपछि अहिले नेकपा (एकीकृत समाजवादी) नामाकरण गरिएको छ ।

  • सूर्य थापाको निष्कर्ष- माधव समूहसँग एकता असम्भव, जेठ २ रटानको अध्याय सकियो

    सूर्य थापाको निष्कर्ष- माधव समूहसँग एकता असम्भव, जेठ २ रटानको अध्याय सकियो

    काठमाडौं । नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहसँग एकताको असम्भव कोशिस नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

    नेपालको मंगलवारको वक्तव्यले एकताको सम्भावना सकिएको भन्दै थापाले अब जेठ २ को रटानको अध्याय सकिएको बताएका छन् ।

    थापाले आफ्नो सुझाव पेश गर्दै माधव नेपालका शर्त स्वीकार गरेर एकता नहुने भन्दै यी शर्तमा नेपालसँग होइन देउवाको कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गरेका छन् ।

    थापाले भनेका छन्, ‘यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असम्भव कोशिस छोडौं।’

  • सूर्य थापाको टिप्पणी- एमाले २०७५ जेठमा फर्किँदैन, सुकेका पात झर्छन्

    सूर्य थापाको टिप्पणी- एमाले २०७५ जेठमा फर्किँदैन, सुकेका पात झर्छन्

    काठमाडौं । नेकपा एमाले नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले अब २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताएका छन् ।

    माधव नेपाल पक्षले २०७५ जेठ २ लाई बटमलाईन बनाइरहेका बेला थापाले भने अब पार्टी २०७८ जेठ २ तर्फ अघि बढ्ने बताएका हुन् ।

    थापाले माधव नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा दिदै ती नेताहरुको माग पूरा नहुने प्रष्ट पारेका छन् ।

    थापाले भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन् चिन्ता नगरौं ।’

  • सूर्य थापाको दावी- समानान्तर कमिटी घोषणाले माधव नेपाल अन्ततः प्रचण्डकै पोल्टामा जाने निश्चित

    सूर्य थापाको दावी- समानान्तर कमिटी घोषणाले माधव नेपाल अन्ततः प्रचण्डकै पोल्टामा जाने निश्चित

    काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समानान्तर कमिटीहरुको घोषणाले माधव नेपाललाई अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउने टिप्पणी गरेका छन् ।

    थापाले केही नेताको कुण्ठा र विखण्डको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

    थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्. ‘समानान्तर कमिटीहरुको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्‍याउने निश्चितप्रायः छ । नेकपा एमाले, जबज र सूर्य चिह्नको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन्, केही नेताको कुण्ठा र विखण्डका पछि लाग्ने भूल कसैले नगरौं ।’

    माधव नेपाल पक्षले गण्डकी, वागमती र सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ । अन्य प्रदेशमा पनि कमिटीहरु घोषणाको प्रक्रिया अघि बढेका बेला थापाको यस्तो भनाइ आएको हो ।

  • माधव पक्षलाई सूर्य थापाको सुझाव– आत्मनिन्दाको बाटो त्यागी संयमित हुनुस्, नत्र बिजोग होला

    माधव पक्षलाई सूर्य थापाको सुझाव– आत्मनिन्दाको बाटो त्यागी संयमित हुनुस्, नत्र बिजोग होला

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समानान्तर गतिविधि र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागेर संयमित हुन माधव नेपाल पक्षलाई सुझाव दिएका छन् ।

    माधव पक्षले देशव्यापी अभियान घोषणा गर्न लागेकै बेला थापाले अँध्यारो सुरुङमा माधव समूह फस्दै गएको भन्दै बिजोग हुनबाट जोगिन सुझाव दिएका हुन् ।

    थापाले भनेका छन्– माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरुङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन । साथमा न पार्टी, न चुनाव चिह्न, न त राजनीति नै छ । गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरुरी छ । नभए बिजोग होला हौ ।

  • घनश्याम भुसालप्रति सूर्य थापाको टिप्पणी- चुनाव जित्यो कि पार्टी फुटाउन सक्रिय

    घनश्याम भुसालप्रति सूर्य थापाको टिप्पणी- चुनाव जित्यो कि पार्टी फुटाउन सक्रिय

    काठमाडौं । केपी ओलीमाथि केही गम्भीर प्रश्न र आरोप तथा आग्रहसहित स्पष्टीकरण दिएर बसेका एमाले नेता घनश्याम भुसालबारे प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका अर्का एमाले नेता सूर्य थापाले कटाक्ष गरेका छन् ।

    बिगतका दृष्टान्त पेश गर्दै थापाले संसदीय चुनाव दुईपटकमात्र जितेका भुसाल चुनाव जितेपछि पार्टी फुटाउन सक्रिय हुने गरेको आरोप लगाएका छन् । थापाले यसलाई संयोग कि नियति भन्दै विगतको प्रसंग उठाएका हुन् ।

    भुसालले २०५१ को उप चुनाव जितेपछि २०५५ मा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गरेको स्मरण गरेका छन् । भुसाल धनपति उपाध्यायको निधनपछि रुपन्देही २ बाट सांसद निर्वाचित भएका थिए ।

    यसपटक पनि भुसाल पुस ५ पछि फेरि विभाजनमा जुटेको भन्दै थापा लेख्छन्, ‘घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो  पहिलाे २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुभयो । दाेस्राे २०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो। चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?’

  • नेपाल र रावललाई ६ महिना निलम्बन गरी एमाले शुद्धीकरण अभियान चलाउन सूर्य थापाको प्रस्ताव

    नेपाल र रावललाई ६ महिना निलम्बन गरी एमाले शुद्धीकरण अभियान चलाउन सूर्य थापाको प्रस्ताव

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव कुमार नेपाल र भीम बहादुर रावललाई ६ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी शुद्धीकरण अभियान बढाउनुको विकल्प नरहको बताएका छन् ।

    शनिबार सञ्जालमा लामो वक्तव्यमार्फत थापाले पार्टी सबल र अनुशासित पार्टी बनाउन उनीहरूलाई निलम्बन गर्नुपर्ने बताएका हुन् । दुई नेताको स्पष्टीकरण नकारात्मक कोणबाट आएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कारवाहीको भागिदार हुने बताइसकेका छन् ।

    थापाले प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको भन्दै माधव नेपालमाथि प्रश्न समेत गरेका छन् । हिजो पार्टी अध्यक्ष सहित अन्य नेताहरुमाथि कारबाही गर्दा ताली बजाउनेहरु आज एकताको पक्षधर बनेर प्रस्तुत भएको टिप्पणी समेत उनले गरेका छन् ।

    साबिक नेकपामा प्रचण्ड-माधव पक्षले अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ,विशाल भट्टराई,प्रभु साह,महेश बस्नेत,सूर्य थापा,शान्ता चौधरी,कर्णवहादुर थापा लगायतलाई कारवाही गरेको थियो ।

    थापाले प्रचण्ड माधव पक्षका नेताहरूलाई व्यंग्य गर्दै लेखेका छन्, ‘ पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् स्वरमा स्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दुःखी आत्माहरूलाई पो आज पार्टी एकता चाहिएको रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा केचाहिँ गर्न बाँकी राखे ?’

    प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउनदेखि अन्य नेताहरूलाई निलम्बन गर्ने लगायतका निर्णय गर्न खोज्नेहरू नै अबको जनकारबाहीमा पर्ने थापाको भनाइ छ ।

    थापाले पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एक दर्जन नेताहरूलाई यसरी पटकपटक निस्काशन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजोबध गर्ने कार्य माधव नेपालको व्यक्तिगत रिसइबी र कुण्ठाग्रस्त मानसिकताको परिणाम थियो भनेका छन् ।

    उनले भनेका छन्, ‘श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीको कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हो । माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनको घोषणा गर्न पनि प्रचण्डको जोड नभएर श्री नेपालजीको द्वेष नै कारक थियो र छ । समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएको छ ।’

    थापाले निशर्त एमालेमा बस्ने बाहेक फागुन २८ गते र त्यसयता भएका निर्णयहरू तथा केपी शर्मा ओलीको मियोमा आबद्ध भएर अघि बढ्न तयार भई आए पो सबैलाई स्वागत गर्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्काे विकल्प छैन !’

    थापाले अझै पनि ओलीलाई अर्घेलो देखाउन खोज्ने,केन्द्रीय कमिटीका निर्णयप्रति अनुचित टिप्पणी गर्ने,प्रधानमन्त्रीले राजिनामा दिए हाइसञ्चो हुन्थ्यो जस्तो गर्ने र समानान्तर गतिबिधि तथा गुटगत बार्गेनिङ गर्ने कार्यहरू अब किमार्थ मान्य र स्वीकाय हुन नसक्ने बताएका छन् ।

  • सूर्य थापाको टिप्पणीः प्रचण्डको होमवर्कअनुसार नेपाल पक्षको गुट भेला

    सूर्य थापाको टिप्पणीः प्रचण्डको होमवर्कअनुसार नेपाल पक्षको गुट भेला

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल पक्षले गर्न लागेको गुट भेलालाई लिएर कडा टिप्पणी गरेका छन् । भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिम हुन लागेको दावी गर्दै उनले यसलाई रमिता र गाइजात्राको संज्ञासमेत दिएका छन् ।

    थापाले फेसबुकमा नेपाल समूहको भेलामाथि १५ बुँदे टिप्पणी सार्वजनिक गरेका हुन् । १४ वटा बुँदामा उनले नेपाल समूहको भर्त्सना ना गरेका छन् भने १५ औं बुँदामा विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरुप्रति सावधान हुँदै एकजुट रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

    पहिलो बुँदामा थापाले लेखेका छन्, ‘खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो ।’

    उनले यसलाई चैत महिनामा प्रदर्शित गाइजात्राको संज्ञा दिएका छन् । पार्टीमा अलग समूह बनाएर पुनः प्रचण्डपथमा सामेल हुन जाने तयारी गरिएको उनको दावी छ । त्यसकै लागि प्रचण्डले आफ्नो समूहको केन्द्रीय कमिटी वैठक स्थगित गरी पर्खिरहेको उनले उल्लेख गरेका छन् ।

    कार्यकर्ता भेलाको पोष्टरमा क्रस चिह्न लगाइदिएर थापाले आफ्नो आक्रोश पोखेका छन् ।

  • सूर्य थापाको टिप्पणी- ओलीविरुद्धका अनैतिक हर्कतलाई बिर्सन सकिन्न

    सूर्य थापाको टिप्पणी- ओलीविरुद्धका अनैतिक हर्कतलाई बिर्सन सकिन्न

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुईतिहाईको सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउनेहरुको अनैतिक हर्कतलाई बिर्सन नमिल्ने टिप्पणी गरेका छन् ।

    कुनै नेता वा समूहको नाम नलिई थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरुको मुहार झलझली सम्झना भइरहेको भन्दै माधव नेपालप्रति कटाक्षा समेत गरेका छन् ।

    सामाजिक सन्जालमार्फत थापाले ओलीविरुद्ध गरिएका कारवाही नबिर्सने बताएका हुन् । विघटित नेकपाको प्रचण्ड माधव पक्षले ओलीलाई अध्यक्ष तथा साधारण सदस्य समेत नरहने गरी पटक पटक कारवाही गरेको घोषणा गरेको थियो ।

    यद्यपी निर्वाचन आयोगले सो कारवाहीलाई बैधानिकता दिएको थिएन । माधव नेपालले बिगतका तीतामिठा बिर्सेर ओलीप्रवृति विरुद्ध एमालेमै रहेर संघर्ष गर्ने भन्दै पेरिसडाँडा छाडेर फर्के लगत्तै थापाको यो कटाक्ष आएको हो ।

  • प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने

    प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने

    काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक संकटमा छन् ।

    पछिल्ला राजनीतिक घटनाक्रमले उनलाई कि राजीनामा दिने या संसदको सामना गर्ने दुई विकल्प अगाडि सारिदिएको छ । प्रधानमन्त्रीका सन्चार सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् ।

    मंगलबार साँझ सामाजिक सन्जालमार्फत सल्लाहकार थापाले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको तर स्वीकार गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर फैसला कार्यान्वयन गर्ने बताएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुस्प्रभावहरु भविश्यमा देखिंदै जानेछन् । यसबाट राजनीतिक समस्याहरुको कुनै हल हुने अवस्था पनि छैन । बरु अस्थिरता अझै बढ्नेछ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’

  • उपराष्ट्रपति र सभामुखप्रति प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- शपथग्रहण बहिष्कार गरेर पदमा टाँस्सिइरहने ?

    उपराष्ट्रपति र सभामुखप्रति प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी- शपथग्रहण बहिष्कार गरेर पदमा टाँस्सिइरहने ?

    काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाको शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनु पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

    शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । तर, उक्त शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित थिए । उनीहरूको अनुपस्थितिप्रति आक्रोश व्यक्त गर्दै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरूले व्यक्तिगत कुण्ठा र बकबास गरेको बताएका छन् ।

    ‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवम् कर्तव्य स्वेच्छिक होइन र हुनै सक्दैन’ थापाले भनेका छन्, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित शपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्‍घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिंड्नु झन् गैरजिम्मेवारी हो । अझ नबोल्ने सम्मानित पदमा बसेर यस ढङ्गले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।’

    ‘पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरू, पूर्व उपकुलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता “पूर्वहरू” को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदैथियो’ थापाले लेखेका छन्, ‘बहालवाला उपराष्ट्रपति र सभामुखको यस प्रकारको अनुपस्थिति, बहिष्कार र कर्तव्यच्युत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो! गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटका पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याईं गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, शपथग्रहण समारोह बहिष्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहने/ टाँस्सिइरहने ? सरकारविरुद्ध विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आ-आफ्ना निवासमा आयोजना गरिरहने – यो के रवैया हो ?

    ‘राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ?’ थापाले प्रश्न गरेका छन्, ‘पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ ? सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरू !’

  • माधव नेपालप्रति सूर्य थापाको कटाक्ष– बिन्तीपत्र इतिहासकै पुनरावृत्ति

    माधव नेपालप्रति सूर्य थापाको कटाक्ष– बिन्तीपत्र इतिहासकै पुनरावृत्ति

    काठमाडौं । निर्वाचन आयोगको निर्णयलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्दै ‘बिन्तीपत्र इतिहासकै पुनरावृत्ति’ भएको टिप्पणी गरेका छन्।

    आइतबार निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले गरेका निर्णय कानूनसम्मत नभएको निर्णय गरेको थियो। उक्त निर्णयपछि प्रचण्ड–माधव पक्षले केपी शर्मा अ‍ोलीमाथि गरेको कारबाही र नेता नेपाललाई अध्यक्षमा चयन गरेको निर्णयले वैधता नपाउने देखिएको छ।

    थापाले आयोगको यस्तो निर्णयप्रति लक्षित गर्दै अध्यक्ष बन्ने नेता नेपालको चाहना यसपालि पनि अधुरै रहेको टिप्पणी गरेका हुन्। ‘पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तीपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति’ थापाले फेसबुकमा लेखेका छन्, ‘अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा ।’

    नेता नेपाललक्षित गरेर उनले थप लेखेका छन्– बुद्धिले अरूलाई खा, रिसले आफूलाई खा भनेको यस्तै भएर होला । एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन, तेल दिंदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै।