Tag: सुरु

  • एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

    एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

    काठमाडौं । एमालेमा एकता कायम गर्न बनाइएको कार्यदलको वैठक ढिला गरी सुरु भएको छ । दिउसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि सुरु भएको हो ।

    कार्यदलको बैठकपूर्व माधव नेपाल पक्षका नेताहरु नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । सिंहदरबारबाट कोटेश्वर गएका उनीहरु फर्केपछि बैठक सुरु भएको हो ।

    हिजो कार्यदलले एकताका विषयमा अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई आजको बैठकबाट अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

  • निषेधाज्ञा खुकुलो भएपछि ‘कमेडी च्याम्पियन’ र ‘सक्किगो नि’ प्रसारण आजदेखि सुरु हुँदै

    निषेधाज्ञा खुकुलो भएपछि ‘कमेडी च्याम्पियन’ र ‘सक्किगो नि’ प्रसारण आजदेखि सुरु हुँदै

    काठमाडौं । निषेधाज्ञाले रोकिएका ‘कमेडी च्याम्पियन सिजन २’ र ‘सक्किगो नि’ आजदेखि पुनः प्रसारण हुने भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर ती टेलिभिजन कार्यक्रम संचालन गर्न लागिएको जनाइएको छ ।

    सामाजिक दूरी पालना गर्दै कमेडी च्याम्पियनलाई निर्माण गरिएको शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए । कार्यक्रममा सेलेव्रिटी जजको रुपमा करिश्मा मानन्धर र रेखा थापालाई प्रस्तुत गरिएको छ भने नियमित जजको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई ऋचा शर्मा छन् ।

    आइतबारदेखि प्रसारण हुने गरि ९ वटा एपिसोडहरु तयारी अवस्थामा छन् । निषेधाज्ञाले रोकिएका सिरियलहरु ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् ।

    हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ हिमालय टेलिभिजनमा बिहिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ । बिहीबारदेखि नयाँ कथामा प्रसारण हुने टेलिसिरियलका निर्देशक एवम कलाकार कुमार कट्टेलले जानकारी दिए ।

  • कोभिड-१९ का कारण स्थगित गरिएको अष्ट्रेलिया-भारत उडान पुनः सुरु गरिने

    कोभिड-१९ का कारण स्थगित गरिएको अष्ट्रेलिया-भारत उडान पुनः सुरु गरिने

    भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताएका छन् । यसका लागि उडानपूर्व कोभिड-१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ ।

    अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका साथ नियमको पालना गर्ने शर्तमा उडानहरूलाई सञ्चालनमा ल्याइने भएको हो ।

    अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराएका छन् । पोष्टमा भनिएको छ, ‘आज मध्यरातदेखि भारतबाट अष्ट्रेलियाको लागि हुने उडानमा लगाइएको अस्थायी विराम अन्त्य भएको छ ।’

    अष्ट्रेलियाली सरकारले भारतलाई कोभिड-१९ सुरक्षाका लागि गरेको आग्रह अनुसार गर्ने भारतीय पक्षको आश्वासनपछि उडानलाई पुनः सञ्चालनमा ल्याइने भएको हो ।

    भारतमा कोभिड-१९ को संक्रमण बढेपछि मे ३ देखि उडानमा प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलियाले १४ दिन पहिले भारतमा रहेका आफ्ना नागरिकसमेत सरकारको निर्देशन विपरित अष्ट्रेलिया गएमा उनीहरूले संक्रामण रोग नियन्त्रण नियम अनुसार जेल वा जरिवाना तिर्नुपर्ने बताइएको थियो ।