Tag: सुनको मुल्य

  • ताेलामा छ सय रुपैयाँले घट्याे सुनको मूल्य

    ताेलामा छ सय रुपैयाँले घट्याे सुनको मूल्य

    काठमाडाैं । आइतबार सुनको मूल्य छ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

    त्यस्तै चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तिन सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।