Tag: सुनकोशी

  • सिन्धुपाल्चोकको सुनकोशीमा वामगठबन्धनलाई कांग्रेसले उछिन्यो

    सिन्धुपाल्चोकको सुनकोशीमा वामगठबन्धनलाई कांग्रेसले उछिन्यो

    सिन्धुपाल्चोक । एमाले, माओवादी र नेकपा एसबीच गठबन्धन भएको सिन्धुपाल्चोकको सुनकोशीमा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को मत गणना हुँदा अध्यक्षमा कांग्रेसका श्रवण जिसीले ५७ मत पाएका छन् भने वामगठबन्धनका टपिन्द्र तिमल्सिनाले ५५ मत ल्याएका छन् ।

    त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवारले ६२ मत पाएकी छन् भने गठबन्धनकी दुर्गा थापाले ४९ मत पाएकी छन् ।

     

  • सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड

    सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको हेडवर्क निर्माण गर्न २ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने लक्ष्य प्रस्तुत गरे । तराईको सिँचाइका लागि यो परियोजनालाई सरकारले महत्वका साथ अगाडि बढाइरहेको छ ।

  • दक्ष चिकित्सकसहित सुनकोशी र लिसंखुपाखरमा कोभिड केयर सेन्टर

    दक्ष चिकित्सकसहित सुनकोशी र लिसंखुपाखरमा कोभिड केयर सेन्टर

    सिन्धुपाल्चोक । सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले कोरोना संक्रमितहरुका लागि उपचारका लागि २५ शय्या क्षमताको सुविधा सम्पन्न कोभिड केयर सेन्टरको सुरुआत गरेका छन् ।

    दुवै गाउँपालिकामा कोरोना संक्रमितहरु बढ्दै गएपछि जिल्लामा निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताल भित्रै कोभिड केयर सेन्टरको सुरुआत गरिएको हो ।

    सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद) र लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले औपचारिक रुपमा कोभिड केयर सेन्टर सञ्चालनमा ल्याएको छ ।

    डाक्टरसहितको सिन्धु सदावहार अस्पतालसँग सम्झौता गरेर दुवै गाउँपालिकाले सदावहार अस्पताललाई नै कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने अस्पतालसँग सम्झौता गरेका थिए ।

    कोभिड केयर सेन्टर सञ्चालन भएसँगै सुनकोशी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका भित्रका कोरोना संक्रमित बिरामीहरुका लागि अब सिन्धु सदावहार अस्पतालमा नै उपचार हुने छ ।

    संक्रमितहरुको उपचारको लागि धुलिखेल लगायतका अस्पतालमा बेड नपाउने भएपछि दुई गाउँपालिकाले सिन्धु सदावहार अस्पतालसँग सम्झौता गरेर कोभिड अस्पतालको रुपमा सञ्चालन गरेको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

    ‘अस्पतालको एउटा ब्लकलाई कोरोना संक्रमितहरुको उपचारको लागि प्रयोग गर्ने र अन्य विरामीहरुको उपचार यस अघिकै ब्लकमा गर्ने गरी अस्पतालसँग सहमति भएको छ,’ अध्यक्ष नेपालले भने,‘कोरोना संक्रमितहरुको छुट्टै ब्लकमा र अन्य बिरामीको छुट्टै ब्लकमा उपचार हुने छ ।’

    अस्पतालसँग भएको स्वास्थ्य उपकरण, जनशक्ति लगायत तत्कालका लागि सबै प्रयोग हुने र नपुग जनशक्ति र स्वास्थ्य सामग्री दुवै गाउँपालिकाले व्यवस्थापन गर्ने सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिए ।

    दुवै गाउँपालिकाले अहिले चार जना स्टाफ नर्स र अन्य कर्मचारी र आवश्यक सम्पुर्ण स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराएको छ भने अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई कोरोना संक्रमितहरुको उपचारको लागि अस्पतालले खटाउने छ ।

    कोभिड अस्पतालको रुपमा अस्पताललाई प्रयोग गरेपछि अन्य विरामीहरु डराएर नआउँदा अस्पताललाई आर्थिक भार हुने भएपछि दुई गाउँपालिकाले अस्पताल सञ्चालनको लागि सुरुमा पाँच÷पाँच लाख रुपियाँ अनुदानको रुपमा उपलब्ध गराउने निर्णय भएको छ ।

    गाउँपालिकाहरुमा भएको स्वास्थ्य चौकीमा केही उपकरणसहित कोरोना संक्रमितहरुको उपचारको लागि बेडहरु तयार गरिएपनि स्वास्थ्य चौकीहरुमा डाक्टरहरु नहुदाँ उपचारमा समस्या हुने भएकाले निजी क्षेत्रबाटै सञ्चालन भएको अस्पतालमा उपचारको तयारी भइरहेको हो ।

    देश नै अहिले कोभिडसँग जुधिरहेको बेला आफुहरुको पनि दायित्व सम्झेर अस्पतालमा कोरोना विरामीहरुको लागि उपचारका लागि सहमति गरेको सिन्धु सदावहार अस्पतालको निर्देशक आरएस भण्डारीले जानकारी दिए ।