Tag: सुदूरपश्चिम सरकार पुनर्गठन

  • सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चको अर्को पेसी

    सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चको अर्को पेसी

    काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा अर्को पेसी तोकेको छ । सोमबार सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा रहेको उक्त मुद्धाको अर्को पेसी २४ गतेका लागि तोकिएको हो ।

    जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए ।

    १४ जेठमा मुख्यमन्त्री भट्टले ७ सदस्यमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । ५३ सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना मात्रै सांसद छन् ।

    नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरा कारवाहीमा परेपछि सांसद पदमुक्त भएका थिए ।

    संविधानको धारा १६८ को उपधारा (९) मा कुल सदस्य संख्या २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, प्रदेश सरकार विस्तार गर्दा उक्त प्रावधान मिचिएको भन्दै रिट निवेदन गर्दा गरिएको थियो ।

    सर्वोच्च अदालतले जेठ ३० गते निवेदकको मागबमोजिमको आदेश किन जारी नगर्नु पर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित १५ दिनभित्र सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयबाट लिखित जवाफ पेस गर्न भनिएको थियो ।

    मुख्यमन्त्री त्रिलोचन भट्टसहित १३ जनाले जवाफ पेस गरिसकेका छन् ।

  • सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा ६ गते पेसी

    सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा ६ गते पेसी

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि आगामी असार ६ गते थप सुनुवाइ हुने भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले आगामी असार ६ गते अन्तरिम आदेशको लागि पेसी तोकेको हो ।

    कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले दर्ता गराएको रिटमाथि आइतबार अधिवक्ता महेश भट्टराई, दलबहादुर धामी, रामबहादुर शाह र अपेक्षा निरौलाले बहस गरेका थिए ।

    आइतबारको बहस सुनेर निवेदकको माग बमोजिमको आदेश किन जारी नगर्नु पर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित पेस गर्न भनिएको छ ।

    आइतबार १५ दिन भित्र सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयबाट लिखित जवाफ पेस गर्नसमेत आदेश जारी गरिएको छ ।

    संविधानको धारा १६८ को उपधारा (९) मा कुल सदस्य संख्या २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, प्रदेश सरकार विस्तार गर्दा उक्त प्रावधान मिचिएको भन्दै बिहीबार रिट निवेदन गर्दा गरिएको थियो ।