Tag: सुजिता हत्या

  • सुजिता हत्यामा बाबुसहित थप तीनजना पक्राउ,  घटना लुकाउन वार्गेनिङ गरेको खुलासा

    सुजिता हत्यामा बाबुसहित थप तीनजना पक्राउ, घटना लुकाउन वार्गेनिङ गरेको खुलासा

    जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुजिताका बुबा पिपरा गाउँपालिका ६ का ५० वर्षीय कामेश्वर पाण्डे, भंगहा नगरपालिका १ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर २४ का ५५ वर्षीय प्रमोद मण्डल (विनोद) छन् । अनुसन्धानका क्रममा दोषी देखिएकाले विभिन्न मितिमा तीनैजनालाई पक्राउ गरी महोत्तरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

    कामेश्वरले छोरी सुजितालाई मार्न पटक-पटक भनेको कुरा अनुसन्धानको क्रममा प्राप्त अडियो रेकर्डबाट देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । उनले भने, ‘छोरीको हत्या भएको कुरा जेठ २५ मै जानकारी भए पश्चात प्रतिवादी रुपेशसँग घटना लुकाउन बार्गेनिङ गरेको कुरा पनि अनुसन्धानबाट खुलेको छ ।’ पक्राउ परेकी अञ्जु सुजिताको हत्या गर्ने मुख्य अभियुक्त देवर रुपेश ठाकुरका दिदी हुन् ।

    रुपेशले हत्या गरेलगत्तै अञ्जुलाई जानकारी गराएका थिए । तर, उनले पनि घटना लुकाउन भूमिका खेलेकोले पक्राउ गरिएको डीएसपी विष्टले बताए । प्रहरीकाअनुसार पक्राउ परेका मण्डल सुजिताको शव खेतबाट उत्खनन गरी जेठ २९ मा निर्माणाधीन पेट्रोल पम्पको शौचालयको सेफ्टी ट्याङकमा गाड्ने कार्यमा संलग्न थिए ।

    गाडेको झण्डै एक महिनापछि असार २७ मा प्रहरीले सडेगलेको अवस्थामा शव निकालेको थियो । सुजिता हत्या गरेको आरोपमा ससुरा पक्षले देवर रुपेश ठाकुर, ससुरा पतिराम ठाकुरसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । उनको हत्या दाइजो र घरायसी विवादका कारण भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

  • ‘सुजिता हत्या’को विरोधमा चितवनमा प्रदर्शन, राजमार्ग अवरुद्ध

    ‘सुजिता हत्या’को विरोधमा चितवनमा प्रदर्शन, राजमार्ग अवरुद्ध

    चितवन । ‘सुजिता भण्डारी हत्या’को विरोधमा चितवनमा प्रदर्शन भएको छ । स्थानीय र अधिकारकर्मीले सुजिताको हत्यारा पत्ता लगाउँन माग गर्दै प्रदर्शन गरेका हुन् ।

    पूर्वपश्चिम राजमार्गमा प्रदर्शन भएपछि सवारी आवागमन प्रभावित भएको छ । प्रदर्शनका कारण तीन बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    सुजिता भण्डारीको मृत्युको कारण पत्ता लगाउन शवलाई आजै काठमाण्डौको लगिएको छ ।

    असार ११ गतेदेखि बेपत्ता सुजिताले सोही दिन दिउँसो १२ बजेतिर दिदीलाई आफू अपहरणमा परेको भन्दै बचाउँन अनुरोध गर्दै मोबाइलमा फोन गरेकी थिइन् ।

    २० गते घरबाट करिब ४ किमि उत्तरतर्फको ब्रम्हस्थानी सामुदायिक वनको खोल्सामा गलेको अवस्थामा शव फेला परेको थियो ।