Tag: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

  • नुवाकोटको मदानपुरमा सिटिजन्स बैंकको शाखारहित सेवा

    नुवाकोटको मदानपुरमा सिटिजन्स बैंकको शाखारहित सेवा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको बेलकोटगढी नगरपालिका, मदानपुरमा शाखारहित सेवा सुरू गरेको छ ।

    सो शाखा ८८औं शाखारहित बैंकिङ इकाईका रूपमा विस्तार गरिएको हो । यहाँ स्थानीय सुब्बालाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

    यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बील भुक्तानीलगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

    सिटिजन्स बैंकले १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू दिँदै आएको छ ।

  • सिटिजन्स बैंकले २ अर्ब १ करोड लाभांश वितरण गर्दै

    सिटिजन्स बैंकले २ अर्ब १ करोड लाभांश वितरण गर्दै

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३.०८७ नगद र १२.९१३ बोनस सेयर स्वीकृत गरेको छ ।

    असोज ८ को संचालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १ अर्ब ६२ करोड ४,० लाख ५० हजार ८९१ बराबरको बोनस सेयर र ३८ करोड ८२ लाख ५६ हजार ८०७ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी बैंकले २ अर्ब १ करोड २३ लाख ७ हजार ६९८ वितरण गरिने जनाएको छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड छ ।

    बैंकका अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।

  • सिटिजन्स बैंकका कार्डवाहकलाई बन्दीपुर माउन्टेन रिसोर्टको छुट

    सिटिजन्स बैंकका कार्डवाहकलाई बन्दीपुर माउन्टेन रिसोर्टको छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

    सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीले बन्दीपुर माउन्टेन रिसोर्टको सेवाहरूमा विशेष छुट हुने बैंकले जनाएको छ ।

    बैंकका अनुसार बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूको लागि घरमै बसी निः शुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

  • सिटिजन्सको १६८ औं शाखा रौतहटको गरुडामा

    सिटिजन्सको १६८ औं शाखा रौतहटको गरुडामा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६८ औं शाखा रौतहटको गरुडा संचालनमा ल्याएको छ । बुधवार उक्त शाखा कार्यालयमा सञ्चालनमा ल्याइएको हो ।

    यी शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवा छिटो, छरितो रूपमा ग्राहकलाई प्रदान गर्दै आएको बैंकको दावी छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा एटीएम र १०९ वटा शाखा रहित बैंकिङ ईकाईबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहक लाई वित्तीय सेवाप्रदान गर्दै आएको छ ।

  • सिटिजन्स बैंकको तेस्रो त्रैमासको नाफा १ अर्ब ८३ करोड

    सिटिजन्स बैंकको तेस्रो त्रैमासको नाफा १ अर्ब ८३ करोड

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको तेस्रो त्रैमाससम्मको नाफा ४१.६१ प्रतिशत बढेको छ । सार्वजनिक प्रतिवेदन अनुसार बैंकले यो अवधिमा १ अर्ब ८३ करोड नाफा गरेको छ ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकले आफ्नो नाफा १ अर्ब ९ करोड रूपैयाँले बढाएको हो । सिटिजन्स बैंकले तिनाउ विकास बैंकलाई गाभेको थियो ।

    बैंकले आफ्नो निक्षेपसमेत ४३.६८ प्रतिशतले वृद्धि गरेको बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै खुद ब्याज आम्दानीबाट यस बैंकले २ खर्ब ५४ करोड रूपैयाँ बढाएको छ जुन अघिल्लो वर्षको तेस्रो क्वाटरको तुलनामा १३.१९ प्रतिशतले बढी हो ।

    यो अवधिमा बैंकको खराव कर्जाको अनुपात ०.९७ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको प्रति कित्ता सेयर आम्दानी १७.६७ रूपैयाँले बढेको छ ।

  • सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार सुरु

    सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ख बर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक विच इक्विजिसन भएपश्चात चैत्र १४ गते बाट एकीकृत कारोबार सुरु भएको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रार कार्यालयले प्राप्तिका लागि स्वीकृति दिएपछि एकीकृत कारोबार आजबाट सुरु भएको हो ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका थिए। २०७७ चैत्र १३ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिव एक खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब १३ अर्ब रहेको छ ।

    प्राप्ति पश्चात बैंकको शाखाको संख्या एक सय ६६ पुगेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बिच एक बराबर ०.९६ स्वाप रेसियो कायम गर्ने गरी प्राप्ति भएको थियो । जसनुसार तिनाउका लगानीकर्ताले आफ्नो एक सय कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता सेयर प्राप्त गर्ने बैंकले जनाएको छ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी नाै अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्क मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृद्ध हुने भएको बताएका थिए । यसले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास लिएको उनको भनाई थियो ।

    त्यसै गरी साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका जीवन प्रसाद ओझाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने बताए ।

    कार्यक्रमलाई सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा बताए ।

    सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रम संचनलन गर्ने बताएका थिए । प्राप्ति अघि यस बैंकले करिव साढे लाख ग्राहकवर्गलाई वित्तीय सेवा प्रदान गर्दे आएकोमा अब करिव नाै लाख ५० ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ । यस प्राप्ति पश्चात सिटिजन्स बैंकको लुम्बिनी प्रदेशमा उपस्थिति झन् दरिलो भएको छ ।

    २०६४ बैशाख सात गते देखि २० औ वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस अगावै नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको छ भने सहयोगी विकास बैंक लिमिटेड र बिराटनगर प्रधान कार्यालय रहेकोसिर्जना फाइनान्स लिमिटेडसँग यही माघ २८ गते प्राप्तिका लागि सहमति गरिसकेको छ ।

    एकीकृत कारोवार सुरुवात गरेसँगै यस बैकले वित्तीय साक्षरताको अभिवृद्धि गर्ने अभिप्रायले जनचेतनामुलक श्रब्य दृश्य सामाग्री पनि सार्वजनिक गरेको छ । बैंकले प्रदान गर्ने सम्पूर्ण सेवा सुबिधालाई समेटेर निर्माण गरिएको श्रब्य दृश्य सामाग्रीले सर्वसाधारण तथा बैंकको ग्राहकहरुको वित्तीय सारक्षता अभिबृद्धि गर्न महत्वपुर्ण भुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।