Tag: साउदी राजकुमार

  • पत्रकार खासोगीको हत्या साउदी राजकुमारकै निर्देशनमा : अमेरिका

    पत्रकार खासोगीको हत्या साउदी राजकुमारकै निर्देशनमा : अमेरिका

    वासिङ्टन- सन् २०१८ मा पत्रकार जमल खासोगीको हत्या साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानकै निर्देशनमा भएको पुष्टि अमेरिकी जासुसी प्रतिवेदनले खुलासा गरेको छ ।

    बाइडेन प्रशासनले सार्वजनिक गरेको एक प्रतिवेदनमा राजकुमार सलमानले ‘समात्न वा मार्न’ निर्देशन दिएको उल्लेख छ । उक्त घटना लगत्तै अमेरिकाले राजकुमारबाहेकका एकदर्जन साउदी अधिकारीलाई प्रतिवन्ध लगाएको थियो ।

    साउदी अरबले भने अमेरिकी प्रतिवेदन झूठा, आधारहिन र उक्साउने खालको रहेको टिप्पणी गरेको छ । राजकुमार सलमानले घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन् ।

    टर्कीको इस्तानबुलको साउदी कन्सुलेटमा पत्रकार खासोगीको रहस्यमय हत्यापछि उनको शवलाई काटिएको अवस्थामा भेटिएको थियो । ५९ वर्षे पत्रकार खासोगी कुनै बेला साउदी सरकारका सल्लाहकार र राजपरिवारसँग निकट थिए ।

    २०१७ देखि उनी अमेरिकामा स्व-निर्वासनमा थिए ।