Tag: साइबर ब्यूरो

  • युट्युबमा अश्लील शीर्षक राख्ने युटुबर पक्राउ

    युट्युबमा अश्लील शीर्षक राख्ने युटुबर पक्राउ

    काठमाडौं । साइबर ब्यूरोले युट्युब च्यानल मार्फत अश्लील शीर्षक राखेर अश्लिलता झल्कने भिडियो प्रसारण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कालीकोट पचाल झरना गाउँपालिका- ९ घर भई हाल बुढानिलकण्ठ नगरपालिका- ४ बस्ने २१ वर्षीय भरत बहादुर तिरुवा रहेका छन् ।

    तिरुवाले टेन्सन ब्रो नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत अश्लील शीर्षक राखेर अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारण गरेका थिए ।

    उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई शुक्रबार पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता नविन्द अर्यालले बताए ।

    उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

  • महिलाको चरित्रहत्या हुने सामग्री प्रसारण गर्ने युट्युवरहरू पक्राउ

    महिलाको चरित्रहत्या हुने सामग्री प्रसारण गर्ने युट्युवरहरू पक्राउ

    काठमडौं । युट्युव च्यानलबाट विभिन्न महिलाको चरित्रहत्या हुने खालका भिडिओ बनाउने साथै भ्यूज कमाउन अन्तर्वार्ता तथा फोटोहरू राखेर प्रसारण गर्ने चारजना युट्युबर पक्राउ परेका छन् ।

    साइबर ब्यूरोले दैनिक खबर नामक युट्युब च्यानलका प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सन्चालक शिशिर अधिकारी, सराइचुली मिडियाका सन्चालक पिंकला कार्की र मोडर्न अनलाइन टिभी नामक युट्युब च्यानलका सन्चालक रोधन तामाङलाई पक्राउ गरेको हो ।

    व्युरोका प्रवक्ता नविन्द अर्यालका अनुसार ती युट्युबरले पीडित महिलाको तस्बिरसहित चरित्रहत्या हुने तथा प्रतिष्ठामा आँच पुग्ने खालका सामाग्री प्रसार गरेका कारण विद्युती कारोवार ऐनअनुसार पक्रउ गरिएको हो ।

    पक्राउ परेकालाई बुधवारै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साइबर ब्यूरोको लोगो दुरुपयोग गरेर नक्कली फेसबुक पेज बनाउने पक्राउ

    साइबर ब्यूरोको लोगो दुरुपयोग गरेर नक्कली फेसबुक पेज बनाउने पक्राउ

    काठमाडौं । साइबर ब्यूरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कपिलबस्तु वाणगंगा नगरपालिका २ घर भई रुपन्देही बस्ने बर्ष १८ को प्रज्वल पोख्रेल रहेका छन् ।

    पोख्रेलले नक्कली पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग साईबर ब्यूरोबाट प्रहरीले कुरा गरेको जस्तो भान पारेर रकम असुल गर्न खोजेका थिए ।

    उनलाई विद्युतिय कारोबार ऐन २०६३, अन्तर्गतको कसुर गरेको पाईएको हुँदा सम्मानीत जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमती लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा  पक्राउ गरेको हो ।

    यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।