Tag: सांग्रिला डेभलपमेन्ट बैंक

  • सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जका (नेप्से) मा सूचीकृत भएको छ ।

    सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक बीच ९ प्रतिशत व्याजदरमा ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

    सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट १ हजार मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ७ लाख ५० हजार थान ऋणपत्र वितरण नेपाल स्टक एक्सचेञ्ज सूचीकरण भएको हो ।

    बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड थियो ।

  • बैंकिङ चेतनासम्बन्धी सांग्रिला बैंकको घरदैलो अभियान

    बैंकिङ चेतनासम्बन्धी सांग्रिला बैंकको घरदैलो अभियान

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभर एकसाथ घरदैलो गरेको छ ।

    स्वास्थ्य मापदण्डको पालना गर्दै आफ्ना ९६ शाखामार्फत घरदैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ । घरदैलोमा विद्युतीय बैंकिङमा जोड तथा बैंकिङ कारोबारका विविध विषयमा प्रचार गरिएको छ ।

    अभियानमार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर उनीहरूलाई वचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, प्रविधिको प्रयोगबाट सहज सेवाको विषयमा पनि जनचेतना जगाइएको छ ।

  • सांग्रिला बैंकको नाफासँगै ईपीएसमा उल्लेख्य सुधार

    सांग्रिला बैंकको नाफासँगै ईपीएसमा उल्लेख्य सुधार

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमाससम्म खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१८ प्रतिशतले बढेको जनाएको छ ।

    गत आर्थिक वर्ष बैंकको मुनाफा बढेर वर्ष ४१ करोड ६९ लाख रुपैयाँ पुगेको हो । यसैगरी बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्ष २६ करोड ७७ रहेकोमा गत वर्ष यस्तो मुनाफा बढेर ५६ करोड १ लाख पुगेको छ। कोभिड कहरमै पनि व्यवसाय वृद्धि भएका कारण खुद ब्याज आम्दानी समेत बढेकाले बैंकको मुनाफा बढेको बताइएको छ ।

    अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड रूपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १९ करोड ७९ लाख पुगेको हो । आइतबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब ७३ करोड चुक्तापुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २८ करोड ८३ लाख रहेको बैंकले जनाएको छ ।

    समीक्षा अवधिमा सांग्रिला बैंकले ४२ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ३६ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ४६.४८ र ५१.८४ प्रतिशतको बढोत्तरी भएको छ । बैंकले नाफामा उल्लेख्य प्रगति गरेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ७.३३ बाट बढेर १५.२३ रूपैयाँ पुगेको हो ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, कस्ट अफ फण्ड ५.९६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत रहेको छ । असार मसान्तको प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ , पीई अनुपात २७.८३ गुणा र क्यापिटल एडेक्वेसी रेसियो ११.८६ प्रतिशत छ।