Tag: सशस्त्र प्रहरी

  • बढुवा रोक्का कारवाहीमा परेका सशस्त्र प्रहरीलाई प्रबल जनसेवा पदक

    बढुवा रोक्का कारवाहीमा परेका सशस्त्र प्रहरीलाई प्रबल जनसेवा पदक

    काठमाडाैं । पदकमा पटक-पटक विभेद भएको भन्दै सशस्त्र प्रहरीमा असन्तुष्टी बढेको छ । आइजिपी शैलेन्द्र खनालले पदक सिफारिसमा विभेद गरेको भन्दै यसअघि पनि गृहमन्त्रालयमा गुनासो पुगेको थियो ।

    यसपटक सशस्त्र प्रहरीतर्फ पदक पाएकामध्ये दुईजना कारवाही र घटुवामा परेका अधिकृतसमेत आईजीपीको कोटामा परेका छन् । ५ वर्ष बढुवा रोक्काको कारवाहीमा परेका डीएसपी शेरबहादुर अधिकारी पदकबाट विभूषित भएका छन्  ।

    ११ वर्षअघि सशस्त्र प्रहरी बलको बाँके शमसेरगन्ज गणमा भएको अनियमितता प्रकरणमा तत्कालीन क्वाटर मास्टर शेरबहादुर अधिकारीविरुद्ध सशस्त्र प्रहरीले आन्तरिक विद्रोह नै गरेका थिए ।

    गणमा उनको अनियमितताविरुद्ध भएको विद्रोहपछि सशस्त्र प्रहरीले उनको ५ वर्ष बढुवा रोक्काको कारवाही गरेको थियो । यसपटक आईजीपी खनालले उनैलाई पदक सिफारिस गरेका छन् । उनले प्रबल जनसेवाश्री पदक पाएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका ज्वाइँ भएका कारण एसपी दिपेन्द्र कुँवर (ख) ले दोस्रोपटक पदक पाएका छन् ।

    सशस्त्र प्रहरीको बढुवामा पदकले २ नम्बर पाउने भएकाले यसको महत्व हुन्छ । एसपी शंकर खनालले पनि दोस्रोपटक पदक पाएका छन् भने आईजीपी खनालका पीए इन्सपेक्टर नारायण गुरुङले पनि पदक पाएका छन् ।

  • सशस्त्र प्रहरीका दुई एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

    सशस्त्र प्रहरीका दुई एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

    बढुवा सिफारिसमाथी चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकले ७ दिन भित्र बढुवामाथी उजुरी सुन्ने समितिमा उजुरी दिन पनि बढुवा समितिले आग्रह गरेको छ । धौबजी र न्यौपाने दुवैजना प्राविधिक सईको रुपमा सेवा प्रवेश गरेका थिए । पछि सशस्त्रमा आएपछि गैर प्राविधिक बनेका हुन् ।

    डीआईजीमा बढुवाका लागि उनीहरुसँगै विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की र नेत्रकुमार खत्री लगायत प्रतिस्पर्धामा थिए ।

  • हिल्सा बीओपीका सुरक्षाकर्मीलाई दैनिक उपभोग्य वस्तुको अभाव

    हिल्सा बीओपीका सुरक्षाकर्मीलाई दैनिक उपभोग्य वस्तुको अभाव

    हुम्ला । चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्री सकिएको छ ।

    हिल्सामा बिओपी स्थापना भएको करिव एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सुरक्षा दिँदै आएको छ । सशस्त्र प्रहरीलाई दाल, तेल, मसला, तरकारी दैनिक उपभोग्यवस्तुका लगायतको अभाव भएको हिल्सा बिओपीका इन्चार्ज केसीले बताए ।

    यारी, याल्वाङ, मुचु, केर्मीलगायतका गाउँबाट खरिद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको उनले बताए । सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई तरकारी र तेलको बढी समस्या छ ।

    हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले साना ठूला समस्यासँग जुधिरहनुपरेको छ । हिउँदको तीन महिना भारी हिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा शसस्त्र प्रहरी बलको टोली यो वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुरक्षामा खटिएको हो ।

    हिल्सामै स्थापना भएको नेपाल प्रहरीको प्रहरी चौकी भने जाडो याममा चिसो बढेपछि बसाइँ सर्ने गर्दै आएको छ तर सशस्त्रको बिओपी यो वर्ष पहिलो पटक हिल्सामा बसेको हो । सीमा सुरक्षा राष्ट्रको संवेदनशील पक्ष हो  । सरकारले आफ्नो सीमा सुरक्षालाई विशेष महत्व दिएको भए पनि दुर्गम जिल्लाको सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीले विभिन्न समस्या र चुनौतीको सामना गर्नुपरेको छ ।

    रासस

  • दोस्रो चरणमा साढे ४ सय सशस्त्र प्रहरीलाई कोरोना, साढे ३ सय सक्रिय

    दोस्रो चरणमा साढे ४ सय सशस्त्र प्रहरीलाई कोरोना, साढे ३ सय सक्रिय

    काठमाडौं । दोस्रोच चरणरमा सशस्त्र प्रहरी बलका साढे ४ सय जनामा कोरोना संक्रमण भएको छ । मुलुकभरका ७ वटै प्रदेश, उपत्यका र मिसनमा गरेर अहिलेसम्म ४ सय ४८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको हो ।

    जसमध्ये अहिले पनि ३ सय २२ जना सक्रिय संक्रमित रहेका सशस्त्र प्रहरी बलका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) राजु अर्यालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ३६ जना अस्पतालमा, १ सय २४ जना आइसोलेसनमा र १ सय ६२ जना सशस्त्र प्रहरी बलकै व्यारेकको आइसोलेनमा छन् । दोस्रो चरणमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ सय २६ रहेको प्रवक्ता अर्यालले बताए ।

    पहिलो र दोस्रो चरणमा गरेर ५ जनाको मृत्यु भइसकेको छ । जसमा काठमाडौं उपत्यका, प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ जना नै महिला रहेका छन् । ४ जनाको पहिलो चरणमा मुत्यु भएको हो भने एक जनाको दोस्रो चरणमा मृत्यु भएको छ ।

    यस्तै पहिलो र दोस्रो चरणमा गरेर मुलकभरमा २ हजार ५ सय ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण भएकोमा २ हजार २ सय ९ जना संक्रमणमुक्त भइसकेका छन् ।

    दुवै चरणमा सात वटै प्रदेश, उपत्यका र मिसनमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९ सय ४६ जनामा कोरोना संक्रमण भएको छ । जसमा ८ सय ४२ जना संक्रमणमुक्त भइसकेका छन् भने १ सय ३ जना सक्रिय संक्रमित छन् ।

    दोस्रोमा प्रदेश १ मा ३ सय ५० जना संक्रमित भएकोमा ३ सय ४ जना संक्रमणमुक्त भइसकेका छन् भने ४५ जना सक्रिय संक्रमित छन् । यस्तै प्रदेश २ मा ३ सय ३२ जनामा संक्रमण भएकोमा ३ सय ७ जना संक्रमणमुक्त भइसकेका छन् भने २५ जना सक्रिय संक्रमित छन् ।

    सुदूरपश्चिम प्रदेशमा २ सय ८८ जनामा संक्रमण भएकोमा २ सय ३० जना संक्रमणमुक्त भइसकेका छन् भने ५८ जना सक्रिय संक्रमित छन् । कर्णाली प्रदेशमा १ सय ६२ जनामा कोरोना संक्रमण भएकोमा १ सय ३८ जना संक्रमणमुक्त भएका छन् भने २३ जना सक्रिय संक्रमित छन् ।

    लुम्बिनी प्रदेशमा १ सय ६१ जनामा संक्रमण भएकोमा १ सय १३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४७ जना सक्रिय रहेका छन् । बागमती प्रदेशमा १ सय ५२ जनामा कोरोना संक्रमण भएकोमा १ सय ४१ जना संक्रमणमुक्त भइसकेका छन् भने ११ जना सक्रिय संक्रमित छन् ।

    गण्डकी प्रदेशमा १ सय २६ जनामा संक्रमण भएकोमा १ सय १५ जना संक्रमणमुक्त भइसकेका छन् भने १० जना सक्रिय संक्रमित छन् । सबैभन्दा कम मिसनमा गएका १९ जनामा कोरोना संक्रमण भएकोमा १९ जना नै संक्रणमुक्त भइसकेका छन् ।

  • पश्चिमनवलपरासीको भारतीय सीमा क्षेत्रमा गाउँले र सशस्त्र प्रहरीबीच झडप, गोली लागेर एकको मृत्यु

    पश्चिमनवलपरासीको भारतीय सीमा क्षेत्रमा गाउँले र सशस्त्र प्रहरीबीच झडप, गोली लागेर एकको मृत्यु

    रुपन्देही । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका-६ का २३ वर्षीय अविनाश राजभरको उपचारका लागि बुटवल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

    भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका-५ स्थित नथुई नाका (वनकट्टी) मा आएको भीड नियन्त्रण गर्न गोली चलाइएको प्रहरीको दावी छ । घाइते भएपछि गोलीबाट घाइते भएपछि ती युवालाई शहीद स्मृति अस्पताल चौपातामा उपचारका लागि भर्ना गरिएको थियो ।

    शुरूमा ५/७ जनाको समूहमा आएकालाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले अरु साथी ल्याएका थिए । स्थानीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ ।

    ठूलो समूहमा आएका गाउलेले प्रहरीमाथि ढुंगामुढा गरको र भीड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले नेपाल प्रेसलाई बताए ।

    भीडलाई नियन्त्रण गर्न अश्रु ग्याँस प्रहार गरिए पनि नियनत्रणमा लिन नसकेपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दावी गरे ।

    स्थानीयको आक्रमणबाट नाकाको सुरक्षार्थ खटिएका सशस्त्र नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

  • सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा

    सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा

    काठमाडौं । नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड -१९ को संक्रमण बढे संगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड १९ संक्रमणको जोखिममा परेका छन् ।

    भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर चलेसंगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतबाट नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित पाईएको छ ।

    यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बल संगै त्यहाँ खटिने नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु पनि संक्रमित भईरहेका छन् ।

    त्यसमध्ये सीमासुरक्षार्थ परिचालन भएका सशस्त्र प्रहरी जवानहरु संक्रमणको बढी जोखिममा रहेका छन् ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक राजु अर्यालका अनुसार संगठन भित्र आन्तरिक व्यवस्थापन गरेर सकेसम्म जोखिम कम गर्ने र संक्रमण हुन नदिने उपाय अवलम्बन गरिएको छ ।

    सशस्त्र प्रहरी बलले कोभिड १९ को पहिलो लहरमा लिएको शिक्षा र अनुभवको आधारमा तयारी गरेर काम गरिरहेको नायब महानिरीक्षक अर्यालले बताए । संगठनभित्र ब्यारेकदेखि डियुटी खटिदा सम्मको जोखिम मुल्यांकन गरेर काम गरिरहेको अर्यालले बताए ।

    सशस्त्र प्रहरी बलका १ हजार भन्दा बढी सुरक्षाकर्मी अहिले कोभिड १९ बाट संक्रमित भईसकेका छन् । अहिले आईसोलेसनमा ५ जना सुरक्षाकर्मीले उपचार गराईरहेका छन् ।

    कोभिड १९ को दोश्रो लहरमा ६६ जना सुरक्षाकर्मी संक्रमित भएको नायब महानिरीक्षक अर्यालले जानकारी दिए । सशस्त्र प्रहरी बलको आफ्नो छुट्टै अस्पताल भएपनि संक्रमितको चाप बढेकोले चुनौती थपेको अर्यालले बताए ।

    अस्पतालको चापलाई थेग्न स्वास्थ्यसँग सम्बन्धित जनशक्ति अपुग भएको भन्दै उनले वर्तमान अवस्थामा आवश्यक जनशक्ति संगै प्राविधिक सामाग्री पनि थप्न सके अस्पतालले कोभिड १९ विरुद्धको उपचारमा महत्वपुर्ण भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

    नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका गरि अहिले सम्म ४० हजार बढी सुरक्षाकर्मीहरु कोरोना संक्रमित भईसकेका छन् । कोभिड १९ का कारण १० जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

    सामुहिक रुपमा ब्यारेकमा बस्ने भएकाले एकजना सुरक्षाकर्मी मात्रै संक्रमित भए संक्रमित सम्बद्ध पुरै युनिट जोखिममा पर्ने खतरा छ । त्यसैले पनि सरकारले अग्रपंक्तिमा खटिने सबै सुरक्षाकर्मीका लागि स्वास्थ्य सर्तकताका मापदण्ड व्यवहारमा कार्यान्वयन गर्दै सुरक्षाका लागि आवश्यक श्रोत र साधन पर्याप्त मात्रामा उलपब्ध गराउन आवश्यक देखिन्छ ।

  • मन्त्रीहरूको सुरक्षार्थ खटेका सशस्त्र तत्काल फिर्ता नगरिने

    मन्त्रीहरूको सुरक्षार्थ खटेका सशस्त्र तत्काल फिर्ता नगरिने

    जनकपुरधाम । प्रदेश मन्त्रीहरूको सुरक्षामा खटेका सशस्त्र प्रहरी तत्काल फिर्ता नगरिने भएको छ ।

    मन्त्रीहरूको सुरक्षाको अर्को प्रबन्ध नमिलाएसम्म सशस्त्र प्रहरीले नै सुरक्षा दिने बिहिबार बसेको प्रदेश सुरक्षा समितिको बैठकले निर्णय गरेको हो ।

    सशस्त्र प्रहरीलाई फिर्ता गर्न प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआइजी चन्द्रप्रकाश गौतम मन्त्रीहरूलाई बिहीवार नै पत्राचार गरे । त्यसलगत्तै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सुरक्षा समितिको बैठक बोलाउन लगाए । बैठकमा मन्त्री यादवले भीआईपीको सुरक्षामा खटेका सशस्त्र प्रहरीलाई फिर्ता बोलाउने संघीय सरकारको निर्णयमा आपत्ति जनाएका थिए ।

    बैठकमा भीआईपी सुरक्षाका लागि नेपाल प्रहरी नखटेसम्म सशस्त्र प्रहरीलाई फिर्ता बोलाउन नहुने निर्णय भएको यादवले बताए । ‘सुरक्षाका लागि हामीले कहिलेसम्म नेपाल प्रहरी आउने विषयमा समन्वय गर्न प्रहरीका प्रदेश प्रमुख डीआइजी धिरजप्रताप सिंह र सशस्त्रका प्रदेश प्रमुख डीआइजी गौतमलाई जिम्मेवारी सुम्पिएका छौं’, उनले नेपाल प्रेससँग भने ।

    मन्त्री यादव भन्छन्, ‘सशस्त्र प्रहरी केन्द्र मातहतमा रहेको छ । त्यसैले फिर्ता बोलाउने निर्णय लिन सक्छ । तर, कम्तीमा समन्वय गर्नुपर्थ्यो । सुरक्षाको दोस्रो प्रबन्ध नगरी सशस्त्रलाई फिर्ता बोलाउन मिल्दैन ।’ नेपाल प्रहरीलाई नै पठाउनु छ भने पहिले पठाओस् । त्यसपछि सशस्त्रलाई फिर्ता बोलाउँदा हुन्छ । खाली राख्न त हुँदैन,’ उनले थपे ।

    प्रदेश २ सरकारले प्रहरी ऐनसमेत बनाइसकेको छ । तर, प्रहरी समायोजन नभएकाले सो ऐन कार्यान्वयनमा आएको छैन । प्रहरी समायोजन गरी अधिकार नदिनु र सशस्त्रलाई फिर्ता बोलाउने संघीय सरकारको निर्णयलाई प्रदेशमाथि हस्तक्षेप भएको मन्त्रीहरूले टिप्पणी गरेका छन् ।

    प्रदेशका मन्त्रीहरू र राज्यमन्त्रीहरूको सुरक्षाका लागि सशस्त्रका वरिष्ठ हवल्दार तथा हवल्दार गरी ३२ जना खटेका छन् । मन्त्री र राज्यमन्त्रीको सुरक्षमा २/२ जना र आन्तरिक मामिला तथा कानून मन्त्री यादवको सुरक्षामा ८ जना सशस्त्र छन् ।