Tag: समाज चित्र

  • सरकारले खारेज गर्‍यो भिजिट भिसाका सबै प्रावधान, ६ बुँदे मापदण्ड पुनरावलोकनका लागि सिफारिस

    सरकारले खारेज गर्‍यो भिजिट भिसाका सबै प्रावधान, ६ बुँदे मापदण्ड पुनरावलोकनका लागि सिफारिस

    काठमाडौं– भिजिट भिसा विवादित बनेपछि अध्यागमन विभागले हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्डलगायत यस अघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरु खारेज गरेको छ ।

    गृहमन्त्रालयको ०८२ कार्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका सबै प्रावधान खारेज गरी नयाँ प्रावधान जारी गरिएको अध्यागमन विभागले उल्लेख गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् जारी प्रेस वक्तव्यमा विभागले नयाँ प्रावधानबारे जानकारी दिएको छ ।

    अध्यागमन विभागले भन्यो- भिजिट भिसा व्यवस्थापनमै अल्मलिँदा विदेशीको जाँच पड्ताल गर्ने काम ओझेलमा पर्‍यो

    विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफू जान लागेको देश र यात्राको बारेमा पूर्ण रुपमा जानकारी प्राप्त गरी यात्रा गर्न अनुरोध गरेको छ ।

    वैदेशिक यात्रा गर्दा कम्तिमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, जान लागेको देशको हवाई टिकट, भ्रमण गर्नुको कारण र आवश्यक कागजात साथै भ्रमणका क्रममा केही भए स्वयम् जिम्मेवार रहने व्यहोराका स्वघोषणापत्र आवश्यक पर्ने विभागले जनाएको छ ।