Tag: संसद बैठक

  • संसद बैठक बस्दै, प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस गर्ने

    संसद बैठक बस्दै, प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस गर्ने

    काठमाडौं । आज दिउँसो १ बजे संघीय संसद बैठक बस्दैछ । आजको संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ,

    दशौं अधिवेशनअन्तरगत संसदको दशौं बैठक बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

    आफूले कारबाही गरेका १४ सांसद पदमुक्त हुनपर्नें माग राख्दै एमालेले सदनमा अवरोध गरिरहेको हो । उक्त क्रम एमालेले आज पनि जारी राख्ने जनाएको छ ।

  • आज संसद बैठक बस्दै, प्रधानमन्त्रीले सूचना आयोगको प्रतिवेदन पेस गर्ने

    आज संसद बैठक बस्दै, प्रधानमन्त्रीले सूचना आयोगको प्रतिवेदन पेस गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

  • एमाले अवरोधबीच सदनमा आज पनि ४ अध्यादेश पेस हुँदै (कार्यसूचीसहित)

    एमाले अवरोधबीच सदनमा आज पनि ४ अध्यादेश पेस हुँदै (कार्यसूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकका लागि १० वटा कार्यसूची तय गरिएको छ । आजको बैठकमा सरकारले ४ वटा अध्यादेश पेस गर्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधका बीच सदनमा अध्यादेश प्रस्तुत गर्ने क्रमलाई आज पनि निरन्तरता दिइने भएको हो ।

    संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सांसद प्रेम सुवालले केही अध्यादेश अस्वीकृत गरियोस् भनी सूचना प्रस्तुत गर्ने छन् ।

  • प्रतिनिधिसभाको बैठक सकियो, एमाले अवरोधबीच ६ अध्यादेश पेस

    प्रतिनिधिसभाको बैठक सकियो, एमाले अवरोधबीच ६ अध्यादेश पेस

    काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवशेनको पहिलो बैठक छोटो समय बसेर सकिएको छ । बैठक सुरू हुनसाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको थियो । अर्को बैठक पुस ६ गते बस्ने भएको छ ।

    जनप्रतिनिधिमुलक थलोमा अवरोध नगर्न सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम राखे ।

    एमाले अवरोधबाट पछि नहटेपछि अवरोधका बीच सभामुखले बैठकलाई अघि बढाए । एमाले विरोधबीच पहिलो बैठकमा विभिन्न ६ अध्यादेश पेस भएका छन् । संसदमा पेस भएका अध्यादेशहरुमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस भए ।

    त्यस्तै रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकमा पेस भए ।

    प्रतिनिधिसभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्बन्धी प्रस्तावलाई पनि सभामुखले अघि बढाए।

    विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । एमाले विभाजन भएयता चलेको संसदका सबै बैठकमा एमालेले अवरोध गरेको थियो ।

  • संसद बैठक सुरू हुनेबित्तिकै एमालेको अवरोध

    संसद बैठक सुरू हुनेबित्तिकै एमालेको अवरोध

    काठमाडौं । संघीय संसदको आज सुरू भएको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गर्नेबित्तिकै प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरू उठेर नाराबाजी सुरू गरे।

    बैठक सुरू हुनअघि बसेको एमाले संसदीय दलको बैठकले अवरोधलाई निरन्तरता दिने निर्णय गरेको थियो । सभामुख सापकोटाले जनप्रतिनिधि थलोलाई अवरोध नगरी सिर्जनात्मक बहसमा सहभागी हुन एमाले सांसदलाई आग्रह गरेका छन् ।

    विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । एमाले विभाजन भएयता चलेको संसदका सबै बैठकमा एमालेले अवरोध गरेको थियो ।

    एमाले अवरोधकै बीच संसदमा प्रतिस्थापन विधेयक ल्याएर पूर्ववर्ती केपी ओली सरकारले ल्याएको बजेटमा हेरफेर गरिएको थियो । विरोधका बीच विधेयक पारित समेत भएको थियो।

  • भोलिको संसद बैठकमा ६ वटा अध्यादेश पेस गरिने (कार्यसूचीसहित)

    भोलिको संसद बैठकमा ६ वटा अध्यादेश पेस गरिने (कार्यसूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभाको दशौं अधिवेशनअन्तर्गत भोलिको बैठकका लागि कार्यसूची तयार पारिएको छ । संसद सचिवालयका अनुसार भोलिको बैठकमा ६ वटा अध्यादेश पेस गरिने भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाणले ‘पाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने छन् ।

    भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकमारी यादवले रेल्वे अध्यादेश, २०७८, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची छ ।

    दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने छन् ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने पार्टीले कारवाही गरेका व्यक्तिहरू बैठकमा कसेसम्म सदन अवरोध गर्ने बताउँदै आएको छ ।

  • संसद बैठकमा २ विधेयक पारित गर्ने कार्यसूची

    संसद बैठकमा २ विधेयक पारित गर्ने कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गर्ने कार्यसूची छ ।

    आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूची अगाडि बढाउँदै आएका छन् । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले आजपनि अवरोध कायम राख्ने बताइएको छ ।

  • प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

    प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी सकिएको छ । बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ एमाले सांसदहरुले वेल घेरेका थिए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदहरुले निरन्तर संसद अवरोध गरेका थिए ।

    सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर सहमतिको प्रयास गरेपनि सहमति जुट्न सकेन । दोस्रो बैठकमा पनि एमाले सांसदहरुको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गते १ बजे बस्नेगरी स्थगित भएको हो ।

  • एमाले अवरोधबीच ओली सरकारले ल्याएका बजेटसम्बन्धी सबै अध्यादेश पेस

    एमाले अवरोधबीच ओली सरकारले ल्याएका बजेटसम्बन्धी सबै अध्यादेश पेस

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही अघि बढाएपछि बजेटसम्बन्धी तीन वटा अध्यादेश पेस भएका छन् ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेका अध्यादेश अस्वीकृत गरियोस् पर्ने सबै सूचनालाई अस्वीकृत गर्दै केपी ओली सरकारले ल्याएका बजेटसम्बधन्धी अध्यादेश प्रतिनिधिसभाको बैठकमा पेस भएका हुन् ।

    अर्थमन्त्री जर्नादन शर्माले आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्योदश र विनियोज सम्बन्धी अध्योदश बैठकमा पेस गरे । एमाले सांसदहरूको अवरोध छलेर शर्मा दौडदै रोष्टम पुगेका थिए ।

  • एमाले अवरोधबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस 

    एमाले अवरोधबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस 

    काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ २५ गतेसम्मलाई स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका छन् ।

    बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । त्यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनय समेत गरेका थिए ।

    एमाले अवरोधका कारण बैठक दुईपटक स्थगित भएको थियो ।

  • संसदमा एमालेको नाराबाजी- गैरसांसदलाई संसदमा राख्न पाइँदैन

    संसदमा एमालेको नाराबाजी- गैरसांसदलाई संसदमा राख्न पाइँदैन

    काठमाडौं । नेकपा (एमाले) ले आफूबाट विभाजित एकीकृत समाजवादीका सांसदहरूलाई गैरसंवैधानिक भन्दै सभाबाट निष्कासन गर्नुपर्ने माग गरेको छ ।

    रोष्ट्रमअघि उभिएर एमाले सांसदहरूले गैरसांसदलाई बैठकमा राख्न नपाइने भन्दै नारावाजी गरिरहेका छन् । उनीहरूले पार्टी फुटाउन सभामुख मतियार बनेको आरोपसमेत लगाए ।

    एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका थिए ।

    संसदीय दलको निर्णय अनुसार एमाले सांसदहरुले सभा अवरुद्ध पारेका छन् ।

  • संसद बैठकअघि सिंहदरबारमा सत्ता गठबन्धनको बैठक

    संसद बैठकअघि सिंहदरबारमा सत्ता गठबन्धनको बैठक

    काठमाडौं । संसद बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । केहीबेरमा गठबन्धन दलका शीर्ष नेताको बैठक बस्न लागेको एक नेताले नेपाल प्रेसलाई बताए ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा संघीय सदनका बैठक संचालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ ।

    आफूहरुले निष्कासन गरेका १४ सांसदलाई सभामुखले बैठकमा सहभागी गराए प्रमुख प्रतिपक्ष एमालेले बैठक चल्न नदिने चेतावनी दिएको छ ।

  • संघीय संसदको दशौं अधिवेशन आजदेखि, यस्ता छन् कार्यसूची

    संघीय संसदको दशौं अधिवेशन आजदेखि, यस्ता छन् कार्यसूची

    काठमाडौं । संघीय संसदको दुवै सदनको दशौं अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन् ।

    सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।

    गत साउन ३२ गते सदनको नवौं अधिवेशनको अन्त्य भएको थियो । सरकारले संसद अधिवेशन अन्त्य गरी राजनीतिक दल विभाजनका लागि सहज हुने अध्यादेश जारी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमलेले विरोध गरेको थियो ।

     

  • आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

    आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

    काठमाडौं । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक केपी ओलीले मंगलबार संसद बैठकमा भाषण गरे । तीन वर्षपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले रोष्ट्रममा बोल्न उभिँदा उनीसँग थियो, वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रमको दस्तावेज ।

    ओलीको भाषण यही दस्तावेजको सेरोफेरोमा थियो । उनले साझा कार्यक्रमको केस्रा-केस्रा केलाएर सरकारमाथि प्रहार गरे । त्यसो त उनको प्रहारको निशानामा वर्तमान सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै थिएनन्, सत्तारुढ गठवन्धनका सबै मुख्य पात्रहरूलाई उनले पालैपालो हिर्काएका थिए ।

    ओलीले छुन बाँकी कुनै विषय थिएन । उनले जनयुद्धका घाइतेदेखि क्यान्टोनमेन्टको भ्रष्टाचारसम्म र एमसीसीदेखि कालापानी-लिपुलेकसम्मका कुरा उप्काए । नाम कसैको नलिए पनि उनको मुख्य निशाना देउवा, प्रचण्ड, माधव नेपाल,उपेन्द्र-बाबुराम र सर्वोच्च अदालत थिए ।

    गौर हत्याकाण्डको विषय निकालेर उपेन्द्र यादवलाई र मातातीर्थको विषय निकालेर डा. बाबुराम भट्टराईलाई ओलीले तर्साउन खोजे । त्यस्तै ललिता निवासको कुरा उठाएर माधव नेपाल र बाबुराम दुवैमाथि उनले निशाना साँधे । यी विषय छानविन गर्न उनले चुनौती दिए ।

    आफ्नो स्वभाव र शैलीअनुसार लम्बेतान भाषण गरेका ओलीले कतै बोर हुने ठाउँ भने छाडेनन् । विषयहरूलाई अतिरञ्जना गरेर होस् वा मजाक बनाएर, गाली गरेर होस वा हँसाएर उनले संसदमा प्रतिपक्षको आभास दिलाएका छन् । उनको भाषणका कैयन सन्दर्भहरू समाचार लायक थिए ।

    ओलीले सत्तारुढ गठबन्धनले हालै सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ लाई ‘सडकमा बाँडेको कागज’ भनेर उडाए । संसद अधिवेशन चलिरहेकै बेला सरकारको कार्यक्रम संसदभन्दा बाहिर सार्वजनिक गरिएकोमा उनको आपत्ति थियो ।

    ओलीले भने, ‘हामी सरकारमा छँदा अत्यावश्यक विषयवस्तुहरू अध्यादेशमार्फत ल्याएको बेला संसद छलेर यो ल्याइयो त्यो ल्याइयो भनेर खुबै विरोध हुन्थ्यो । तर, अहिले संसद अधिवेशन चलिरहेका बेला, संसद बैठक आज छ, दुई दिनअघि बाहिर कतै सडकमा सरकारको कार्यक्रम सार्वजनिक गरिनुको मक्सद के हो ?’

    यसको जवाफ पनि उनी आफैंले दिए, ‘गठवन्धनमा विभिन्न अनुहारहरू छन् । संसदमा यो कार्यक्रम ल्याउँदा त सरकारमा नभएकाहरूको उनीहरूको फोटो आउँदैन । त्यत्तिका लागि बाहिर सडकमा सार्वजनिक गरिएको हो ।’

    साझा न्यूनतम कार्यक्रममा विभिन्न अनुहार देखिए पनि नेपाली कांग्रेसको अनुहार आफूले कतै नदेखेको भन्दै ओलीले व्यंग्य गरे ।

    प्रचण्डलाई जवाफ

    ओली सरकार ढालेपछि संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई ‘आगो’ को संज्ञा दिँदै आगोसँग नखेल्न चेतावनी दिएका थिए । त्यसको जवाफ ओलीले आज संसदबाटै दिए ।

    ‘उहाँ आगो हो थाहा छ । उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झिन्छु । उहाँ डढेलो लगाउनुहुन्छ,’ ओलीले भने, ‘तर, यस्तो आगो निभाउन हामीलाई आउँछ । विगतमा एक-दुई बाल्टी पानीले आगो निभाएको सम्झना होस ।’

    ओलीले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा निकालेर पनि प्रचण्डलाई झस्काउन खोजे । सरकारले आफ्नो साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने भनेको उल्लेख गर्दै उनले त्यसो हो भने क्यान्टोनमेन्टको भ्रष्टाचार छानविन गर्न चुनौती दिए ।

    ‘भ्रष्टाचारीलाई कारवाही गर्ने भन्नुभएको छ, खुशी लाग्यो,’ उनले भने, ‘छानविन गर्ने र कारवाही अगाडि बढाउने राम्रो कुरा हो । भ्रष्टाचारका थुप्रै कुरा उठिरहेका छन् । क्यान्टोनमेन्टको पनि यत्रो कुरा उठेकै छ । यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छानविन गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।’

    माओवादी जनयुद्धमा घाइते भएकाहरुको शरीरभित्र रहेको गोली निकाल्न पनि ओलीले प्रचण्डलाई चुनौती दिएका थिए ।

    ‘उहाँहरूलाई खादा लगाइदिएर मात्रै सम्मान हुँदैन, उहाँहरुको शरीरभित्रको गोली निकाल्न सक्नुहुन्छ ?’ ओलीले भने, ‘सक्नुहुन्न भने थापाथलीमा रहेको एमाले कार्यालयमा पठाइदिनुस्, हामी निकाल्छौं ।’

    एमसीसी र कालापानीको कुरा

    ओलीले साझा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा एमसीसीका सन्दर्भमा साँधिएको मौनतालाई सबैभन्दा ठूलो आलोचनाको विषय बनाए । यसैगरि लिपुलेक-कालापानीलाई दस्तावेजले ‘समस्या’का रूपमा प्रस्तुत गरेको भन्दै उनले आपत्ति जनाए ।

    दस्तावेजका पाना पल्टाउँदै ओलीले व्यंग्य गरे, ‘अहिलेको गठवन्धन नै सरकारमा हुँदा एमसीसी गर्नुभएको जस्तो लाग्छ तपाईंहरूले । एमसीसीको बारेमा त खोइ केही पनि छैन । यति ठूलो विषय किन छुटाउनुभयो ? बिर्सिनुभयो कि क्या हो ? मैले त कतै देखिनँ ।’

    उनले थपे, ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्री ज्यू । के गर्नुहुन्छ तपाईं ? बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट छ । भरर ताली बजाइदिँदा भइहाल्छ । कसैको मद्दत चाहिँदैन । त्यो १६५ को सबल जत्थाले के भन्छ ? पास गर्ने कि फेल गर्ने ? कि चुप लाग्ने ?’

    कालापानीको विषयमा ओलीको टिप्पणी अझ चोटिलो थियो ।

    उनले भने, ‘लिपुलेक कालापानीलाई नेपालको ‘समस्या’ भनिएको छ । समस्या समाधान गर्ने रे । समस्या हो यो ? आफ्नो देशको पवित्र भूभाग समस्या हुन्छ ? त्यसोभए छोडिदिँदा समस्या समाधान हुन्छ ? के साह्रो खुट्टा कमाएको ? डरले जिब्रो टोक्दा टोक्दा रगत आइसक्यो तपाईंहरूको ।’

    ओलीले सुझाव दिए, ‘त्यो हाम्रो भू-भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । तपाईंहरु सक्नुहुन्न भने पर्खिनुस् । हामी डेढ वर्षपछि आउछौं ।’

    मन्त्री बनाइदिन विन्ती !

    सबैलाई प्रहार गर्न भ्याएका ओलीले आफ्नै पार्टीका सहयोद्धा माधवकुमार नेपाललाई छुटाउने कुरा थिएन । यसपाली उनले नेपाललाई सबैभन्दा पछाडि सम्झिए । माधव नपालको नाम नलिइकन उनको समूहका नेताहरू मन्त्री खान दौडधुप गरेको भन्दै कटु व्यंग्य गरे ।

    ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस् न । किन बिलम्ब गर्नुभएको ?’ उनले भने ।

    ओलीले हात जोड्दै आग्रह गरे, ‘मन्त्री बन्न नपाएर हिरिक-हिरिक गर्न थालिसके । पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ भनेका छन् । चाकडी गरेका छन् । मन्त्री दिनुस प्लिज । मेरो दलमा घाटा भएको म सहुँला ।’

    डेढ वर्षपछि फर्किन्छु

    ओलीले आफू डेढ वर्षपछि फेरि सत्तामा फर्किने उद्घोष गरे । असाधारण बहुमतका साथ मुलढोकैबाट फर्किने उनको दावी थियो ।

    ‘मैले पहिले नै भनेको थिएँ, म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाटै फर्किनेछु । नसुनेको भए फेरि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ म मूलबाटोबाट फेरि प्रवेश गर्छु ।’

  • संसदमा चर्कियो दार्चुला घटना, गृहमन्त्रीको प्रस्तुतिले एमाले आक्रोशित

    संसदमा चर्कियो दार्चुला घटना, गृहमन्त्रीको प्रस्तुतिले एमाले आक्रोशित

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयमा जोडतोडले आवाज उठेको छ । शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले यो विषयलाई महत्वका साथ उठाएका थिए ।

    बैठकमा प्रतिपक्षी दल एमालेका संसदहरूले यस घटनालाई लिएर सरकार निरीहरूपमा प्रस्तुत भएको आरोप लगाए । कांग्रेस संसदहरूले चाहिँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापन गर्ने प्रतिबद्धता जनाए पनि पूरा नगरेको भन्दै वर्तमान सरकारको बचाउ गर्न खोजे ।

    बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री बालकृष्ण खाणले सो घटनाका सम्वन्धमा सरकारले गरिरेको अनुसन्धान प्रक्रियाबारे जानकारी दिएका थिए । तर, उनले कतै पनि घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीलाई जोडेनन् । बरु बेपत्ता धामीको खोजतलासमा एसएसबीले पनि सहयोग गरिरहेको उनले बताए ।

    घटनाबारे छानविन गर्न सरकारले बनाएको छानविन टोली घटनास्थलतर्फ प्रस्थान गरेको भन्दै गृहमन्त्री खाणले भने, ‘अहिलेसम्म मृत्यु भएको वा जीवित रहेको केही पत्ता लागेको छैन ।’

    यस घटनालाई लिएर सरकारले भारतसँग कुनै कूटनीतिक पहल गरेको उनले जानकारी दिएनन् । बरु जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट भारतीय पक्षमा पत्राचार भएको भनेर टारे ।

    गृहमन्त्रीको उक्त प्रस्तुतिपछि एमालेका सांसदहरु उनीप्रति आक्रामक बनेका थिए । सांसदहरू खगराज अधिकारी, महेश बस्नेत, शान्ता चौधरीलगायतले मन्त्रीको चर्को आलोचना गरे ।

    अधिकारीले प्रश्न गरे, ‘सरकारको प्रस्तुति हेर्दा जयसिंह धामी तुइन आफैं चुँडिएर खसेको भन्न खाजिएको जस्तो देखियो । यो हाम्रो राष्ट्रिय स्वाभिमानविपरीत छ ।’

    सांसद शान्ता चौधरीले प्रत्यक्षदर्शीको बयान आइसक्दा पनि सरकारले सत्यतथ्य लुकाउन खोजेको आरोप लगाइन् ।

    कांग्रेस सांसद देवेन्द्रराज कँडेलले यो घटनाका विषयमा दुई देशबीचको संयुक्त टोली बनाएर छानविन गर्न सुझाव दिए ।

    उनले भने, ‘भारतीय एसएसबी आफैं पीडकको रूपमा रहेको छ भने उसले कसरी सत्यतथ्य बाहिर ल्याउँछ । त्यसैले संयुक्त टोली गठन गर्नुपर्छ ।’

    कांग्रेसका अर्का सांसद गगन थापाले चाहिँ भारतले आफ्ना दुई मछुवारहरूको हत्या हुँदा चार वर्षसम्म न्यायको लागि लडेको स्मरण गराए । एसएसबीले घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेको कुरा बाहिर आएको भन्दै उनले यसको सत्यताबारे सरकारले जानकारी दिनुपर्ने बताए ।

    सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पनि गृहमन्त्री खाणले घटनामा एसएसबीको संलग्नताबारे मौनता साँधे । सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन नबुझाएसम्म कुनै निष्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो ।

    गृहमन्त्रीले भने, ‘समितिले सत्यतथ्य बाहिर ल्याएपछि त्यसका आधारमा अघि बढ्छौं ।’

  • संसद बैठकअघि प्रचण्डले भेटे सभामुख

    संसद बैठकअघि प्रचण्डले भेटे सभामुख

    काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटासँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट गरेका छन् । प्रचण्ड सभामुख निवास लैनचौरमा पुगेर सापकोटालाई भेटेका हुन् ।

    राजनीतिक दौडधुप बढाएका प्रचण्डले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटेका थिए ।

    आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा शून्य समय र विशेष समयसमेत राखिएको छ ।

  • तस्बिरमा पुन:स्थापित संसदको पहिलो बैठक

    तस्बिरमा पुन:स्थापित संसदको पहिलो बैठक

    काठमाडौं । दोस्रोपटक पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रयोजनका १५ मिनेटपछि दोस्रो बैठक शुरू भएको छ ।

    पहिलो बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने उपस्थित छैनन् ।

  • संसदमा सपथ र नागरिकतासम्बन्धी अध्यादेश पनि पेस

    संसदमा सपथ र नागरिकतासम्बन्धी अध्यादेश पनि पेस

    काठमाडौं । दोस्रोपटक पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सपथ र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश पनि पेस भएका छन् ।

    संसदको पहिलो बैठकमा अध्यादेश पेस गर्ने नियम अनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा १६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

    जसमा सपथ र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश पनि छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ र गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश बैठकमा पेस गरेका हुन् ।

    गत जेठ २७ गते संवैधानिक इजलासले नागरिकतासम्बन्धी विषय संसदबाटै विधेयक पारित भई ऐनबाटै हुनुपर्ने भन्दै अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

    विपक्षमा हुँदा नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतले सपथसम्बन्धी अध्यादेशको विरोध गरेका थिए । त्यस्तै संसदमा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै नागरिकतासम्बन्धी ऐन संशोधन अध्यादेशबाट गर्नु पनि गलत भएको बताएका थिए ।

  • संसदमा जसपा विभाजित- महन्थ प्रतिपक्षमा, उपेन्द्र-बाबुराम बसे सत्ता पक्षमा

    संसदमा जसपा विभाजित- महन्थ प्रतिपक्षमा, उपेन्द्र-बाबुराम बसे सत्ता पक्षमा

    काठमाडौं । कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टी पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ ।

    जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेको छ ।

    जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् । उता एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् ।

    प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली पहिलो बैठकमा अनुपस्थित रहेका छन् । पहिलो बैठकमा माधव नेपाल पनि उपस्थित रहेनन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल पनि प्रतिपक्षी लहरमै बसेकी छन् ।

  • संसदमा एमालेको माधव नेपाल समूहका सांसद प्रतिपक्षमै बस्ने

    संसदमा एमालेको माधव नेपाल समूहका सांसद प्रतिपक्षमै बस्ने

    काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएका माधवकुमार नेपालसहित एमालेका २३ जना सांसद आजबाट शुरु हुने संसद अधिवेशनबाट प्रतिपक्षी बेञ्चमै बस्ने भएका छन् ।

    यसअघि सत्तापक्षमा रहेको एमाले आजदेखि प्रमुख प्रतिपक्षमा पुगेको छ । एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ मध्ये एक सांसद तथा एमाले केन्द्रीय सदस्य झपट रावलले आफूहरु प्रतिपक्ष बेञ्चमै बस्ने बताए । उनले एमाले जहाँ रहन्छ आफूहरु त्यहिँ रहने भन्दै केपी ओली र माधव नेपाल एउटै बेञ्चमा बस्ने बताए ।

    उनले भने, ‘हामी संसदको निरन्तरता चाहन्छौं । संसद जोगाउन हामी देउवालाई समर्थन गरेर अदालत गएका हौं तर हाम्रो पार्टी फुटेको छैन ।त्यसैले एमालेका १२१ सांसद एकै ठाउँमा बस्छौं । भोलि संसद जोगाउन पार्टीले निर्णय गरेरै भोट हाल्ने अवस्था आउन सक्छ ।’

    माधव नेपाल पक्षले देउवालाई विश्वासको मत दिने निश्चित छ । तर पार्टी एकै भएकाले माधव पक्ष सत्तापक्षमा भने नबस्ने भएको छ ।

  • विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली

    विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आदेश दिए आफूले मार्गप्रशस्त गर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अस्थिरताका लागि नभइ स्थिरताका लागि विश्वासको मत मागेको बताएका छन् ।

    ‘यो संसदले सुविचारित ढंगले निर्णय गरोस् । संसदले विश्वास गर्दैन भने मैले मार्गप्रशस्त गर्नैपर्छ’, ओलीले भने ।

    सरकारलाई काम गर्न नदिने र विकल्प पनि नदिने प्रयत्नका विरुद्ध आफू विकल्प बोकेर आएको बताए । ‘अढाई महिनादेखि मेरो विरोध भएको देख्छु तर विकल्पमा कोही आउँदैन । विरोध गरेको छ विकल्प दिएको छैन । म राजीनामा गर्थे नि, बहुमत छ आफूसंग कसरी राजीनामा दिनु ? मैले विश्वासको मत लिन्छु भनेपछि मात्रै समर्थन फिर्ता गरियो’, ओलीले भने ।

    अध्यादेशबाट देश चलायो भन्ने आरोपको जवाफमा प्रधानमन्त्री ओलीले अध्यादेश संवैधानिक व्यवस्था रहेको स्मरण गराए । ‘अध्यादेश संवैधानिक विषय हो । संसदलाई आवश्यक लागेन भने भोलि फेल गरे भैगो नि’, ओलीले भने । संसद विघटनको लागि बाटो बनाएको आरोप निराधार रहेको भन्दै प्रधानमन्त्री ओलीले शंका लागेको भए विश्वासको मत दिएर संसद विघटनको प्रयास असफल बनाउन ओलीले आग्रह गरे ।

  • प्रधानमन्त्रीको जवाफ- विश्वासको मत दिँउ, संसद विघटन हुनबाट जोगाउँ (भिडियो)

    प्रधानमन्त्रीको जवाफ- विश्वासको मत दिँउ, संसद विघटन हुनबाट जोगाउँ (भिडियो)

    काठामडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने बताएका छन् । संसदमा आफूप्रति उठेका प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी हुन्छ ? आफैं विश्वासको मत नदिएर विघटनतिर लैजाने ?’

    आफैंले मुद्दा जितेर ल्याएको संसद भोट दिए जोगिने भन्दै उनले विपक्षीसँग विश्वासको मत मागे । ‘विश्वासको मत दिँउ,’ ओलीले भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउँ । भोट दिँउ। काम चाहिँ उही भएपछि म के गरौं ?’

    ओलीले चुनाव हुँदैमा लोकतन्त्र खतरामा नपर्ने बताए। ‘चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैन,’ उनको भनाइ छ, ‘बोरिस जोनसोनले अस्ति चुनाव गराउनु भयो । बेलायतमा लोकतन्त्र खतारमा परेन ।’

    ओलीले ढिलोमा पनि अबको डेढ वर्षमा चुनाव हुने बताए।

  • उपेन्द्रलाई ओलीको जवाफ – माखेसाङ्लो भनेको झिँगाको साङ्लो होइन (भिडियो)

    उपेन्द्रलाई ओलीको जवाफ – माखेसाङ्लो भनेको झिँगाको साङ्लो होइन (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिलाई बंग्याएर छुद्र राजनीतिक प्रचार गरिएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्तावउपर उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले झूठो राजनीति नगर्न र भ्रम नफिँजाउन आग्रह गरे ।

    मधेस आन्दोलनलाई ‘माखे साङ्लो’ भनेको भनी जसपा अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको ओलीले रोष्टमबाटै खण्डन गरे । ‘नेपालको राजनीति माखे साङ्लो जस्तो भयो भनेको थिएँ । मान्छेलाई माखा भन्यो भनेर हल्ला चलाइयो । मैले त्यतिबेलै स्पष्ट पारे । माखेसाङ्लो भनेको झिँगाको साङ्लो होइन । एक प्रकारको यन्त्र हो, त्यो जटिल हुन्छ’, ओलीले भने ।

    उनले आफ्ना अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरेर जनतालाई भ्रममा पार्न खोजिएको बताए । ‘अर्कै प्रसंगमा मैले केही आँप झरेर बोट खाली हुँदै भनेको थिएँ । मरेका शहीदलाई दुई/चार आँप झर्‍यो भन्यो भनेर तराईमा झूठो प्रचार गरियो । यस्तो छुद्र राजनीति नगरौं’, ओलीले प्रष्ट्याए ।

    उनले आफूविरुद्ध मिथ्या आरोपको खेती भइरहेको भन्दै सरकारले गरेका कामलाई मजाक नसम्झिन आग्रह समेत गरे ।

  • संसदमा जसपाको दुई लाइन : ठाकुर तटस्थ, विपक्षमा यादव (भिडियो)

    संसदमा जसपाको दुई लाइन : ठाकुर तटस्थ, विपक्षमा यादव (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद प्रतिनिधिसभा बैठकमै प्रस्तुत भएको छ ।

    जसपा अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टी विश्वासको मत दिने वा नदिने दुवै पक्षमा नउभिने बताए । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताए । ‘विश्वासको पक्षमा मत दिन सक्दैनौं, विपक्षमा मतदान गर्छौं ।’

    जसपाले विश्वासको मत सम्बन्धी प्रस्तावबारे हुने मतविभाजनमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो ।

    प्रतिनिधिसभाको बैठकमा भने दुवै अध्यक्षको फरक-फरक धारणा व्यक्त भएको हो । यसबाट ठाकुर पक्षका सांसदहरू तटस्थ रहने र यादव पक्षका सांसदहरूले विश्वासको मतको विपक्षमा मत दिने सम्भावना बढेको छ ।

  • ओलीप्रति प्रचण्डको आशंका- विश्वासको मत लिने कुरा नाटकै हो जस्तो लाग्छ

    ओलीप्रति प्रचण्डको आशंका- विश्वासको मत लिने कुरा नाटकै हो जस्तो लाग्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सदनसँग विश्वासको मत माग्नै नैतिक अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन्।

    सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो सदनसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्री जी ?’

    फेरि संसद विघटन गर्न खोजेको आशंका जनतामा भएको उनले दावी गरे । ‘तपाईंमाथि जनताले फेरि प्रतिनिधिसभा विघटन गर्न खोज्नु भएको होइन भन्ने शंका जनताले गरेका छन्,’ प्रचण्डले भने।

    समर्थन फिर्ता लिँदा फेरि संसद विघटन गर्ने हुन कि भन्ने डरले आफूहरुले तत्कालै सर्मथन फिर्ता नलिएको प्रचण्डको भनाइ छ।

    ‘७६ (२) को सरकार भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्थ्यो,’ उनले भने, ‘तपाईं विश्वासको मत लिनुपर्ने ठाउँमा समर्थन फिर्ता किन नलिएको भन्नुभयो । समर्थन फिर्ता लिँदा फेरि यसलाई विघटन गर्नुहुन्छ कि भनेर हामीले डरले मात्रै नलिएको हो ।’

    उनले अहिले विश्वासको मत लिने प्रक्रिया स्वभाविक नलाग्ने पनि बताए। ‘तपाईंले यो विश्वासको मत लिने कुरा स्वभाविक लाग्दैन । प्राकृतिक लाग्दैन। नाटकीय-नाटकीय लाग्छ,’ प्रचण्डले भने।

    प्रधानमन्त्रीले विशेष अधिवेशन बोलाउने कुरा पनि लोकतान्त्रिक नभएको समेत प्रचण्डको भनाइ छ। ‘विश्वासको मत लिन अधिवेशन बोलाउने कुरा पनि लोकतान्त्रिक लाग्दैन,’ उनको दावी छ, ‘तपाईंले लोकतान्त्रिक प्रक्रियालाई छलेर अर्कै केही गर्नु भएको हो कि भन्ने आशंका मानिसहरूलाई भएको छ । प्रधानमन्त्रीका हैसियतले विशेष अधिवेशन बोलाउने परिकल्पना संविधानले गरेको मैले देखेको छैन ।’

  • विश्वासको मतका लागि संसदमा यस्तो छ मतदानको तयारी (तस्बिरहरू)

    विश्वासको मतका लागि संसदमा यस्तो छ मतदानको तयारी (तस्बिरहरू)

    काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

    हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै कोरोना संक्रमित सांसदका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको बताइएको छ ।

    प्रधानमन्त्रीपछि दलका शीर्ष नेताहरूले संक्षिप्त सम्बोधन गर्ने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ। । त्यसपछि मत विभाजनको प्रक्रिया शुरू हुनेछ ।

  • ‘कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने वर्तमान सरकार होइन’ 

    ‘कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने वर्तमान सरकार होइन’ 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्यलाई पच्छ्याए वर्तमान सरकारलाई अविश्वास गनुपर्ने कुनै कारण नभएको बताए।

    ‘आवद्धता र संलग्नतालाई हेरेर होइन, सत्यलाई पच्छाएर निर्णय गनुपने अवस्था छ,’ ओलीले भने, ‘ यदि हामीले सच्चाइलाई पछ्याउँछौं भने वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार होइन ।’

    राष्ट्रियताको प्रवर्द्धनमा सरकारले राम्रो काम गरेको दावी गरे। ‘राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमनालाई माथि उठाउने कुरामा कुनै प्रयास बाँकी नराखेको बारे तथ्य आफैं बोल्छन्,’ उनले भने, ‘हामीले लिएका अडान आफैं बोल्छन् । हामीले प्राप्त गरेका उपलब्धी आफैं बोल्छन् । ’

    सरकारले सुशासनका पक्षमा समेत राम्रो काम गरेको ओलीको दावी छ।

  • संसद बैठक १५ मिनेटका लागि स्थगित

    संसद बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

    आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दली आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरुले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।

  • संसद बैठक शुरू हुनुअघिको चहलपहल

    संसद बैठक शुरू हुनुअघिको चहलपहल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक केही बेरमा शुरू हुँदैछ ।

    सरकारको सिफारिसमा एक साताअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत लिने प्रायोजनका लागि संसद बैठक आह्वान गरिसकेकी छन् ।

    आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा विश्वासको प्रस्तावमा मतदान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट हिजो नै विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।

    
    
      
    
     
     
      
    
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संक्रमित सांसदको व्यवस्थापनबारे निर्णय हुने

    कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संक्रमित सांसदको व्यवस्थापनबारे निर्णय हुने

    काठमाडौं । प्रतिनिधि सभाको कार्यब्यवस्था परामर्श समितिको बैठक बस्दै छ। दिउँसो १ बजे नयाँबानेश्वरस्थित ल्होत्से हलमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

    प्रधानमनन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि प्रतिनिधिसभाको बैठक बस्दै छ।

    त्यसअघि बस्न लागेको बैठकले सभा संचालन र कोरोना संक्रमित सांसदलाई मतदानमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे निर्णय गर्ने छ।

    विश्वासको मत लिने प्रक्रियामा कोभिड संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अहिलेसम्म टुंगो लागेको छैन्।

    संक्रमित सांसदलाई संसद भवनभित्रै एक ठाउँमा राखेर मतदानको व्यवस्था गर्नेबारे पनि छलफल भइरहेको छ।

    शनिवार साँझसम्म २६ जना सांसदमा कोभिड संक्रमण देखिएको छ भने ५० जनाको अझै रिपोर्ट आउन बाँकी छ ।

  • संसदमा विपक्षी ‘एग्रेसिभ’, एमालेद्वारा सरकारको प्रतिरक्षा

    संसदमा विपक्षी ‘एग्रेसिभ’, एमालेद्वारा सरकारको प्रतिरक्षा

    काठमाडौं। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विपक्षी सांसदहरू सरकारप्रति ‘एग्रेसिभ’ ढंगले उत्रिए ।

    प्रमुख विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका सांसदले मुख्यगरी सरकारले हालै वितरण गरेको मानपदवीमा नयाँ नसक्सा नसमेटिएको, संसदलाई क्रियाशिल नबनाएको, शिलान्यास लहर चलाएर विकास गरेको भ्रम छर्न खोजेको भन्दै आलोचना गरे ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले विभूषण वितरणका क्रममा नेपालको वास्तविक नक्सा प्रयोग नगरिनु सरकारको गम्भीर भूल भएको बताइन् । ‘संसदले पारित गरेको वास्तविक नक्सा किन प्रयोग गरिएन ?,’ उनले प्रश्न गरिन्, ‘राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने ? प्रधानमन्त्रीजीले यो संसदमा आएर जवाफ दिनुपर्‍यो ।’

    भुसालले सरकारले बाहिर विकासको कुरा गरे पनि संसदमा कुनै प्रस्ताव नल्याएको अरोप लगाइन् । उनले भनिन, ‘बाहिर राष्ट्रियता र विकासको कुरा गर्ने तर संसदमा कुनै प्रस्ताव नल्याउने । एमसीसीलाई संसदीय प्रक्रियाबाट अगाडि बढाउन सरकारलाई कसले रोक्यो ?’

    माओवादी केन्द्रका शक्ति बस्नेतले पनि विभूषण वितरण गर्दा नयाँ नक्सा नसमेटिएको भन्दै आलोचना गरे । ‘विभूषणमा नयाँ नक्सा नसमेटिएको कुरा उठेको छ,’ उनले भने, ‘ सरकारले अत्यन्त हल्का टिप्पणी गरिरहेको छ। पदक वितरण गर्ने निर्णय पहिले भएको होला तर वितरण त अहिले गरिएको हो नि । यही सरकारले गरेको हो नि ? यो मौसमी राष्ट्रवाद हो या अरु केही हो ? यस्तो हल्का टिप्पणी नहोस् ।’

    विकास निर्माण जनताको अपेक्षा अनुसार नभएको उनको आरोप थियो ।

    कांग्रेसकै सांसद गिरीले लिपुलेकसहितको चुच्चे नक्साको भ्रुण हत्या गरेको हो भनि प्रधानमन्त्रीलाई प्रश्न गरे । ‘प्रधानमन्त्रीज्यू चुच्चे नक्सा कता हरायो ?,’ गिरीको प्रश्न छ, ‘चुच्चे नक्साको भ्रुण हत्या भयो कि बालहत्या भयो ?’

    सांसद अञ्जना विशंखेले निर्वाचन आयोगमा र सर्वोच्चमा ‘सेटिङ’ भएको प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। ‘चाहे राष्ट्रपतिले होस् चाहे प्रधानमन्त्रीले होस्, जसले जल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ’ उनले भनिन्, ‘तर, बिडम्बना यतिबेला सेटिङका आधारमा हरेक कुराहरु निर्णय गरिन्छ । चाहे निर्वाचन आयोग होस् चाहे त्यो सर्वोच्च अदालतका पार्टीसम्बन्धी फैसला होस् ।’

    एमालेले गर्‍यो सरकारको प्रतिरक्षा

    सरकारप्रति विपक्षी सांसद आक्रामक ढंगले प्रस्तुत भएपछि सत्तारुढ नेकपा एमालेका सांसद पनि सरकारको प्रतिरक्षा गर्न उत्रिए । उनीहरुले विपक्षीले उठाएका सवालको जवाफ दिने कोसिस गर्दै सरकारको बचाउ समेत गरे ।

    एमालेका नरबहादुर धामीले वर्तमान सरकारले ढिलै भए पनि पहलकदमी गरेर नेपालको गुमेको भूमिलाई नक्सामा समावेश गरेको र सरकारले पुनःनिर्माणमा सन्तोषजनक रुपमा काम गरेको बताए । सरकारले चीनसँग पारवाहन सन्धि गरेको, देशका विभिन्न स्थानमा नयाँ सडकहरुको निर्माणको शिलान्यास गरेको लगायत महत्वपूर्ण काम भएको फेहरिस्त पेस गरे । उनले सरकारले गरेका राम्रा कामको कन्जुस्याइँ नगरी प्रशंसा गर्नुपर्ने बताए।

    एमालेकै अर्का सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एग्रेसिभ लिडरसिप’बाट प्रतिपक्षी दल तर्सिएको टिप्पणी गरे । ‘केपी ओलीले जसरी समृद्धिलाई लिड गरिरहनुभएको छ त्यसबाट प्रतिपक्षका साथीहरुलाई आघात पुगेजस्तो छ,’ उनले भने, सरकारले गरेको राम्रो कामलाई राम्रो देख्न सक्नुपर्छ ।’

    सरकारलाई लाञ्छित गरेर सरकारको गरिमा नबढ्ने उनको भनाइ छ । ‘सरकारलाई अनावश्यक ढंगले लाञ्छित गर्ने कामले संसदको गरिमा बढेन सभामुख महोदय । अहिले संसदको कारवाही सबै जनताले लाइभ हेरिरहेका छन् । म पहिलोपटक संसदमा छु । तर, संसदप्रतिको मेरो अपेक्षा पूरा भएन ।’

  • ओलीको ‘एग्रेसिभ लिडरसिप’ बाट प्रतिपक्ष आत्तियो : सांसद सिलवाल (भिडियो)

    ओलीको ‘एग्रेसिभ लिडरसिप’ बाट प्रतिपक्ष आत्तियो : सांसद सिलवाल (भिडियो)

    काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एग्रेसिभ लिडरसिप’बाट प्रतिपक्षी दल तर्सिएको बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिलवालले समृद्धि र सुशासनलाई प्रधानमन्त्री ओलीले सही ढंगले नेतृत्व गरेकोले प्रतिपक्षी दललाई आघात पुगेको बताए ।

    ‘केपी ओलीले जसरी समृद्धिलाई लिड गरिरहनुभएको छ त्यसबाट प्रतिपक्षका साथीहरुलाई आघात पुगेजस्तो छ । सरकारले गरेको राम्रो कामलाई राम्रो देख्न सक्नुपर्छ’, सिलवालले भने । उनले संसदप्रति जनताको ठूलो अपेक्षा भएपनि संसदभित्र वौद्धिक बहस हुन नसकेको बताए ।

    ‘सरकारलाई अनावश्यक ढंगले लाञ्छित गर्ने कामले संसदको गरिमा बढेन सभामुख महोदय । अहिले संसदको कारवाही सबै जनताले लाइभ हेरिरहेका छन् । म पहिलोपटक संसदमा छु । तर, संसदप्रतिको मेरो अपेक्षा पूरा भएन’, सिलवालले भने ।

    उनले मेलम्चीको जस लिन दलहरूले प्रतिस्पर्धा गरेपनि घरमा पानी पुगेका सबै जनताले ओली सरकारलाई धन्यवाद दिइसकेको बताए ।

  • सरकारलाई समर्थन दिए पनि असंवैधानिक कामको साक्षी बसेका छैनौं : शक्ति बस्नेत (भिडियो)

    सरकारलाई समर्थन दिए पनि असंवैधानिक कामको साक्षी बसेका छैनौं : शक्ति बस्नेत (भिडियो)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले सरकारलाई दिएको समर्थन दिइरहेको भए पनि सरकारले गरेको असंवैधानिक कामको साक्षी नबसेको बताएका छन्।

    सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘तपाईंहरूलाई भ्रम नमपरोस् सबै खालको असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु हामी साँची बसेका छौं र ल्याप्चे लगाइरहेका छौं । हाम्रो दलको प्राथमिकता लोकतन्त्र, संविधान र संविधानका अग्रगामी मूल्यहरूको रक्षा हो ।’

    सरकारलाई दिएको सर्मथन जारी राख्नुको अर्थ सरकारलाई समर्थन दिएको भन्ने पनि नभएको बस्नेतको भनाइ छ ।

    सरकार फेरि संसद विघटन गर्न खोजिरहेको त छैन भन्ने प्रश्न गर्दै उनले परम्परागत मुल्यहरूलाई पुनर्स्थापित गर्न खोज्नु प्रतिगमन भएको दावी गरे ।

    ‘प्रधानमन्त्रीले परम्परागत संसदीय व्यवस्थालाई पुनर्स्थापित गर्न खोज्नुभयो यही हो प्रतिगमन,’ बस्नेतले भने, ‘जब संविधानका मूल्यहरूमाथि प्रहार हुन्छ यही हो प्रतिगमन । संवैधानिक निकायमा गरेको नियुक्ति संविधानको मर्म अनुसार छ ? संविधानले स्थापित गरेका प्रगतिशील मुल्यहरूलाई नामेट गर्ने खोज्नु प्रतिगमन हो ।’

    हालै सरकारले दिएको विभूषणमा नयाँ नसक्सा नसमेटिएको टिप्पणी गर्दै बस्नेतले सरकारले हल्का टिप्पणी गरेर मौसमी राष्ट्रवाद देखाएको आरोप लगाए ।

    ‘विभूषणमा नयाँ नक्सा नसमेटिएको कुरा उठेको छ,’ उनले भने, ‘ सरकारले अत्यन्त हल्का टिप्पणी गरिहेको छ। पदक वितरण गर्ने निर्णय पहिले भएको होला तर वितरण त अहिले गरिएको हो नि । यही सरकारले गरेको हो नि ? यो मौसमी राष्ट्रवाद हो या अरु केही हो ? यस्तो हल्का टिप्पणी नहोस् ।’

    विकास निर्माण जनताको अपेक्षा अनुसार नभएको उनको भनाइ छ ।

  • संसद बैठकको शून्य समय : थरिथरि माग र गुनासा

    संसद बैठकको शून्य समय : थरिथरि माग र गुनासा

    काठमाडौं । पुन:स्थापनापछि प्रतिनिधिसभाको पाँचौ बैठकमा पहिलो पटक शून्य समयको कार्यसूची समेत राखियो । शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमति र जानकारीबिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए ।

    सांसद अन्जना विसंखेले कोरोना भाइरसले नयाँ रूपमा जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भिरतापूर्वक लिनुपर्ने ध्यानाकर्षण गराइन् ।

    सांसद अमनलाल मोदीले कोरोना महामारीपछि सरकारले देश-विदेशमा रोजगार गुमेका मजदुरहरूलाई रोजगारी दिन नसकेको बताए । उनले मलको अभाव भएको पनि जानकारी गराए । विजनेश नदिएर सरकारले संसदलाई गतिहीन बनाएको उनको आरोप छ ।

    सांसद आशाकुमारी वि.क. ले बझाङको दुर्गम साहिपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न सिंहदरबार धाइरहेको विषय अघि सारिन् । त्यहाँको खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्न विकको माग थियो ।

    इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते ६५ वर्षीय मुसाफिर झा र पत्नी गीतादेवी झालाई सुतिरहेको अवस्थामा विछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको दोषी पत्ता लगाउन प्रहरी/प्रशासन उदाशीन बनेको टिप्पणी गरिन् ।

    सांसद उमा रेग्मीले महिलाहरूको हत्या, हिंसा र बलात्कारको घटनाको बिगबिगी रहेको भए पनि यस विषय सरकारको प्राथमिकतामा किन नपरेको ? भनी प्रश्न गरिन् । यस्ता घटनाका अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न उनको माग छ ।

    बाराबाट वीरगञ्जसम्म पुग्ने हाइटेन्सन लाइनको बीचमा २५/३० वटा गाउँ परेकोप्रति ध्यानाकर्षण गराउँदै सांसद एकवाल मियाँले जनता त्रासमा रहेकोले व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

    सांसद कुमारी तुलसी थापाले बर्दियामा आरक्षणमा हुर्किरहेका पाटे बाघले आतंक मच्चाएका र ९ जनाको जयन गइसकेको अवस्थामा सरकारले सुरक्षाको उपाय नअपनाएको आरोप लगाइन् । बर्दियाको नेपाल-भारत सिमानामा व्यापक तस्करी भइरहेको र नेपाली भूमि अतिक्रमण भइरहेको भए पनि सरकारको ध्यान जान नसकेको भन्दै थापाले असन्तुष्टि पोखिन् ।

    सांसद कृष्णप्रसाद दाहालले नेपालको गरिब जनतालाई लगानी गर्नको निम्ति प्राथमिकता क्षेत्र कर्जा निर्धारण गरेर तोकिएका ठाउँमा प्रतिशत तोकेर सरकारले कर्जा दिने कुरा ल्याएकोमा त्यसको स्वागत गरे ।

    सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजनतु एकसिंगे गैँडाको गणना शुरू गरेकोमा स्वागत गरे । घाँसे मैदान, वासस्थान, ताल तलैयाको अभाव, चोरी, सिकारीका कारण संकटमा पर्दै गएका प्रकृतिका सम्पत्तिको रक्षा गर्नुपर्नेमा उनको जोड थियो ।

    सांसद केदार सिग्देलले छिमेकी देश भारतमा फेरि दोस्रो चरणको महामारी शुरू भएको भन्दै नेपालमा यसको प्रभावकारी रोकथाम र उपचारका लागि यथाशीघ्र कदम चाल्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध पक्षसँग माग गरे ।

    सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भनेर प्रश्न गरे।

    सांसद खेमप्रसाद लोहनीले मध्यपहाडी लोकमार्ग अन्‍तर्गत धादिङमा पर्ने सडक निर्माण कार्य रोकिएकाले तत्काल शुरू गर्न अनुरोध गरे ।

    सांसद गगनकुमार थापाले सरकारले संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिएको आरोप लगाए । प्रधानमन्त्री ओली पदमा रहुञ्जेल संसदलाई तिरस्कार गरिरहने उनको टिप्पणी थियो ।

    सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा अझैपनि बिजुली नपुगेर अँध्यारै रहेको भए पनि देशलाई अल्पविकसितबाट विकसितमा पुगेको भनिएको भन्दै असन्तुष्टि जनाए । विकसितको प्रमाणपत्र नेपाललाई कसले दिएको हो ? भन्दै महतले कर्णालीको जनतालाई चासोको विषय भएको बताए।

    सांसद गंगा चौधरी सत्गौवाले सरकारले गरेको कामको आफ्नै पार्टीले उचित प्रचार नगरेको बताइन् । आफ्नै पार्टीभित्रबाट हलो अड्काउने अनि गोरु चुट्ने काम भएको टिप्पणी उनको थियो ।

    सांसद घनश्याम खतिवडाले सरकारले अघि सारेका कामहरू ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए । उनले मोरङमा ठेकेदारको लापरबाहीले विकासको काम नभएको उदाहरण पेश गरे ।

    सांसद चाँदतारा कुमारीले तराई क्षेत्रमा कोरोना संक्रमण बढिरहेकोले तराई क्षेत्रमा कोरोनाविरुद्धको भ्याक्सिन बढाउन माग गरिन् ।

    सांसद जिपछिरिङ लामाले भारतले मिचेको दार्चुलाको जमिन कहिले फिर्ता आउँछ ? भनेर प्रश्न गरे।

    सांसद जीवनराम श्रेष्ठले काठमाडौंमा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे । सडक आयोजनालाई समीक्षा गर्नुपर्ने उनको माग छ ।

    सांसद झपटबहादुर रावलले संसद पुन:स्थापनापछि दल विभाजनको गतिविधि बढेको बताए ।

  • यी हुन् ११ वटा भन्दा बढी बैठकमा गयल हुने सांसद

    यी हुन् ११ वटा भन्दा बढी बैठकमा गयल हुने सांसद

    काठमाडौं । पुनःस्थापनाअघिको प्रतिनिधिसभा बैठकमा ११ पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरुको नाम लिस्ट पूर्ण बैठकमा सार्वजनिक भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले सदनमा अनुपस्थित हुने सांसदहर”को सूची पेश गरेपछि बैठकले स्वीकृत गरेको छ ।

    प्रतिनिधिसभा बैठकमा सबैभन्दा बढी २५ पटक बैठकमा अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार यादव छन् । उनले अनुपस्थितिको कारण पेश गरेका छैनन् ।

    त्यस्तै बिरामी भएर २१ पटक उपस्थित हुन नसकेका कांग्रेस सांसद सूर्यवहादुर केसीको निधन भइसकेको छ । एमाले सांसद नविना लामा १९ वटा वैठकमा अनुपस्थित भएकी छन् ।

    लामा स्वास्थ्य उपचारका लागि दिल्लीमा थिइन् । उनले अनुपस्थित हुनुको लिखित कारणसमेत पेश गरेको संसद सचिवालयले जनाएको छ ।

    एमालेकै सांसद कलिला खान १७ वटा बैठकमा अनुपस्थित देखिएकी छन् भने कांग्रेसकी महेन्द्र लिम्बु १५ पटक, माओवादी सांसद यशोदा सुवेदी १४ वटा बैठकमा अनुपस्थित छन् ।

    त्यस्तै सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना ११ वटा बैठकमा अनुपस्थित भएका छन् भने माओवादीका सुरेशचन्द्र दास १३ वटा वैठक र जसपाकी निर्जला राउत १४ वटा र रुही नाज ११ बैठकमा अनुपस्थित देखिएका छन् ।

    एमालेकै सांसद केदार सिग्देल पनि ११ बैठकमा अनुपस्थित देखिएका छन् ।