Tag: संवैधानिक निकाय

  • राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा आयोगकाे अध्यक्षमा रेग्मी

    राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा आयोगकाे अध्यक्षमा रेग्मी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी छन् ।

    राष्ट्रपति भण्डारी लोक सेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख २६ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।

    संविधानको व्यवस्था अनुसार संसदीय सुनुवाइको प्रक्रियाबाट अनुमोदन हुनुपर्ने नियुक्तिहरु स्वतः अगाडि बढेको हो । रिक्त रहेको संवैधानिक निकायमा २० पदाधिकारी संसदीय सुनुवाई नभइ संवैधानिक निकायहरुमा नियुक्त भएका हुन् ।

    सरकारले गत वैशाख २६ गते लोकसेवा आयोग, निर्वाचन आयोगमा पदाधिकारी सिफारिस गरेको थियो । संविधानमा भएको व्यवस्था र संघीय संसद अन्र्तगत संयुक्त समिति सञ्चालन नियमावली अनुसार संसदीय सुनुवाई हुन नसके नियुक्ति सिफारिस भएको ४५ दिन पछि नियुक्ति हुन बाधा नहुने व्यवस्था छ ।

  • यी हुन् संवैधानिक निकायमा नियुक्ति सिफारिस पदाधिकारी (सूचीसहित)

    यी हुन् संवैधानिक निकायमा नियुक्ति सिफारिस पदाधिकारी (सूचीसहित)

    काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदपूर्ति गरेको छ । परिषदको आइतबार बसेको बैठकले लोकसेवा आयोगमा सबै पदाधिकारी नियुक्ति सिफारिस गरेको छ ।

    अन्य खाली रहेका आयोगमा नयाँ पदाधिकारी सिफारिस गरेको हो ।

    नियुक्ति सिफारिस यस प्रकार छन्:

    लोक सेवा आयोग

    अध्यक्ष : माधवप्रसाद रेग्मी, झापा

    सदस्य : माधव बेलबासे, कपिलवस्तु

    वीरबहादुर राई, इलाम

    दिनेश सिलवाल, ललितपुर

    मन्जु कुमारी, महोत्तरी

    अख्तियार दुरुपयोग अनसन्धान आयोग

    आयुक्त : डा. हरी पौडेल, बागलुङ
    आयुक्त : सुमित्रा अमात्य, ललितपुर

    निर्वाचन आयोग

    आयुक्तः सगुन शमसेर जबरा, रुपन्देही

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

    सदस्य : विपिनराज निरौला, पाँचथर

    सुधा कुमारी झा धनुषा

    महिला आयोग

    सदस्य : जया घिमिरे, धनुषा

    सदस्य :  सावित्राकुमारी शर्मा, पर्वत

    दलित आयोग

    सदस्य : सुन्दर पुर्कुटी, काठमाडौं

    राष्ट्रिय समावेशी आयोग

    अध्यक्ष : डा.रामकृष्ण तिमिल्सिना, कास्की

    सदस्य : पुष्पराज तिमिल्सिना,पर्वत

    सदस्य : मानप्रसाद खत्री, बझाङ

    आदिवासी जनजाति आयोग

    सदस्य : सूर्यबहादुर गुरुङ, खोटाङ

    मधेशी आयोग

    सदस्य : आभा कुमारी, सप्तरी

    थारु आयोग

    सदस्य : डा.उमाशंकर चौधरी, नवलपरासीपश्चिम

    मुस्लिम आयोग

    सदस्य : मोहम्मद समसुल हक, सर्लाही

  • यी हुन् सभामुखका ३७ विपक्षी र अदालतसमक्ष माग (रिटसहित)

    यी हुन् सभामुखका ३७ विपक्षी र अदालतसमक्ष माग (रिटसहित)

    काठमाडौं । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख अग्नि सापकोटाले केही बेरअघि सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनी आफैं रिट निवेदन लिएर अदालत पुगेका थिए ।

    सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन् ।

    रिटमा सभामुखले बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबै, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, मुख्यसचिवसहित ३७ जनालाई विपक्षी बनाइएको छ । साथै राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्‍को कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पनि रिटमा विपक्षीको सूचीमा राखिएको छ ।

    सभामुखले दायर गरेको रिटउपर सर्वोच्चले आइतबारलाई पेसी तोकेको छ ।

    सभामुखले दायर गरेको रिट र अदालतसमक्ष गरेको माग विस्तृत हेर्नुहोस् :