Tag: शेख अबुलकलाम आजाद

  • सांसदबाट राजीनामा दिएर मेयर लडेका आजाद पनि पराजित

    सांसदबाट राजीनामा दिएर मेयर लडेका आजाद पनि पराजित

    जनकपुरधाम । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका शेख अबुलकलाम आजाद पराजित भएका छन् ।

    जनता समाजवादी पार्टी (जसपा)बाट आजाद रौतहटको गढीमाई नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादव पराजित गरेका हुन् ।

    यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले ८ हजार ७३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    आजाद २०७४ को निर्वाचनमा स्वतन्त्रबाट प्रदेश सांसदमा विजयी भएका थिए । लोकप्रियताका कारण प्रदेश सांसद बनेका उनी जसपामा प्रवेश गरेका थिए । तर सांसदबाट राजीनामा दिएर मेयरमा भिडे पनि जित हासिल गर्न सकेनन् ।

    प्रदेश सांसदबाटै राजीनामा दिएर सर्लाहीको गोडैत नगरपालिकाको मेयरमा चुनाव लडेका नेपाली कांग्रेसका उपेन्द्र कुशवाहा पनि पराजित भइसकेका छन् ।