Tag: शिवम् सिमेन्ट

  • सिमेन्ट उद्योगमा युवकको मृत्यु

    सिमेन्ट उद्योगमा युवकको मृत्यु

    हेटौंडा । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको हो ।

    मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकामा अस्पतालले उनलाई बिहान ८ः३० बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए । प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ ।

    शव परीक्षणका लागि अहिले उक्त अस्पतालको शवगृहमा राखिएको छ ।

  • शिवम् सिमेन्टद्वारा हेटौंडा अस्पताललाई अक्सिज सिलिण्डर हस्तान्तरण

    शिवम् सिमेन्टद्वारा हेटौंडा अस्पताललाई अक्सिज सिलिण्डर हस्तान्तरण

    काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई १ सय ९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भईरहको परिस्थिलिलाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री शिवम् सिमेन्टले हस्तान्तरण्त गरेको हो ।

    वागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १ सय २० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १ सय ९० थान अक्सिजन सहित अस्पताललाई दिएको छ । ३० थान मेडिकल बेड र ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु दिएको हो ।

    कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।

  • तेस्रो क्वाटरसम्म शिवम्‌ले कमायो १ अर्ब ९ करोड रुपैयाँ नाफा

    तेस्रो क्वाटरसम्म शिवम्‌ले कमायो १ अर्ब ९ करोड रुपैयाँ नाफा

    काठमाडौं । शिवम् सिमेन्टले प्रकाशित गरेको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको छ ।

    दोस्रो क्वाटरसम्ममा ५८ करोड ९६ लाख रुपैयाँ नाफा गरेको कम्पनीले पछिल्लो तीन महिनामा ५० करोड रुपैयाँ थप अतिरिक्त नाफा कमाएको छ ।

    गत वर्षको तेस्रो क्वाटरसम्म ८६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालू आर्थिक बर्षको सोही अवधिमा २६.५२ प्रतिशतले बढी मुनाफा आर्जन गरेको हो ।

    कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ३३.०३ रुपैयाँ र प्रति सेयर कुल सम्पत्ति २९३.४६ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको ‘इक्यूटी सेयर क्यापिटल’ ४ अर्ब ४० करोड रुपैयाँ, सेयर प्रिमियम ९५ करोड ६२ लाख र अन्य इक्यूटी ४ अर्ब १२ करोड रुपैयाँ गरी कुल पूँजी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।