Tag: शान्ता चौधरी

  • सदनमा सभामुखको पक्षपातपूर्ण व्यवहार देखियाे: शान्ता चौधरी (भिडिओ)

    सदनमा सभामुखको पक्षपातपूर्ण व्यवहार देखियाे: शान्ता चौधरी (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन् ।

    सचेतक चौधरीले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको टिप्पणी गरेकी हुन् ।

    मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभामुख सापकोटाले संसदीय दलले कारबाही गरेका कुनै पार्टीका सांसदहरुको सूचना २४ घण्टा नबित्दै जारी गर्ने तर आफ्नो दलको भने अझै जारी नगरेको भन्दै आपत्ति जनाइन् ।
    उनले सभामुख सापकोटाकै पक्षपातपूर्ण व्यवहारका कारण संसद बैठक सूचारु हुने अवस्था नरहेको बताइन् ।

    सचेतक चौधरीले भनिन्,‘सरकार र सभामुखलाई हामीले पटकपटक संसद अवरुद्ध गरिरहँदा हामीले ध्यानाकर्षण पनि गराएका छौं । नेकपा एमाले संसदीय दलले कारबाही गरेका सांसदहरुलाई प्रवेश गराईरहँदा यो चाँही गैरकानुनी हो भनिरहँदा सभामुखले यसलाई नटेरेर जुन आफ्नो तरिकाले संसद चलाई रहनु भएको छ । र एउटै केशमा कसैलाई २४ घण्टा पनि नबित्दै सूचना जारी गर्नुहुन्छ भने कसैलाई चाँही पक्षपातपूर्ण व्यवहार गरेर आजको मितिसम्म पनि कारबाहीको सूचना निकाल्नु भएको छैन । त्यसकारण हाम्रो यो बाध्यता हो, रहर होईन ।’

    नेकपा एमालेले आफ्नो पार्टी संसदीय दलबाट निश्काशनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ । सचेतक चौधरीले पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरु गैर कानुनी हुने भएकाले उनीहरुको उपस्थिति रहुन्जेल संसद बैठक सूचारु हुन दिन नसकिने अडान पनि राखिन् ।

     

  • भूमि आयोग खारेजीविरुद्ध भूमिहीन सुकुम्बासी संगठनको आन्दोलन घोषणा

    भूमि आयोग खारेजीविरुद्ध भूमिहीन सुकुम्बासी संगठनको आन्दोलन घोषणा

    काठमाडौं । नेपाल भूमिहीन सुकुम्बासी संगठनले भूमि आयोग खारेजीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लाखौं भूमिहीनको जग्गा प्राप्ति गर्ने मौलिक अधिकार खोस्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेकी हुन् ।

    पूर्वकमलरी चौधरी एमाले संसदीय दलको सचेतक पनि हुन् । उनले परमादेशद्वारा गठित सरकारले जमिनको मालिक बन्ने सपना बोकी बसेका लाखौं भूमिहीन सुकुम्बासी र दलितहरूको छातीमा लात हानेको आरोप लगाएकी छन् ।

    भूमिहीन सुकुम्बासी संगठनले विरोधपत्र बुझाउने, सुकुम्बासी बस्तिहरूमा जानकारी तथा जागरण कार्यक्रम गर्ने र साउन २४ गते सबै जिल्लामा विरोधसभा गर्ने भएको छ । आन्दोलनका अरु कार्यक्रम त्यसपछि तय हुने बताइएको छ ।

  • शान्ता चौधरीले सुरु गरिन् फिटनेस र पार्लर व्यवसाय

    शान्ता चौधरीले सुरु गरिन् फिटनेस र पार्लर व्यवसाय

    काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले शरीरको तौल घटाउने तथा पार्लरसम्वन्धी व्यवसायी सुरु गरेकी छन् । काठमाडौंमा जिविकोपार्जन कठिन भएपछि यो व्यवसायमा हात हालेको उनको भनाइ छ ।

    एक बहिनीसँग मिलेर काठमाडौंको कोटेश्वरमा ‘स्मार्ट जोन फिटनेस सेन्टर’ नाममा उनले व्यवसाय थालेकी हुन् । फेसबुकमार्फत चौधरीले आफ्नो व्यवसायको बारेमा जानकारी दिएकी छन् ।

    उनी लेख्छिन् ‘यसलाई अन्यथा नमानिदिनु होला, राजनीतिलाइ निरन्तरता दिन बिहान बेलुका छाक टार्ने कुनै आम्दानि हुनु नै पर्ने रहेछ। पारिबारिक सम्पत्ति तथा आम्दानि नहुने म जस्ताका लागि दैनिक खर्च धान्ने कुरा कठिन थियो नै, तर राजनीतिक संलग्नता बढेसंगै यो कठिनाई अझ बढेर गएको थियो । यसै सिलसिलामा केहि उपाए खोज्ने क्रममा बहिनि मञ्जु गिरिसंग मिलेर काठमाडौंको कोटेश्वरमा ‘स्मार्ट जोन फिटनेस सेन्टर’ भनेर शरीरको तौल घटाउने तथा पार्लर सम्बन्धि काम गर्ने सानो ब्यबसाय सुरु गरेको छु।’

    उनी थप्छिन्, ‘विभिन्न रोग तथा आफ्नै शारीरिक कारणले एक समय म आफै अत्यन्त मोटो थिएँ र यस्तै एउटा सेन्टरमा गएर तौल घटाएर आफुलाइ शारीरिक सन्तुलनमा राख्न छोटो समयमै सफल भएपछि थप हौसला मिल्यो र यो सेन्टर खोल्ने अबस्थामा पुगियो । निकै नै प्रभाबकारी हुने रहेछ। मेरा दुई फोटोबाटै तुलना गर्न सकिन्छ।

    शान्ताको फिटनेस सेन्टर कोटेश्वरचोकबाट दक्षिणपट्टिको सानो सडकमा छ । शान्ता चौधरी तीनै नेतृ हुन्, जसले सांसद भइसकेपछि विद्यालय भर्ना भएर पढ्न थालेकी थिइन् ।

  • एमालेकी सचेतक चौधरीले संसदको गाडी फिर्ता गरिन्

    एमालेकी सचेतक चौधरीले संसदको गाडी फिर्ता गरिन्

    काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरीले सांसदको जिम्मेवारीबाट मुक्त भएको भन्दै त्यसवापत प्राप्त सुविधा फिर्ता गरेकी छिन् ।

    दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ । ‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मेवारी मुक्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक संजाल फेसबुकमा लेखेकी छिन् ।

    चौधरीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र एमालेको संसदीय दलको सचेतकको रूपमा ३ वर्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको बताएकी छिन् ।

    ‘जिम्मेवारीले जिम्मेवार बनाउँदो रहेछ,’ उनले लेखकी छिन्, धेरै कुरा सिकाउँदो रहेछ, सिक्दै दायित्व निर्वाह गरेँ। धेरै साथीहरुको सल्लाह, सुझाव र बौद्धिक सहयोग पाउन सकेँ । पार्टी नेतृत्व र सिंगो पार्टी पंक्तिको साथ पाएँ । म सबैप्रति नतमस्तक भएर श्रद्धा व्यक्त गर्न चाहन्छु ।’

    चौधरीले प्रतिनिधिसभामा दाङबाट प्रतिनिधित्व गरेकी थिइन् ।

  • माधव नेपाललाई शान्ता चौधरीको चेतावनी : तपाईको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन

    माधव नेपाललाई शान्ता चौधरीको चेतावनी : तपाईको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन

    काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा सचेतक शान्ता चौधरीले माधव नेपाल पक्षलाई जहाँ प्रेम छ त्यहिँ बसेर सघाउन सुझाव दिएकी छन् । उनले एमाले हौं भनेर एमालेको घर भाँड्ने छुट नभएको समेत प्रष्ट पारेकी छन् ।

    चौधरीले माधव नेपालको विधि र पद्धतिले एकता होइन विभाजनको माग गरेको भन्दै हिजो नेकपा हुँदा पनि पार्टी अध्यक्षलाई धेरैपटक कारवाही गरेको र अहिले एमाले भएपछि पनि विधि पद्धतिका नाममा समानान्तर गतिबिधि गरिरहेको आरोप लगाएकी छन् ।

    चौधरी पनि तत्कालिन नेकपामा प्रचण्ड-माधव पक्षको कारवाहीमा परेकी थिइन् । उनले माधव नेपालको विधि पद्धतिसँग नेकपा एमाले कर्णाली प्रकरणपछि अब मूकदर्शक बनेर नबस्ने चेतावनी दिएकी छन् ।

    चौधरीले आफ्नो वक्तव्यमा भनेकी छन् -हिजो नेकपा हुँदा पनि तपाईको पद्धतिले सूर्य चिन्ह छिटो हामीलाई दे भनेर निर्वाचन आयोगतिर फर्केर चिच्याउँदै थियो । पार्टीको अध्यक्षलाई तपाईको पद्धतिले धेरै पटक कारवाही गरेको थियो । अब तपाईको बिधी पद्धतिसँग नेकपा एमाले सिंगो पार्टी मूकदर्शक बन्दैन । तपाईले जनताको प्यारो पार्टी लाख प्रयत्न गरे पनि हराउन सक्नुहुन्न । अन्ततोगत्वा तपाईको अनुचित विधी र पद्धतिले हार्नेछ । जहाँ प्रेम छ त्यहीँ बसेर हो सघाउने,घर भाँड्न तपाईलाई छुट छैन कमरेड ।

  • शान्ता चौधरी भन्छिन्- सरकारले इतिहासमै ठूलो काम गरेको छ, सलाम गर्न चाहन्छु (भिडियो)

    शान्ता चौधरी भन्छिन्- सरकारले इतिहासमै ठूलो काम गरेको छ, सलाम गर्न चाहन्छु (भिडियो)

    काठमाडौं । नेकपा (एमाले) की प्रमुख सचेतक शान्ता चौधरीले सरकारले इतिहासमै ठूलो काम गरेको बताएकी छिन्।

    विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको उल्लेख गर्दै चौधरीले यस्तो बताएकी हुन्।

    ‘विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा सरकारले प्रवेश गराएको छ,’ बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै चौधरीले भनिन्, ‘खुल्ला धन्यावाद दिनुको सट्टा अहिले पनि सरकारको विरोध गरिरहनु भएको छ । अब नेपालमा कोही पनि विद्रोही रहने छैनन् । इतिहासमै ठूलो काम गरेको छ सरकारले । म सलाम गर्न चाहन्छु ।’

    उनले यही सरकारका कारण देशका सबै पालिकामा अस्पताल पुगेको, समाजिक सुरक्षा भत्ता बढाउँदै लगेको बताइन् । चौधरीले नेपालले कोरोना खोप अरु देश भन्दा पहिले ल्याएर लगाउन शुरु गरेको भन्दै सरकारलाई धन्यावाद दिइन् । उनले भनिन्, ‘नेपाल सरकारले कोरोनाको खोप यति छिटो ल्याएर लगाउन शुरू गरिसकेको छ । यसका लागि पनि म धन्यवाद दिन चाहान्छु ।’

  • शान्ता चौधरीको टिप्पणी- ओलीविरोधी हर्कत भारतको सहजताका लागि थिए भन्ने प्रचण्डले नै पुष्टि गरे

    शान्ता चौधरीको टिप्पणी- ओलीविरोधी हर्कत भारतको सहजताका लागि थिए भन्ने प्रचण्डले नै पुष्टि गरे

    काठमाडौं । नेकपा संसदीय दलको सचेतक तथा ओली पक्षीय नेकपा केन्द्रीय सदस्य शान्ता चौधरीले विगत एक वर्षदेखि केपी ओली नेतृत्वको सरकारविरुद्ध पार्टीभित्रबाटै भएका ‘हर्कत’हरु विदेशीको इसारामा थिए भन्ने प्रचण्डले पुष्टि गरेको आरोप लगाएकी छन् ।

    प्रचण्डले प्राइमटाइम टेलिभिजनमा ऋषि धमलासँग दिएको अन्तर्वार्तामा आफूहरु,कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई सहज हुने र चीनलाई पनि सहज नै हुने भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै चौधरीले एक वर्षदेखि केहीमा रहेको भ्रम प्रचण्डले चिरिदिएको बताएकी हुन् ।

    सचेतक चौधरीले आफ्नो प्रतिक्रियामा भनेकी छन्- सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ। भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो। बिदेशी इसारामा नेपाली जनताको यो भाबनाको अपमान हुने गरि बिगत एक बर्ष देखिका अनेक हर्कत भएका रहेछन भन्ने अब प्रस्ट भयो। देशको सार्बभौमिकता र जनताको स्वाभिमान माथि खेल खेल्नेहरु लाइ बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले हामी केहिमा रहेको भ्रम चिरिदिनु भयो।

    चौधरीले केही दिनअघि आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान प्रचण्डले गरेको गरेको भन्दै अहिले भारत सुहाउँदो सरकार बनाउनुपर्छ भन्नु खेदजनक रहेको बताएकी छन् । उनले ओली नेतृत्वको सरकार कुन उद्देश्यले ढाल्न खोजिएको हो भन्ने अब प्रष्ट भइसकेको टिप्पणी गरेकी छन् ।