Tag: विश्वकप

  • अमेरिका र मेक्सिको विश्वकपमा छनोट

    अमेरिका र मेक्सिको विश्वकपमा छनोट

    काठमाडौं । फिफा विश्वकप २०२२ को लागि अमेरिकाले छनोटबाट सोझै स्थान बनाएको छ । यसअघि सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएको अमेरिका बिहीबार अन्तिम खेलमा कोस्टारिकासँग २-० अन्तरले पराजित भए पनि उत्तर अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो ।

    यस्तै, तालिकाको चौथो स्थानको कोस्टारिकाले भने अन्तर महादेशीय प्लेअफमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।उत्तर अमेरिकी छनोटबाट क्यानडाले शीर्ष स्थानमा रहँदै र मेक्सिकोले दोस्रो स्थानमा रहँदै विश्वकपमा आफ्नो स्थान पक्का गरे ।

    बिहीबारै भएको अर्को खेलमा मेक्सिकोले एल साल्भाडोरलाई २-० ले पराजित गर्दा क्यानडा पानामासँग १-० ले र होन्डुरस जमैकासँग २-१ ले पराजित भयो ।

     

  • नेपाल विश्वकपबाट एक जित टाढा, आज युएईलाई हराउला ?

    नेपाल विश्वकपबाट एक जित टाढा, आज युएईलाई हराउला ?

    काठमाडौं । ओमानमा जारी आईसिसी टी–२० विश्वकपको छनोटअघि नेपाल र यूएई चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भिडेका थिए। उक्त खेलमा पहिला ब्याटिङ गरेको यूएईले एक सय ९३ रनको लक्ष्य दिएको थियो, ३ विकेट गुमाएर। माथिल्लो क्रमका चिराग सुरीले ८४ र रोहन मुस्ताफाले ४९ रन बनाएका थिए। यूएईका ब्याट्सम्यान पूरा समय नेपाली बलरमाथि हावी भए। नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६७ रन मात्र जोड्न सकेपछि २५ रनले पराजित भएको थियो।

    जारी ओमान भ्रमणका क्रममा नेपाली बलरहरु निरीह भएको त्यहीं एक खेल मात्र थियो। सोही टोलीविरुद्ध विश्वकपमा स्थान बनाउन नेपालले मंगलबार प्रतिस्पर्धा गर्दै छ। यूएईलाई हराउन सके नेपालले दोस्रोपटक टी–२० विश्वकप खेल्ने छ। नेपाल समूहका तीनवटै खेल जित्दै सेमिफाइनलमा पुगेको हो।

    सुरुका दुई खेल जितेको युएई सोमबार बहराइनसँग २ रनले पराजित भएपछि उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ। यूएईका तल्लोक्रमका ब्याट्सम्यानले पनि बहराइनविरुद्ध ठूला प्रहार गरेर खेलेका थिए, अन्तिम ओभरमा २४ रन जोडेका थिए।

    जारी विश्वकप छनोटमा नेपालका बलरहरु लगातार हावी भइरहेको समयमा फेरि सामुन्ने यूएई आइपुगेको हो। ओमान भ्रमणमा यूएईले टेस्ट मान्यताप्राप्त आयरल्यान्डलाई दुईपटक हराइसकेको छ। जारी छनोटमा नेपालले क्यानडालाई ८०, फिलिपिन्सलाई ८२ र ओमानलाई ७८ रनमा समेटेको थियो। यूएई र नेपाल अन्तर्राष्ट्रिय क्रिकेटका चीर प्रतिद्वन्द्वी हुन्।

    एसियाली एसोसिएट क्रिकेटमा अफगानिस्तान अगाडि आउनुअघि यूएई बलियो मानिन्थ्यो। नेपालका लागि थुप्रैपटक यूएई बाधक बनेको इतिहास छ। तर पछिल्ला वर्षहरुमा उसको दबदबा घटेको थियो।

    सन् २०१९ मा यूएईसँग भएको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले २–१ ले जितेको थियो। जारी छनोटमा यूएईका भी अरभिन्द शानदार लयमा छन्। उनले तीन खेलमा दुई अर्धशतकसहित २ सय २१ रन बनाएका छन्।

    उनी सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन्। दोस्रो स्थानमा रहेका नेपालका कुशल भुर्तेलको नाममा एक सय ४ रन छ, एक शतकसहित। तेस्रो स्थानमा दीपेन्द्रसिंह ऐरी छन्, एक सय २१ रनसहित। चिराग सुरीले १ अर्धसतकसहित एक सय ७ रन बनाएका छन्।

    बलिङतर्फ ३ खेलमा ८ विकेट लिएर सन्दीप लामिछाने शीर्षस्थानमा छन्। उनको बलिङ इकोनोमी ३.४१ रहेको छ। कमलसिंह ऐरीले २ खेलमा पाँच विकेट हात पारेका छन्। यूएईका खासिफ दाउदले ५ र रोहन मुस्ताफाले ४ विकेट लिएका छन्।

  • अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा २ गोल खायो

    अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा २ गोल खायो

    काठमाडौं । विश्वकप तथा एसियन कपको छनोटअन्तर्गत कुवेतमा जारी अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २ गोल खाएको छ ।

    कुवेतको जाबेर अल-अहमद रंगशालामा जारी खेलको छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध अग्रता दिलाएका थिए ।

    पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । विपक्षी खेलाडीलाई गोल गर्ने स्पष्ट मौकामा फाउल गरेसँगै अनुभवी डिफेन्डर रोहित चन्द पहिलो हाफको इन्जुरी समयमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका छन् ।

    आफूभन्दा १३० स्थान माथि रहेको टोली अस्ट्रेलियाविरुद्ध नेपालले बाँकी ४५ मिनेट १० जनामा सीमित भएर खेल्नु पर्नेछ ।