Tag: विरोध खतिवडा

  • मृत्युपश्चातको अंगदान गर्न स्वास्थ्यमन्त्रीको आग्रह(भिडिओ)

    मृत्युपश्चातको अंगदान गर्न स्वास्थ्यमन्त्रीको आग्रह(भिडिओ)

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीबार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।

    मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समुहलाई ठुलो बनाएको बताए । नाता पर्नेजति सबैले मृगौला दान गर्न सक्ने उनले स्पष्ट पारे ।

    उनले भने,‘मृगौला पीडितले आफुलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो । अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ । नाता पर्नेजति सबैले पाउँछ ।  मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

    मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनको भनाई छ ।

    उनले भने,‘मृगौला दान गर्दा पनि समस्या हुँदैन । मृगौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन् । त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन । दुईवटा मध्ये हामीले एउटा दान गर्दा पनि हाम्रो शरिरमा त्यति ठुलो समस्या आउँदैन र मृगौला फेरेको मान्छेहरुले पनि आफुलाई मन कमजोर बनाएर म बिरामी छु, मेरो मृगौला फेरेको छ भनेर चिन्तित हुनुपर्दैन । अन्य स्वस्थ मानिसजस्तै अथवा अन्य मृगौला नफेरेका मानिसजस्तै मृगौला फेरेको मान्छे पनि उत्तिकै स्वस्थ हुन्छन् र जीवनमा त्यत्तिकै योगदान गर्न सक्छन् । काम गर्न सक्छन् । सिर्जनात्मक सोँच अनुसार अगाडी बढ्न सक्छन् ।’

    १० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

  • मन्त्रीहरूलाई माधव नेपालको निर्देशन- रक्सी खाने बानी त्याग्नुस्, महिलासँग नाम नजोडियोस् (भिडिओ)

    मन्त्रीहरूलाई माधव नेपालको निर्देशन- रक्सी खाने बानी त्याग्नुस्, महिलासँग नाम नजोडियोस् (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमान्दारिता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।

    पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए । नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराए ।

    नेपालले कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न सुझाव दिए ।

    अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिदएका छन् ।
    मन्त्रीहरूको सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेरमात्रै गर्नुपर्ने नेपालको निर्देशन छ ।

    नेपालले भने,‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका-बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् । सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु ।’

    अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडी नै सामूहिकरूपमा बसेर, छलफल गरेर साझा राय बनाएरमात्रै प्रस्तुत हुनुपर्ने बताए ।

  • विरोध खतिवडा : जसलाई मन्त्री बन्न ३० वर्ष पर्खनुपर्‍यो

    विरोध खतिवडा : जसलाई मन्त्री बन्न ३० वर्ष पर्खनुपर्‍यो

    काठमाडौं । कानून व्यवसायीको पुरानो पृष्ठभूमि भएका विरोध खतिवडा पुराना विधायक पनि हुन् ।

    २०३५ मा अनेरास्ववियूको काठमाडौं जिल्ला अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका खतिवडा मकवानपुरमा २०४८, २०५१ र २०५६ मा निर्वाचित भएका थिए।

    २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर २ बाट निर्वाचित खतिवडा लामै समय विधायक भए पनि हाल आएर मात्रै स्वाथ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्महाले मौका पाएका छन् ।

    नेपाल बारको सदस्य रहेका उनी एमाले लेखा आयोगको सदस्य समेत भएका थिए।

    २०१७ सालमा मकवानपुरमा जन्मिएका उनी पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा १२ पटक जेल र हिरासतमा पुगेका थिए ।

  • विरोध र मुनुलाई मकवानपुरमा २५ जनप्रतिनिधिको साथ, एक प्रमुख र दुई उपप्रमुख नेकपा एसमा

    विरोध र मुनुलाई मकवानपुरमा २५ जनप्रतिनिधिको साथ, एक प्रमुख र दुई उपप्रमुख नेकपा एसमा

    हेटौंडा । निर्वाचन आयोगले दल रोज्न दिएको समय पाँच दिन बाँकी रहदा मकवानपुरमा एमालेबाट निर्वाचित २५ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

    निर्वाचन कार्यालयका अनुसार २५ जनामध्ये १ जना गाउँपालिका अध्यक्ष छन् । कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले एमाले छाडेर नेकपा एस रोजेका छन् ।

    त्यस्तै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पनि नेकपा एस रोजेका छन् । हेटौंडा उपमहानगरपालिका १३ का वडाध्यक्ष मनोजकुमार वाइबाले पनि नेकपा एस रोजेका छन् ।

    हेटौंडा उपमहानगरपालिकाका केही वडा सदस्यले पनि नेकपा एस रोजेका छन् । यी बाहेक थाहा नगरपालिका-११ का अध्यक्ष किरणमान बल, ५ का अध्यक्ष विष्णुवहादुर गुरुङले पनि नेकपा एस रोजेका छन् ।

    यीबाहेक कैलास गाउँपालिकाबाट अध्यक्ष मोक्तानसहित एकजना वडाध्यक्षले र एकजना सदस्यले नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

    नेकपा एमालेमा रहँदा माधव नेपाल पक्षमा खुलेका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा भने अहिलेसम्म नेकपा एसमा खुलिसकेका छैनन् ।

    एमालेले स्थानीय तहमा हेटौंडा उपमहानगरपालिकासहित भीमफेदी, ईन्द्रसरोवर, मकवानपुरगढी, कैलाश मनहरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो भने बकैया तथा वागमतीमा उपाध्यक्षमात्र जितेको थियो ।

    निर्वाचित अधिकांश जनप्रतिनिधि एमालेमै रहने भएका छन् । दुईजना प्रतिनिधिसभा सदस्यमध्ये विरोध खतिवडा र प्रदेशसभा सदस्य मुनु सिग्देल दम्पती नेकपा एसको केन्द्रीय सदस्य भइसकेका छन् ।